Similar Articles

कथा लघुकथा

डाक्टर---शेखर ढुङेल

बिराट नेपाल

लघु कथा -

अस्पतालको आपद्कालिन कक्षमा दुर्घटना को कारण टाउकोमा गम्भीर चोट लागेको एक युवक का आमा बाबु र आफन्त हरू सम्बन्धित विज्ञ डाक्टर  को  तिब्रतापुर्बक प्रतीक्षामा थिए ।

कोइ नर्स लाई बारम्बार कुन बेला आइ पुग्ने हो ? डाक्टर भन्दै थिए त् कोइ अस्पतालको व्यवस्थापन लाई गाली गर्दै थिए । आपद्कालिन कक्षको वातावरण अतिनै तनावपूर्ण थियो ।

आमा बाबु डाक्टर लाई गाली गर्दै रुदै थिए । केही समय पश्चात् डाक्टर हत्तार हत्तार गर्दै आपद्कालिन कक्षमा प्रवेश गरे ।
बिरामीका आमा बाबु  र आफन्त हरुले एक मुख लागेर डाक्टर माथि आइ लागे कस्तो लापरबाही हो यो ?अस्पतालको काम छोडेर कहाँ  गएका थियौ ? डाक्टर हौ कि राक्षस तिमि ?यहाँ बिरामी को प्राण जान लागि सक्यो तिमि आफ्नो मस्तीमा यस बेला आउदै छौ ?मेरो यो एक मात्र छोरो लाई केही त् होस् न त्यसको जिम्मेवारी तिमीले लिनु पर्छ हामी बाँकी राख्दैनौ तिमि लाई यो अस्पताल मा आगो लाग्छ अब !!!!

डाक्टरले बिनम्र हुँदै हात जोडेर बिरामी का आफन्त लाई भने माफ गर्नुस म एउटा जरुरी काम ले केही समय अस्पताल बाहिर गएको थिए .बिरामी लेराएको खबर पाउने बित्तिकै काम छोडेर म सक्दो छिटो आइ पुगेको छु तपाईँ हरू शान्त रहनुस धर्यता गर्नुस .मलाई उपचार मा जान ढिला नगरी दिनुस ।

बिरामीका आमा बाबु र आफन्त हरू झनै कुर्लिए के रे शान्त हुनुस रे ?धर्यता गर्नुस रे ? आफू अस्पतालमा डिउटीमा नबस्ने सही काम नगर्ने अझै हामी लाई शान्त रहन धर्य हुन् भन्ने ?मेरो छोरो लाई केही त् होस् न अनि थाहा पाउने छौ । के तिम्रो सन्तान यस्तो दुर्घटनामा परे भने तिमि शान्त रहन सक्छौ ?उपचार न भए नि हेरेर धर्यता गरेर बस्न सक्छौ ?

डाक्टर ले फेरी  हात जोड्दै भने ईश्वर सित  प्राथना गर्नुस सब ठिक हुन्छ न आत्तिनुस मलाई उपचार गर्न जान दिनुस भन्दै बिरामी लाई शल्यक्रिया गर्ने कक्ष मा लिएर गए । बाहिर बिरामीका आमा बाबु र आफन्त हरू को आक्रोस अझै शान्त भएको थिएँन डाक्टर लाई गाली गर्दै थिए ।
डेढ दुई घन्टाको शल्यक्रिया पश्चात् डाक्टर मुस्कुराउदै शल्य कक्ष बाट बाहिर निस्के र बिरामीका आम बाबु लाई धाप मार्दै भने भगवानको कृपाले हजुर हरुको छोरा अब खतरा बाट मुक्त छन् चिन्ता नगर्नुस ।

यो सुनेर बिरामीका आमा बाबु र आफन्त हरू खुसी भए र सोध्न थाले डाक्टर कहिले सम्म निको हुन्छ मेरो छोरा ?कहिले डिस्चार्ज गर्ने ?हामीले कुन बेला भेट्न पाउछौ ?

सबै कुरो नर्स लाई सोध्नुस भन्दै डाक्टर फेरी हत्तार हत्तार गर्दै बाहिर निस्किए ।
बिरामीका आफन्त हरू नर्स माथि आइ लागे । कस्तो घमण्डी डाक्टर हो यो ?दुई मिनेट रोक्किएर हाम्रो प्रशनको जवाफ दिन सक्दैनथे ?
त्यस्तो के हत्तार थियो बिरामीका चिन्तित आफन्त लाई जवाफ नदिएर हिड्नु पर्ने ?
 
नर्सले आँखा बाट तरर । आशु झर्दै खसाल्दै भनिन .....

हिजो साँझ मात्र डाक्टर साहेब को एक मात्र छोरीको ठुलो दुर्घटना मा परि मृत्यु भएको थियो ।
तपाईँ हरुको बिरामी अस्पताल ल्याई पुर्याउदा डाक्टर साहेब आफ्नो छोरीको अन्तिम सस्कार लागि तयारी गर्दै हुनु हुन्थ्यो ।
अस्पतालको  फोन पाउने बित्तिकै वहा अन्तिम सस्कार को काम छोडेर तुरुन्तै आउनु भएको थियो । तपाइको छोरा लाई बचाएर अब फेरी आफ्नो छोरीको अन्तिम सस्कारको लागि हत्तार हत्तार गर्दै जानु भएको हो .......

(Norms of strong civic sense को लागि .....)


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक