Similar Articles

विविध

अमर न्यौपाने रात्रीभोजमा सामेल हुँदा रकडेलको माहौल साहित्यीक बन्यो

बिराट नेपाल

अमर न्यौपाने रात्रीभोजमा सामेल हुँदा रकडेलको माहौल साहित्यीक बन्यो

अन्तर्राष्ट्रिय २४ जुलाई 

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अष्ट्रेलिया द्वारा आयोजित मदन पुरस्कार प्राप्त चर्चित युवा साहित्यकार अमर न्यौपाने संगको साहित्यिक रात्रि भोज कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। सिड्नीको रकडेल स्थित टिमुर नेप्लिज क्युसिनमा साँझ ६ बजे देखी आरम्भ भएको अनेसास-अमर-रात्रिभोज करिब १० बजे राति सम्म पुर्णतया साहित्यिक माहोलमा रमेको थियो।
 
 
अनेसास अष्ट्रेलियाकी अध्यक्ष सानु घिमीरेको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा चर्चित युवा साहित्यकार अमर न्यौपानेलाई अभिन्नदन गरियो ।न्यौपानेले नेपाली साहित्यमा पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै उँहालाईअभिन्नदन गरिएको हो।
 
अनेसास अष्ट्रेलियाकी अध्यक्ष सानु घिमीरे र अनेसासका पुर्व अध्यक्ष महेन्द्र पौडेले संयुक्त रुपमा सम्मान पत्र र खादा लगाई सम्मान गरेका थिए।
 
 
कार्यक्रममा चर्चित युवा साहित्यकार अमर न्यौपानेले मदन पुरस्कार प्राप्त सेतो धरतीका केहि अंशहरु सुनाउनुभएको थियो।कार्यक्रममा बोल्दै साहित्यकार न्यौपानेले प्रवासको यो ब्यस्त समयमापनि नेपाली साहित्यलाई माया गर्ने सम्पूर्ण साहित्यकारहरु प्रति खुशि व्यक्त गर्नु भएको थियो।साहित्यकार न्यौपानेले आयोजक अनेसास प्रति आभार प्रकट गर्दै धन्यबाद दिनुभयो।
 
 
सरल स्वभावका धनि, साहित्यिक् मिष्ठान्नका भण्डार, शालीन व्यक्तित्व न्यौपानेले आफ्नो धाराप्रवाह साहित्यिक प्रस्तुती बाट सबैलाई मन्त्रमुग्ध बनाई सबैको ध्यान आफुप्रति केन्द्रित गराउनु भएको थियो।बहु-प्रतिभाका धनि अमर न्यौपाने एक चर्चित आख्यानकार, कवि, उपन्यासकार र कथाकार मात्र नभएर एक कुसल चित्रकार पनि हुनुहुन्छ। 
 
 
कार्यक्रममा एनआरएन अष्ट्रेलियाकी संरक्षक ईन्द्रा वन,डा नारायण प्रधान,अनेसास अष्ट्रेलियाका पूर्व अध्यक्ष महेन्द्र पौडेल,साहित्यकार सुर्यप्रकास जमरकटेल रेडियो हिमालयनका प्रमुख प्रस्तोता तथा साहित्यकार टिका कार्कि,समाजसेवी युवराज भट्टराई, दिवाकर काफ्ले,साहित्यकार हरु निष्प्रभ सजी, सुरेन्द्र दवाडी,आलोक कोईराला,नेपाली पत्रका सम्पादक ऋषि आचार्य,गजलकार जितेन्द्र मल्ल लगायत थुप्रै साहित्यकार तथा साहित्यप्रेमि महानुभावहरुको सहभागिता रहेको थियो।साथै कार्यक्रम्ममा उपस्थित सबै साहित्यकारहरुले आ-आफ्नो रचना सुनाएका थिए। 
 
 
अनेसास अष्टेलियाकी अध्यक्ष सानु घिमीरेले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउनु हुने र साहित्यलाई माया गरेर कार्यक्रममा उपस्थिती जनाउनुहुने सबै प्रति आभार प्रकट गर्दै धन्यबाद व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो।
 
 
कार्यक्रमको संचालन अनेसास अष्ट्रेलियाका महासचिव महेश्वर शर्माले गरेका थिए भने कार्यक्रममा संस्थाका उपाध्यक्ष विकास उप्रेती, सचिव दिपक निरौला, कोषाध्यक्ष ममता तिवारी, सदस्य सिद्दि विनायक अधिकारी, ईन्द्र आचार्य र त्रिप्ति पाण्डेयको सक्रिय सहभागिता रहेको थियो।
 
 
 

अमर न्यौपाने रात्रीभोजमा सामेल हुँदा रकडेलको माहौल साहित्यीक बन्यो
अमर न्यौपाने रात्रीभोजमा सामेल हुँदा रकडेलको माहौल साहित्यीक बन्यो
अमर न्यौपाने रात्रीभोजमा सामेल हुँदा रकडेलको माहौल साहित्यीक बन्यो
अमर न्यौपाने रात्रीभोजमा सामेल हुँदा रकडेलको माहौल साहित्यीक बन्यो



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक