Similar Articles

फिल्मी समाचार

सहयोगी मनहरुलाई जिग्री पाँडेको अपील

बिराट नेपाल

 à¤•à¤¾à¤ à¤®à¤¾à¤¡à¥Œà¤‚, १५ साउन


हाँस्य कलाकारहरु सामाजीक काममा निकै सक्रिय भइरहेका छन् । टेलिभिजनको पर्दामार्फत दर्शक हँसाइरहेका उनीहरु दुख र पिडामा रहेका दर्शकको सहायतामा पनि सक्रिय देखिएका छन् । 


भूकम्पको समयमा सबै जसो हाँस्य कलाकारहरु भूकम्प प्रभावितको सहयोगार्थ खटिएका थिए । विभिन्न भूकम्प प्रभावित गाउँसम्म राहात वितरणका लागि पुगेका थिए । हाँस्य कलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले विद्यालय, शौचालयसँगै एकिकृत बस्ती नै बसाए । अहिले उनीहरु दोश्रो एकिकृत बस्ती निर्माण गरिरहेका छन् ।
यसैगरी, चर्चाको शिखरमा रहेको अर्को हाँस्य जोडी कुमार कट्टेल (जीग्री) र अर्जुन घिमिरे (पाँडे) पनि समाज सेवामा उत्तिकै सक्रिय देखिन थालेका छन् । उनीहरुले पार्टीगत रुपमा नभई अब जनता विकासको लागि एक हुनु पर्ने भन्दै न्युट्रल जनता अभियान सुरु गरेका छन् । 


धुर्मुस सुुन्तलीसँगै मिलेर सामाजीक काम गर्दै आएका उनीहरुले सोहि अभियान अन्र्तगत बाढी पहिरो पिडितका लागि सहयोग गर्न सहयोगी मनहरुसँग अपिल गरेका छन् । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको गिरान्चौर एकिकृत बस्ती निर्माणमा खटिरहेका उनीहरुले बाढी पहिरो पिडितका लागि सहयोग गर्न सबैसँग अपिल गरेका हुन् । 


आफ्नो फेसबुकमा एउटा स्टाटस लेख्दै उनीहरुले प्युठानको फोप्ली, लुङ, पूजा, अर्खा, राज्बरालगायतका बाढी पहिरो पिडितका लागि राहात अभियान संचालन गर्ने भन्दै सबैको सहयोग मागेका हुन् । आर्थिक सहयोगसँगै, लत्ता कपडा, औषधीलगायतका सामग्री समेत सहयोग गर्न सकिने उनीहरुले जनाएका छन् । सहयोग गर्न चाहने सहयोगी मनले ९८५१०५३६८५ मा सम्पर्क गर्न सक्नेछन् । आर्थिक सहयोग गर्न चाहने व्यक्ति वा संघ, संस्थाले लुम्बीनी बैंक नयाँ बानेश्वरको खाता नं १३२००४३३ मा सहयोग जम्मा गर्न सक्ने कुमार कट्टेलले जानकारी दिएका छन् । 


बाढी पहिरोबाट पिडितहरुलाई सहयोग पुर्याउने हेतुले सहयोग संकलन अभियान गरेको र सहयोग संकलन हुने बित्तिकै पिडित समक्ष पुर्याउन प्रतिबद्ध रहेको उनले बताएका छन् । धुर्मुस सुन्तलीसँगको सल्लाह र सहकार्यमा बाढी पिडितका लागि सहयोग संकलन अभियान चलाउन लागेको उनीहरुको भनाई छ । 

 


सहयोगी मनहरुलाई जिग्री पाँडेको अपील


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक