Similar Articles

Home Page Spiritual Articles

मानव सरिर मुक्तिको द्वार पनि बन्धन पनि-- प्रा डा नारायण कुंवर

बिराट नेपाल

आत्माज्ञान बाट मुक्ति हुन्छ । आत्माज्ञानको लागि उपयुक्त साधना गर्न मानव सरिर आबस्यक पर्ने भएकाले मानव सरिर मुक्तिको द्वार हो । त्यसैले मानव सरिर पाउनुलाई पर्मात्माको बर्दान भनिन्छ । तर पर्मात्माको बर्दान भए पनि मानव सरिर हाम्रो अस्तित्व भने होईन । सरिर लाई आफ्नो अस्तित्व माने सम्म आत्माज्ञान नहुने भएकाले मानव सरिर मुक्तिको द्वार बन्नुको सट्टा जन्म मरण बन्धनको कारण बन्दछ ।

हाम्रो अस्तित्व आत्मा  हो । आत्मा णिर्गुण, निराकार र अति सुक्ष्म छ, र बिना परिधिको बृत्त जस्तै सर्बब्यापक छ । सर्बब्यापक आत्माको केन्द्र सर्बत्र छ र सर्बत्र केन्द्र भएकाले प्रतेक ब्यक्ति भित्र पनि छ ।  आत्माको नत जन्म हुन्छ, नत मृत्यु हुन्छ, अर्थात नत प्रारम्भ  हुन्छ, नत कुनै अन्तनै हुन्छ । त्यहि आत्मा  हाम्रो बास्तबिक अस्तित्व हो । आफ्नो बास्तबिक अस्तित्व आत्माको अनुभुति गरेर त्यो सँग तादम्यता बनाउनुलाई आत्माज्ञान भनिन्छ । आत्माज्ञान भए पछि मात्र मुक्ति हुन्छ । तर अज्ञानताबस हामिले नासवान सरिरलाईनै आफ्नो बास्तबिक अस्तित्व ठान्दछौ र त्यो सँग तादम्यता बनाउदछौ । यो भ्रमनै अन्तहिन जन्म-मरण बन्धनको कारण बन्दछ । त्यसैले श्रुतिमा लेखिएको छ:

देहात्मबुद्धिजं पाप्ं न तदगोबधकोटिभि ।
आत्माहं बुद्धिजं पुन्यं नभुतं न भबिष्य ति ।।

अर्थात म देह हुं भन्दा जति पाप लाग्दछ, त्यति पाप कोटि गोबोध गरे पनि लाग्दैन । म आत्मा हुं भन्दा जति पुन्य मिल्दछ, त्यति पुन्य पहिले पनि भएको थिएन् र पछि पनि हुने छैन ।

स्थुल सरिर भित्र आर्को पनि सरिर हुन्छ जसलाई सुक्ष्म सरिर भनिन्छ । मृत्यु पछि हाड र मासुले बनेको स्थुल सरिर त नस्ट हुन्छ, तर त्यो भित्र रहेको सुक्ष्म सरिर नस्ट हुँदैन । सुक्ष्म सरिर अनन्त जन्म देखिका संस्कारको उपज हो र संस्कार हाम्रा काम, क्रोध, लोभ, मोह, इर्ष्या र अहन्कारको सङ्ग्रह हो। मृत्यु पछि नष्ट हुने भएकाले स्थुल सरिर संगको हाम्रो तादम्यता त टुटेको हुन्छ तर संस्कारको कारण बाट बनेको सुक्ष्म सरिर यथावत रहने हुनाले सुक्ष्म सरिर संगको तादम्यता टुटेको हुंदैन ।

कर्मको नियम अनुसार मृत्यु पछि सुक्ष्म सरिरले आफ्ना अपुरा इच्छा, आकांक्षा, बासना, अहंकार्, इत्यादी पुरा गर्न र प्रारब्ध कर्मको फल भोगनकोलागि नया स्थुल सरिर प्राप्त गर्दछ अर्थात नया जन्म लिन्छ । यस प्रकार सुक्ष्म सरिर रहे सम्म सरिर संगको तादम्यता रहीरहन्छ र सरिर संगको तादम्यता रहीरहे सम्म आत्माज्ञान हुंदैन र मुक्ति हुंदैन । उपयुक्त साधना बाट संस्कार हटाउन सकिन्छ र सरिर संगको तादम्यता टुटाउन सकिन्छ । सरिर संगको तादम्यता टुटे पछि आत्माज्ञान हुन्छ र मुक्ति प्राप्त हुन्छ । यसरि मानव सरिर मुक्तिको बन्धनको कारण र मुक्तिको द्वार दुबै हो ।

Comments (1)

Seema on

Thank you for this precious Share!!!


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक