Similar Articles

संस्मरण

डायमण्ड शमशेरसंग आधा घण्टा बिताएको अविस्मरणीय क्षण - बिजय थापा

बिराट नेपाल

संयोग भनौ या म भाग्यशाली हु , कसरि हो कसरि, आफ्नो कामको सिलसिलामा बिक्री बैठकमा सहभागी हुन् काठमाडौँ आउदा स्वर्गीय डामण्ड शमशेरसंग भेट हुने मौका पाए l बसन्ती र सेतो बाघको उपन्यासबारेमा चर्चा परिचर्चा सुने पछि सेतो बाघ आधा सम्म पढेर छोडेकोले बिष्मात लागि रहेको अवस्थामा प्रतक्ष्य डामण्ड शमशेरसंग भेट हुन पाउनु त्यो भन्दा अरू ठुलो कुरो केही     थिएन र मेरो अहोभाग्य थियो l

वहा मलाई भेट्न सायद कुपन्डोलबाट दरबार मार्ग आउनु भएको थियो l मैले चिया सँगै पिउने अनुरोध गरे र करिब आधा घण्टा वहा सँग मैले केही बिचार बिमर्श गर्न मौका पाए l सन् १९९५ कुरा हो स्थान दरबार  मार्ग स्थित अन्नपूर्ण पाँच तारे होटल (अतिथि गृह) छेउमा औषधीको थोक व्यापार व्यवसाय गर्ने स्थानमा जम्का भेट हुने मौका पाए l मौका पनि गजबको छ म भारतीय बहुराष्ट्रिय प्रतिष्ठानमा औषधी बिकी प्रतिनिधि (एम आर ) को रूपमा बिराटनगरमा कार्यरत थिए l


प्रत्येक ३- ३ महिनामा त्रैमासिक बिक्री सम्बन्धी समीक्षा गरिने गरिन्थ्यो र अनिवार्य रूपमा सहभागी हुने पर्ने हुन्थ्यो l स्वर्गीय डामण्ड शमशेरको छोरी वरिष्ठ स्त्री रोग विशेषज्ञ बिराटनगरमा अहिले पनि एक निजी अस्पताल (नर्सिङ्ग होम )सञ्चालन गरी त्यही बसोबास गर्नु हुन्छ l प्रतिष्ठानको बिक्रीलाई अझ प्रभावकारी र वृद्धि होस् भन्ने हेतुले महिलाहरूको लागि बनाईएका औषधीको प्रबर्धन गर्न जाने सिलसिलामा मैले म काठमाडौँ जादैछु केही छ मेरो लागि सेवा भनेकोमा वहाले केही तपाईँलाई दिन्छु भन्नु भयो र मेरो बुवालाई पुर्याई दिनु पर्छ भन्नु भयो l त्यति बेला सम्म पनि मलाई वहाकी सुपुत्री भन्ने हेक्का भएन l


मेरो नियमित कर्तव्य हुन्थ्यो र म वहाकि छोरी चिकित्सक गीता कार्की सँग राम्रो सम्बद्ध भएकोले ब्यबसायिक रूपमा प्रगाढ सम्बद्ध हुन् पुगेको थियो l बैठकमा काठमाडौँ जानु अगाडी मलाई एउटा खाम दिनु भयो र यहाँ केही रकम छ वहालाई दिनु भनी मेरो अगाडी मुद्रा गन्नु भयो र मैले सुरक्षितसंग त्यो खाम ल्याए l मुद्रा गन्नु भयो किनभने पैसा गन्नु पर्छ र गनेर पनि लिनु अनि मात्र कारोबार सधैँ सफा र ईमान्दारी हुइन्छ l


काठमाडौँ पुगे पछि खाम यसो हेर्छु त त्यहीँ बसन्ती र सेतो बाघ लेख्ने सुप्रसिद्ध लेखक डामण्ड शम्सेर पढ्दा औधि हर्ष लाग्यो त्यसमा पनि त्यहीँ बेला देखि यो पंक्तिकार एक शब्द पनि अङ्ग्रेजी नमिसाई नेपाली बोल्ने अभियानमा लागेको सुरुवातमा भेट्न पाउनु मेरो लागि सपना झैँ थियो lसमय कहिले आउला भन्दै मिलन समय आयो र म माथि कार्यालय अरूसँग मस्त गफ चुटि रहेको बेलामा टुप्लुक्कै आउनु भयो l म सँग भेट्न सकिन्छ भन्नु भयो अरे र हाम्रो भेट भयो l


मैले लाजै पचाएर सोधे हजुर नै बसन्ती र सेती बाघ लेख्ने उपन्यासकार हैन भन्दा मुसुक्क हास्नु भयो र हो भन्नु भयो lमेरो नजिक वरपर बस्नेले पत्त पनि पाएनन कि वहा नै सेतो बाघका लेखक हुन् भन्ने l १९९५ तीरको हो र मैले मुख फोडेर अनुरोध गरे हजुरसंग आधा घण्टा मात्र भए मलाई पुग्छ भने र दरबारमार्ग स्थित हट ब्रेड (तातो पाउरोटी )चमेना गृहमा गयौ र केही खाने मौका पायौ l मेरो अतिथि भएकोले मैले भुक्तानी गरे र आधा घण्टा सम्म वार्ता भयो र दुवैले सोधपुछ गर्ने मौका पायौ l उमेरले गर्दा होला सायद बिस्तारै र मुसुमुसु हास्दै कुराकानी गर्नु भयो र जाने बेलामा मैले वहाकी छोरीले दिएको खाम हस्तान्तरण गरे र वहा जानु भयो l त्यहा देखि मैले कहिले भेटिन किनभने मैले पो सोध खोज गर्नु पर्ने र कामको व्यस्तले होला त्यता तर्फ ध्यान नै गएन l   


परिवार बारेमा मलाई सोध्नु भयो र मैले हामी धनुकटा मुगाका थापा हौ भन्दा पूर्व प्रधान मन्त्री सूर्य बहादुर थापाको बारेमा पनि चर्चा चल्यो र मैले जे हो त्यो भने l मैले एउटा प्रश्न वहालाई राखेको थिए कि पढ्दा कत्तिको अझ पनि सम्झना (स्मरण) हुन्छ भन्दा बुढेसकाल लागेछ त्यति सम्झना हुदैन होला भन्नु भयो l २० वर्ष अगाडिको कुरा मैले पनि के के वार्ता भयो त्यो पोलेर खाएछु l


मैले आफ्नो अभियानमा भरसक नेपाली मूलका नेपालीहरुसंग नेपाली शब्द मात्र प्रयोग गर्छु र अङ्ग्रेजी नमिसाईकन बोल्ने अभ्यासमा लागेको छु र भर्खर थालेको अभियान हो भन्दा निरन्तर दृढ उदेश्यका साथ लागेमा लक्ष्यमा पुग्न केही समय लाग्दैन भनी मलाई दिएको अमृत बाणी म कहिले भुल्दिन l वहाको छोरी अहिले पनि बिराटनगरमा हुनु हुन्छ र म कामको सिलसिलामा बिराटनगर जादा सन् २००७ सम्म पनि भेट हुने गरेको थियो l मेरो शुद्धि हराएछ कहिले पनि वहाको पिताको बारेमा कहिले सोध्ने वातावरण पनि बनेन l  सन् १९९५ मा वहाले दिएको त्यो खाम वहाले पनि कहिले सम्झनु हुन्न होला भन्ने लागेको छ किनभने धेरै वर्ष अगाडिको कुरा हो र स्मृति पटलमा नरहन सक्छ l


यो पंक्तिकार अमेरिका आएको ७ वर्ष लागेछ र निरन्तर कलम चलाउने अभ्यास गर्दै गएकोले र लेख्न बस्दा वहालाई सम्झने गर्दछु र २०११मा मा वहाको देहवसान हुदा म अमेरिकामा थिए र दुखित भए l भौतिक रूपमा हामीलाई छोडेर गए पनि राष्ट्रका एक सच्चा र इतिहासले सम्झना गरी रहने लेखक सबैको मानस पटलमा बसी रहने छन् l वहासंग भएको वार्तालाव र कुराकानीले अझ मेरो कान गुन्जिरहन्छ र सम्झना आई रहन्छ l


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक