Similar Articles

कथा लघुकथा

धान -- लक्ष्मी अनुरागी

बिराट नेपाल

लघु कथा :

कृष्णका बा भकारीबाट धान निकाली दिनुस् है ! आज राम्रा घाम लागेकाछन् ,भन्दै मिठुले आँगनमा सुकुल बिछयाउन थाल्छिन् | जय प्रसाद भकारीमा पुग्ना साथ चिच्याउँदै बोलाउँछन् ,"ए कृष्णेकी आमा झट्टै यता आइजत !चर्को स्वरले आफुलाई बोलाएको सुने पछि मिठु पनि अत्तालिंदै भकारी राखेको कोठामा पुग्छिन् र भन्छिन् " हैन किन यसरी कराउनुभएको ? के भयो ?

मिठुको कुरा नसकिंदै जय प्रसादले सोध्छन् ,"तैंले कसैलाई धान पैंचो दिइस् ?" मिठुले छक्क पर्दै जवाफ दीइन् ,छैन किन र ?

किन भन्नु नी !राता -रात हाम्रो धान चोरी भएछ हेर् त ! आधा भकारी मात्र छ | लौन नी !यो के भएको भन्दै मिठु कराउँदै आँगनमा पुग्छिन् र जय प्रसादले पनि धानको बोरा सुकुलमा पछार्छन् |

अब त्यो धान चोरलाई कसरी पत्ता लगाउने होला भन्दै दुई दम्पति बिस्कुन लगाउँदै थिए | त्यही बेला पल्लो घरकी पाणेनी आमै आइपुग्छिन् र सोध्छिन् ," होइन के कुरामा गल्फदी गर्दैछौ तिमीहरु जोई -पोई ?

मिठुले भन्छिन् ," हेर्नुस्न आमै ! भकारीबाट हाम्रो धान चोरी भयो |मिठुको कुरा सुने पछि पाणेनी आमैले भनिन् ," लौ हुनुहार भएछ | एकचोटी पाइला पछ्याएर हेर त ! तै बरु पत्ता लाग्ला की | आमैको कुरा सुने पछि जय प्रसाद भकारीको वरिपरी हेर्न थाल्छन् | नभन्दै भकारीको अलिक परबाट धानको धारो लागेको देख्छन् र उत्तिनै बेला मिठुलाई बोलाएर धारो पैल्याउँदै जांदा पाणेनी आमैको घरमा पो पुग्छ |त्यो देखेर उनीहरु अलमल्ल पर्छन् र भित्र चिहाएर हेर्दा धानको रास लागेको देख्छन् | अचम्म मान्दै मिठुले सोध्छिन् ," आमै यो धान कहाँबाट आयो ?" हिजो छाडी अस्ति मात्र हाम्रोदेखि दुई पाथी धान पैंचो ल्याउनु भएको होइन ?

आमैले भनिन् ," हिजो मेरो भतिजोले ल्याइदिएको हो |" फेरी जय प्रसादले सोधे ," अनि यो धानको धारो चाहिं मेरो भकारी देखि तपाईंको घर सम्म कसरी ?" ए तिमीहरुले त मलाइ पो संका गरेछौ ल हेर ! अघि तिम्रो धान पैंचो तिर्न जांदा डालोमा प्वाल थियो होला |" आमैले यति भन्दा उनको भतिजो पनि टुप्लुक्क आइपुग्छ र धानको थुप्रोतिर हेर्दै सोध्छ ," काकी तपाईंकोमा यति धेरै धान कसरी ?" भतिजोको प्रश्नले आमै निगुर्मुन्टि "न " भएर उभिइरहिन् र मीठुका जोई - पोइ भने मुखा मुख गरेर हेर्न थाले |


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक