Similar Articles

विविध

राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई दीर्घ साधना सम्मान

बिराट नेपाल

राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई दीर्घ साधना सम्मान

काठमाडौं, २९ असार

 

नेपाली साहित्यमा राष्ट्रकविको उपमा पाउनुभएको व्यक्तित्व हुनुहुन्छ माधव प्रसाद घिमिरे । आजभन्दा ९७ वर्ष अघि गण्डकी अञ्चलको लमजुङ जिल्लाको पुस्तुनमा जन्मिनुभएको घिमिरेले नेपाली साहित्यको विविध पक्षलाई उजागर गर्न उल्लेख्य भूमिका खुल्नुभएको छ । राष्ट्रकवि घिमिरे त्यसै राष्ट्रकवि हुनुभएको होइन । भाषा साहित्यको विकासमा उहाँले दिएको योगदान नेपाली साहित्यका लागि र हामी समग्र नेपालका लागि उल्लेखनिय छ । भाषाको मिठास एवम् जनजनमा भिज्न सक्ने सरल भाषामा लेखिएकोले उहाँको साहित्य एवम् साहित्यिक कृतिहरु लोकप्रिय भएका हुन् । सरल मिठासयुक्त, स्पष्ट लेखनका कारण उहाँका कृतिहरु हामीमाझ चर्चित बन्न सफल भएका हुन् ।


राष्ट्रकवि घिमिरेले हामीलाई स्तरीय साहित्यिक कृति प्रदान गर्नुभएको त छ नै उहाँका गीतहरु पनि उत्तिकै लोकप्रिय छन् । गौरी, मालती मंगले, हिमाल पारी हिमाल वारी, अस्वस्थामा, राजेश्वरी एवं शकुन्तला आदि उहाँका चर्चित कृतिहरु हो । साना–साना नानीहरुदेखि बृद्धबृद्धासम्म माधव घिमिरे चर्चित हुनुहुन्छ । राष्ट्रकवि घिमिरेले सरल भाषामा भावना पोख्ने भएकै कारण साना बालकदेखि बृद्धसम्मले उहाँको साहित्य जनजिब्रोमा टिप्न सकेका हुन् । जसका कारण घिमिरे सबैका सामु लोकप्रिय हुनुहुन्छ ।


घिमिरेले लेखेको सबै कृतिहरु चर्चामा छन् । शोककाव्यको रुपमा आएको कृति गौरी उहाँको अत्यन्तै चर्चित कृति हो । आफ्नी अर्धाङ्गीनी ‘गौरी’ को निधनबाट जसरी राष्ट्रकवि भावुक हुनुभयो त्यसैगरी सो कृति पढ्ने हरेक पाठक आँखामा टिलपिल आँसु बोकेर भावनात्मक बन्न पुग्नुहुन्छ । उहाँले लेखेको गीतिनाटक मालती मंगलेका गीतहरु मात्रै आफंैमा चर्चित बन्न पुगेका छैनन् कि नाटक पनि औधी रुचाइएको छ । साथै रङ्गमञ्चमा पनि नाटकले रेकर्ड राख्दै प्रदर्शन भएको थियो ।


राष्ट्रिय भावनाका साहित्यिक मोहकताका, प्रेममय अभिव्यक्तिका, भावनाको अतिरञ्जनमा उहाँका गीत पाइन्छन् । प्रेममय मिठास त भए नै आङै नै सिरिङ्ग पार्ने राष्ट्रिय बोधका गीत घिमिरेको पर्यावाची हुन् । राष्ट्रकविका नेपाली हामी रहँुला कहाँ नेपालै नरहे, गाउँछ गीत नेपाली, लाग्दछ मलाई रमाइलो, फूलको थुंगा बगेर गयो गंगाको पानीमा, आजै र राति के देखेँ सपनी, सारङ्गी त रेटे पनि जस्ता सयौं गीत चर्चामा छन् ।


अग्रणी पुस्ताका नातीकाजी, शिवशंकर, अम्बर गुरुङदेखि अहिलेका सङ्गीतकार सन्तोष श्रेष्ठसम्म पनि उहाँको गीतलाई सङ्गीत दिलाउने सर्जक उहाँको रोजाइमा पर्दैमा आएका छन् । नारायण गोपालदेखि अहिलेका युवा पुस्तासम्मले उहाँको गीतमा मिठासपूर्ण स्वर भर्न पाएका पनि छन् ।


राष्ट्रकवि मावधप्रसाद घिमिरेको नेपाली साहित्यमा अतुलनीय योगदान रहेको छ । जनजनमा भिज्ने राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई ‘पाँचौं म्यूजिक खबर म्यूजिक अवार्ड–२०७३’ को अवसरमा ‘म्यूजिक खबर दीर्घ साधना सम्मान–२०७३’ सादरपूर्वक समर्पण गरिएको छ ।





Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक