Similar Articles

संस्मरण

सर्जक कसरी धनी होलान् -- जय बहादुर घिमिरे

बिराट नेपाल

मैले हरेक महिना १ वटा कथा, कविता, मुक्तक या लघुकथा भए पनि प्रकाशित गर्ने गरेको थिए, विगत ३ वर्ष देखि लगातार कुनै न कुनै साहित्यिक पत्रिका मार्फत । तर २–३ महिनाबाट मैले यो काम विसाएको थिए, शायद मोहिझारो शीर्षकको कविता कुनै पत्रिकामा पैकाशित गरेपश्चात ( यस लेखको अन्त्यमा सम्झनाको लागि त्यो कविता पनि राखिदिएको छु ।) शायद मलाई यो पेज भर्न को सजिलोको लागि हुन सक्छ । अँ कवितामा लेखिएका कुराहरू यथार्थको नजिक छन् । अझ थप लेखाई विरुद्धका बाधा अड्चन कविताको भावमा अटेका छैनन् । कथा सङ्ग्रह लेखी सके पछि प्रकाशकको खोजीमा रत्न पुस्तक भण्डार, पैरवी प्रकाशन, साझा प्रकाशन आदि नाम चलेका प्रकाशन देखि लिएर नामसुनेका र देखेको सबै प्रकाशन संस्थाका प्रमुख प्रकाशक महोदयहरु सँग अनुरोध गरे, लाग्ने खर्चको आधा रकम आफू व्याहोर्छु ।

१००० कपि छापी देशभर बाँडी दिनोस् । मलाई नाफा प्रतिशत चाहिन्न भनेर बिन्ती विसाए कसैले सुनि दिएन । अनि हार खाएको मनास्थीतीले १ जना गाउँले भाइ मणि कुमार गुरुङ्ग सँग बिन्ती विसाए, उनी बेलायतमा मँज्दुरी गर्छन् । सारै हुने खाने त होइनन् तै पनि मनकारी रहेछन् । मेरो कथा सङ्ग्रह कालिजको शिकारले प्रकाशित हुने मौका पायो, जसलाई  विभिन्न साहित्यिक पत्रिका मधुपर्क, रचना अभिव्यक्ति तथा नेपाल साप्ताहिक श्रावण ८,  ०६९ ले कथा सङ्ग्रह ऐशै भनी निम्न अनुसार को समीक्षा गरे र लेखको अन्त्यमा त्यो समीक्षा छ । अरू थप एउटा निबन्ध सङ्ग्रह तथा सानो कविता सङ्ग्रह तयारी पारेर बसेको प्रकाशन लागि मेरो कहीँ सिप लागेको छैन । अनि कवि शिरोमणी लेखनाथ पौडेलको–

 त वर्गका अन्तिम वर्ण खाली,        
 पढि दुइटा वन भाग्यशाली ।
को मूलमन्त्र जप्तै उपायको खोजीमा तल्लीन थिए । यस्तैमा एउटा उपाय आइलाग्यो धनी बन्ने कुरा थियो अलैची खेती गर्ने। जग्गा, बिरुवा, सिजन सवैकुरा सजिलै मिल्यो । अलिकति ज्यानको भने बाटो घाटो, खोलो नालो, बाढी पहिरो, जीव जन्तुहरु आदिको जोखीममा पर्न सक्ने भएकोले हाल समम उक्त स्थानमा अलैची लगाउन स्थानीय गरिब गाउलेहरुले पनि नसकेको कारण यो सार्वजनिक जग्गा अन्दाजी २० विगा मैदान जङ्गल बाँकी रहेछ । उक्त स्थान हाल म कार्यरत सङ्खुवासभा जिल्ला हो । अति विकट पावाखोला गा.वि.स.को विकट स्थानको वार्ड नं. ३ डिमा भन्ने गाउँबाट ४ घण्टा दुरीमा रहेछ । वारीपारी पहरो भएको कारण चैत्रको दिनमा पनि मुस्किलले मात्र तर्न सकिने खोलो ४ ठाउँ तर्नु पर्ने रहेछ जस्मा साँघु छैन । वैशाख देखि कात्तिक अन्तिम सम्म कसैको उपया नचल्ने रहेछ । तर फोटो खिच्ने, रमित हेर्ने हरुको लागि भने मृर्ग हरिण, घोरल ,झारल, वनेल, चितुवा आदि जनावार तथा चरिचरण देख्न सकिने, अन्दाजी ५०० जना मजाले बस्न, सुत्न, खाना पकाउन सकिने ओडार साँच्चै रमाइलो ठाउँ रहेछ ।

चैत महिना भित्र बिरुवा लगाई सके पछि कात्तिक अन्तिममा पाक्ने रहेछ । पहिले त्यो ठाउँमा २ –४ सय भेडि गोठ राख्ने चलन रहेछ । गाउँ बस्तीबाट धेरै टाढाको वन जङ्गल भएको कारणले त्यो व्यक्तिको नाममा नापी नक्सा नभएको रहेछ तर त्यस भन्दा पहिले पावाखोला गा.वि.स. तत्कालीन प्रधान पन्च शेर बहादुर राईको अधिनमा त्यो जग्गा रहेछ । त्यसै ताका उनले भेडा गोठ चोकै मासे पछि सोही पावाखोला गा.वि.स. वार्ड नं. ३ डिमामा बस्ने जीत बहादुर गुरुङ्गको वुवाले बन्दकी थैली लिखत गरी चर्चेको जग्गा रहेछ । म र मेरो साथी (हाल म कार्यरत विद्यालयका श्री शिशुरक्षा प्रा.वि. पावाखोला ३ डिमा का नव नियुक्त भाग्यमानी प्र.अ. नातामा मैरै १० दिने भाइ टंक बहादुर घिमिरे ) यस मानेमा भाग्य मानी कि म २५ वर्ष कार्य अनुभव प्रा.वि. द्धितिय श्रेणी हुदा हुँदै र मैले चाहदा चाहदै पनि ०६३ का नव नियुक्त तृतिय श्रेणी भाइले त्यस विद्यालयमा पाइला टेक्ने वितिकै भाग्य विधिले प्र.अ. बन्न पुगेका । अँ, अनि हामी ४ जना पहिले जग्गा धनी शेर बहादुर राईको छोरा, थोरै कुत खाने, बन्दकी खाने जीत बहादुर गुरुङ्ग जग्गा मिलाउने, हेड सर सवैकुुरा तार तुम्य मिलाउने जस अनुसार कुत तोक्ने, बन्दकी जग्गा धनीलाई बिरुवा किनी रोप्न सघाउने  हामी दुई जनाले ।

अनि हामीले समस्त जग्गाको चार भागको १ भाग दामासाही रोपी खाने सर्तमा चैत २२ गते देखि विद्यालय पठनपाठन नभएको समयमा दाउ छोपी बगान लगाउने भनी टुंगो ग¥यौ । यदि कार्य सम्पन्न भएको भए सानो लागतमा भए पनि हामी जनही कम्तीमा २५ मन अलैची प्रति व्यक्ति  तिन वर्ष पछि प्राप्त हुने थियो  । हाल अलैची को  बजार भाउ ४५ हजार प्रतिमन छ । अनि म सर्जक पनि धनी बनेर आफ्नो रचना आफैँ प्रकाशन गुर्ने र कम्तीमा पनि हङकङ जहाँ गाउँले साहित्यकार राजकुमार राई अन्य अरू  २० – ३० जना छन्  डुल्न जाने ।  कुवेत गएर होम बहादुर क्षेत्रीलाई भेट्ने आदि सपना देख्दै ठाउँठाउँ डोरी टाघेर साथीहरूले ४० –६० के.जी. मैले २०–३० के.जी. अलैचीको बिरुवा जो प्रति गोटा ५० पैसाको दरले किनेर ल्याएका थियौँ , बोकी रोप्न लग्यौँ । डोरी छिने पहराबाट खोलाको ठुलो दहमा परी ज्यानको जोखिम मल्दै काम गर्न सुरु ग¥यौ । लगातारको ११ दिनको कार्य तथा खेतालाहरुको ठुलो सङ्ख्या लगाई  अलँैची बगान लगाई सक्नु मेरो मागमा परेको जग्गा मात्र बाकी हुदा मैले खटेर उनीहरूको जति नै शारीरिक श्रम नगरेको आरोपमा मलाई अहिले सम्म (मत्लव ११ दिनको) काम गरेको दुःख शास्ति दिई निष्कासन गर्ने सम्झौता लाई  मान्न बाध्य बनाउने रोल मेरै भाइ को प्रमुख थियो ।

अनि मेरो सर्जक हृदय दुख्यो मैले दुःख शास्ति केही लिइन भोलि पर्सि अलैची फलेपछि १ दिन मलाई वियर मासु खुवाउनु है तिमीहरुले भनेर मैले अलैची बारी माया मारे । कुनैे अड्डामा उजुरी गर्दा सार्वजनिक वनमा शिक्षकहरूले पशी अलैची लगाउनु राम्रो नदेखिने फेरी त्याहाँ सबै गरिब गाउलेहरुले त्यसरी जङ्गलमा अलैची रोपेको हुनाले उजुर बाजुर गर्दा सारा गरिवहरुलाई पनि असर पर्ने अनि मैले ठाने हे भगवान् सर्जकहरु कसरी धनी हुन सक्छन् होला ?



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक