Similar Articles

संस्मरण

विना लगानी तिब्बत भ्रमण --जय बहादुर घिमिरे

बिराट नेपाल

मैले ठानेको थिए महान् पुरुषहरुको जीवन भोगाई मात्र पठनिय संस्मरण हुन्छ तर खै किन मैले भोगेका भोगाईहरु पनि पो भकाभक छापिन थाले  à¥¤ कि पत्रिकालाई पेज भर्न आर्टिकलको खाँचो छ वा यो संस्मरणमा केही दम छ, मैले केही ठम्याउन सकिराखेको छैन । त्यसो हुनाले म विगत जीवनका भोगाईहरुलाई भकाभक सार्वजनिक गर्न अभिप्रेरित भई रहेको छु । अँ कुरा १८ देखि २० वर्ष अघिको हो , त्यस बेलामा म श्री गुवाक्षेसा नि. मा. वि हटिया २ हुङ्गगुङ्ग सङ्खुवासभामा पढाउथे । शायद ५० देखि ५२ साल तिर होला, मेरो बसोबास त्यही गाऊका प्रख्यात व्यापारी ठिलेन भोटेको घरमा थियो । जसको तिव्वतमा आफन्तहरु भएका कारण उनलाई तिव्वत जान आउन त्यति कठिनाइ थिएन । म सानै उमेर देखि नयाँ ठाऊ घुम्न फिर्नको सारै अभिलाषि। त्यसैले कहिले मौका पारेर ठिलेन दाइको सहयोगमा तिव्वतको छेउछाउ घुमौ भन्ने दाऊ हेर्दै थिएँ, त्यस्तैमा श्रावणको अन्तिम महिना तिर होकी ठ्याक्कै मिति मात्र विर्सेछुँ महिना कि श्रावण अन्तिम हप्तामा कि भदौ पहिलो हुनुपर्छ, भकाभक हुङ्गगुङ्ग गाऊका मानिसहरू(मतलब भोटेहरु मात्र) क्षेत्रीय बाहुन काशी तिर्थ गर्न गएझै तिर्थ (तिब्बतमा लाग्ने १५ दिने मेला) जान तमतयर भए । तिर्थ स्थल भनौकी मेला? पायक (सेन) पनि भन्दा रहेछन् ।

जो नेपालको पूर्व सङ्खुवासभा जिल्लाको तिव्वत वोर्डर जोडिएको गा.वि.स. किमाथांकाबाट पनि २ दिन र एक बिहान मजाले पैदल हिडेपछि रियु भन्ने व्यापारिक नाका पुगिन्छ । आजभोली जस्तो त्यतिवेला रियू बजार भन्दा यता गाडीको सुविधा थिएन । त्यो रियु बजारबाट त्यसवेला ८ युआन भन्नाले नेपाली असी रुपैया भाडा लाग्ने रहेछ । मैले कति किलोमिटर भन्ने ख्याल राखीन तर तुफानसँग कुदेको बसमा ८ घण्टा लागेको थियो  à¤¤à¥à¤¯à¥‹ मेला भनौ वा सेन बजार पुग्न । तिन स्टेप चल्दा मात्रै राजा थुनिएको चेस खेल जस्तै भयो मेरो लेख, अँ सबै मिलनसार भोटे दाजुभाई दिदी बहिनी जाने भए । पछि मैले जाने आशय प्रकट गरे, किन भने मेरो घरपेटी ठिलेन दाइको रियुमा पसल थियो । त्यसमा पनि उनी उतै थिएँ । त्यस बेला मैले बाटो खर्च बोक्नु मात्र थियो । उहाँ पुगेपछि उनले आवश्यक सहयोग गर्ने नै थिएँ । मैले जाने टिम सँग सरसल्लाह गरे, घुम राडीको बन्दोवस्त मिलाए, स्पीलिङ्ग व्याग बोके, बाटोमा ढिडो खाने पिठो, तिहुनमा भटमासको किनामा, सोमर, सेरगम आदिको पनि बन्दोवस्त मिलाए, गोरुको सुकुटी मलाई त्यति रुचि नलाग्ने । साथीभाइले डोको, ढाकर बोके मैले रुक्स्यक बोके १० देखि १५ किलो मेरो पनि भारी थियो । २, ३ हजार नेपाली नगद बोके । हुङ्गगुङ्गबाट हिडेको दिन किमाथांका नजिकै चौरी गोठमा बास बस्यौँ । चौरीको दूध सँग ढिडो खाईयो, गोठमा सुतियो मजा भयो । बल गरेर गएको भए किमाथांका नै पुग्न सकिन्थ्यो । हामी आरामले गयौँ । हामी यतै हुर्किएको मानिस भएर होला, प्राकृतिक दृश्य मनमोहक भए पनि हामीलाई मतलब थिएन, कहिले रियुू पुग्ने? कस्तो होला ?, भोटको सहर जस्तो उस्तुकता मात्र थियो  à¤®à¤¨à¤®à¤¾ । 

भोली पल्ट बिहान किमाथांकामा गएर बिहानको ढिडो खायौँ । खाना भन्नु नै ढिडो भन्ने बुझ्नु पर्छ, त्यता तिर । अनि सीमा प्रहरी कार्यालयबाट दैनिक उपभोगको सामान लिन जान आउने खालको पास मिल्थ्यो । चौकीबाट त्यसैलाई लिएर हामी बाटो लाग्यौँ । किमाथांका मुनि कामु खोला र अरुण नदीको सारै रमणिय संगम छ । अरुण भन्दा आधा सानो छ कामु खोलो । देख्दै रहर लाग्दो निलो पानी छ त्यस खोलाको मतलब हिमनदिको । त्यसमा एउटा सिंगल ठुलो काठ तेस्र्याएर खोलो सागुरो भएको स्थानमा साघु हालिएको थियो कामु खोलामा । खोला पारी देखि चिन सुरु । बारी पटी नेपाल, पारी पटि १५ देखि २० मिनेट उकालो लागेपछि रमाइलो ठुलो गाऊ लुम्देक (डेन्दाङ) छ, हामी त्यता लागेनौ केही समय तेर्सो बाटो हिडेपछि हामी पुग्यौ अरुणको किनार तर तिव्वतको भूमि । मलाई आश्चर्य लागेको थियो त्यत्रो विशाल राष्ट्रको त्यति ठुलो नदीमा वर्षै पिच्छे काठको पुल हालिदो रहेछ(अरुण नदीमा) । जसमा चौरी तर्न सक्छन् । नदी त¥यौँ । क्या रमाइलो चागा गाऊ ! नदीको किनारमा । आजभोली बस आउदछ त्यहाँ । त्यस बेला थिएन, केही समय त्यो मनमोहक गाऊ हेर्दै हामी नाकै ठोकिने ठाडो उकालो लाग्यौ सारै लामो चाही होइन । डाडा काटे पछि खाजा खायौँ । खाजामा खासै गरी छ्याङ्ग , बिहान मस्काएर बोकेको ढिडो, खोर्सानी र नुनसँग खाएको , कानका रौँ ठाडा ठाडा भएका थिए होलान् । अन्दाजी त्यो ठाऊ २५ देखि ३००० मिटर अग्लो अनुमान गर्छु म अहिले । यात्रा नै स्वर्गको भएपछि ठाउ ठाउमा रमाइलो लाग्यो, रमाइलो लग्यो कति भनौ तर भौतिक सुख सुविधामा होइन अनुभूत हुने स्वर्गीय आनन्द थियो । कहीँ कतै भाषा नमिल्ने भोटेहरु भेटिएता पनि अनुहारमा यति हार्दिकता पाइन्थ्योकी? भगवान् ! म कसरी वर्णन गरौँ ।

हातको इसाराले कुरा ग¥यौ । बोल्न उनीहरू पनि बोल्छन् , आफू पनि बोल्यो कुरै दुवै बुझ्दैनौँ, बाडेर खायौ , फोटो खिच्यो, एक अर्काको  à¤—ह्रौँ भारी सघायौ , मलाई भने अप्ठ्यारो बाटो भेटे पछि समाएर भित्ता तिर हिडाउथे, म लडुला कि भन्ने मलाई भन्दा उनीहरूलाई पिर । 

अहिले सम्झदा पनि आनन्द लाग्छ । कत्रो हार्दिकता ! भरखरै भेटीएको अपरिचित परदेशी विदेशी रोङ्वालाई (रोङ्वा तिव्वतीयनहरुले हामीलाई भन्ने शब्द शायद यसको अर्थ टाढाको मानिस हुदो हो ) । त्यस दिन ताकटोक (टाकतोक) भन्ने  à¤ à¤¾à¤‰à¤®à¤¾ वास वस्यौँ । अब रियु सहर (सानो व्यापारिक नाका उचाइ अन्दाजी ३५०० मिटर ) नपुगुन्जेल सम्म उकालो बाटो थिएन,  à¤¦à¤®à¥à¤¸à¥à¤¯à¤¾à¤ˆà¤²à¥‹ रियुबाट बगेर आएको समथर मैदानै मैदान भएर बग्ने खोलोले हामीलाई बाटो देखाए झैँ लाग्थ्यो । बिहान उठेर घुम्नेमा भन्ने ठाऊ आइपुग्यो जहाँ पाल टागेर ४ –५ वटा अस्थायी दोकान (मतलब मेला भरीका लागी १५ दिने मेला) बनाएका रहेछन् । हेर्दैमा मनमोहक अर्को सानो हिमनदी जो रियु तिरबाट बाटो देखाउदै आइरहेको । रमाइलो लागेर ट्वाँ परेर हेरी रहेको बेलामा टाइट जीन पेन्ट लगाएकी एउटी सुन्दरी युवतीले एक्कासि पाखुरामा समाउदै भोटे भाषा केके भनेको सुनेर मेरो सातोपुत्लो गयो, अनि भने कालले धजो हालेछ जस्तो पनि लाग्यो, फेरी अनुहारमा हेर्छु हार्दिकता छ, यता साथीभाई छन् के होला त भन्ने सोचे, निमेष भरमा । अरू सोच्दै थिएँ कुरो खुल्यो । उनीले मेरा साथी भोटेलाई बताउदै रहिछिन् । उहालाई हामीले चिनेका  à¤›à¥Œ । हामी उहाँलाई खाजा नास्ता दिन्छौ, नडराउनु भन्नुहोस्न पो भन्छन् अँरे । हरे शिव ! अनि मैले भने दोभाषे साथीको सहयोगमा कसरी यो हुन सक्छ? म त चिन्दीन त ।

त्यसको जवाफमा साथीहरूले भने ठिलेन दाइको घरमा चिनेको रे । एँ त्यसो भए होला  à¥¤ कित मैले विर्सेको पो हुन सक्छु भनेर हामी उनको दोकानमा पस्यौँ । म सहित अरू ३ जना केटाहरु । सफा गलैचामा बसाएर तोङ्वा  à¤²à¤—ाइदिइन् ।  à¤®à¥ˆà¤²à¥‡ पिउने तोङ्वाको पिप्र्सीङ्ग चादिले मोरेको थियो । अरू तिव्वतीयन नौला खाना समेत साथमा थिए । आज भएको जति रकम चाही यहिनै सिद्धिने भयो जस्तो लागेको थियो । यस्तैमा उनले काठको राम्रो बुट्टेदार सानो टंयाकाबाट महिला ले केश बाध्ने फुलको थुंगा जस्तो रवर देखाइन् मलाई । मैले अझै कुरा बुझिन, अनि उनले साथी हरुलाई भनिन तिब्बत भाषामा त्यो उपहार मैले दिएको रे । अनि बल्ल सम्झे जस्तो त गरँे ठ्याक्कै सम्झिन सकिरहेको थिइन अनि उनले बज्दै गरेको तिब्बतीयन गीत बन्द गरी एउटा अर्को गीत क्यासेटमा हालीन् अनि त नेपाली समुधुर दोहोरी लोकगीत घन्कन थाल्यो । नयाँ बानेश्वार .......नबोल्ने मायालाई बोलाई देऊ लौ न परमेश्वर ...... । अनि मेरो चेहरामा  à¤…र्कै उमंग आयो । म त तुङ्वा तान्दै हल्लीन थालेछु उनले हात समाएर नाच्न इसारा गरिन् । अनि निर्धक्क नाच्न पो थालेछु । उनी पनि सँग सँगै नाचिन् । वरिपरीका रमितेहरु भीड लागीसके । 

मलाई यति राम्रो मन पर्ने गीत कस्ले गाएको थियो । कस्ले क्यासेट निकालेको थियो । कस्का शब्दहरू हो केही थाहा छैन सरी ल? अनि उहाँहरू भेट भएको घटना हुबुहु, सम्झे । कुन साल हो विर्से वैशाख १ गते नयाा वर्ष मनाउदा को समय , ठिलेन दाइ घर हुङ्गगुङ्गको कुरा रहेछ । यी बैनी हरू लगाइत २८  , ३० जना भरिया तिब्बतबाट लिएर दोकानको सामान ल्याएका रहेछन् ठिलेन दाइले ।हामी भने अधेरी पानी खाएर सबै रमझम भै सकेका। अनि रमायलोका लागि तास खेल्दै थियौ ।त्यो दिन तास पनि जुवा बराबर। फलास खेल ।जुन दिन मैले मेरो १ चौमासिक तलब उडाई सकेको थियो । यसै रनाहामा खेलबाट पिसाव फेर्न बाहिर निस्केको समयमा दोकानमा दुइवटी तिब्बतीयन केटी देखेर मैले जिस्क्याउनुको लागि ५., ५ रुर्पे ेगोटा पर्ने कपाल बाध्ने  à¥‡ रबर ठिलेन दाइको दोकानबाट झीकी तरुणीहरुको केश मसार्ने बहानामा मैले नै  à¤Ÿà¤¾à¤‰à¤•à¤¾à¤®à¤¾ लगाइ दिएको रहेछु यी दुवै जनालाई १, १ वटा  à¥¤ अनि म त तास खेल्न थाले । त्यो कुरा कै लागि सम्झनु तर आज त्यस जावो रु १० को यत्रो प्रतिफल । अँ हामीले १  à¤¡à¥‡à¤¢ घण्टा लगाएर तोङ्वा तान्यौ विभिन्न परिकार हरू टन्न खायौ। मैले पैसा सोधे कति भो  à¤­à¤¨à¥‡à¤° तर जवाफमा मेरो गोजीमा १० युआन जवरजस्ती कोचिदिइन तिनले । जो नेपाली ८० रुपैया हो तिनीहरूले आजको वास तयहि बस्ने हार्दिक आग्रह गर्दा गर्दै हामी बाटो लाग्यौ । बेलुकी एउटा चौरी बस्ने गोठमा वास बसी बिहान खाना खान रियु पुग्यौ  à¥¤ ठिलेन दाइले गाली गर्नुभो किन आँको जाडोमा भनेर । मैले पायक जान भने। पैसा कति छन् भन्नु भो जो भएको देखाए । चाइनीज युआन साटी दिन भो  à¥¤ त्यातिले नपुग्ने भन्दै थप रकम पनि दिनुभो। त्यसवेला चाइनीज युआनलार्य फेगर भन्थे १ फेगर को लागि रु ८ नेपाली दिनु पथ्र्यौ जम्मा म सँ ३ हजार नेपाली थियो । 

त्यस बेला दाइले मलाई न्यानो खालको१ जौर जुत्ता मोजा हाली दिनुभो । मैल पैसा दिए लिनुभएन । त्यस पछि उहाँले यता अउनु भनी आ्र्मी अड्डातिर लियर जानु भो ।मैले नबुझे पनि उहाँले विनम्रता साथ मेरो चिनारी दिई मलाई त्यहाबट पायक  à¤®à¥‡à¤²à¤¾ जाने अस्थायी भिसा नै होला  à¥¤ मिलाई दिनु भयो । जो मेरो टिम लिडर ले बोके। अनि एउटा ट्रक रिर्जभ भयौ।मैले १० युआन तिरे मेरो भागको भाडा । ट्रकमा आन्दोलनका बेलामा सैनिक पुलिस खादै झैँ खादिएर हामी ट्रकमा बस्यौ, १० बजे हामी गुड्न सुरु ग¥यौ । घुम्ती नभएको डाडैडाडा तुफान सँग गुड्दा हामी ५, ६ बजे त्यो मेला लाग्ने ठाउ जो त्यस जिल्लाको शदरमुकाम ( सेन) पुग्यौ । बाटोमा डाडा काडामा नाला पानी जस्ता किल्लाहरु देखिन्थे, मैले सोचे, यहाँ सम्म पनि पहिले नेपाल थियो कि कसो हो? नत्र किन पुराना किल्लाहरुको भग्नावसेषहरु ? तर त्यो  à¤œà¤¿à¤œà¥à¤žà¤¾à¤¸à¤¾ शान्त पारीदिने विश्वसनीय व्यक्ति कोही पाइन, मलाई तिब्बतीयन भाषा नआउने। पुग्ने समयमा हल्का वर्षा भयो । पाल ओडाउन अल्छी ग¥यो खलासीले ।थाहा नपाईदो गरी निथ्रक्कै भिजे छौ हामी गाडीबाट ओर्लदा । सडकको छेउमा सामान झारेर म रुङ्गन बसे, साथीहरू बासको बन्दोवस्त, (पाल टाङ्ने ठाउ) को खोजीमा आवश्यक तारतुम्य मिलाउन कतै गएका थिए होलान् म लखतरान परी मरे जस्तै भएर  à¤¸à¤¡à¤• छेउमा किनारा लागी सुतेको थिए, यो संसार राम्रै राम्रा मानिसले मात्र भरिएको नहुदो रहेछ । 

यो उदाहरण लुकाउन मन थियो किनभने धेरै इमान्दार तिब्बतीयन दाजुभाइको चित्त दुख्ला जस्तो लाग्छ के गरौ? वास्तविकता हदै सम्म लकाउन मनै छैन ।अँ म सुतिरहेको बेलामा एक जना तिब्बतीयन मानिस आउनुभो र मेरो चिउडो मा जुत्ताले ठाडो पारी टाउको उठाएर हेर्नुभो , मैले म जाडोले मर्न लागेको इसारा गरे, खै उनले के के भने त्यस पछि देखिन । पहिले मैले देखेको तिब्बतीयन चेहराको हार्दिकता तिनमा थिएन न त मुना मदनको भोटे दाइ जस्तो नै। खै यो कस्तो कस्तो भारत कटिहारको गुण्डा जस्तो । अँ त्यो गयो। साथीहरू आए, पाल टागीयो ढिडो खाइयो अनि सुतियो सबै एकै ठाउमा। म चाही कसो कसो दुइजना महिला को बिचमा खटिए छु । संकोचले रातभर निदाउन सकिन, चलन पनि कस्तो? छोरी मान्छे छोरी मान्छे सँग सुताएको भए म अझ रमाउथे होला । अनौठो संस्कार  à¤²à¤¾à¤—ेको मात्र खासै अप्ठ्यारो चाही केही परेन । भोली पल्ट १५ दिने मेला सुरु ।मानिसहरू भन्थे १५, १६ जिल्लाका ठेजु हरू(सी.डी.ओ.) आएका छन् । विभिन्न प्रतियोगी नाचगान, घोडा दौड, रस्सी तानातान, लोक नृत्यआदी सञ्चालन भइरहेको थियो । जतासुकै मानिसहरू रमाइलो मानिरहेको देखिन्थे । यस्तैमा म एक्लै घुम्न थाले किनकि त्यो ठाउ आजभन्दा २०, २५वर्ष अगाडीको धरान जतिको मात्र थिये । त्यसैले त्यहाँका पढेलेखेका मानिससँग टाइतुइ अङ्ग्रेजी बोली चीनजान गर्ने लहड चल्या।े मलाइ, अनि यसो अफिस जस्तो लागेको ठाउ तिर पस्न थाले र अङ्ग्रेजी बोल्न थालै। तर भगवान् मानिसहरू भने सान्दार व्यक्तित्वका देखिन्छन्  à¤¤à¤° कोही अङ्ग्रेजी जान्दा रहेनछन् । खासमा आफ्नो मातृभाषा समस्त प्राविधिीक ज्ञान आर्जन गर्न सक्ने राष्ट्रले अङ्ग्रेजी भाषालाई हामीले जस्ता मान्यता दिदैन कि क्या हो? पर्यटन क्षेत्रका निश्चीतहरुलाई मात्र अङ्ग्रेजी को जरुरत पर्दो रहेछ । नत्र किन झन्झट? त्यसै समस्यकाकारण मेरो केही सँग चिन हुन पाएन । 

उल्टो मलाई कुनै भारतीय शुराकी शङ्का गरी चेक जाँच सुरु भएछ । अनि परो कि फसाद? पुलिस  à¤…ड्डा पु¥याइए चेक जाँचको सिलसिलामा अङ्ग्रेजी जान्ने विशिष्ट अधिकारी कहाँ पुगे पछि मात्र राहत पाए । ती अधिकारीले मलाई १५ दिन सम्म प्रहरी अफिसको गेस्ट बनाइ बस्न दिने सुरसार गर्दै अडडा तिर प्रहरीसँग पठाइदिएका रहेछन् । मैलै ह तारमा It means I am arresting here भनेर क्रस प्रश्न गरेपछि उनले मलाई आफ्नै फुटपाथे पालमा बस्न पठाए । त्यहाँ त्यसरी स्वतन्त्र नघुम्न हार्दिक आग्रह गरे । 
फटाहाको फेला पर्ने सक्ने चेतावनी दिए । म उनको हार्दिकता कहिल्यै भुल्न सक्दिन । त्यस समयमा  à¤¹à¥à¤™à¥à¤—गुङ्गगुङ्ग बासी गाउँले दाजु भाइले पनि मलाई राम्रो सहयोग गर्नु भएको थियो । त्यस मा पनि ठिलेन तथा मायन को म कहिल्यै रीण तिेर्न सक्दिन । २, ३ दिन घुमे पछि म अरू १२ दिन बस्न चाहिन हामीलाई त्यो मेला भरी भन्नाले १५ दिन त्यहाबस्नै अनमति थियौ। १० फेगर तिर गाडीको टिउट काटेर रियु फर्के । तयस दिन ठिलेन दाइ पसल बन्द गरी सेन तर्फ लागेका रहेछन् ।म एउटा नेपाली बोल्न जान्ने तिब्बती केटीको रेस्टुरामा सुते । २ फेगर को बन्दोवस्त थियो । रेस्टुरा सानो थियो , केही कुरा खादा छ्याङ खादाा खास गरी जवानी केटीको हातले मुखमा लगी खुवाइदिने तिब्बतीय कल्चरले माधवी उपन्यासको झल्को दिन्थ्यो (पाहुना देवो भव भन्ने अर्थमा ) उनले मेरै छेउमा ओछ्यान बनाई सुतेको रहिछन मैले त बिहानी पख पो चाल पाए । बिहानी मैले तिरेदा बन्दोवस्त गरे भन्दा बढी मागीन अध्यारो मुख बनाउदै २ फेगरलाई ४ तिरै मैले  à¥¤ उनको चाहना के थियो मैले बुझिन । अनि म फर्कदै थिए । अलि अलि सौदा पनि गरेको थिए । साना साना तिन पोको थिए । १०, १५ किलो पक्कै थियो होला  à¤° मेरो भारी म फर्कदै थिए रियुबाट केही तल आइपुगेपछि तिन जना बटुवा भेटाए दुई महिला १ पुरुष।तीसाथीका बहिनी र भाउजु रहेछन् । भाषा क्यै जान्नु छैन तै पनि मैले म फर्केको भने इसारा गरै अरुके भन्नु? उनले नौलो आवाज निकाले शायद हामी पनि फर्केको भनेका थिए होलान्। यति बोल्ने वितिकै मेरा दुईवटा झोला खोसेर उनीहरूले बोके । 

पहिले त  à¤ªà¤¾à¤ª पनि चिताए खोसेका पो हुनकी भनेर । इसी नाम गरेका विद्यार्थीरहेछन् । हाल उनी सिगात्से भन्ने सहरमा चिनिया सेनामा काम गर्छनभन्नैै सुने  à¥¤ सँगै आयेंोे। मलाइ उनीहरूले बोकेको भ्याङ्लङ्ग  à¤•à¥‹ मासु सँग बेलुका खाना खुवाए ।पानी तताएर मेरा दाह्री उनैले काटी दिए । बोली रहन्छन् के भन्छन् बुझ्दिन म केवल घाटी तन्काइदिए । खुटा धोइदीन खोज्दै थिए मैले दिइन।उनले पानी तताइ दिए, मैले धुएँ राती उनकी बहिनी र भाउजुको बिचमा सुताए, आफू छेउमा सुते, कस्तो चलन हो यो? अतिथि देवो भवः भन्ने संस्कार हिन्दुहरुको मात्र कहाँ हो रछ र? भोलि उठेर सँगै झ¥यो अस्ति भेटेका बहिनीहरु सँग पनि भला कुसारी गरी बिदा भयेंो । फोटो खिच्यौँ । छुटीने दिन आयो । हाम्रो बाटो छुट्टीने भयो उनीहरूले उनीहरूको घर जाने ठुलो आग्रह गरे, मैले मानिन मैले मेरो सम्झना कोसेली स्वरूप एउटा थर्मस दिए, लिन मानेन। उनका आखा रसाए, मत झनै भक्कनीएर रुन पो थालेछ हे भगवान् एक शब्द बोली नबुझ्दै त्यस्तो माया कसले पतयाउला र? अनि थर्मस त्यही छोडेर आए ।मलाई देखुन्जेल उनीहरूले टिपेका थिएनन् तर सम्झना कोसेली लगे होलान् । यसरी विना पैसामा पनि तिब्बत भ्रमण गर्न आँट गरेको प्रतिफल यो संस्मरणको जन्म भयो ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक