Similar Articles

संस्मरण

माउण्ट फुजीशानको रमणीयता--गीता खत्री, न्यृ्योर्क

बिराट नेपाल

जापान पुगेपछि फुजी पर्बत हेर्न मन नगर्ने को होला? मलाई जहिलेपनि फुजी पवर्तको चित्र देखेपछि चढी हालौंकी जस्तो लाग्थ्यो । नेपालका ठृ्लाठृ्ला पर्वत देखेर हो कि यस्ता पहाड त पहाड जस्तो लाग्दैन मलाई । ज्वालामुखी फुटेर बनेको माउण्ट फुजीसानको टाउको कस्तो होला हेर्न पाए हुन्थ्यो जस्तो सधै लागीरहन्थ्यो । यो पर्बतलाई जापानीहरुले मिलेर सिमेट्रीकल कोन जस्तो बनाएर राखेको जस्तो देखिन्छ / यस्को तस्वीरले जहिले पनि मलाई आर्कषण गरिरहन्थ्यो । भाग्यले म आज त्यही पुगें । हुन त यो पर्वत सक्रिय ज्यालामुखीबाटै बनेको रहेछ । सन् १७०७ मा अन्तिम पल्ट देखापरको ज्वालामुखीबाट बनेको पहाड रहेछ । जापानको सबैभन्दा अग्लो पहाड यही रहेछ । यस्को उच्चाइ त जम्मा ३७७६ मिटर मात्रै हो । यस्तै साइजका पहाड जापानमा तीन ओटा रहेछन् । जापानीहरुले यिनीहरुलाई पवित्र मान्दा रहेछन् । तर सबैभन्दा राम्रो र अग्लो चाहि यही माउण्ट फुजीसान नै रहेछ । टोकियो शहरबाट ६० माईल दक्षिण पश्चिममा पर्दछ यो पर्वत ।

जापान गएपछि त्यहां नपुगी हुदैन भनेर हाम्रो लिष्टमा नाम त चढाएका थियौ तर कुन दिन जाने भन्ने टुगों थिएन । हिरोसीमाबाट फर्केको दिन बेलुकी हाम्रा मित्र तापसजीले भन्नु भयो— “भोलि बिहान आठैबजे तपाईहरु महामहिम डा. मदनकुमार भट्टराइज्यृ्को घरमा जानु पर्छ है” । नाई गर्ने कुरै थिएन । केही दिन अगाडिमात्रै उहांको घरमा गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा. रामबरण यादवसंग भेट भएको थियो । डा. मदनकुमार भट्टराई मेरो श्रीमानको गुरु । धेरै बर्ष पहिलेको । उहांहरुबीच गुरु चेलाको भन्दा पनि दाजुभाईको जस्तो सम्बन्ध । दुबैजना एउटै अड्डामा काम गरिरहेको भएपनि उहांहरुको भेटघाट नभएको पनि धेरै काल बितिसकेको रहेछ । एकपल्ट ल्हासाको जाडोमा भेट भएको थियो रे । मेरो श्रीमानलाई मदन सरको कुरा सुन्ने निकै रहर लाग्ने तर मौका नमिल्ने । यसरीनै झण्डै तीस पैसाती बर्ष बितिसके छन् । रात्रीभोजमै भेटघाट टुंगीने पो हो की भनेर मेरो श्रीमान डराइरहनु भएको थियो । फोनै गरेर आउछु भन्नु पर्ला भनेर सोचिरहनु भएको थियो । तापसजीको यो खबरले मेरो श्रीमान्को अनुहार प्रशन्न देखियो ।

भोलिपल्ट बिहान आठै बजे हामी मदन सरको घरमा पुग्यौं । ल खाना खानु पर्यो भन्न थाल्नु भयो । हामीलाई बिहानै खाना नरुच्ने भएकोले बडो गार्हो संग नाई भन्यौ । फलफुल मात्रै लियौं । कुरा बुझदै जादां त मदन सर, म्याडम, र उहांहरुको दुईजना पाहुना कृष्ण काफ्लेजी र श्रीमती काफ्ले सहित माउण्ट फुजी जाने योजना पो रहेछ । मदन सरले त अफिसमा बिदै लिनु भएको रहेछ । हामी अति नै खुसी भयौं । मेरो श्रीमानको धोको पनि आजै पुग्ने भयो । एकैछिनमा उहांहरु तयार भई हाल्नु भयो । नौ बजेतिरै हामी माउण्ट फुजीसानका लागि प्रस्थान गर्यो । दिन धुम्म थियो, त्यती उज्यालो भने थिएन तर पनि हामी घुमन्तेहरुलाई सबै ठाउंमा पुग्नु छ । समयको पावन्दी छ । मौसमले रोकिने कुरै भएन ।

मोटरमा बसेदेखि मदन सर बोल्न शुरु गर्नु भयो । हामी त स्रोता मात्रै भयौ । मेरो श्रीमान बिचबिचमा प्रश्न गर्ने उवाचक भएर, सरले जवाफ दिने । मेरो श्रीमानले प्रश्न गर्न ढिलासुस्ती गर्नु भयो कि उहांले उल्टै ल सोध्नुस मलाई भनेर प्रश्न गर्नु हुन्थ्यो । उहांको जवाफहरु सुनेर कहिलेकाँही त हामी पेटमिचिमिचि हास्थ्यौं त कहिले निदाउंथ्यौं । टोकियोबाट फुजीसान जांदा बाटोमा ठृ्ला शहरको सट्टामा जताततै हरियो जंगल अनि सानासाना पहाडको बिचबाट मोटर सललल कुदीरहेको थियो । अमेरिकाको भन्दा धेरै राम्रो बाटो लाग्यो हामीलाई त । बाटोमा ठृ्ला ठृ्ला बसहरु पर्यटकहरु लिएर फर्केका पनि भेटिन्थे ।

रमाइलो कुराकानीमा हांस्दाहास्दै हामी माउण्ट फुजीसान पुग्यौं । ११ बजी सकेकको थियो होला, तर फुजीसानको बेस क्याम्पमा भने भरखरै उज्यालो भइरहेको जस्तो देखिन्थ्यो । घाम त कता हो कता, पातलो कुहिरोबाट बाक्लोमा परिणत भयो । फुजीसानले हामीलाई आफ्नो जापानी सौन्र्दयता लुकाउन खोजे जस्तो लाग्यो । फुजीसानलाई हाम्रो क्यामेरामा लुकाउने प्रयत्न हाम्रो थियो भने त्यती राम्रो जापानी अनुहार हामीलाई नदेखाउने प्रण माउण्ट फुजीसानको भए जस्तो लाग्यो मलाई त । पांचै सेकेन्सजस्तो पातलो कुहिरो भएको बेलामा अलिअलि देखिएको फुजीसान मात्र हाम्रो क्यामेरामा राख्न सफल भयौं । टोकियोतिर त गर्मी नै थियो । फुजीसानको वरिपरि त जाडोपनि रहेछ । फुजीसानलाई हेर्न आउनेहरु पनि निक्कै हुंदा रहेछन् । माउण्ट फुजीसानको रुप हेर्न त कहिलेकाही दिनभरि नै त्यही बसेर धर्ना दिनु पनि पर्नेरहेछ । तर हामी त्यसो गर्न नसक्ने ।  हामीलाई अन्यत्र पनि भ्याउनु छ । धेरैबेर बसेर माउण्ट फुजीसानलाई देख्न नपाउने टुँगो लागेपछि म यताउता घुम्न थालें ।

माउण्ट फुजीसानको टाउकोसम्म पनि जान पाउने व्यवस्था रहेछ । तर त्यसको लागि स्थानीय नियम कानुन बमोजिम सबै खाले लुगाफाटो, पहाड चढने तालीम तथा टे«किङ सम्बन्धी आवश्यक सरसामानको आवश्यकता पर्ने रहेछ । माथि जानका लागि चारओटा बाटोहरु तोकिएका रहेछन् । यिनिहरुको शुल्क बेग्लाबेग्लै पर्दछ । सबै पर्वतारोहीहरुले तोकिएको बाटोबाट हिड्नु पर्छ । माउण्ट फुजीसान क्षेत्रलाई पनि युनेस्कोले विश्वसम्पदा आरक्षण क्षेत्रमा सन् २०१३ देखि पारेकोे रहेछ । जापानको राष्ट्रिय निकुन्जमा पर्ने भएकोले पांचौं स्टेशनभन्दा माथि क्याम्पिङ आदि केही पनि गर्न पाइन्न । चारओटा बाटो मध्ये हामी पांचौ स्टेशनमा पुगेका रहेछौं । धेरै बजार त थिएन तर पनि भएकोमा कतै खाली थिएन । सबैमा भीडमा नै थियो । सुभेनिरहरु किन्नेदेखि लिएर खाना खाने अन्य सामान किन्नेहरुको ठृ्लैभिड थियो । म केही किन्ने वाला थिइन । मेरो श्रीमान माउण्ट फुजीसानको चिनो खोज्न लाग्नु भएको थियो, दश पन्ध्र डलरसम्ममा पाइने केही पनि नदेखेपछि मेरो श्रीमान मुख बिर्गादै खाली हात फर्किरहेको दृष्य रमाइलो थियो ।

म नेपालको पहाड चढनेहरुको बेस क्याम्पमा पुगेको त छैन । नेपाली पर्वतहरुको बारेमा बिस्तृत बणर्न गर्दै पाठकलाई आपृ्m पुगेको ठाउंमै पु¥याउने प्रसिद्ध नियात्राकार श्री प्रतीक ढकालको पुस्तकबाट बेस क्याम्प सम्बन्धी जानकारी पाएको मात्रै हो । खाना पकाउने, पिउनेपानी, खानाखाने, अनि बाथरुमको समस्या आदिआदि कुराहरुको बर्णन थिए । तर यहांको बेस क्याम्प त निकै फरक जस्तो देखियो । चारदेखि छ घण्टासम्मको छोटो यात्रा भएर हो कि? कतिपय आरोहीहरु त दिनभरि तालीम लिने अनि बेलुकी मात्रै पहाड चढने रहेछन् । कोहीभने एक दुई घण्टाको सामान्य तालीम लिएर उक्लि हाल्ने पनि रहेछन् । सानै बजार भएपनि आवश्यक सबै सरसामानको व्यवस्था त्यहीनै पाइने । यस्ता टोलीहरु धेरैनै देखिए ।  जाडोको लुगाहरुले पुरिएका, हातमा लठ्ठी समातेका र ठृ्लाठृ्ला रुकस्याकहरु च्यापेका पर्वतारोहीहरुको घुइचो नै थियो । कोहीभने भोलिपल्ट विहानको झुल्के घाम हेर्नको लागि रातीबाट उकालो लाग्ने रहेछन । घोडा चढेर अलिअलि रमाइलो गर्नेहरुलाई पनि व्यवस्था गरिएको रहेछ । घोडा चढ्दै पहाड घुम्न पाइने व्यवस्था गरिएकोछ । यिनै दृष्यहरुको अवलोकन गर्दै हामीले आधा घण्टा पैतालीस मिनेट जति माउण्ट फुजीसानको पांचौ स्टेशनमा बितायौ । हामीसंग जाडोको लुगाहरु पनि थिएनन । बिस्तारै हातका औंलाहरु अररो हुन शुरु गरे । उता माउण्ट फुजीसानमा घाम लाग्ने लक्षणदेखा परिरहेको थिएन । बरु अझ बढि कुहिरो आएर दश फीट नजिकको साथीहरु देखिन छाडे ।

मदन सरले हामीलाई अर्कोतिरको पनि सरप्राइज गराउने योजना गर्नु भएको रहेछ । त्यसैले हामी करिब साढे बाह« बजेतिर माउण्ट फुजीसानसंग अब तिमीलाई भेट गर्न आउंदैनौ तर तिम्रो यादलाई सधैं मुटुभित्रै राख्ने छौं, तिम्रो तस्वीर हेरि तिमीसंगको सामिप्यताको अनुभव गर्ने छौं भन्दै विदालाई प्रस्थान ग¥यो ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक