Similar Articles

संस्मरण

सरस्वती पूजामा दुई परम मित्र गुमाएको दुखद क्षण-- विजय थापा

बिराट नेपाल

वसन्तपञ्चमी अर्थात् सरस्वती पूजाको मुर्ति सेलाउन धरानबाट चतरा नहरमा दिन दहाडै  १३-१४ वर्ष उमेरका लाउ लाऊँ र खाउँ खाउँ गर्ने यो पंक्तिकारका दुई अभिन्न मित्रलाई सदाको लागि गुमाएको दिन ३५ वर्ष नाघेछ l

जब सरस्वती पूजाको दिन आउँछ र झन्डै ३५ वर्ष भन्दा ज्यादा भए पनि त्यो कहाली लाग्दो दिन भुल्न कहिले नसकिने रहेछ किनभने दुवै मित्र मेरा अत्यन्तै परम मित्रहरू बन्न पुगेका थिए l  घटना २०३३ साल को हो ,त्यो अबिश्वश्नीय घटनाको चोट सबैमा नराम्रो लाग्यो l धरानबासि रोएका थिए l कैयौ दिन सम्म झोक्रिनु पर्‍यो किनभने जहिले पनि त्यही सम्झनाले मस्तिस्कमा बाड हानी रह्यो l  

यमराज पनि कति निस्ठुरी रहेछन् र कालले टप्प टिपेर सदाको लागि लगे  l यो पंक्तिकारका अति मिल्ने साथी किनभने घर नजदिक र यो दुख्द घटनाले यो पंक्तिकारको मन खिन्न हुन्छ र अतीत सम्झन बाध्य हुन्छु l र त्यो पिडाको घाउँ अहिले सम्म पनि पुरिएको छैन र कहिले सम्म त्यो दुखद क्षणले सताई रहने होला l सदैव चिर शान्तिको कामना गरी रहन्छु l दिउसो काममा नेपालको समाचार हेर्ने क्रममा आज वसन्त पंचमी अधिराज्य भर् मनाईयो भन्ने समाचार पढ्दा फेरी मलाई ३५ वर्ष अगाडीको सम्झना गराई दियो l मैले मेरा मृत भैं सकेका मित्रहरू स्व :राज कुमार रसाईली र स्व : होम कुमार बस्नेतलाई सम्झे र एकछिन नराम्रो लाग्यो किनभने सरस्वतीको मुर्ति सेलाउन जादा अकालमा यमराज कठोर भैं सदाको लागि माथि लगे l

धरानको चतरा लाइनमा रहेको सबै भन्दा पुरानो धरान पब्लिक हाई स्कुलले अघिल्लो दिन सरस्वती पूजा धूमधाम सँग मनाईयो र त्यो दिन पनि दुवै मित्रहरू सँग बुनिया र अन्य मिठाई खान पाइन्छ भनी दिनभरि हिडी बेलुका घर ४ बजे पुगेका थियौ  l होम कुमारले मलाई त भोलि बिहान छिट्टै आउनु है भनी बेलुका करिब ४:३० बजे भनेका थिए l त्यो विद्यालयबाट चतरा जाने गरेको रहेछ सरस्वतीको मुर्ति सेलाउन l

धरानबाट चतरामा सरस्वतीको मुर्ति सेलाउन जाने निधो भएछ र सिचाईको लागि चतरा नहर निक्कै प्रसिद्ध छ l पुरानो नहर मध्ये कै एक हो किनभने सप्तकोशीबाट ल्याईएको एउटा नहर र जसको एउटा भंगालोको तेज र रफ्तार हाम्रा साथीहरूले थाहा पाउन सकेनन् l कहिले पौडी नखेलेको १३-१४ वर्षाका किसोरहरु पौडी खेल जोसिएर हाम फाले र भुमरीले तानेको तानै गरी दुईको ज्यान लाग्यो lकेहि बचाउन जादा झन्डै मृत्युको मुखमा पुगेका र कसो कसो गरी यमराजको हातबाट फर्किन सके र जीवन दान पाए lर सबै भन्दा मिल्ने साथी स्व होम कुमार बस्नेत र स्व राज कुमार रसाइली लाई बचाउन सकिएन र उनीहरूको लास धरान ल्याईयो lयो पंक्तिकारले थाम्न सकेन र आशुको खोलो बग्यो l

उनीहरू सँग ३ वर्ष सम्म लगातार अत्यन्तै मिलनको साथ बिताएका क्षण सम्झन बाध्य बनाई दियो l स्व :राज कुमार रसाईली कक्षाका प्रथम विद्यार्थी थिए l कसैलाई बिझाउदैन थिए ,छापेको जस्तै अक्षर ,मुस्कान दिने ,राम्रो कुरा गर्ने ,अब्बल दर्जाका ,मिलनसार ,मृदुभाषी राज कुमार रसाइली थिए l

र अर्का परम मित्र होम कुमार बस्नेत उनी धरानको छाता चोकमा आमा बुवाले तरकारीको बेच बिखन गर्ने गर्नु हुन्थ्यो र उनी सहयोगी थिए l व्यापारी दिमागका थिए र पैसा गोजीमा ५-७ रुपैया टुट्दैन थियो र त्यो बेलामा त्यो पैसा निक्कै हुन्थ्यो जस्तो लाग्दथ्यो र हो पनि l उनी र म दिनमा ३ पटक जसरि पनि भेट्ने गरेका थियौ किनभने उनले मलाई ३ वर्ष सम्म लगातार  विद्यालय गएको दिन जहिले पनि मध्यान्तर(आधा समय )मा २ वटा समोसा र एक प्याला चिया खुवाउथे किनभने म सँग पैसा हुदैन थियो उनी सँग टुट्दैन थियो l पैसा भएको दिन चलचित्र तृतीय श्रेणीमा हेर्ने गरेका थियौ र लालमोहन खुवाउथे र हामी गृह कार्यपनि सँगै गर्थौ l होम कुमारको धेरै याद आउने भो किनभने जब जब विद्यालयको मध्यान्तर हुन्थ्यो र त्यही भोजनालयमा सदैव १ बजे सिङ्गडा (धरानमा समोसा लाई भनिन्छ )खाएको यादले रुन मन लाग्दथ्यो र आखा रसाउद्थ्यो l

साँझमा म आफू तरकारी किन जान्थे र उनीकहा गए पछि सस्तो पनि दिन्थ्ये र केही खाना पनि दिन्थ्ये त्यस्तो उमेरमा त्यस्तो साथी पाई एकोमा म दङ्ग थिए र हामी धेरै मिल्ने गरेका थियौ l भगवानको चमत्कार या के भनौ म पनि सरस्वतीको मुर्ति सेलाउन धरानबाट चतरा जान्छु भनी मैले सायद मेरो हजुर बुवालाई सोधे झन्डै भुमरुको लट्ठीले बजाउनु भयो र म जान पाइन र रुवे l

सायद त्यहीँ घटना देखि त्यो विद्यालयले कहिले पनि र अझ पनि धरानका कुनै पनि पाठशालाहरु सरस्वतीको मुर्ति सेलाउन बाहिर जादैनन जस्तो लाग्द्छ तर समय लामो भएकोले वर्तमान समयमा म यो विषयमा अन्धकार छु l मैले मेरा अत्यन्तै परम मित्र सरस्वती पूजामा गुमाए l स्व :होम कुमार बस्नेत तथा स्व :राज कुमार रसाईलीको चिर आत्माको शान्तिको लागि प्राथना गर्दै बिदा !

........अस्तु


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक