Similar Articles

संस्मरण

मृत्‍यु र जीवनसँग अल्झेका क्षणहरु- आचार्य प्रभा

बिराट नेपाल

हरेक सालको डिसेम्बर ४ तारिखका दिन म फेरि आफ्नो नयाँ जन्मदिनको अनुभुत गर्दछु । मलाई जन्मेर संसार देख्नुसँगको जन्मदिन भन्दा मृत्‍युलाई जितेर उठेको जन्मदिन प्यारो र अनमोल् छ । नयाँ साथीहरुकोलागी फेरि बाँड्दैछु यो लेख । यतिबेला मलाई बाँच्ने तिब्र इेच्छा मेरो लेखनकैलागी बढी थियो जो मैले पुरा गर्न सकेकी थिइेन । र त्यो समय वाक्य नआएपनी मैले इेशाराको भरले कलम र कागज माँगेर कविता पनि लेखेकी थिएँ त्यही अस्पातलको बिस्तरामा . . . .

धेरै समय पछीको कोलोराडो बसाइमाधेरै तिता मीठा अनुभवहरुसँग  पौंठेजोरी खेलियो । कुनै पल आफन्त,साथी,भाइ र प्रियजन अनी आफ्नो देश  गुमाउनु परेकोमा मनलाई अमिलो पनि पारीयो । यो सबै प्रवासी मनले भोग्नु  पर्ने पीडा हो । यस्तै अमिलो पनलाई स्वादिलो बनाउन हामी कहिले कहिं आफु  नजिक भएका साथी भाइ,आफन्तलाई भेट घाट गरेर मनलाई हल्का बनाउने प्रयत्न पनि  गर्छौं । यस्तै क्रममा हामीले पनि आफुलाई केही परिवर्तन गर्न वा एकोहोरो  जीवन भोगाइबाट अलिक प्रिथक बन्न क्यालिफोर्निया जाने साइत जुरायौं । जहाँ  हाम्रा दौंतरीहरु छन र उनिहरु बालखकालदेखीका साथीहरु हुन । 

हामी सबै  बच्चादेखी सँगै खेलेका,खाएका,हिँडेका हरु हौं  । उनिहरुलाई भेट्ने अभिलाषा  लिएर हामीले डिसेम्बर ३/ २०१० को हवाइ टिकेट काट्यौं । पहिलो सल्लाहानुसार त  हामी दुई बुढा बुढी मात्र जाने तयारीमा थियौं । तर भाग्यवस दुई छोरीहरु  पनि हामीसँगै जाने भए।  डिसेम्बर ३ तारिखको दिन आयो । हामी साँझको जहाजमा  चड्यौं । क्यालिफोर्निया पुग्दा रातिको १० बजी सकेको थियो । हामीलाई लिन  कृष्ण मिश्र दाजु र शान्तीराम  दाजु आउनु भएको रहेछ । धेरै बर्ष पछीको  भेट्घाट्मा हामी खुबै रमायौँ । दुवै जनाले मेरो घरमा जाने भन्ने ढिप्पी  गर्दा गर्दै आखिरमा कृष्ण दाजुकोमा अडियौं । कृष्ण दाजु र शान्तीराम  दाजु म  भन्दा सिनियर नै भए पनि हामी ६/७ कक्षादेखिको सहपाठी हौं । ज जस्ले मलाई  माया गरेर "कान्छी" भन्नु हुन्छ । वहाँहरु मेरो श्रीमानका एकै थालमा खाने  साथीहरु पनि हुनुहुन्छ  । धेरै समय पछीको भेट्घाटले हामीमा छुट्टै रौनकता  ल्याइदियो । हामी रातभर पुराना कुराहरुलाई सम्झेर हाँस्दै बस्यौँ । तर  अफ्सोच!गफको सुरमा मैले त खाना र औषधी खान नै बिर्सेंछु । बस मलाई यत्ती  थाहा छ । हामी राती सम्म गफ गरेको ।

अब म के भनौं ? बिहान भएछ । मेरो  श्रीमानलाई चाँहीं शान्तिराम दाजुले घुमाउन लैजानु भएछ र म र छोरीहरु  चाँहीं अर्कै ठाउँ जान तयार हुँदैथियौं रे/ त्यो पनि मलाई हेक्का छैन । म र  सानी छोरी बाथरूममा थियौं रे । छोरी कपाल नुहाउँदै थिइेन रे । म भने ऐनामा  हेर्दै मेकअप गर्दै छोरीसँग गफ गर्दैथिएँ रे । गफ गर्दा गर्दै मेरो आवाज  बद्लियो रे । तर पनि छोरी आफ्नो कपाल पखाल्ने धुनमा नै थिइेन रे । केही  पलपछी म मौन बनें रे। अचानक म मौन बन्दा छोरीलाई शक भएछ र यसो म पट्टी  फर्केर हेर्दा त म सिन्कमा टाउको अडाएर लत्रिरहेकी रैछु रे ।   मेरो  त्यो स्थिती देख्नसाथ सबै आत्तिएछन् र छोरीहरुले हठातको साथ  ९११ कल गरेछन्  । त्यो घडीसम्म त मैले सास फेर्न नै छाडी सकेकिरैछु । शरीर पनि यत्ती भारी  थियो रे कि मलाई उचाल्न नै कठिन् भयो रे । तुरुन्त हस्पिटल पुर्याइएछ ।  हस्पिटल पुगिन्जेल सम्मको स्थितिमा म त अन्तिम अवस्थामा  नै थिएँ रे ।  तुरुन्त एमर्जेन्सिमा राखिएछ । डा.हरुले मेरो श्वास प्रश्वास बन्द भएकोले  मेरो मुख खोल्न धेरै प्रयास गरेछन् त र दुई तीन वटा दाँत् नै भाँचिएछन् कसै  गर्दा मेरो मुख खोलिएन छ । डा.हरु पनि आतिए रे । अब मेरो अत्ती नै  नीरिहावस्था भए पछी डा हरु निरश भएछन् । आशा छैन भनेर मेरा परिवारलाई भनी  सकेछन् ।

अब अन्तिममा के गर्ने भन्ने निर्णयमा सि .पि ,आर गर्ने निष्कर्षमा  पुगेछन । यस्को फुल फर्म चाँहीं थाहा भएन तर यो गर्नुको अन्तिम बिकल्प  चाँहीं कुनै पनि मान्छेको अन्तिम अवस्था हुँदा मर्छ या बाँच्छ भनेर जाँच्ने  प्रणाली रे । अब यत्ती भइे नै सके पछी मेरा परिवारहरुले माया मारेर बाहिर  निस्केछन । तर भाग्य दर्हिलो । फेरि डा.हरुले माइन्ड चेन्ज गरेछन् र अर्को  सर्जन डा.सँग सल्लहा गरेछन् । एकपटक घाँटी सर्जरी गरेर हेर्ने हो कि भनेर ।  सोही गरेछन् । घाँटीमा प्वाल बनाएर सास फेर्न लगाइेछ । १५ घण्टासम्म  कोमामा रहेछु । दुई दिन सम्म त सास नै फेरिन रे । यसरी माया मरिसकेको  मान्छे पनि कोमाबाट फर्किएर  १६/१७ दिन सम्म बेहोसीमा लडिरहेछु ।अचानक   मलाई त्यो शब्दले सचेत गरायो कि । मेरो श्रीमानको शब्द "आज ११ दिन भयो  हस्पिटल बसेको । " यि शब्दहरु अनायस कानमा पसे अनी म झस्किएँ र सोंचे " अरे  हिजो मात्रै कलिफोर्निया एयर पोर्टमा उत्रिएको । "बस यत्ती सुने । यत्ती  सोंचे फेरि म कुन दुनियाँमा गएँ फेरि सारा शून्य भयो । यसरी म अचेतावस्थामा  बिस्तारामा लडी रहेकी रहेछु । अनायस होस् आयो । म उत्तेजित भएर केही बोल्न  लागेकी थिएँ । तर अफ्सोच! मेरो बोली बन्द रहेछ ।

अचेत अवस्थामा मलाई हेर्न  भेट्न धेरै आएछन् टुलु टुलु हेर्थे रे तर चिन्न सकिनरैछु । यसरी मैले त्यो  कठिन् अवस्था पार गरेँ ।  जब होस् आयो मैले आफुलाई झनै कठिन्  अवस्थामा पाएँ । बरु बेहोसिमा  त्यो कठिनाई त भोग्नु परेन । होस् आउँदा  मैले आफुलाई कमजोर अवस्थामा पाएँ । नाखमा पनि पाइप लगाइेको थियो । घाँटी  सर्जरी गरेर अनेक थोक लगाइेको थियो । मलाई सास फेर्न ज्यादै कठिन् भएको  थियो । थुक निल्न पनि गार्हो थियो । डा.नर्सहरु आउँदा आफ्नो कठिनाई भन्नु  पर्ने । आवाज बन्द भएको कारण खाली लेखेर भन्नु पर्थ्यो । मलाई धेरै कठिन्  भएकोले बरु बेहोसी नै ठीक थियो जस्तो लाग्थ्यो । छाती र फोक्सो सफा गर्नलाई  बेस्सरी खोक्ने औषधी दिएकारहेछन । खोक्दा खोक्दा प्राण नै जाला जस्तो  हुन्थ्यो । खोकीको पीडा र सास फेर्न गार्हो भएको कारणले मलाई त बेहोस् नै  हुन मन लाग्थ्यो । म नर्सहरुलाई लेखेर नै बिन्ती गर्थे । "प्लिज मलाई  निदाउने औषधी "एक्टिभान" देउ " भनेर कसैले भने माया गरेर लगाइ दिन्थ्यो र म  निदाउँथे । कसैले भने धेरै यो दिन हुन्न भनेर निरश बनाउँथे ।

यसरी  धेरै कष्टकर समय काटेँ मैले तर मेरो भाग्य राम्रो मलाई मेरा नानीहरुले र  श्रीमानले अत्ती नै देख्भाल गरे अनी क्यालिफोर्नियामा रहनु हुने सारा साथी  भाइहरुको सद्भाव,सहयोगले मैले आफुलाई तन्दुरुस्ती पाएँ  सारा हस्पिटलका  स्टाफहरु नै चकित थिए ।मलाई भेट्न आउनु हुने सारा क्यालिफोर्नियाबासिहरुको  लाम देखेर ।  नानीहरुले स्याहार,चाकर गरेको देखेर । "तँ भाग्यमानी छस् । के  तेरा छोरीहरु पनि नर्स हुन ?" भनेर सोध्दथे ।तर उनिहरु नर्स नभएपनी नर्सले  भन्दा ज्यादा मेरो रेख देख गरे। मेरी असली नर्स ठूली छोरी त म आइे.सि.यु  मा हुँदा नै स्याहार गरिवरि  फर्की सकिछ । के गर्ने ? हस्पिटलको नर्स  जिम्मेवारि धेरै । बिदा नमिलेर आमालाई अचेतावस्थामा छाडेर गैछ । जब म  होसमा  आएँ मैले ठूली छोरीलाई सोधेँ । सबैले मलाई भने कि दीप्ती त कोलोराडो  फर्की । बल्ल मलाई होस् आयो । डिसेम्बर १६ तारिख त उस्को रजिस्टर नर्से  गरेको कलेजमा ग्र्याजुएसन थियो । ग्र्याजुएसन अघाडी एउटा परिक्षा थियो त्यो  पास गरे मात्र उस्ले ग्र्याजुएसनमा भाग लिन पाउने । मलाई यत्ती नमीठो  लाग्यो कि छोरीको ग्र्याजुसनमा जाउँला। खुशीयाली मनाउँला भन्ने तर अफ्सोच !  त्यो पनि गुमाउनु पर्‍यो र अर्को तिर मलाई पस्चताप पनि भयो कि मैले गर्दा  छोरीलाई डिस्टर्ब भयो अब त्यो परिक्षामा के हुने हो भनेर । कत्ती दु:ख र  कष्ट खपेर नर्सिङ पढेकी । पक्का पनि सफल हुन्न अब एक बर्ष ढिलो भयो भनेर म  चिन्तित बनें । आँफैलाई धिक्कारें मैले । तर जत्तिसुकै मनमा पिरोलो बोकेर  भएपनी परिक्षामा सफल भएर ग्र्याजुएसनमा भाग लिन पाइछ ।

अली अली होस् आएपछी  मेरा दुई छोरीहरुले मलाई साइक्लोजी ट्रिटमेण्ट पनि गर्न थाले । कहिले  फेसबूक खोलेर देखाउने । कहिले मन परेको गीत सुनाउने । कहिले भजन सुनाउने  आदी आदी । जब फेसबूक खोलेर देखाए । मैले मेरा शुभचिन्तकका खबरहरु पनि पढ्न  पाएँ । दीप्तिको ग्र्याजुएसनको फोटोहरु हेरें । फोटो हेरेर भक्कानो फुटेर  आयो । मेरो सपना अधुरो भए झैँ लाग्यो । फोटोमा दीप्तिलाइे निरश पाएँ । आफु  कष्टकर अवस्थामा गुज्रिएकिले फोटो हेरेर मैले छोरीलाई आशिर्वाद दिएँ कि जब म  गार्हो हुँदा नर्सको प्रतिक्षामा तड्पिन्थेँ " नानी तैंले हरेक बिरामीको  कष्ट बुझ्नु । आज म जसरी नर्स मेरो नजिक होस् भनेर तड्पिरहेकी छु । त्यस्तै  रोगिको तैंले आशय बुझ्नु। नझर्किनु,राम्रो केयर गर्नु । " मन मनै मैले  यस्तो आशिर्वाद दिँदा दिंदै छोरीको फोन आयो म पास भएर पनि ग्र्याजुएसन  सकियो भनेर । फेरि मैले त्यही माथिका शब्दहरु फोनबाट भनें । उस्ले जवाफमा  भनी । "किन गर्दिन र गर्छु नि । मलाई पनि त कत्ती माया लाग्छ बिरामीहरुको ।  " अनी म ढुक्क भएँ । यसरी म हस्पिटलमा रहुन्जेल कृष्ण दाजु र शान्तिराम  दाजुका परिवारले सहयोग गर्नु भयो भने मलाई हेर्न आउनु हुनेहरुमा सुदिप पन्त  भाइ त दिनैपिछे आउनु हुन्थ्यो भने अरु अरु दाजु भाउजुहरु दिल बहादुर  दाइ,भाउजु,सूर्य प्रसाईं दाजु,भाउजु,बिवेक(क्रिष्ण मिश्र दाजुको छोरा )  छोरा जस्ले मलाई यती माया दियो कि म बिर्सन सक्दिन आजन्म र अन्य दमकका सबै  नै आउनु भयो । मलाई त्यती हेक्का छैन । जे होस् परदेशमा गएर थलिनु परे पनि  आफ्नै ठाउँमा भएको आभास भयो सबै दमकेली साथीहरुको सद्भाव र सहयोगले । धेरै  बर्षपछिको भीट्घाटमा रमाइलो गरौंला भन्ने जुन चाहना थियो त्यो पूरा हुन  नसके पनि मेरो कमजोर अवस्थामा जुन किसिमको सद्भाव र माया मैले पाएँ त्यो  मेरो जिन्दगीको अवस्मरनीय क्षण नै भएको छ ।  जब म अलिक तँग्रिएँ ।  डिस्चार्ज गर्ने समय भयो । डिस्चार्जको दिन कृष्ण दाजु आउनु भयो  ।

डिस्चार्जकै दिन निस्कन लाग्दा मैले नर्सलाई एउटा कलम र पन्ना मागेर कबिता  पनि कोरिहालेँ ।कृष्ण दाजुहरुको घर अलिक साँघुरो भएको कारण मलाई मेरी  साथी पुष्प र सुक्देव दाइको घरमा लैजाने निधो भयो । पुष्पहरुको घरमा  बसिन्जेल पनि एक दिन एक्लै बस्नु परेन । अमेरिकाको ब्यस्त समयलाई माया  मारेर भए पनि दमकका सबै मलाई भेट्न आइरहनु भयो । सबैले मलाई यती माया र  सद्भाव दिनु भयो कि म अन्तिम अवस्थामा पुगेको मान्छे पनि चाँडै तँग्रिएं ।  अझ भन्नु पर्दा कृष्ण दाजु र सुदिप भाइको हाँसो त मेरो निम्ती ओखती नै भएको  थियो । सुदीप भाइको चांहि कामको समय पनि राम्रो भएकोले काम सकिनअसाथ  आइेहाल्नु हुन्थ्यो र मीठो गफ गर्दा गर्दै गलल आँफै हाँस्नु हुन्थ्यो ।  त्यो समयको कम्जोरी र अप्ठ्यारोपनमा मलाई सुदिप भाइको हाँसो र गफले छुट्टै  आनन्द र "ट्रिट्मेण्ट" गरेको आभास हुन्थ्यो र मेरो नजर खाली घडीमा  दौडन्थ्यो कत्तिबेला ६ /७ बज्ला र सुदिप भाइको काम सकिएला ?त्यो आशा अनौठो  थियो मेरोलागी। म अझै पनि सम्झन्छु ति द्रिश्यहरु। जब म अलिक जाती  हुँदै गएँ मैले आफुलाई भाग्यमानी ठानेँ । ठुलाहरुका मात्र माया र सद्भाव  कहाँ हो र ?छोरा छोरीहरु सबै जना ज जस्लाई मैले दमकमा सानै छाडेकाहरु पनि  ठुल् ठुला भएछन । उनिहरुले पनि यत्ती माया दिएकी म बयान गरेर सक्दिन।  पुष्पका छोराहरु सुदिप शाही,सुन्दर,जुना (क्रिष्ण दाजुकी छोरी) बिवेक  (क्रिष्ण दाजुकै छोरा) शान्तिराम दाजुका छोरा छोरीहरु ।

उनिहरुको "केयर" र म  प्रतिको माया ओहो ! म के भनौ ? जब म अलिक जाती भएँ अनी दमकका सबै जनाका  घरमा निम्तो हुन थाल्यो।मैले पहिलो निम्तो सूर्य प्रसाईं दाजुकोमा खाएँ ।  ओहो! भाउजुले कती मेहेनत गरेर बिरामीको लागि भनेर छुट्टै पक्वान बनाउनु भएको ? । म कहिले बिर्सन्छु र त्यो सद्भाव? दोश्रो निम्तो दिल बहादुर दाइ  भाउजुकोमा । बिस्तारै मैले नचिनेकाहरुबाट पनि उस्तै माया पाएँ ।  दिलबहादुरदाइको घरमा ।  बिस्तारै सबैको घरमा गयौँ । मीठा मीठा भोजनहरु  खायौँ । भोजनभन्दा पनि म प्रतिको भावना अझ मीठो थियो । म बिरामी भएर उठे  पनि मलाई तगडा भएर भेटेको जस्तै आभास भयो ।पुष्प र सुक्देव दाजु जस्को  घरमा ढुक्क १०/ १२ दिन बसें । उनिहरु आ -आफ्नो काममा ब्यस्त भएपनी । मेरो  हेरचाहमा कुनै कसर बाँकी राखेनन् । कामबाटै पनि पुष्पले फोन गरेर भन्ने  गर्थी "के खाइस,के खान मन लाग्छ पकाउनु लगाएर खा" सुक्देव दाजु ब्रेकमा  आउनु हुन्थ्यो अनी पहिलो प्रश्न त्यही हुन्थ्यो। छोराहरु एकजना साथै  हुन्थे  । कत्ती सहज,कती नरमपना थियो तिनिहरुको म प्रती ।अलिक तगडा भए  पछी पहिलो पटक शान्तिराम दाजुले घुमाउन लैजानु भयो समुन्द्रीतटतिर।  शान्तीराम दाजु आँफै पनि अलिक रोगी हुनुहुन्छ । हस्पिटलमा मलाई देखेर झन्डै  बेहोस् हुनुभएछ। वहाँहरु सबैले नै मलाई भन्न थाल्नु भयो । नयाँ जूनी पायौ  भनेर ।मलाई सपना जस्तै लाग्छ अहिले ति सब द्रिश्यहरु । त्यस्पस्चात फेरि  कृष्ण दाजु,सुदिप भाइ,पुष्प र हामी सबै परिवार घुम्न गयौ । "शिलबिच"  समुन्द्री तटमा त्यती खेर भने मलाई अलिक क्यालिफोर्निया आएको सार भयो जस्तो  महसुश भयो । हामी खुबै रमायौँ सबैजना । ।फोटोहरु खिच्यौं । बिच,बिचमा  कृष्ण दाजुले जिस्काइ रहनु भयो "कान्छी अब झन कत्ती कबिता लेख्छस होला है  "भन्दै । म अझै दाजुको त्यो जिस्काइ र हाँसो सम्झिरहेछु । देवी बहिनी  (कृष्ण दाजुकी श्रीमती) उस्ले पनि जिस्काइ रहन्थिन् ।

नानीहरु ढुक्कै  वहाँहरुकोमै बसे । रमाइलो सँग घुम्फिर गर्दै । मलाई पनि यस्तो भान भयो  अनायस परेको त्यस्तो घट्नाले नानीहरु पनि निरश थिए र मन बहलाउन घुमोस भन्ने  मेरो पनि चाहना भयो । यसरी क्यालिफोर्निया भ्रमणमा नौलो अनुभुती  साटियो ।

मलाई खेद पनि लागेको छ कि मैले क्यालिफोर्नियाबासिहरुलाई केही  दु:ख पनि दिएँ । त र एउटा उखान टुक्काको ज्वलन्त उदाहरण के भोगियो भने  "टाढाको देवता भन्दा नजिकको भूत काम लाग्छ" अर्थात भौगोलिक दुरिले हामी  टाढा भए पनि त्यो समय उनिहरु मेरालागी कत्ती महत्वपूर्ण भए र बसाइमा टाढा  भए पनि क्षणिक समयको भेट्मा कत्ती उपयोगी भए । एउटा गीत नै छ नि "आफ्नो  मान्छे आफ्नै हुन्छ । " हो यस्तै उदाहरण प्रस्तुत भयो त्यो घडी त्यो समय ।  बालक काल देखी खेलेका हुर्केका र आफ्नै गाउँ,ठाउँमा बसेका मान्छेहरुको  महत्व कत्ती हुँदो रैछ भनेर ।फर्कने दिन नजिक आयो सबैसँग छुट्टिने  बेला पनि हुँदै गयो । मनमा एक प्रकारको ऊदासिता छाइेरह्यो । सबैलाई छाड्नु  पर्ने समय आएको सम्झेर । फर्कने दुइदिन अघी शान्तिराम दाजुले फेरि आफ्ना  पार्लरतिर घुमाउन लैजानु भयो । भाउजुले त्यही नै एउटा उपहार पनि किनेर दिनु  भयो । जुन मेरालागी अमुल्य छ। त्यस्को भोली पल्ट हामी "हलिउड" घुम्न गयौँ ।  सबैले सबै द्रिश्यहरु हेरेर मनोरन्जन लिए। म भने कमजोरिको कारणले $७५.००को  टिकेट मात्र लिएँ केही हेर्ने हिम्मत गर्न सकिन । हामीलाई फर्कन बिवेक लिन  आयो । अहो!बिवेकले त्यो समय मलाई केयर गरेको माया गरेको सम्झिँदा अझै पनि म  दंग पर्छु । अनी आँफैलाई भाग्यमानी ठान्छु । आफुले नजन्मे पनि कत्ती माया  गरेको ? हलिउडबाट फर्के  पस्चात राती सुत्न हामी शान्तिराम दाजुकै घर तर्फ  लाग्यौं किनकी भोली पल्ट बिहानै ७ बजेको कोलोराडो फर्कने टिकेट थियो ।  हामीलाई पुर्याउन शान्तिराम दाजु र बिवेक तयार हुनुहुन्थ्यो । अन्तिममा  शान्तिराम दाजुको घरको बसाइ स्मरण गर्न योग्य लाग्छ । भाउजुले ओछ्यान बनाइ  दिनु भएको । दाजु र म एक्छिन तास खेलेको । अन्तिममा कृष्ण दाजु र सुक्देव  दाजुसँग भने भेट हुन नपाएकोमा अलिक खल्लो लागेको छ। त्यही त हो अमेरिकाको  जीवन भोगाइ । मज्दूरी गर्नै पर्‍यो ।भोली पल्ट बिहानै ५ बजे उठ्यौं र  हिँड्ने तयारीमा लाग्यौं । मभित्र अझै डर बाँकी नै थियो जहाजमा मलाई केही  हुने हो कि भनेर । त र भाग्यवस केही भएन र मैले आफुले आँफैलाई मज्बूत पनि  बनाउने प्रयास गरें। यसरी क्यालिफोर्नियाका सम्झनाहरु सँगाल्दै म अतित  कोरिरहेकी छु र यो सँस्मरण लेख्नुको उदेश्य के भने जहाँ जाउँ ,जता रहौँ  आफ्नो मान्छे आफ्नै हुन्छ । चाहे जत्तिसुकै मनमा रिस,इबी बोके पनि  परेकोबेलामा आफ्नो मान्छे नै काम लाग्छ ।

आफ्नै साथीभाइ नै नजिक हुन्छन ।  चाहे पर्देशमा होस् चाहे घरदेशमा होस्। म अझै पनि हृदयबाटै वहाँहरुलाई आभार  ब्यक्त गर्छु ज-जस्ले मलाई त्यो अवस्थामा माया प्रेम सद्भाव र सहयोग गर्नु  भयो । म ति अनुहारहरु अझै आँखामा टाँसी रहेछु । ति द्रिश्यहरु अझै मनमा  कल्पिरहेछु । अबको भेट्मा भने म ति मुहार र मनहरुलाई हृदय खोलेर आभार  ब्यक्त गर्ने प्रतिक्षामा छु । यसरी क्यालिफोर्नियाले मलाई बिर्सन नसक्ने  सास्ती पनि दियो भने त्यही सास्तिमा राहत दिने मन र हातहरुको पनि आभास  गरायो ।जनवरी पहिलो तारिख क्यालिफोर्निया र संगीहरुलाइ बिदाको हात  हल्लाउँदै कोलोराडो प्रस्थान गरियो । मन अझै उदास छ । ति दिनहरु सम्झेर ।  मैले यो सँस्मरणमा कत्तिको नाम छुट्टाएँ पनि होला । यहाँ उल्लेख नभए पनि म  होसमा आएदेखी भेटेका सबैलाई मनभित्र सजाएकीछु अमीट छाप बनाएर । अहिले पनि  सम्झिँदा कहाली लाग्छ यदी यो घट्ना कुनै अर्कै स्टेटमा घट्न गएको भए  ??????? उफ !त र ईश्वरले त्यँही पुर्‍याउनु भयो जहाँ हाम्रा बालसखी देखी  लिएर परममित्रहरु थिए ।जनवरी १ तारिख बिहानको कारीब १०.०० बजे डेन्वर  उत्रियौं । हाम्रा परम मित्र ज्ञानेन्द्र गदाल जी लिन आउनु भएको रहेछ ।  अहिले डेन्वरमा भए पनि यो अशक्त अवस्थामा क्यालिफोर्नियाकै द्रिश्यहरु ति  कोमल मुहारहरु सम्झँदै संस्मरणमा समेट्ने कोशीस गर्दैछु । सबैप्रती मेरो  दिर्घजीवनको कामना गरिदिनु भएकोमा हृदयबाटै आभारी बन्दै । अस्तु ।

Comments (1)

Prabha Newyork usa on

धन्यवाद बिआरटि नेपाल डट कम लाई ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक