Similar Articles

Home Page Spiritual Articles

ओमकार जाने पछि अरु जान्न बांकि केहि रहदैंन---प्रा. डा. नारायण कुंवर

बिराट नेपाल

धर्मको लक्ष आत्माज्ञान हो किनकि आत्माज्ञान नभईकन मुक्ति हुंदैन । तर आत्मा निराकार र निर्गुण भएकाले सजिलो संग आत्माज्ञान हुंदैन । निराकार र निर्गुण भए पनि आत्माका असिमित आयमहरु छन् जस् मध्ये केहिलाई आत्माज्ञानी सद्गुरुको निर्देसनमा अनुभूति गर्न सकिन्छ । अनुभूति गर्न सकिने आत्माका केहि आयामहरू हुन् - दिव्य ध्वनि, दिव्य ज्योति, दिव्य उर्जा, दिव्य सुगन्ध, दिव्य स्पर्श, दिव्य आनन्द, दिव्य चैतन्य र दिव्य प्रेम ।

सबभन्दा सजिलो संग अनुभुती गर्न सकिने आयम दिव्य ध्वनि ॐ हो जसलाई ओमकार, प्रणव, शब्द, शब्द व्रह्म, नाद, अनहद नाद, नादानुसंधान र नाम पनि भनिन्छ । यो दिव्य ध्वनि व्रह्माण्डमा जता सुकै गुञ्जिरहेको हुन्छ र सदगुरुबाट दिक्षा लिए पछि जो कोहिले पनि सुन्न सक्दछ । भक्तराज आचार्यको 'एक दिन मैले प्रभु संग सोधे' भजन ओमकार कै महिमाको बारेमा हो। भजनको एउटा बोल यस्तो छ - 'छम छम इश्वर भित्र ननाची शब्दब्रह्मको नाद हुंदैन'। छम छम इश्वर भित्र नाच्नु भनेको भित्र गुन्जीरहेको दिव्य ध्वनि ओमकार हो। सन्त कविरले पनि आफ्नो कानमा गुञ्जीरहेको ओमकारको दिव्य ध्वनिलाई आफू हरिको पछि होइन कि हरि नै आफ्नो पछि लागेको भन्नु हुन्छ एउटा श्लोकमा – ‘कविर मन निर्मल भया जैसे गंगा निर । पिछे पिछे हरि चले कहत कविर कविर’ ।

बिज्ञान भैरव तन्त्रमा भगवान शिवले पार्बतिलाई ११२ ध्यान बिधिहरु सिकाउनु भएको छ जसमध्धे १० बिधिहरु ओमकार सुन्नको लागि छन् ।

सास्र्त्रले भन्दछ ॐ तत सत अर्थात ॐ मात्र सत्य हो । भगवान कृष्णले भागवद गीतामा भन्नुहुन्छ सारा वेदको सारतत्व ॐ हो र म त्यहि ॐ हुँ, र भौतिक देह त्याग गर्दा जसले ओमकारको श्रबण गर्दछ त्यसले परम गति प्राप्त गर्दछ:

ओमित्यकाक्षर्ं ब्रह्म ब्याहरन्मामनुस्मरन ।
य: प्रयाति त्यजन्देहं स याति परमांगतिम ।।

भगवान शंकराचार्यले पनि 'योग तारावलि’मा ओमकारको महिमाको बर्णन यसरि गर्नु भएको छ:

सर्बचिन्तां परित्यज्य साबधानेन चेतसा ।
नाद एवानुसन्धेयो योगसाम्राज्यमिच्छ्ता ।।

अर्थात यदि पर्मात्माको साम्राज्यमा गति प्राप्त गर्ने आकांक्षा भएमा समस्त चिन्ताहरुबाट मुक्त भई साबधानि पूर्वक मनलाई एकाग्र गरि अनहद नाद श्रवण गर्नुपर्दछ । स्वामी परमहंस योगानन्दका गुरु स्वामी युक्तेस्वर गिरि यति सम्म भन्नुहुन्छ की ओमकारको साधना बाट मात्र परमात्मा संग मिलन हुंछ अर्थात मुक्ति हुंछ:

प्रणवशब्द एव पन्था ब्रह्मण: तस्मिन ।  
आत्मासमर्पणम ब्रह्मनिधानम ।।

परमगुरु ओशो भन्नु हुन्छ ओमकार जाने पछि मुक्तिको लागि अरु जान्न बांकि केहि रहदैंन अर्थात ओमकार श्रवण गरे पछि अन्य कुनै साधना गर्न पर्दैन, र तीन मिनेट मात्र पनि ओमकार श्रवण गर्दा तीन बर्षको संस्कार मेटिन्छ ।

Comments (1)

Ramesh babu Karakheti on

आदरणिय प्राध्यापक ज्यू, यो ॐकार को ध्वनि सुन्नका लागि यानी यो साधनाका लागि कुनै योग्य गुरुसँग गुरुदिक्षा लिएर मात्र सम्भव हुन्छ कि आफैंले गर्न सकिन्छ? कृपया, झर्को नमानी बताइदिनु भए म आभारी हुने थिएँ l ॐनमो नारायण l -रमेश बाबु काराखेती आलोकनगर, काठमाडौं


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक