Similar Articles

संस्मरण

लामो दिनको छोटो सम्झना– रामचन्द्र भट्ट

बिराट नेपाल

आज जुन २१ । धेरैलाई थाहा नहुन पनि सक्छ जुन २१ उत्तरी गोलाद्र्धको सबैभन्दा बढी लामो दिन हो । अर्थात् २४ घण्टामध्य सबैभन्दा धेरै समय घाम लाग्ने दिन हो आज ।

सानो छँदा घरमा आमा, हजुरआमाहरु असार १५ लाई सबैभन्दा लामो दिन भन्नुहुन्थ्यो । खेती गर्ने समयमा पर्ने भएकोले घाम अस्ताउँदा हामी कहिले खेत रोपाई गर्दै त कहिले बारीमा मकै गोड्दै हुन्थ्यौं । पुस–माघमा साँझ साँढे ६ बज्न नपाउँदै चकमन्न अँध्यारो भैसक्थ्यो । तर असारमा भने साँढे ८ बजेसम्म पनि उज्यालै हुन्थ्यो ।

जब कक्षा ८ मा पुगेर भूगोल विषय पढे त्यतिखेरदेखि थाहा भयो लामो दिन असार १५ होइन, जुन २१ तारिक पो रहेछ । उप्रेती सर (चन्द्रप्रसाद उप्रेती) ले सिमलीको सिम्किनोले हिर्काइ हिर्काइ भूगोल पढाउनुहुन्थ्यो । त्यतिखेर उहाँले पृथ्वीको उत्तरी र दक्षिणी गोलाद्र्ध, ग्रीनविच रेखा, अक्षांश, देशान्तर जस्ता भूगोलका व्यवहारिक कुराहरू सिकाउनुभयो ।

आमा, हजुरआमाहरु भन्नुहुन्थ्यो– सबैभन्दा लामो दिन असार १५ र छोटो पुस १५ । कक्षा ८ को भूगोलले सिकायो लामो दिन जुन २१ (असार ७) र छोटो दिन डिसेम्बर २२ (पुस ७) हो । यद्यपि दक्षिणी गोलाद्र्धका विषयमा भने फरक रहेछ । जुन कालान्तरमा आफै दक्षिणी गोलाद्र्धका मुलुकहरूमा पुग्ने क्रममा जानकारी मिल्यो ।

चार वर्षअघि विश्वकप फुटबल हुनुभन्दा एक महिना अघि दक्षिण अफ्रिकाको केपटाउन पुगेको थियो । नेपालमा गर्मी सुरु हुन लागेको समयमा त्यतिखेर केपटाउनमा जाडो सुरु भएको थियो ।

सौर्यमण्डलमा पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा उत्तरी गोलाद्र्ध जुन महिनामा सूर्यको नजिक आइपुग्छ । त्यतिखेर भूमध्यरेखा (जुन काल्पनिक रेखा हो)। यो काल्पनिक रेखा एसियाको इण्डोनेसिया, सिंगापुर, हिन्द महासागर हुँदै अफ्रिकी देश कंगो, युगाण्डा, त्यसपछि आन्ध्र महासागर, इक्वेडर, कोलम्बिया, ब्राजिल हुँदै गएको छ । जसले पृथ्वीलाई उत्तरी र दक्षिणी दुई भागमा विभाजित गरेको छ । भूमध्य रेखा वरिपरि पर्ने देशहरूमा बाह«ै महिना एकैनासको मौसम हुन्छ ।

सौर्यमण्डलको परिक्रमा गर्ने क्रममा पृथ्वीले भूमध्यरेखालाई केन्द्रमा राखेर मार्चदेखि सेप्टेम्बरसम्म उत्तरी गोलाद्र्ध र सेम्टेम्बरदेखि मार्चसम्म दक्षिणी गोलाद्र्ध सूर्यलाई केन्द्रित गराउँछ । उत्तरतर्फ सूर्य केन्द्रित रहँदा उत्तरी गोलाद्र्धमा पर्ने एसिया, युरोप, उत्तरी अमेरिकी मुलुकहरूमा गर्मी हुन्छ । यो समयमा दक्षिणी गोलाद्र्धमा पर्ने अष्ट्रेलिया, अफ्रिका र दक्षिण अमेरिका र अन्टार्कटिकामा निकै जाडो हुन्छ ।
सेप्टेम्बरदेखि मार्चसम्म सूर्य दक्षिणी गोलाद्र्धमा केन्द्रित हुने हुँदा त्यतातिर बढी समय उज्यालो हुनेमात्र नभै अष्ट्रेलिया, अफ्रिका र दक्षिण अमेरिकामा निकै गर्मी हुन्छ ।

यतिखेर विश्वकप फुटबलका खेलहरू भइरहँदा टेलिभिजनका दर्शकहरूले ब्राजिलका सडकहरुमा ज्याकेट, स्वेटर लगाएका हजारौँ मानिसहरू देखिरहेका छन् । चर्को गर्मीले गर्दा मानिसहरू स्विमिङपुलमा भीड लागिरहेको समयमा ब्राजिलमा भने मानिसलाई ज्याकेट र स्वेटरमा देख्दा यतिखेर धेरैलाई अचम्ममा पारेको हुनसक्छ । कारण माथि उल्लेख गरेजस्तै हो । यतिखेर सूर्य पुरै उत्तरतर्फ केन्द्रित छ । जसले गर्दा उत्तरी गोलाद्र्धका देशहरूमा १४ घण्टासम्म घाम लागेर उज्यालो भइरहेको छ । तर दक्षिणी गोलाद्र्धमा यतिखेर जाडो हुनुका साथै दिउँसोको थोरैसमय मात्र घाम लाग्छ । ब्राजिल दक्षिणी गोलाद्र्धमा पर्ने दक्षिण अमेरिकी मुलुक हो ।

एउटा रमाइलो प्रसङ्ग ।
तीन वर्ष अघिको सन्दर्भ हो । पुस, माघको महिना थियो । अष्ट्रेलियाको सिड्नीमा बस्दै आएका नारायण खड्काले फेसबुकको स्टाटसमा लेखे–‘ओहो के विधि गर्मी बढेको । स्विमिङ गर्न जाउँजाउँ लाग्यो ।’

उनको स्टाटसको मुन्तिर कुनै समय नेपाल समाचारपत्रमा सँगै काम गरेका उनका सहकर्मी साथी बाबुकृष्ण महर्जनले प्रतिकृया लेखे–‘हैन के भन्छ । यहाँ जाडोले मान्छे मर्ने बेलामा ।’

दुवैले सही र सत्य लेखेका हुन् । पुस माघमा अष्ट्रेलियामा निकै गर्मी हुन्छ । जसरी नेपाल वा उत्तरी गोलाद्र्धमा पर्ने युरोप, उत्तर अमेरिकी मुलुकहरूमा मे, जुन महिनामा गर्मी हुन्छ । अष्ट्रेलियामा नोभेम्बर, डिसेम्बर र जनवरीमा असाध्यै गर्मी हुन्छ । पुस, माघमा उत्तरी गोलाद्र्धका देशहरूमा निकै जाडो हुन्छ । खड्काका साथी बाबुकृष्णलाई दक्षिणी गोलाद्र्धमा पर्ने अष्ट्रेलियामा पुस माघमा गर्मी हुन्छ भन्ने सूचना नभएर उनले खड्काको स्टाटसमा अचम्म मान्दै प्रतिकृया लेखेका थिए ।

जुन २१ उत्तरी गोलाद्र्धका लागि सबैभन्दा लामो दिन हो । काठमाडौँमा आज बिहान ५ बजेर ८ मिनेट जाँदा उदाएको घाम साँझ ७ बजेर २ मिनेट जाँदामात्र अस्तायो । अर्थात् झण्डै १४ घण्टा घाम लाग्यो आज । म बसेको क्यालिफोर्नियाको सिलिकन भ्यालीमा बिहान ५ बजेर ४६ मिनेटमा उदाएको घाम बेलुकी ८ बजेर २९ मिनेटमा अस्ताउँदैछ । अर्थात् झण्डै १५ घण्टा आज सिलिकन भ्यालीमा घाम लाग्दैछ । अमेरिकाका सबै स्थानमा आजको दिन सबैभन्दा लामो हो ।

आजबाट उत्तरी गोलाद्र्धमा दिनहरू क्रमशः छोट्टिदै जान्छन् र दक्षिणी गोलाद्र्धमा बढ्दै जान्छ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक