Similar Articles

कथा लघुकथा

म, माइक र मेरो साहित्य---­राम खत्री, न्यृ्योर्क ।

बिराट नेपाल

कति छिटो उज्यालो भइसकेछ, कोठामा घामका किरणहरु छिरिसके छन् । भरखरै मैले देखिरहेको मीठो  सपनाको धुनमै मेरो मन हांसिहरेको थियो । झलमल्ल घाम लागी सक्दा पनि मलाई सिरक छोडेर बाहिर निस्कन मन लागेन । फेरि निदाउन सकिन्छ कि भनेर एकपटक सिरकभित्रै लुकें । तर के लाग्थ्यो निद्रा पटक्कै लागेन ।

मलाई केटाकेटीदेखि नै अरूभन्दा जे काम पनि अगाडि गर्न पाए हुन्थ्यो, अरूले भन्दा धेरै गर्न पाए हुन्थ्यो भन्ने बानी थियो । स्कूले जीवनमा आक्कल झुक्कल पुरस्कारहरु पनि हात पारि हाल्थें । मान्छेलाई त्यतिले के पुग्नु र । समय हुर्किदै गयो, मेरो तन, मनपनि छिप्पिदै गयो । विचारहरुले आकाश छुने चाहना राख्न थाले । कति इच्छाले जानी नजानी आकाश छोए पनि । तर सबैले के सक्थे र ।

मेरा अनगिन्ती इच्छा आकांक्षाहरु मध्ये एउटा इच्छा के थियो भने प्रसिद्ध लेखक बनेर संसारभरका मान्छेले पढन रुचाउने किताब लेख्न सके कस्तो हुन्थ्यो । सबैले मेरो किताब किनेर घरघरमा राखे भने कस्तो हुन्थ्यो । अनि आफ्ना केटाकेटीहरुलाइ भन्ने गरुन– लेखक बन्ने हो भने यो किताबको लेखक जस्तो हुनु नि । यस्तै यस्तै इच्छाहरुलाई अगाडि सारेर मैले कलम चलाउन सुरु गरेँ । कविता लेखें, गजल लेखें, गीत लेखें । उपन्यास लेखें, नियात्रा लेखें, कथा लेखें । निबन्ध लेखें, प्रबन्ध लेखें । लेखेरमात्र के गर्ने, पाठकहरुका माझ पुर्‍याउनु जरुरी भयो । त्यसको लागि छपाउन प¥यो । छपाउनको लागि रकमको जरुरत भयो । मैले विचार गरेँ पहिले पत्रपत्रिकाहरुमा छपाउंदै गर्न प¥यो । पाठकले मेरा सिर्जनाहरु रुचाए भने किताब छपाउनको लागि प्रकाशकहरुको ओइरो लागि हाल्छ नि । मैले नाम सुने जति पत्रपत्रिकाहरुमा मेरा सिर्जनाहरु पठाएं, अनि छापिएको छ कि भनेर दिनकादिन हेर्न पनि थालेँ । हप्ता विते, महिना विते, बर्षपनि विते मेरा कुनै सिर्जना कुनै पत्रिकामा देखिएन । अलि दुख लाग्यो, अनि म भन्दा अगाडिदेखि लेख्दै र आप्mना सिर्जनाहरु प्रकाशित गर्दै आएका नजिकका मित्रलाई भने– खोइ मेरो त केही पनि प्रकाशित भएनन । उनले भने– मलाई दिनुहोस तपाइका चारवटा सिर्जनाहरु ।  मैले उहाँलाई चारवटा मेरा सिर्जना दिएँ । एक हप्ताभित्रमा चारवटै सिर्जनाले ठाउँ पाएछन् । कसैले गरिमा, कसैले मधुपर्क, कसैले कौशिकी त कसैले चौतारी । मित्रले मलाई फोन गरेर भने– पढनु भयो तपाइका सिर्जनाहरु, सबैतिर निस्किएका छन् । मैले भने– सबै देखे, अनि पढें पनि, खुसी लाग्यो । त्यसको लागि यहाँलाई मुरीमुरी धन्यवाद ।

यसपछि मैले कुरा बुझे जस्तो लाग्यो । मैले आप्mनो मनस्थितिलाई बदलें । मैले मलाई दुई जीवनमा विभाजित गरेँ । एउटा म ुमु नै भएर रहें अर्को यो देखिएको संसारी सर्वश्रेष्ठ लेखक, कवि, पत्रकार, गीतकार, उपन्यासकार, गजलकार, कथाकार, निबन्ध तथा प्रबन्धबेत्ता, नियात्राकार आदि आदि । थाहा भएसम्मका संघसंस्थाहरुको कार्यक्रमहरूमा भाग लिन थालेँ । संघसंस्थाको सदस्यता ग्रहण गर्नलाई पनि लाज मान्न छोडें । कसैले मलाई बोलाउन छुटाएछन् वा विर्सेछन् भने पनि म आप्mैले उनीहरूलाई फोन गरेर भन्थे– भोलिको कार्यक्रम कति बजे हो, मैले निम्ता पाइ सकेको छ्रैन, आउँदै त होला नि । यति भनी सकेपछि आयोजकलाई नाई भन्न वा तपाईँलाई बोलाएको छैन भन्न बडो कठिन पर्दो रहेछ । उनीहरूले– यति बजेको कार्यक्रम हो, आउनु होला नि भनेर भन्दा रहेछन् । त्यसरी म कार्यक्रममा जानुको पछि मेरा धेरै कुराहरू हुन्छन् । म त्यो भेलामा यस्ता मान्छेहरूको खोजीमा हुन्छु जस्ले मेरा सिर्जनाहरुलाई प्रकाशन गरिदेउन, जस्ले मलाई सम्मान गरेर ताम्रपत्र, चांदिपत्र वा सक्छन् भने स्वर्णपत्रै दिउन । मेरा कृतिहरुको रौचिरा विवेचना गरिदिउन । यो सुनेर अन्य संघसंस्थाहरुले पनि मलाई सम्मान गर्न बोलाउन, सयपत्रिका माला र निधारभरि रातो टिका लगाइ दिउन अनि दुई शब्द भनेर बोल्नको लागि अगिल्तिरको माइक दिउन । अनि अघाउनजेल म मेरा भावना व्यक्त गर्न पाऊँ ।

यस प्रकारको सद्बुद्धिले आजभोजिको आधुनिक समाजमा निकै राम्रो काम ग¥यो । नजानिदो किसिमले म समाजमा निकै प्रतिष्ठित अनि सम्मानित भइसकेछु । मलाई देशभरिका साहित्यकार, पत्रकार, वरिष्ठ कर्मचारी, देशको बागडोर सम्हालेका नेताहरूले पनि चिन्न थालिसकेछन् । देशभरिका सम्मानित र प्रतिष्ठित पुरस्कारहरु पनि मैले हात पारिसकें । ठुला ठुला पुरस्कारको लागि मात्र होइन, म सानातिना व्यक्तिगत रूपले तयार गरिएका मान सम्मान र पुरस्कारमा आँखा गाडछु । तिनीहरू पनि पाएसम्म लिन्छु । मलाई मान सम्मान र पुरस्कार भए पुग्छ, ठुलो र सानोमा फरक छैन । यस्ता मान सम्मान र पुरस्कारको पनि के चलन रहेछ भने एकपटक एउटा ठुलो सम्मान वा पुरस्कार पाइसकेपछि सबैले उनैलाई मान, सम्मान र पुरस्कार दिन पाए आपूm र आप्mनो संस्था गौरवान्वित भएको सम्झने रहेछन् । अनि खोजी खोजी सम्मान दिन, खादा, लगाउने, दोसल्ला ओढाउने, पुरस्कार दिने परिपाटी सबैतिर हुने रहेछ । हेर्दा हेर्दै म सबैको नमस्कार खाने भइसकेछु । मलाई सबैले आफ्नो कार्यक्रमहरूमा बोलाउन थालिसकेछन् । सबै कार्यक्रम भ्याउन पनि मुस्किल पर्न थाल्यो । सबै खाले कार्यक्रममा बोलाउने भएकोले कार्यक्रममा के बोल्नु पर्छ भन्ने कुराको एउटा फरम्याट नै तयार गरेँ । अनि टाउको र पुच्छर फेर्देै बोल्दै हिड्न पनि थालेँ ।

मैले माइक समातेपछि मेरो भावनाका छालहरु बाढी आए जस्तो आउंछन, तिनीहरूलाई रोक्नै सक्दिन । मेरो आप्mनो विषयमा भयो भने श्रोताहरुलाई मन्त्रमुग्ध पार्न सक्छु । विषय नभएपनि म बोलेर मान्छेको मन जित्न सक्छु । आजभोलि त यस्तो भइसक्यो कि माइक त मलाई देख्नै हुन्न बोलु बोलु लाग्छ, मुख चिलाएर आउँछ । कहीँ कतै मलाई बोल्ने व्यवस्था गरिएको रहेनछ भने मलाइ छटपटी, हुन्छ डाहा हुन्छ र आयोजक कहाँ पुगी हाल्छु र भन्छु– मलाइ मन्चमा नराखे पनि एक मिनेट त बोल्न दिनु होस । उनीहरूले हार्न नसकेर एक मिनेटको लागि मात्र दिन्छौं, लामो समय नलिनु होला है । मलाई त्यति भए भई हाल्यो नि जस्तो लाग्छ । तर के गर्ने मेरा कुराहरू धेरै लामो, सबै कुरा यी दशर्कहरुलाई सुनाउन पाए उनीहरूलाई कति फाइदा होला जस्तो लाग्छ । तर वास्तविकता त्यो पनि होइन नि । दर्शकहरूले नबुझेको र मैले मात्रै बुझेको कुरा के हुन सक्छ र? दर्शकहरु पनि सबै ज्ञानी छन्, पढे लेखेकै छन् नि । तर माइकप्रतिको मोह मलाई ज्यादै छ । कसैले मलाई एक मिनेटको समय भनुन, या समय सकियो भनेर चिट दिउन मलाई केही मतलब हुन्न । म बोल्छु । बोल्दै जान्छु जहिले मेरो भाव सकिन्छ अनि बन्द गर्छु । तर यसो गर्ने पनि म त्यो मु होइन । त्यो त वरिष्ठ साहित्यिक मन हो, त्यो त वरिष्ठ लेखकीय मन हो, त्यो वरिष्ठ नेतीय मन हो, त्यो त सबैभन्दा ज्ञानी पत्रकारीय मन हो । मेरो जीवनको अर्को पाटो हो त्यो ।

मलाइ देशभित्र मात्रै होइन देशबाहिर बसेका डायस्पोराबासीहरुले पनि बोलाउन थालिसकेछन्, उनीहरूले पनि मलाई चिनेछन् । हुनत उनीहरू पनि यताबाटै उता गएका हुन नि । यहाँको मन त उनिहरुसंगै छ नि ।

मेरो निरन्तर प्रगति देखेर हिजो मलाई सल्लाह दिने, मेरो लेखहरू पत्रपत्रिकामा छपाउन मद्दत गर्ने, मलाई लेख्न हौसला दिने मित्रहरुको मनमा चोट पर्न थालेछ । मान्छेको मन न हौ अरूको प्रगति, अरूको ऐश्वर्य, अरूको सफलता कहाँ देख्न सक्छ । त्यसमा पनि नेपाली मन । कुन ठुलो कुरा भयो र ।  मेरा विरुद्धमा कुराहरू गर्ने, मलाई कार्यक्रममा नबोलाउनका निमित्त आयोजकहरुलाई अनुनय विनय गर्न पनि थालेछन् । तर समय धेरै पर गइसकेको थियो, मेरो लेखकीय स्वभाव धेरै अगाडि बढी सकेको थियो । मलाई यस्ता पक्षघाती मित्रहरुको आवश्यकता थिएन, मैले उनीहरूलाई राम्रैसँग चिनिसकेको थिएँ, उनीहरूको नियत, उनीहरूको बास्तविता मलाई थाहा भइसकेको थियो । मलाई त अमेरिका आएर आप्mनो पसिनाको कमाइमा रजाइ गर्नु थियो । आजसम्मको जीवनमा कसैसँग हात पैmलाएर माग्नु परेको थिएन, बाँकी जीवनमा पनि नपरोस । मेरा सन्तानहरुलाई पनि कसैसँग माग्न र अरूलाई रुवाउन नपरोस् भन्ने म त्यो म थिएँ । त्यसैले म त्यही म मा फर्केर बस्न चाहन्थे । त्यो मैले पाएछु आजको मीठो सपनामा । मलाई पनि एउटा साहित्य सम्मेलनमा भाग लिन आउने निमन्त्रणा आएको रहेछ । मैले भाग लिने अठोट गरेछु । अनि अमेरिकी भिसाको लागि आवेदन गरेको रहेछु । आजै अमेरिका आउने भिसा लागेछ । म खुसीले उफ्रदै अमेरिकी दूतावासबाट बाहिर निस्किदै रहेछु । मेरो तन्द्रालाई पानी हांसहरुको क्यांक क्याँक र पानीको छिर्काहरुले भगं गरिदिएछ ।

बिहानको कमलो घाम थियो । ताजा हावा र एक आधा घण्टा जति हिडनको लागि म घर नजिकैको एउटा पार्कमा थकाइ मार्नको लागि विशाल ताल अगाडिको मेचमा बसेर तरङ्गित भइरहेको पो थिएँ ।

Comments (1)

Acharya prabha on

लघुकथा वा कथा मात्र?


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक