Similar Articles

लेख रचना

ओली सरकारका सकारात्मक पक्ष

बिराट नेपाल

सत्ताको बागडोर सम्हालेको नौ महिना नै सरकार सरकारबाट बाहिरिनु परेपनि केही सुधारात्मक प्रयास छोड्न सफल भएको छन ओली सरकार । सरकार सन्चालनको प्रार्म्भिक चरणमा भारतीय नाकाबन्दीको चर्को सामना गर्नु परेपनि झुक्दै - नझुक्ने प्रधानमन्त्रीको रूपमा उनले विश्वास आर्जन गर्न पुगेका छन । उखान - टुक्का गर्ने कित्तामा उनलाई राख्दै गर्दा निम्न सकारात्मक कार्य स्मरण गर्न सक्छौ हामीसबैले ।
 
१) भारतीय नाकाबन्दीको बावजूद विदेशी प्रभुमाझ घुँडा नटेकने नेता हुन ओली सरकार |
 
२) देशको सार्वभौम सम्पन्नतालाई कत्ति पनि आँच आउन दिएनन | 

३)मधेसीहरूको मातृभूमि विरोधी रणनीतिक चाललाई निस्तेज पारेको थिए |

४ ) संविधान कार्यान्वयनको चरण सुरू गरेको थिए |

५)बृद्धबृद्धा भत्ता बृद्धि गरी लोकप्रियता कमाउन सफल भएको हुन् |

६) छिमेकी मित्रराष्ट्र चीनसंगको सम्बन्ध सुमधुर र प्रगाढ़ बनाउँदै लगेको थिए |
 
७) चिरकालसम्म प्रभाव पार्न सक्ने योजनाहरू प्रक्षेपण एवं घोषणा गरेको थिए |

८) लोकप्रिय बजेट प्रस्तुत गर्नुका साथै देशमा शान्ति , अमनचैनको अवस्था क़ायम गर्नसकेको अबस्था |
 
नौ महिना आफै सरकारमा बस्ने अनि त्यो सरकारले गरेका सबै काम अनुचित , अराजक भन्ने माओवादी केन्दका अध्यक्ष प्रचण्डमा यतिखेर सैद्धान्तिक विचलित देखापरेको छ । प्रचण्ड कहिले सबै कम्युनिष्टहरू एक हुनुपर्छ वामपन्थी सरकार गठन गर्नुपर्छ अनिमात्र देश बन्छ भन्छन त कहिले उही कम्युनिष्टहरूको गठबन्धन सरकार तोड़ेर दक्षिणपन्थी कित्तामा उभिदै काँग्रेससंग सरकार बनाउन उद्यत हुन्छन । यिनी कहिले भारतलाई तर्साउन चाइना कार्ड भजाउदै उत्तरतिर आकस्मिक भ्रमणमा दौडन्छन त कहिले दक्षिण खुशी पार्न उसैको ग्रयाइणड डिज़ाइन सफल बनाउन उभिन्छन । कहिले २ लाखको पलंगमा सुती विलासी जीवनमा लालायित हुन्छन त कहिले सर्वहाराको अधिनायकत्वको कुरा गर्छन । कहिले महिलाको उत्थान र मुक्तिको कुरा गर्दछन त कहिले आफ्नो छोराले ३/३ जना विवाह गर्दा पनि मौन बसेर समर्थन गर्छन । अर्थात प्रत्येक पाइलामा प्रचण्डमा सैद्धान्तिक विचलित देखापर्ने गरेको छ । उनलाई सिद्धान्त होइन ,यस्तै सत्ता प्यारो लाग्ने गर्छ र त्यसैको पछिल्लो कड़ी हो काँग्रेससंग मिली सत्ता चलाउने योजना ।
 
राजनीति विचारले निर्देशित हुनुपर्छ । सत्ता र स्वार्थमा केन्द्रित राजनीतिले लोकको भलो गर्न सक्दैन । नेपालमा राजनीतिक संस्कारको विकास हुन सकिरहेको अवस्था छैन । सत्ता र स्वार्थका लागि आफ्नो विचार र विवेकलाई बन्धकी राख्न किन्चित पछि परेका छैनन हाम्रा नेताहरू । काँग्रेस - माओवादी केन्द्रको गठबन्धनबारे मान्छेमा फरक मत हुन सक्लान । राजनीतिक आँखाले गठबन्धनबारे विश्लेषण होला । तर के यो गठबन्धन पवित्र होला त ? विचारका दृष्टिले उत्तर र दक्षिण ध्रुवमा अवस्थित राजनीतिक दलहरू कुन उद्देश्यले प्रेरित भएर सत्ता गठबन्घनको लक्ष्य सम्म पुगे ?
राजनीतिमा जनहितलाई किन प्राथमिकतामा राखिदैन ? 
सत्ता नै राजनीतिक नेताहरूको अन्तिम अभीष्ट हो त ? 
केपी ओलीका सपनाले देश रंगीन बनिरहेको बखत काँग्रेसको बुई चढेर प्रचण्डले गर्ने सरकारको नेतृत्वले देशलाई निकास दिने आधार के ? 
सत्य निरूपण र बेपत्ता खोजबीन आयोगका क्रियाकलाप सम्बन्धमा एउटै धरातलमा उभिन नसकेका दलहरू कसरी सत्ता साझेदारीमा लागी घाँटी जोड्न एकाएक सक्षम भए ?
सत्ताका लागी जे पनि गर्नसक्ने चरित्र भएका नेताहरूको हाली मुहाली भएको वर्तमान नेपालको राजनीति गन्तव्यहीन दिशामा अघि बढीरहेको जो कोहीले बुझेको सत्य हो । सत्ताका लागि यो देशमा जे पनि हुन्छ भन्ने सत्यलाई संघीयता विरोधी चित्रबहादुर केसीले राजतन्त्रको पक्षधर कमल थापाको सत्तारोहणले प्रमाणित नगरको पनि होइन ।त्यसो त केपी ओलीले कुन आदर्शलाई पछ्याउदै संविधान विरोधीलाई नै संविधान लागु गर्न बनेको करकारको उपप्रधानमन्त्री पदकों जिम्मेवारी दिए ?
 
देशको ढुकुटीलाई भद्रगोल बनाएर ६ जना उपप्रधानमन्त्री बनाउने केपी ओली कदापि दूधले धोका नेता होइनन। पुष्पकमल दाहालको कुण्ठा पनि शेरबहादुर भित्रको महत्वाकांक्षाले यो गठबन्धनको दीर्घ जीवन हुन सक्ला भनेर अनुमान लगाउन सकिन्न्न । सत्ता केन्द्रित गठबन्धनको तल्लो तहका काँग्रेसीजनमा उब्जने आक्रोशलाई मत्थर गर्नसक्ने क्षमता सायदै उनीहरूसंग होला । तिनै माओवादीले क़ब्ज़ा गरेका जग्गा अझै फिर्ता हुनसकेका छैनन । मारिएका आफन्तहरूको पीडामा मलहम लगाउने बदलामा काँग्रेसले फेरि पीडा थपिदिएको छ । यो गठबन्धन अपवित्रमात्र छैन वैज्ञानिक दृष्टिले पनि अस्वाभाविक छ । मन्त्री हुने लोभमा विदेशीसंग हारागुहार नमाग्ने नेता , पार्टी कुनचाहिं छ र यो देशमा ? 
 
बोतल नयाँ भए पनि रक्सी त उही होइन र ? जनतालाई कहिलेसम्म नयाँ बोतलको विज्ञापन दिने ? जवसम्म नयाँ रक्सी हुदैन , तबसम्म नयाँ बोतलले देशको मुहार फेर्न सक्दैन भन्ने मेरो ठोकुवा हो ।
 
यतिखेर कतिपयलाई यी अहिलेका देउवा र प्रचण्ड नाम गरेका व्यक्ति कुनै अरू नै होलान भन्ने लागेको हुन सक्छ । त्यस्तो होइन । यी प्रचण्ड उनै हुन र देउवा पनि तिनै हुन । यी दुबै तिनै प्रचण्ड र देउवा हुन , जसले एकअर्का विरूद्ध घमासान युद्ध गरेका थिए । प्रचण्ड माओवादी' जनयुद्धका नायक र देउवा त्यही कालखणडमा तीन पटक प्रधानमन्त्री बनेका थिए , त्यसमा तेस्रो पटक उनी निर्वाचित प्रधानमन्त्री नभएर तत्कालीन राजगद्दीनसीन ज्ञानेन्द्र शाहबाट मनोनीत भएर सिंहदरवार पुगेका थिए । त्यो दशबर्षे युद्धमा दुबै तर्फका हजारौं लड़ाकू , मिलिसिया , सिपाही परस्परबाट मारिएका थिए । फलस्वरूप हजारौं बालबालिका र बुढाबुढी संरक्षक र आश्रयबिहीन भएका थिए । त्यो युद्धमा सिपाहीमात्र मरेनन अरू हजारौं सर्वसाधारणले ज्यान गुमाउनुपरेको थियो । एकातिर प्रचण्ड ढाडमा टेकेर टाउकोमा हान्ने दाउमा , अर्कोतिर देउवा तिनलाई निर्मुललपार्न प्रतिबद्ध , कटिबद्ध बचनबद्ध थिए । तिनै प्रचण्ड - देउवा आज सत्ताको प्रणयसूत्रमा बाधिन गइरहेको छन । प्रचण्ड यसरी नै नौ महिनापूर्व केपी ओलीसंग गाँसिएका थिए ,दुइ दिन पूर्व ओलीसंग विधिवत छोडपत्र गरेर देउवा आश्रयमा पुगेका छन ।
 



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक