Similar Articles

विविध

हाराबारा माथि परिचर्चा

बिराट नेपाल

हाराबारा माथि परिचर्चा

चापागाउँ, ललितपुर  à¥¤
निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेद्वारा लेखिएको लोकप्रिय कृति हाराबारामाथि ललितपुरका स्रष्टाहरुले बृहत् परिचर्चाको आयोजना गरे ।  à¤¸à¤®à¤¾à¤²à¥‹à¤šà¤• रामसुन्दर केसीले भने— ‘हाराबारा मार्पmत् नियात्राकार नयाँघरेले आफ्नै शैली एक पटक उजागर गरेका छन् । देश चिनाउनमा यो कृति विशिष्ट खालको लाग्ने गर्छ ।’ 


साहित्यकार नवराज सन्जेलले बताए— ‘हाराबारामा देशको विकटता र दुर्गममा लुकेको संस्कृति र लोक सभ्यताको सुन्दर बयान छ । नियात्रा लेखन पनि यति सुन्दर हुन्छ भन्ने नमुना प्रस्तुत कृतिले देखाएको छ ।’ 
अर्का कवि रत्न विरही घिमिरेले कृतिको समीक्षा गर्दै भने— ‘हाराबारामा शिल्प र कलाको सुन्दर संयोजन पाइन्छ । नेपालको अन्तर्मन स्पर्श गर्नमा यो नियात्रा सक्षम लाग्ने गर्छ । आफ्नो मौलिक कला र शैली हाराबारामा प्रस्ट देखाएका छन् लेखक नयाँघरेले ।’ 

 

साहित्यकार गोपाल सन्जेलले परिचर्चामा सहभागी हुँदै भने— ‘नयाँघरेको लेखन अबल दर्जाको छ । प्रकृति, संस्कृति र जनजीवनको अत्यन्तै मिहीन लेखन हाराबारामा छ । यो कृतिले देशको सौन्दर्यलाई हार्दिक शैलीमा उजागर छ ।’ 

 

कवि गोविन्द प्रसाद पराजुलीले आफ्नो मन्तव्यमा बताए— ‘नेपाली निबन्ध र नियात्रामा अग्लो उचाइ छ नयाँघरेको । नेपाल र नेपाली हृदय बुझ्नमा हाराबाराले ठुलो सहयोग पु¥à¤¯à¤¾à¤à¤•à¥‹ छ । भाषिक चमात्कार र सुन्दर लेखनको नमुना यहाँ भेट्न सकिन्छ ।’ 

 

हाराबाराका स्रष्टा युवराज नयाँघरेले समग्र निबन्ध र नियात्रा लेखनको अनुभव सुनाउँदै भने— ‘ सुन्दर देशको सुन्दर बयान गर्नमा आप्mनो भ्रमण लेखनको यो प्राप्ति हो ।’ उनले बताए— ‘करिब दश वर्षे नेपालका हिमाली र पहाडी ठाउँका पुग्दाका सांस्कृतिक, सामाजिक र भौगोलिक दस्ताबेजको रूपमा हाराबारा आएको छ ।’ 

 

चापागाउँको जनभावना क्याम्पसमा आयोजित उक्त परिचर्चामा ललितपुरका दक्षिणी भेगका धेरै लेखक लेखिकाको सहभागिता थियो ।  

 



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक