Similar Articles

संस्मरण

अनुभूति--विष्णु गुरुङ "एकता"

बिराट नेपाल

सुनेकी थिए पढेकी पनि थिए। महान् व्यक्तिहरूले कुनै अर्कै काम गरेर महान् भएका होईनन, त्यहीँ कामलाई महान् तरिकाले गरेर महान् भएका हुन्। जब उनीहरू जेल वा हस्पतालको बेडमा हुन्छन् त्यहीँ समयलाई सुनौला अवसर मानेर अध्ययन गर्छन्, पुस्तक लेख्छन यस्तै यस्तै। उनीहरूको जीवनी पढ्दा आफ्नै जीवनसँग मिलेजस्तो पनि लाग्थ्यो। तर सोच्ने तरिकामा कति ठुलो फरक रहेछ भन्ने कुरा आज मैले मेरो जीवनमा महसुस गर्ने मौका पाँए जस्तो लाग्यो। जीवनमा पहिलो चोटि ठुलो बिमार परे। घरमा आराम गरेर निक्कै लामो समय सम्म बस्नु पर्‍यो। यस समयलाई अवसरको रूपमा भने ठानिन मैले।

कमसेकम यस्तो मौकाको बेला केही किताब पढ्ने केही लेखहरू लेख्ने वा घरमा बसेर गर्नु पर्ने कामहरू गर्ने सक्ने थिए होला तर त्यो सोच्नुको बदला कताकति आफ्नो मनोबल घटेको आफूलाई कमजोरी अवस्थामा, शारीरिक हिसाबले मात्र नभएर मानसिक हिसाबले पनि भएको महसुस हुन्थ्यो मलाई। स्वास्थ्य भन्दा ठुलो केही होइन त्यहीँ सोच्दै कस्तो खानेकुरा खाने कसरि आफूलाई चाडो भन्दा चाडो स्वास्थ्य बनाउँने भन्ने कुरामा नै बढी ध्यान गएर करिब दुई महिनाको अन्तरालमा पनि मैले एउटा किताब सम्म पनि पढ्न भ्याईन खासै अरू सम्झन लाग्दो काम पनि गरिन। आफूमा क्यान्सर जस्तो घातक रोग नभएको अनि मृगौलाहरु ठिक भएको कुराले नै नयाँ जीवन पाएको भनेर आनन्दको अनुभूति हुन्थ्यो। यहीँ फरकको अनुमान गरे मैले महान् सोचले हरेक क्षणलाई महान् तरिकाले सोच्न सक्छ भने साधारण सोचले हरेक क्षणलाई साधारण तरिकाले मात्र सोच्न सक्दोरहेछ।

म टिनएजरमा नै आमा बनेकी थिए। डाक्टरको सल्लाहा अनुसार म गाउँघरमा नै सुत्केरी हुँदै आइरहेको चलनलाई तोडेर पोखरा हस्पतालमा सुत्केरी हुन आउँदा मैले भोग्नु परेको घरपरिवारको अपहेलनाले मलाई ब्युझाएको थियो। पछि मैले मेरी दुई नन्नाहरुलाई माईतीमा चेली सुत्केरी हुन नहुने चलनलाई तोडेकी थिए। सुत्केरी हुनु भनेको महिलाको लागि कालको मुखमा पुग्नु सरह नै हो त्यसैले यो सुरक्षित हुनुपर्छ अनि स्यारसुसार र माया चाहिन्छ भन्ने मान्यता राख्दै आएकीछु। जिन्दगी भनेको नै सङ्घर्ष र अनुभव रहेछ। हरेक सङ्घर्षले अनुभव दिन्छ अनि अनुभवले पाइला कोरेरै छाड्दो रहेछ हाम्रो जीवनमा।

एक्कासि मध्यरातमा पिसाब फेर्न जादा पिसाब रोकिएर करिब ९ दिन सम्म एकरात पनि सुत्न नसकी दुखेको पिडादेखि हस्पतालको बेडमा अप्रेसन गरेर पिडा सहेर बसेको अवस्थाले मेरो मानसपटलमा मेरी आमा बिमार हुँदाको झल्को देखि सम्झे सम्मको बिरामीहरुको झल्को आइरह्यो। त्यहीँ अवस्थामा पनि आफ्नो पिडा भन्दा यस संसारमा कयौ पिडा सहनु परेका दुखिहरुप्रति पुकार गर्दै डाक्टर नर्सहरुलाई धन्यवाद दिदै प्रभुको नाम जपे। मेरी आमाले सिकाउँनु भएको छापले सधैँ बिहान धुप बाल्दा सारा संसारको प्राणिजगतको भलाई गर्नुहोस प्रभु भनेर पुकार गर्थे। जब मैले यी दुखहरु भोगे मेरो हृदयमा एककिसिमको दयाको भावाना बढी आउँछ र रोगि निसाय, दीनदुखी गरीबहरुको रक्षा गर्नोस प्रभु भनेर पुकार गर्छु।

सुखको साथी भन्दा दुखको साथी अवश्य आत्मीय हुन्छ यो पनि भोगे मैले। सुखमा प्रशंसा र दुखमा मदत गर्न पछि नहटौ। चोट के हो भोगेकालाई मात्र थाहा हुन्छ। अन्याय के हो परेकोलाई नै थाहा हुन्छ। भोक के हो भोकालाई थाहा हुन्छ। बिमार हुँदाको चोट भोगे तर यसले मेरो जीवनलाई केही पाठ भने सिकाएको अनुभूति मैले गरेकी छु।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक