Similar Articles

फिल्मी समाचार

मेरो बुद्ध मेरो नेपाल मनोरंजन साँझ सम्पन्न

बिराट नेपाल

काठमान्डौ । 

बुद्ध, मि एण्ड नेपालले भूकम्पबाट ग्रस्त जिल्ला सिन्धुपाल्चोकमा बुद्धको १०० फुट अग्लो मूर्ती तथा शिक्षालय स्थापनार्थ साउन १४ गते राजधानीको प्रज्ञा भवनमा “बुद्ध, म र नेपाल मनोरञ्जन साँझ २०७३“ नामक एक भव्य मनोरन्जनात्मक साङ्गीतिक कार्यक्रमको आयोजना गरेको छ । 


कार्यक्रमको सुरुवात चर्चित गायिका कोमल ओलीले आफ्ना चर्चित गीतहरू गाएर गरिन । उनको पछिल्लो समयमा चर्चित रहेको तिज गीत पोइ पाउँ भनेर गीत गाउँने लास्टै चोटि हो लगायतका गीत दर्शकहरु सँगै नाच्दै गाएकी थिइन । कार्यक्रममा चर्चित हास्य कलाकारहरू किरण के.सी, शिवहरि पौड्याल र सबिता गुरुङको प्रहसनले धेरैलाई हसाएको थियो । उनीहरूले देशको परिस्थितिको बारेमा व्यगंतामक रूपले राजनीतिलाई घोचपेच गरेका थिए । त्यस्तै दिपकराज गिरी, दिपाश्री निरौलाको पृथक् प्रस्तुतिले दर्शकलाई थप मनोरंजन प्रदान गरेको थियो । सुरेन्द्र के.सी., शिव शङ्कर रिजालको प्रहसनले गौतम बुद्धको जन्म स्थान र संस्थाको उद्देश्य अनुरूपको सन्देश मूलक मनोरंजन दिएको थियो ।

 

 

कार्यक्रममा शङ्कर वि.सी. र पार्वती राईको नृत्यमा दर्शकहरु निकै  à¤°à¤®à¤¾à¤à¤•à¤¾ थिए । त्यसै गरी नायक सुशील छेत्री तथा नायिका तथा निर्मात्री जेनी कुँवरको नृत्यलाई पनि दर्शकहरूले हुटिङ्ग दिइरहेका थिए । गायक डिजराज पौडेलले आफ्नो निकै चर्चित गीत तिमी आउने बाटोमा गाउदा दर्शकहरु मन्त्र मुग्ध भएका थिए । राजेश पायल राईले आफ्ना चर्चित गीत गाएर थप मनोरन्जन प्रदान गरे । कार्यक्रम सञ्चालनको जिम्मा लिएका हास्यकलाकार मनोज आचार्य र विल्सन विक्रम राईले पनि दर्शकहरुलाई पटक पटक हसाएको थियो ।

बुद्ध, मि एण्ड नेपाल नामक संस्था नेपालको ७५ वटै जिल्लामा १०० फुट भन्दा अग्लो र सोही स्थानमा बुद्ध शिक्षालय स्थापना गर्ने निकै महत्त्वपूर्ण र महान् लक्ष्य बोकेर स्थापना भएको संस्था हो । यसै क्रममा पहिलो पटक सिन्धुपाल्चोक जिल्लाबाट यसको निर्माण गर्ने उद्देश्य अनुरूप यस् कार्यक्रमको आयोजना गरिएको हो । यस् योजनालाई साकार बनाउन र सफल बनाउन सहयोगार्थ नियमित कायक्रमको आयोजना गरिने संस्थाका अध्यक्ष गौतम मान सिंहले जानकारी दिनुभयो । संस्थामा नेपालका चर्चित कलाकार,व्यापारी,समाजसेवीहरुको संलग्नता रहेको छ । यस अभियानमा सबैको सहभागिता गराउनु पर्छ भन्ने अभिप्राय स्वरूप सस्थाका आजिबन सदस्यहरूले ’शान्तिपूर्ण र विकसित नेपाल हाम्रो आगमी पुस्तालाई हस्तान्तरण गरौँ ’ भन्ने प्लेकार्ड सो गरेका थिए । कार्यक्रममा सङ्कलन भएको रकम सिन्धुपाल्चोक जिल्लामा १०० फुट अग्लो बुद्धको मूर्ती र बुद्ध शिक्षालयमा खर्च गरिने जानकारी संस्थाका उपाध्यक्ष शिवहरि पौडेलले जानकारी दिनु भयो । 

 


संस्थामा अध्यक्ष गौतम मान सिंह हुनुहुन्छ, जो रेयुकाई नेपालका अध्यक्ष समेत हुनुहुन्छ । उपाध्यक्षमा कलाकारहरू, किरण के.सी, शिवहरि पौडेल, सुरेन्द्र के.सी महासचिवमा गायिका सुनिता दुलाल, सचिवमा गायक डिजराज पौडेल अन्य सदस्यहरूमा शिवशंकर पान वाला,मृगेन्द्र भट्राई अम्बिका डंगोल, उर्मिला श्रेष्ठ हुनुहुन्छ । आजिवन सदस्य बन्न चाहने सदस्यहरू दिन प्रतिदिन बढ्दो रहेको जानकारी संस्थाले दिएको छ ।  à¤†à¤—ामी दिनहरूमा पनि विभिन्न कलाकारहरूको साथ लिएर देशै भर उद्देश्य अनुसार गौतम बुद्धले दिएको सन्देश र ज्ञानलाई आत्मसात गर्न प्रेरित गराउन विभिन्न कार्यक्रमहरू आयोजना गरिने जानकारी संस्थाका अर्का उपाध्यक्ष किरण के.सी.ले दिनु भयो । 


मेरो बुद्ध मेरो नेपाल मनोरंजन साँझ सम्पन्न
मेरो बुद्ध मेरो नेपाल मनोरंजन साँझ सम्पन्न
मेरो बुद्ध मेरो नेपाल मनोरंजन साँझ सम्पन्न
मेरो बुद्ध मेरो नेपाल मनोरंजन साँझ सम्पन्न
मेरो बुद्ध मेरो नेपाल मनोरंजन साँझ सम्पन्न
मेरो बुद्ध मेरो नेपाल मनोरंजन साँझ सम्पन्न


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक