Similar Articles

कथा लघुकथा

जीवन एक सङ्घर्ष र प्रेम : -- राज थापा

बिराट नेपाल

लघु कथा

म एक मध्यम बर्गिय किसानको छोरा हुँ ! जिन तीन दुख सुखले दुई छाक खान र एक झुम्रो लगाउन हाम्रो परिवारलाई पुगेको थियो ! गाउको साधारण स्कुल बाट एस.एल.सी सम्म पढेर उच्च शिक्षा हासिल गर्न काठमाडौँ आयको थिय ! गाउँ र सहर कहाँ उस्तै थियो र रहन शाहन लवाइे ,खुवाइे ,साथी सङ्गत ! बिस्तार बिस्तार मेरो स्वभावमा पनि परिवर्तन आउनुमा कुनै नौलो कुरा थियन ! एउटा सोझो केटा गाउमा राम्रो पढ्ने ,इेमान्दारको रूपमा सबैले चिन्दथे ! सहर पसे पछि पनि मेरो इेमान्दारिता कहाँ बिग्रन दिएर ! मेहनतले पढ्थे , दु:खले काम गर्थे ! साथी भाइको उठ बसमा म मेरो नजिक्को साथीको दोकानमा धेरै जसो फुर्सद्को समयमा बसी सुख दु:खका कुरा हुन्थियो !दोकानको ठिक अगाडि बस स्टप थियो ! हरेक दिन साझा बस दिउसो चार बजे रोकिन्थियो ! मेरो आँखा बसमा ठोकिन्थियो ! बसको झ्याल बाट एक युवती मतिर हेरी रहेकी हुन्थिन !

अनयासै हाम्रो आँखा जुध्न पुग्छ ! एक छिनमै बस हिडछ ! मेरो मन भरी एका एक नानाथरी कुराहरू खेल्न थालछन ! जब हाम्रो हेरा हेर भयो एक्कासि उन्को मुहारमा परिवर्तन भयको भान भयो ! मलाई पनि कता कता शिशिर यामको न्यानो घाम मेरो आङ्मा परेको आभास भयो ! त्यो उसको मधुर मुस्कान , चन्द्र मुहार ,नसालु हेराइेले मलाई एकन्तमा उस्को सोचाइेमा डुब्न बाध्य बनायो ! यसरी हुँदा हुँदा हरेक दिन देखा देख हुन्थियो ! हामी दुबई मुस्कुराउने सिवाय केही भयन र अति भयो ! एक दिन मेरो घरबेटीकी छोरी "अनुराधा "लाई सोधे केवल उसको हुलिया दिएर !

किनभने नाम थाहा थिएन ! अनुराधाले भनिन दाजु उनी मेरो स्कुलमा पढ्ने " अनजान " हो ! किन सोध्नु भएको भन्दा एक छिन नाजवाफ भयर हतपतीदै भने सानो खबर पठाउनु थियो ! अनुराधाले भनिन म लगिदिउला के खबर हो भोलि दिनुस्न ! मैले पनि एक छोटो पत्र लेखे र तेस्मा नाम भने उलेख गरेको थियन ! बिस्तार उनीले पनि जवाफ लेख्दै गरिन ! क्रमिक रूपमा : प्रेम पात्रको रूपमा धेरै कुराहरू आदन प्रदान भयो ! अन्तमा एक दिन हामी भेट घाट गर्ने निर्णय भयो ! अनुराधाको साथ दरबार मार्गको निरलज रेस्टुराँमा भेट्ने योजना गरी शनिवारको दिन तय गरियो ! म पनि समयमा निरलज पुगे र प्रतीक्षा गरी रहेको थिए ! उनीहरू पनि आए र परिचय गरेउ ! आइसक्रिम खाँदै गफ गर्दै जाँदा दिन बितेको पत्तै भयन ! सबैले रमाइलो गरी घर फर्केउ ! उनीहरूलाई देख्ने बित्तिकै मलाई अनौठो महसुस भइेरहेको थियो ! साँझ घरमा फर्के पछि कोठामा एकलै बसेर झन अचम्म मान्न लागे किनभने मेरो आँखा जुधेको त्यो बसमा आउने केटी र आज भेटेको अनजान बिल्कुल फरक छ !

एक्ली छोरी "अनजान "म पनि एक्लो छोरा उनी पनि निकै खुसी देखिन्थिन ! पत्रमा लेख्थिन " यात्री " यो तिम्री अनजान संसारकै भाग्यमानी तिमीलाई पाएर मेरो भाग्यमा साथ् दिइेराख ल ? अनजान सँगको उठ बसले म पनि आफूलाई भाग्यमानी सम्झन्थे ! समय बित्दै गयो ! अन्जानको बाबा नेपाल बैङ्कका एक मेनेजर थिए ! उन्को बाबाको सरुवा भयर नेपाल गन्ज जानु भएछ ! अनजान र सबै परिवार जाने भएछन ! एक दिन्को कुरा हो म मेरो साथीको दोकानमा बसी रहेको थिए ! एक्कसी अनजान सँग भेट भयो ! उनीले बस बाट झरेर बोलाएर भनिन हामी भोलि नेपाल गन्ज जाँदै छौ सदैको लागि अब कसरी भेट होला भन्दै आँखादेखी बलिन्द्र आसुँ झारिन ! सम्झाउदै आसुँ पुछीदिए मेरा दुवै हात आसुँले भिजे ! नरमैलो लाग्यो के गर्ने हतार थियो बिदा भयर अन्जन बाइ बाइ गरी गइन ! तेस पछि अन्जानको र मेरो भेट त के कुनै पत्तो भएन ! अनजान गयपछी दिनहरू मुस्किल सँग बित्न लागे ! एकदिन सर्है दुखित देखेर अनुराधाले सम्झाउदै भनिन दाइे पिर नगरनुस् एक दिन अनजान सँग अवश्य भेट हुनेछ ! बिस्तार बिनहरु बित्दै गय ! अनुराधा ले भनिन तपाईँ लाई एउटा पत्र आएको छ लिनोस भनेर दिइेन ! खुसीको सीमा रहेन सोचे अन्जानको पत्र आयो भनेर ! पत्र खोली हेर्दा यो लीला को पत्र थियो ! उनीले पत्रमा लेखेको थियोकी " यात्री दाजु जसरी हुन्छ म सँग चाडै भेट गर्नु होल अन्जानको चिन्ता नलिनु होल ! अनुराधा सँग मेरो घरमा आउनु होल ! यो पत्र पढे पछि अलिकता खुसीको आभास भयो र अनुराधालै पत्र देखायर भने हामी लीलाको घरमा जानु पर्‍यो ! शनिवारको दिन हामी लीलाको घरमा पुग्यौ ! घरमा उन्को साथी र उनी मात्र थिए !

दिउसोको खान पान गरी रमाइला कुराकानी भय ! अन्जानको बारेमा कुराकानी भयपनी कुनै खबर भने मिल्न सकेन ! सबैले सान्तोना मात्र दिए ! साँझ घर फर्केउ उही पुरनो घाउ कोट्याउदै बस्न विवश भए ! समयको दौडान सँग सँगइ मेरो आइ एस् सी को परीक्षाको रिजल्ट पनि निस्कियो ! परीक्षामा उत्क्रिट नम्बरले प्रथम भयछु ! सबैको शुभकामनाले खुसी पाय तर सम्झना उतै अनजान तिर छ ! यो खुसी कसरी अनजान लै सुनाउ ? यो सुनेर कति खुसी हुन्थिन होला ? फेरी एक दिन अनुराधाले मेरो पत्र दिदै भनिन दाजु यो लीलाको पत्र हो लिनुहोस् ! पत्र खोले र पढ्दै जाँदा पत्रमा लेखेको रहेछ " यात्री धेर चिन्तामा नडुब्नु अतिलै बिर्सियर अगाडि बढनु पर्छ ! तिम्रा हर दु:ख सुखमा म साथ् दिने छु यदि मलाई सुइकार्नु भयमा " ! यस्तो पत्र ले झन मन दुखित बनयो ! स्वोच्न थाले कस्तो स्वार्थी दुनियाँ ? सबैले अवसर कुरी बस्दा रहेछन् ! जे होस् जवाफ लेख्नै पर्‍यो मैले भने " लिला तिमी मलाइे एक दाजुको रूपमा स्विकारी यस पालीको भाइ टिका लगाइे दियौ भने मेरी आमा पनि खुसी हुनु हुने थियो ! किन भने एक्लो सन्तान भनी पिर गर्नु हुन्छ ! मेरो अनुरोध शिरोपर गरी तिम्रो हातको भाइ टिका र आशिस ले मेरो जीवन अघि बद्न देऊ !" म मेरो एम बि बि एस् पढ्नमा व्यस्त रहे ! राम्रो सँग पढाई चल्दै गयो ! यदा कदा हल्ला चल्न थालयो यात्री र अनुराधाको सम्बन्ध माया पिरतिमा बादली रहेछ ! अनुराधाको आफन्त , साथी भाइ सबैले सङखा गर्न लागे ! अनुराधा मसँग रुन लागिन !

हामी दुवै एक दिन गोदवोरी गयर दिन भरी अनुराधा लाई सम्झाए ! यो समाजमा धेरै गल्लिहरु छन् कुनै फोहोर , कुनै सफा हामी सफा गल्ली मात्र हिँड्ने होइन ! फोहोर गल्ली सफा गरी हिँड्न सिक्नु पर्छ ! तिमी एक निर्दोष नारी तर निडर , निर्दोष भयर हिँड्न सिक ! समाजमा आफू नमुना नबनी परिवर्तन र कहाँ आउछ ? हल्ला चल्दै गयो ! मेरो पढाई पनि उत्कृष्ट नम्बरले एम बि बि एस उतिर्ण गरे र ट्रेनी डक्टर को रूपमा टिचिङ अस्पतालमा सेवा गर्न थाले ! आमा बुवाको सल्लाह अनुसार सुनिता सँग वैवाहिक जीवनमा बाधिने निधो भयो ! धुमा धाम सँग विवाह भयो ! अनुराधा र उनीका सम्पूर्ण आफन्तलै निमन्त्रणा गरे अनुरूप सबैजना उपस्थित भइे अशिर्बाद दिनु भयो ! डाक्टरी पेसाले जिन्दगी अगि बडदै गयो ! एक दिन बिरामी जाची रहेको थिय ! एउटा बिरामी लियर जुन मैले त्यो बस मा बसेर मलाई हेरी मुस्कुराउने केटी देखे ! क्रम अनुसार बिरामी जाची सकी छोटो व्यक्तिगत कुरा कानी भयो ! उनी अझै अविवाहित रहिछन ! मेरो विवाह भएको र छोरी जन्मेको खबर सुन्दा अचम्म मानेर बधाई दिइेन उनीको नाम रहेछ "यसोधा " !





लेखक : राज थापा लिम्रिक ,आयरल्याण्ड !


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक