Similar Articles

Home Page Spiritual Articles

आदी शंकराचार्यको प्रादूर्भाव र हिन्दु धर्मको पुनरोत्थान ---प्रा. ड़ा. नारायण कुँवर

बिराट नेपाल

आठौँ शताब्दीमा भगवान् आदी शंकराचार्यले यदि हिन्दु धर्मको पुनरोत्थान नगरेको भए आज हिन्दु धर्म नाम मात्रको धर्म हुने थियो| कथा-पुराण र कर्मकाण्डबाट आगाडी बढेर उच्चतम साधना गर्न गराउन नसकेको अवस्थामा भगवान् बुद्धले सर्ब-साधरणले पनि बुझ्न सक्ने मार्गको प्रतिपादन गर्नु भएपछि सातौँ शताब्दीमा आईपुग्दासम्म हिन्दु धर्म धेरै कमजोड भैसकेको थियो| हिन्दु धर्मको यस्तो परिवेशमा शंकराचार्यको प्रादूर्भाव भयो|

शंकराचार्यको जन्म दक्षिण भारतको केरला राज्यको एउटा ब्राह्मण परिवारमा भएको थियो| सानै उमेरदेखि उहाँमा विलक्षण प्रतिभा थियो| सात वर्षको शैशब कालमा नै उहाँले सम्पूर्ण बैदिक शास्त्रको अध्यन पूरा गरिसक्नु भएको थियो| यति कलिलो उमेरमा नै बैदिक ज्ञानको गहन अध्यन गरेर निपुण भएको कुरा चारैतिर फैलिसकिएको थियो| तर शास्त्रीय ज्ञानमा मात्र सीमित नरही परम सत्यको खोजको लागि गृह त्याग गरेर ब्रह्मज्ञानी गुरु गोविन्दपदाको चरणमा पुग्नु भयो|

नर्मदा नदीको किनारामा रहेको ओम्कारनाथ अश्राममा तिन वर्ष आफ्नो गुरुको निर्देशनमा साधना गरेपछि एक दिन निर्विकल्प समाधिको आवस्थामा उहाँलाई परमज्ञान प्राप्त भयो| परमसत्यको अनुभूति भैसकेपछि आफूले तिनवटा पाप गरकोमा उहाँलाई ग्लानि भयो र परमात्मा सँग क्षमा याचना गर्नु भयो:

१. बस्त्र धारणा गरेको स्वरूपमा मैले हजुरको स्मरण गरिरहेको हुन्थे जब कि हजुर निराकार हुनुहुँदो रहेछ|
२. हजुरको महिमाको प्रशंसा गरिरहेको हुन्थे जब कि हजुर अबर्णनिय हुनुहुँदो रहेछ|
३. हजुरको दर्शनको लागि मन्दिर जाने गरेर हजुरको सर्बब्यापकतालाई मैले बेवास्ता गरेको रहेछु|

परमज्ञान प्राप्त भएपछि मानव जाति प्रति उहाँको अगाध सहानुभूति र प्रेम-भाव जागरण भयो| अज्ञानताको अन्धकारबाट उनीहरलाई पनि उद्धार गर्नु पर्छ भन्ने उहाँलाई प्रबल इच्छा भयो| त्यसकोलागि हिन्दु धर्मको उत्कृष्टताको शिक्षा दिई यसलाई पुनरोत्थान गर्न गुरु गोविन्दपदाको आज्ञा आनुसार बाह्र वर्षको उमेरमा भारतको भ्रमण सुरु गर्नु भयो| सर्वप्रथम उहाँ वैदिक धर्म र संस्कृतको केन्द्र बनारस पुग्नु  भयो र हिन्दु धर्मको बारेमा सार्वजनिक शिक्षा दिन सुरु गर्नु भयो| त्यहाँ चार जानाले उहाँबाट सन्यासको दिक्षा लिए र शिष्य बने| उनीहरू मध्ये सनानंद जो पछि पद्मपदाको नामबाट प्रख्यात भए, शंकराचार्यको पहिलो र सबभन्दा नजिकको शिष्य बने|

केही समय बनारसमा बसेपछि उहाँ हरिद्वार हुँदै बद्रिकाश्रम पुग्नु भयो| त्यहाँ करिब तिन वर्ष बस्नु भयो र आफ्नो सबभन्दा महत्वपूर्ण कार्य - दसवटा मुख्य उपनिषद्, ब्रह्म्सुत्र र भागवाद गीतामा टिका लेख्नु भयो| त्यति बेला उहाँको उमेर १६ वर्ष मात्र पुगेको थियो| त्यसपछि हिमालयमा रहेका अन्य पवित्र तीर्थस्थलहरुको पनि यात्रा पुरा गरेर भारतको अन्य भागको यात्रा सुरु गर्नु भयो| यात्राको क्रममा विभिन्न  ठाउँहरूमा बौद्ध दार्शनिक तथा अन्य भिन्न मतावलम्बिहरुसंग संवाद वा शास्त्रार्थ गरेर उनीहरूलाई परास्त गर्नु भयो|

हिन्दु धर्मको लक्ष आत्मज्ञान अर्थात् ब्रह्मज्ञान हो| तर ब्रह्म निराकार र निर्गुण भएकाले सद्गुरुको निर्देशन बिना ब्रह्मज्ञान प्रप्त गर्न सम्भव हुँदैन| ब्रह्मज्ञान प्रप्त गर्न सर्वसाधारणलाई सम्भव नभए पनि उनीहरूमा धर्म प्रतिको आस्था अभिवृद्धी गर्न हिन्दु धर्मले ब्रह्मको साकार पक्षलाई पनि मान्यता दिएको छ| यही मान्यता अनरुप शंकराचार्यले आफ्नो यात्राको क्रममा विभिन्न ठाउँमा मठ मन्दिरको स्थापना गर्नु भयो| केही ठाउँमा बैदिक धर्म र संस्कृतिको अध्यनको लागि संस्कृत विद्यालयको पनि स्थापना गर्नु भयो|

सम्पूर्ण भारतमा वैदिक धर्मको पुनारोत्थान गरेपछि दोस्रो र अन्तिम पटक शंकराचार्य केदारनाथ पुग्नु भयो| त्यति बेला उहाँको उमेर ३२ वर्ष पुगेको थियो र आफ्नो जीवनको अन्तिम समय आईपुगेको उहाँलाई अनुभूति भईसकेको थियो| त्याहाँ बसेर आफूले गर्न चाहेको तर गर्न बाँकी रहेको कार्य सम्पन्न गर्नु भयो| भारतलाई पूर्व, पश्चिम र उत्तर, दक्षिण चार खण्डमा विभाजित गर्ने, प्रत्यक खण्डमा एउटा केन्द्रीय मठको स्थापना गर्ने, अनि त्यस अन्तर्गत हिन्दु धर्मको विकास र संरक्षण गर्ने योजना बनाउनु भयो| योजना अनुसार दक्षिणमा रामेश्वरको नजिकै श्रिंगेरि मठ, पूर्वको पुरीमा गोबर्धन मठ, पश्चिमको द्वारकामा शारदा मठ र उत्तरमा हिमालयको योशिमा ज्योतिर मठ स्थापना गर्नु भयो| आफ्ना चार जाना मुख्य शिष्यहरु मध्य सुरेशाचार्यलाई यजुर्व-वेदको जिम्मा दिई श्रिंगेरि मठको प्रमुखमा, पद्मपदालाई रिग-वेदको जिम्मा दिई गोबर्धन मठको प्रमुखमा, हस्तमलाकालाई साम-वेदको जिम्मा दिई शारदा मठको प्रमुखमा, तोतकाचार्यलाई अथर्व-वेदको जिम्मा दिई ज्योतिर मठको प्रमुखमा नियुक्ति गर्नु भयो|

शंकराचार्यले प्राचीन सन्यास परम्परालाई पनि मान्यता दिनु भयो| त्यस अनुसार सरस्वती, पुरी र भारतीलाई श्रिंगेरी मठसंग, बन र आरान्यलाई गोबर्धन मठसंग, तिर्थ, आश्रम र गिरीलाई शारदा मठसंग र पर्बत र सागरलाई ज्योतिर मठसंग आबद्ध गराउनु भयो|
चारवटा केन्द्रीय मठ - श्रिंगेरि मठ, गोबर्धन मठ, शारदा मठ र ज्योतिर मठ - हिन्दुहरूको प्रमुख तिर्थस्थलको रूपमा चारधामको नामबाट प्रसिद्ध भए| चारधामको तीर्थलाई हिन्दुहरुले सबभन्दा बढी महत्व दिँदै आएकाछन| अपितु: यी पुण्य स्थलहरुको तिर्थ केवल बाहिरी क्रियाकलाप मात्र भएकाले उच्च स्तरको साधना नभएको वास्तविकता स्वयम् शंकराचार्यले लेख्नु भएको श्लोकबाट स्पष्ट हुन्छ:

उत्तमो ब्र्ह्म सद्भावो, ध्यान भावास्च मध्यमा|
स्तुति जप अधमो भावो, बाहिर्पुजाधमाधामा||

अर्थात्: समाधि उत्तमस्तरको साधना हो, ध्यान मध्यमस्तरको साधना हो, स्तुति, जप-तप निम्नकस्तरको साधना हो र बाहिरी पूजा (पूजा-पाठ, तिर्थ-ब्रत, इत्यादि) निम्नमा पनि निम्नस्तरको साधना हो|
हिन्दु धर्मका छवटा दर्शन प्रसिद्ध छन्: सांख्य, योग, बैशेषिक, न्याय, मीमांसा, र बेदान्त| सांख्य दर्शनको प्रणेता महर्षि कपिल हुनुहुन्छ| यो दर्शनलाई अगाडी बढाउनेमा अष्टाबक्र, जनक र परासर ऋषि प्रमुख हुनुहुन्छ| सांख्य दर्शनले द्वैतबादको प्रतिपादन गर्छ, अर्थात् प्रकृति (जीव र जगत) र पुरुष (ब्रह्म) अलग हुन| तर बेदान्त दर्शनले अद्वैतबादको प्रतिपादन गर्छ, अर्थात् प्रकृति र पुरुष अलग होइनन; ब्रह्मको बिस्तार नै प्रकृति हो भन्छ बेदान्त दर्शनले| बेदान्त दर्शन सर्वाधिक प्रचलनमा आयो| यो दर्शनलाई अगाडी बढाउने पाँच आचार्यहरुमा शंकराचार्य अग्रिम पन्थिमा हुनुहुन्छ|

आफ्नो छोटो जीवनकालमा शंकराचार्यले बाईसवटा टिका, पचत्तरवटा स्त्रोत्र र चवन्नवटा निर्देशिका लेख्नु भयो| आफूले लेखेको विवेक चुडामणिलाई सम्पूर्ण वेदको सिरमुकुट, अत्यन्त गूढतत्व र आफ्नो उच्चतम सिद्धान्त भन्नु भएकोले पढन लेख्न सक्ने प्रत्यक हिन्दुले यो ग्रन्थ पढनै पर्छ| विभिन्न व्यक्तिहरूले टिका लेखेको विवेक चुडामणि कुनै पनि धार्मिक पुस्तक पसलहरुमा किन्न पाईन्छ|

आफ्ना गहनतम कार्यहरू पुरा गरेर ३२ वर्षको उमेरमा शंकराचार्यले केदारनाथमा महासमाधि लिनु भयो| परमगुरु ओशोले उहाँको प्रसिद्ध रचना ‘भज गोविन्दम मुढमते’ (हे मूर्ख गोविन्दको भजन गर) को व्याख्या गर्दै हिन्दु धर्मको गरिमालाई शिखरमा पुराउने महान् आचार्यको जीवनी र योगदान बारेमा सारगर्भिद धाराबाहिक प्रबचन दिनु भएको छ|


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक