Similar Articles

फिल्मी समाचार

निर्माण अगावै प्रदर्शन मिती तोक्यो ‘हिटलर’ ले

बिराट नेपाल

काठमाण्डौं, १६ साउन

चलचित्र ‘हिटलर’को निर्माण हुने भएको छ । अष्टनारायण पिक्चर्सले यो चलचित्रको निर्माण गर्न लागेको हो ।

 

रोमान्टिक कमेडी कथामा बन्न लागेको यो चलचित्रको निर्माणमा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे फिल्मस्ले पनि सहकार्य गर्नेछन् । चलचित्रको निर्देशन सौरभ ढकालले गर्न लागेका छन्, जसले यसअगाडि चलचित्र ‘सुपरहिट’ निर्देशन गरेका थिए । 

 

चलचित्रको मुख्य भूमिकामा नायक सोहित मानन्धर फाइनल भएका छन् । उनको अपोजिटमा अभिनय गर्ने नायिका भने पक्का गरिएको छैन । निर्देशक ढकालले केही दिनमै नायिका सहित पत्रकार सम्मेलनको आयोजना गर्ने बताए ।


चलचित्रको छायांकन ए.आर पौडुवालले गर्दैछन् । उनी यतिबेला बलिउड चलचित्र नगरिमा व्यस्त रहेको जानकारी निर्देशक ढकालले दिएका छन् । उनका अनुसार ए.आरले हालसम्म थुप्रै अन्तरराष्ट्रिय प्रोजेक्टका साथमा बलिउडमा काम गरिसकेका छन् ।  


लोचन घिमिरे चलचित्रका संगीतकार हुन् । किच्चामान चित्रकार चलचित्रका लेखक हुन् । यो चलचित्रको प्रोडक्शन टिमले ए.आर सिने सर्भिससंग मिलेर चलचित्र वितरणको कामलाई पनि अगाडि बढाएको छ । भारत सहित विभिन्न देशमा चलचित्र वितरणलाई पनि अगाडि बढाइने जानकारी दिइएको छ ।


यो चलचित्र वि.सं २०७४ साल वैशाख १५ गतेबाट देशभरका हलमा लाग्ने जानकारी निर्माण पक्षले दिएको छ । चलचित्रको संगीतको काम मुम्बइमा नै सम्पन्न भएको छ । चलचित्रमा कृष्ण के अच्छामीको कोरियोग्राफी रहने छ । चिनिमाया मानन्धर निर्माता रहने चलचित्रमा त्रिरत्न मानन्धर कार्यकारी निर्माता रहनेछन् । लोचन घिमिरे र सौरभ ढकाल चलचित्रको सह–निर्माता हुन् ।



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक