Similar Articles

संस्मरण

२०६९ सालको मेरो नेपाल यात्रा--गीता खत्री

बिराट नेपाल

यात्रा स्मरण !

दोहादेखि काठमाण्डौ चार घण्टाको यात्रा काठमाण्डौ बाहिर घर भएका नेपालीहरू बडादशंैको लागि मृ्लघरतिर छुट्टीमा हिडेका नेपालीहरूको भीडभाड जस्तै थियो । लामो बाटोमा चल्ने स्थानीय बसमा चढेजस्तो । एयरबस ३२० ले नेपाली दाजुभाइ दिदीबहिनीलाई दशैको टीका थाप्नका लागि काठमाण्डौ लैजान लागेको जस्तो देखिन्थ्यो । एक दुई जना मात्र विदेशी देखिन्थे । तीन घण्टा एकाउन्न मिनेटमा हजाइजहाजले काठमाण्डौं उपत्यका प्रवेश गर्‍यो । मेरा आँखाहरु तल जमिनभरि अस्तव्यस्तसंग बनाइएका घरहरु माथि परे । मनले खोज्दै थियो बाटोले घेरिएका व्लक व्लकका घरहरु, अरू ठृ्ला सहरमा भए जस्ता । मान्छेले कति चाडो कुराहरू बिर्सने रहेछ । दुई वर्ष अगाडिमात्र देखेको सहर यति छिट्टै व्लक व्लकमा परिर्वतन भयो भने त नेपालीहरूको ठृ्लै भाग्य बनी हाल्यो । यस्ता कुरा सोच्दासोच्दै हवाइजहाजको बलिया पांग्राले नेपाली धर्तीलाई छोइ हाल्यो । यसपटक मैले बुवालाई गार्है होला भनेर एयरपोर्टमा नआए हुन्छ भनेर पहिलेनै भनेको थिएँ । अध्यागमन र भन्सारको औपचारिकता सकेर बाहिर निस्किएं ।

ज्वाई साहेबले मलाई एयरपोर्टमा लिन आउने निधो भएकोले मेरा आंखाहरु उहाँको खोजीमा थिए । आगमन ढोकाको मुखैमा मेरो बुवा, ज्वाई साहेब, मेरो देउरानी गायत्री र राधेश्याम दाजु मुसुमुसु हाँसेर मलाई पर्खिरहनु भएको थियो । बुवालाई देखेर मेरो मन अतिनै खुसी भयो । खुसीले नै त होला नि मेरा आंखाहरु अलिअलि रसाएछन पनि । मलाई लाग्यो बाबुआमाको मन कस्तो मायालु हुने रहेछ । छोराछोरीहरु जतिनै पाको भएपनि आमाबाबुको आँखामा संधै बालकनै हुने र त्यही माया निरन्तर बगीरहने, त्यही माया कहिल्यै नसिद्धिने । खादा लगाउने चलन मैले ल्हासामा बस्दाबाट थाहा भएको थिएँ । त्यतीबेला सफेद वा क्रीम रङ्गको खादा लगाउने चलन थियो । अहिले जताततै खादा लगाएर स्वागत गर्ने चलन आएछ, त्यसमा पनि विभिन्न रङ्गको । अनेसास, नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली दाजुले रातो खादा लगाएर मलाई एयरपोर्टमा नै स्वागत गर्नु भयो । उहाँ प्रति कृतज्ञता भन्न चाहन्छु ।  

नेपाल जतिनै पटक आवतजावत गरेपनि यो पटकको नेपाल आगमन बडादशैंले गर्दा विशेष महत्व राख्दथ्यो । आमाबाबु र मान्यजनहरुको हातको टीका नथापेको र आशीर्वाद नलिएको २१ वसन्त बितिसकेको थियो । ती बर्षहरु सम्झदासम्झदै मनभित्र भावनाका बेगहरु भरिएर आए । आठबीस उमेरको छेउमा पुग्नै लाग्नु भएका मेरा आमाबाबु बडादशैंका छेकोमा धेरै वर्षदेखि मुग्लानीएकी छोरीको आगमनले धेरैनै प्रसन्न र खुसी देखिनुहुन्थ्यो । अरू बेलाजस्तो हतारमा म पनि थिइन । चार महिनाको बिदा मलाई मिलेको थियो । अल्लारे उमेरमा आमाबाबुसंग बस्दा र पाको उमेरमासंगै बस्दाको अनुभव मलाइ गर्नु थियो । जीवनका प्रत्येक क्षणहरुको हिसाबकिताब राखेर हिड्ने मेरो सानै देखिको बानीलाई छोडेर ढुक्कसंग आप्mनो मातृभृ्मि गएको थिएँ । यसरी ढुक्क हुने समय सबैलाई जीवनमा एकपटक आउने रहेछ । मान्छेको जीवन पाइसकेपछि समय अनुसार चल्नै प¥यो । उन्नाइस बीस वर्षको उमेरसम्म आप्mनो पढाइ गर्ने र आमाबाबुको काममा भरथेक गर्ने, विवाह गरेर गएपछि श्रीमानको घरपरिबारको भरथेक गर्ने र आफ्ना सन्तानहरुलाई हुर्काउने, बढाउने र सकेसम्म राम्रो शिक्षादीक्षा दिने आदि आदि ।

आप्mना केटाकेटीहरुको पढाइ सकिएपछि वा उनीहरू आ—आप्mनै खुट्टामा उभिन थालेपछि जीवनको एउटा लक्ष्य पुरा भए जस्तो लाग्ने रहेछ । बाँकी जीवनलाई आफ्नो खुसीका काम र अरूलाई पनि काम लाग्ने सामाजिक कामतिर लैजान सकिने रहेछ । यतिखेर म पनि यही बिन्दुमा पुगेको जस्तो मलाई लागीरहेकोछ । दुई जना छोराहरुमा ठृ्लो छोराले आफनो काम गर्दै पढाइको अन्तिम पाटोमा उस्लाई उभ्याईराखेकोछ भने कान्छो छोराले उस्लाई मन परेको विषयको पढाई गरिरहेको छ र कलेजको तेस्रो वर्षमा पुगेको छ । हामीले पनि रुचाएको विषयमा नै उस्ले पनि रुचि गरेकोले हामी उ प्रति अझ बढी खुसी भएका छौ । ती बिषयहरुले उनीहरूलाई पछि काम पाउन र अमेरिका जस्तो अति विकसित देशको उच्च प्रतिस्पर्धामा उत्रिएर सफल मान्छे बन्न सजिलो होला भन्ने हाम्रो जिन्दगीको चाहना हो । केटाकेटीको लागि भनेर यतिबेला हामीले कुनैपनि समय छुट्याउन परेन । त्यसैले यतिबेला अरुबेलाको भन्दा मैले आफुलाई बढी स्वतन्त्र सम्झेको छु ।

हरेक वर्ष दशैको बेलामा छोराछोरीको फोनको घण्टी कुरेर बस्ने आमाबाबुलाई मेरो आगमनले खसी बनाई दिएको थियो । हुनत म आँफै पनि खुसीले निकै रमाइरहेको थिएँ । म आपृ्mलाई २९।३० वर्ष पुरानो जीवनमा पुर्याएर अझै रमाउने उत्साह र उमङ्गमा थिएँ । मलाई समयले छेकेन । बडादशैंले गाउँघरलाई  झपक्कै छोपिसकेको थियो । मलाई त लागेको थियो मेरो गाउँ पनि घरैघरहरुले भरिइसक्यो होला । अब त पिङ्ग झुण्डाउने ठाउंपनि छैन होला । तर मेरो घर नजिकै अभैm पिङ्ग हाल्ने चलन बन्द भएको रहेनछ । म खुसीले रमाए । बिहानै म पिङ्ग भएतिर हिंडि हाले । केटाकेटी बेलामा पनि पिङ्ग हालेपछि मेरो बासै पिङ्गको वरिपरि हुन्थ्यो । मलाई भोक पनि नलाग्ने, तिर्खा पनि नलाग्ने । मेरा दौतरीहरुमा सबैभन्दा बढी पिङ्ग मलाई खेल्नु पर्ने । ती सबै दांैतरीहरु अहिले आ—आप्mनो बाटो लागि सके । सबै आ—आफ्नै दुख र सुखको सागरमा दौडिरहेका होलान् । स—साना केटाकेटीहरुको बिचमा बसेर मैले पनि आप्mनो केटाकेटी बेलाको सम्झना गर्दै दुई चार सर्का पिङ्ग मच्चाई हाले ।

दसैँको किनमेल गर्नेहरुको दौडधुप बढी रहेको थियो । दिनभरिनै बाटोमा आवतजावत गर्नेहरुको भीड उस्तै थियो । मलाई पनि बजार जान मन लाग्यो । अर्को दिन म बजारतिर लागें । एक त काठमाण्डौ सहरको गल्लीभित्रको बजार सानो ठाउँले गर्दा संधै भीड हुने, त्यसमा पनि दशैको बेला परेको र जनसङ्ख्याको बढ्दो चापले गर्दा बजार त मेलानै जस्तो थियो । त्यो भीडले गर्दा म केका लागि बजार हिडेको थिए, त्यो नै बिर्सेछु । म त केवल बजारभरि सजाएर राखिएका सयपत्री र मखमली फुलका माला र गुच्छाहरु हेर्दैहेर्दै त्यसभित्र रमाउंदै हिडिरहें । र अन्त्यमा केही पनि किनमेल नगरी म घर फर्के ।

बिहानको कुहिरो अनि अलिअलि चिसोपना र रेडियो टेलिभिजनबाट समय समयमा बजाइने मालसिरीको धुनले बडादशैंको छनक दिइरहेको थियो । घटस्थापनाको दिनदेखि नै देवीदेवताका मन्दिरहरुमा श्रद्धालु भक्तजनहरुको घुइचो सुरु भइसकेको थियो । हुन त दशैको बेलामा पहिले पहिले पनि मन्दिरहरु भीडले खचाखच हुने नै हो, तर जनसङ्ख्याको चापले हो कि अहिले ज्यादै भएको मैले पाएँ । म सबै मन्दिरहरुको परिक्रमा गर्दै भगवानलाई परैबाट नमस्कार गर्दै हिडें । आजभोलिको भीडभित्र होमिन मलाई त्यति सहज लाग्दैन । मनभित्र कुभावना र पाप छैनभने मन्दिरभित्रै गएर भगवानको रूपलाई टाउको छुवाउनै पर्छ भन्ने विश्वासमा म छैन । पाप र पुण्य सबै आ—आप्mनो कर्मले आर्जन गर्ने सम्पत्ति हो भन्ने कुरामा मेरो विश्वास छ । मलाई धेरै शास्त्रहरुको ज्ञान चाही छैन तर पाप र पुण्यको परिणाम पाउन अर्को जन्म कुर्न पनि पर्दैन भन्ने मलाई थाह छ ।

विजया दशमीको दिन आयो । म आप्mनो परम्परा अनुसार माइतीबाट घरमा गएँ । सासु र ससुराको देहावसान धेरै वर्ष अगाडि भईसकेको, मेरो श्रीमान् मसँग आउन नमिलेकोले यतिबेला घरको मृ्लि बन्ने अवसर मैले पाएको थिए । घरमा देवर देउरानी अनि केटाकेटीहरु भएकोले म नै मूल थकाली भएर टीकाको आशीर्वाद मबाट सुरु भयो । मैले घरका सबैलाई भगवान् दुर्गामाताको प्रसाद स्वरूप टीका र जमरा लगाई दिएँ र आशीर्वाद दिएँ । त्यसपछि आमाबुवाको हातको टीका र आशीर्वाद लिन पुन माइतीमा पुगें । आमाबुवा मेरो बाटो हेरी बसीरहनु भएको थियो । “जयन्ती मंगलाकाली भ्रदकाली कपालीनी ....” स्तोत्र गाउंदै बुवाले पहिले अनि आमाले मलाई टीका र जमरा लगाई दिनु भयो । आशीर्वाद दिनु भयो । धेरै लामो समय पछि यसरी बसेर टीका र आशीर्वाद लिएं आमाबुवाबाट । अनि एकैछिनमा मनभित्र विचारहरू खेल्न थाले अब कति वर्ष यसरी टीका थाप्न र जयन्ती मंगलाकाली सुन्न पाइएला आमाबुवाको मुखबाट । मान्छेलाई जति समय भएपनि छोटो नै हुने । मेरो मन खल्लो हुँदै गयो । दिदी र भिनाजु पनि घरमा आईपुग्नु भयो । मेरो खल्लो विचारहरू हराएर गए ।

आमाबुवाले उहांहरुलाई पनि टीका र आशीर्वाद दिनुभयो । मलाई पनि उहांहरुले टीका लगाई दिनु भयो । रमाईलोसंग बस्यौं, खाना खायौं । मेरो बुवाको स्वर एकदम राम्रो छ । त्यसैले हामीले उहाँबाट केही भजनहरु सुन्ने आग्रह ग¥यौं । त्यसपछि मेरो दिदी पनि गाउन र बजाउन सिपाली भएकोले उहाँका भजनहरु सुन्यौं । विजया दशमीको दिन दिनभरि हामी सबैजना घरमा बसेर रमाइलोसंग वितायौं । त्यसपछिका दिनहरूमा अन्य दाजुभाइहरु तथा नातेदारहरुका गएर टीका लगाइयो र रमाइलो गरेँ ।

म सानो छंदाको समय र अहिलेको समयमा ठृ्लो परिर्बतन आईसकेको थियो । म भने अभैm मेरो बाल्यकालका रमाइला क्षणहरुको खोजीमा थिएँ । ती क्षणहरु म मेरा नजिकका भतीजाभतिजीहरु तथा नातीनातिनीहरुबाट पाउने प्रयासमा थिएँ । त्यतीबेला हामी अग्रजहरुको हातको टीका लगाउन र दक्षिणा बटुल्न म लगायत मेरा दिदीबहिनीहरुको दौडादौड, अनि कस्को दक्षिणा धेरै भयो भनेर हिसाब निकाल्ने, धेरै हुनेले केटाकेटी बेलाको धाक र रवाफ देखाउने प्रचलन थियो । अहिलेका केटाकेटीहरुमा त्यस प्रकारको चाहना र भावना भएको मैल देखिन । उनीहरू आप्mनै किसिमले नयाँ र आधुनिक सरसमानमा व्यस्त देखिन्थे, अग्रजहरुको हातको टीका र आशीर्वादको त्यति चासो राखेजस्तो पनि देखिन । सबै परम्परागत रूपमा र बाध्यभएर गरेको जस्तो देखें ।

आधुनिकतासंगसंगै हाम्रा केटाकेटीहरु पनि अगाडि बढीरहेको देखियो । कतिपय मान्छेलाई त यस्ता सबै परम्परा र धार्मिक क्रियाकलाप फाल्तु र बकवास जस्तो पनि लाग्न थालेछ । यस्तो नकारात्मक बिचारप्रति हामीले के गर्न सक्छौ र । उहांहरुले संसारका सबै मान्छेहरू जीवनको एउटा भागमा ईश्वर र भगवानप्रति आस्था नराखी मर्नै सक्दैन भन्ने नबुझेर नै त्यस्तो धारणालाई आफुसंग पालेको जस्तै मैले ठानें । जतिसुकै विकसित देशका जतिसुकै धनाढ्यहरु पनि एउटा न एउटा धर्मप्रति आस्था राखेकै हुन्छन् र उनीहरूको आफ्नो धर्म, संस्कृति र परम्पराप्रति संधै आस्था राख्नेगर्छन् । हामी विदेशमै बसेरपनि हरेक नेपाली चाडपर्बहरु मनाउछौं, समयले भ्याएसम्म मन्दिर जाने गर्छौँ । अमेरिककै धेरै ठाउंहरुमा नेपाली मन्दिरहरु निर्माण गर्ने प्रयासहरु भइरहेका छन् । यस्तो कार्य मानवीय परम्परानै हो जस्तो मलाई लाग्छ । के नेपालमै बस्ने दाजुभाई दिदीबहिनीहरुले आफ्नो आस्थाको धर्म, संस्कृति, भाषा र परम्परालाई बचाएर राख्न सक्दैनन् । यस्ता विषयको शिक्षा केटाकेटीहरुमा दिन नराम्रो त होइन नि ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक