Similar Articles

फिल्मी समाचार

हलिउड शैलीमा ‘द विनर’ (ट्रेलर सहित)

बिराट नेपाल

यस बर्षको प्रतिक्षित चलचित्रको रुपमा सर्बत्र चर्चामा रहेको ‘द विनर’को ट्रेलर,सार्बजनिक गरिएको छ ।चलचित्रको निर्माण पक्षले सोमबार सामाजिक संजाल युट्युबमार्फत ट्रेलर,सार्बजनिक गरेको हो । 

 

बर्षको सुरुवात देखि नै हलिउड,बलिउडफिल्मको स्तरमाबनेको चलचित्रभन्दै चौतर्फी चर्चा चुलिएको छ ।केहि महिना अघि सार्बजनिक टिजर र ‘परी’ बोलको गीतले पनि चलचित्रको स्तरलाई प्रष्ट पारेको छ।

 

सार्बजनिक ट्रेलरमा फिल्मका मुख्य नायक नायिका महेशमान श्रेष्ठ,पुर्ब मिस नेपाल मलिना जोशी,रोयल मास्के, मन्चिन शाक्य, राजकुमार पन्त, रेशु तामाङ र अमित गिरीलाई स्थान दिईएको छ । उक्त ट्रेलरका कारण फिल्मको भाउ समेत बढाउने निश्चित देखिन्छ । ट्रेलरले पनि हलिउड स्तरलाई झल्काएको छ । यस्तै सार्बजनिक नगरिएको एक कल्ब सङलाई पनि समाबेश गरेको छ । 

 

अष्ट्रेलियामा फिल्मको भब्य रेडकार्पेट प्रिमियरको तयारीमा रहेको निर्माण पक्षले सार्बजनिक ट्रेलरलाई आमदर्शकले रुचाउने विश्वास लिएको छ भने, फिल्मको अहिले सम्मको प्रतिकृया, टिजर, गीत र ट्रेलरको स्तरका हिसाबले नै ओभरसिज राईटनिकै महंगो मुल्यमा बेच्ने भएका छन् । 

 

फिल्मको अष्ट्रेलिया लगायतका देशहरुमाओभरसिज राईटबिक्रीभईसकेको छ । भने अन्य देशहरुकालागिनिर्माण पक्षले उत्कृष्टमुल्यखोजिरहेको निर्माताबिकास खरेलले जानकारी दिए । उता अष्ट्रेलियाकानिर्माता रोयल मास्केले पनि सार्बजनिकट्रेलरकै आधारमाफिल्मको डिमान्ड बढ्ने दाबी गरेकाछन् । 

 

हिक्मत बिष्ट निर्देशित ट्रेलर, दुबई र नेपालमा छाँयाकन गरिएको चलचित्रलाई डायमण्ड स्टार फिल्मसको ब्यानरमा सुबोध ठकुरी, बिकास खरेल, रितेश राणा,सृजना शाह,रोयल मास्केले संयुक्त रुपमा निर्माण गरेकाहुन् । 

 

फिल्मलाई अष्ट्रेलियन सिनेमेट्रोग्राफर एन्टोनी मिखो र पुरुशोतम प्रधानले खिचेका हुन । फिल्मको ट्रेलरले सस्पेन्स, थ्रिलर र एक्सनलाई फोकस गरेको छ । 




हलिउड शैलीमा ‘द विनर’
हलिउड शैलीमा ‘द विनर’
हलिउड शैलीमा ‘द विनर’
हलिउड शैलीमा ‘द विनर’
हलिउड शैलीमा ‘द विनर’


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक