Similar Articles

कथा लघुकथा

उज्यालो भएको छैन --विवेक दुलाल क्षेत्री "दमक "

बिराट नेपाल

लघु नाटक
विद्यालयको छेवैमा चौतारो छ । चौतारालाई चारैतिरबाट बाटाहरुले जोडेका छन् । चौतारामा बरपीपल भएकाले बटुवाहरू भारी बिसाउछन् । बजार जाने /आउने मान्छेहरू आक्कल झुक्कल चौतारामा बसेर गफ गर्छन् । कहिलेकाही विद्यालयका विद्यार्थीहरू पनि टीपीनमा त्यहाँ गएर कुरा गरिरहेका भेटिन्छन् ।  यस्तैमा गर्मीको एकदिन एउटा अधबैशे मान्छे कतैबाट त्यहाँ आइपुग्छ र उठेर एकोहोरो फत्फताउन थाल्छ ।

अधबैश...े मान्छे - हेरियो ...सबै हेरियो ,राणा शासन हेरियो ,पंचायत हेरियो ,बहुदल हेरियो ,अब यो के रे .... गणतन्त्र पनि हेरिदैछ । खै के पाइयो ....? (हास्न थाल्छ एकोहोरो ...अनि मन्द मन्द गतिमा भुईँ हेर्दै शीतलमा बस्छ । )

अधबैशे मान्छे -(पुन उठेर )खै मेरो छोरो ...? अझैँ फर्केको छैन ,फर्कन्छ भन्ने आस पनि छैन । छ भनौ भने उसको अत्तो खबर छैन । मर्यो भनौ भने लास सम्म भेटिएको छैन । उ सँगै नयाँ नेपाल बनाउन गएकाहरू मन्त्री बनी सके । ह किन बेखबर छन् यिनीहरू । कि यिनीहरूले सुराकी भनेर सिध्याए मेरो छोरालाई ....खै मेरो छोरा (फेरी रुन थाल्छ,र पुन आशु पुक्ष्दै कराउन थाल्छ ) उसलाई त्यो बेला देश द्रोही भनी पक्राउनेहरू पनि माथि पुगेर कानुन लेख्ने भै सके ,कि यी सबै मान्छेहरू मेरो छोरोलाई फसाएर अझ झुर भै सके ....!(चार पाच जना बटुवाहरूको प्रवेश, उनीहरू उसैलाई हेर्दै हुन्छन्)
बटुवा १-के भयो बाजे यहालाई ?
बटुवा २ -के भयो अंकल तपाईँलाई ?
बटुवा ३ - के भयो दाइ हजुरलाई ?
बटुवा ४ - के भयो साथी तिमीलाई ?
अधबैशे मान्छे -(अघि बढ्दै ,युवतीको फोटो देखाउदै ) यो मेरी छोरी उ बेलामा राज्यबाट हो या विद्रोहीबाट विरोधी भनी उस्ले साचो कुरा राख्नै नपाई मारिएकी थिई रे.उसका साथीहरू यसै भन्छन् । जसरी नै होस् मेरी छोरीको मृत्यु पश्चात् पनि यो देशको स्थिति त फेरिएको छैन नि । (यसबेला चार जना विद्यार्थी टुप्लुक्क त्यहाँ आइपुग्छन् र त्यो मान्छे प्रति हेर्दै अड्कलबाजी गर्छन्)
विद्यार्थी क -यो राज्यले हेपेको नागरिक हो
विद्यार्थी ख -यो सरकारले बिर्सेको मानिस हो
विद्यार्थी ग- यो नेताले उपयोग गरी छोडेर अनागरीक बनाइएको सज्जन हो
विद्यार्थी घ -यो त हाम्रै गाउको साधारण किसान हो .
(अब बटुवाहरू / विद्यार्थीहरू / बजार आउने /जानेहरूले गर्दा चौतारीमा मान्छेको घुइरो भएको छ .चारैतिरको बाटोमा आगमन अबरुद्द छ । सबैजना उही अधबैशे मान्छेलाई हेर्दै छन् । उ पुन समूहको बिचमा उभिन्छ र हात उठाउदै एकलाई बोल्न थाल्छ ।)
अधबैशे मान्छे -के थाहा छ छ तपाईँलाई ? केही थाहा छैन । यहाँ हुने भन्दा नहुने कुरा बढी भै रहेको छ ।  केही भएको निहुमा नहुने कुराको जोड भैरहेको छ । विदेशीको थोत्रो नक्कल भै रहेको छ । देशको कर्नाधर्र युवा विदेश पलाइन भै रहेछ । भ्रष्ट माथि पुगिरहेछ । देशले विकासको सट्टा ऋणको आर्थिक भार बढिरहेछ । गाउँ समाजमा पछौटेपनका लक्षणहरु देखि रहेछन्.नेतृत्वलाई विदेशीको आशीर्वाद थाप्न फुर्सद छैन । सहर पनि फोहरको थुप्रोले दुर्गन्धित छ । पराइले बाधेको बाध्ले सालिन्दा नेपाली गाउँ डुबानको दरले आतंकित छ ।  माथि तै चुप मै चुप । खै कहा छ जनमुखी शासन । फटाहाले कानुन हातमा लिएको छ । हो यो उज्यालो कृतिम उज्यालो हो । सही मानेमा यहाँ उज्यालो भएको छैन। हो यहाहरूले थाहा पाउनु भो ,यहाँ उज्यालो भएको छैन ..(सबै जना ताली ठोक्छन र आ आफ्नो बाटो लाग्छन् ।  त्यो अधबैशे पनि झोला बोकेर चौताराबाट अन्तर्ध्यान भयो )

अस्तु :


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक