Similar Articles

विविध

काँकडभिट्टामा भव्य भानु जयन्ती

बिराट नेपाल

काँकडभिट्टामा भव्य भानु जयन्ती


झापा, ३० असार


नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यकोे २०३ औँ जन्मजयन्ती देशभरि विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रम गरी भव्य रुपमा मनाइएको छ । यसै क्रममा झापाको काँकडभिट्टामा पनि भानु जयन्तीका अवरमा भव्य कार्यक्रमको आयोजना गरियो ।


कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा.डा. जीवेन्द्रदेव गिरीले ‘आदिकवि भानुले संसारभरि छरिएर रहेका नेपालीहरुलाई भाषाका माध्यमबाट एकताको सूत्रमा एकताबद्ध गराएको’ बताए । उनले आजको युगमा भानुको योगदानले अझ विशेष महत्व राख्ने उल्लेख गरे ।


भानु साहित्यिक प्रतिष्ठान, झापाद्वारा आयोजित उक्त कार्यक्रममा सिक्किमका साहित्यकार सीपी गिरी तथा झापामै बसेर नेपाली भाषा साहित्यका क्षेत्रमा उल्लेखनीय कार्य गरिरहेका साहित्यकार चुडामणि बन्धुले नेपाली साहित्यमा भानुको योगदानबारे चर्चा गरेका थिए ।


प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा रोहिणीविलास लुइटेललाई नगद ३१ हजार राशिको भानु पुरस्कार र सुमित्रा बाङ्देल चेलीलाई नगद ११ हजार राशिको भानु प्रतिभा पुरस्कार समर्पण गरिएको थियो ।

कार्यक्रममा प्राज्ञ यज्ञराज प्रसाईंका साथै भवानी क्षेत्री, मुक्ति उपाध्यय, पुण्य खरेल, भानुभक्त खनाल, यद्धव विष्ट लगायतका साहित्यकारहरुले पनि मन्तव्य राखेका गरेका थिए भने खगेन्द्र खुसी, जुनु गौतम लगायतले गीत तथा कविता प्रस्तुत गरेका थिए । सोही अवसरमा कृष्णप्रसाद उप्रेतीको ‘अविश्रान्त यात्रा’ पुस्तकको विमोचन समेत गरिएको थियो ।     




Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक