Similar Articles

संस्मरण

अर्की आईमाइसंग प्लेनमा केही घण्टा--विनोद रोका, न्युर्योक,

बिराट नेपाल

निलम कार्की निहारिकाको अर्की आईमाई उपन्यासको पहिलो संस्करण मङ्सिर २०७० मा निस्कीएको भएता पनि मैले भने पौष २०७० मा निस्कीएको दोस्रो संस्करण २ मार्च २०१४ मा डिसीमा अ.ने.सा.स.ले गरेको प्रथम महिला अन्तर्राष्ट्रिय साहित्य सम्मलेनको बेलामा निलमबाट उपहार स्वरूप पाए। यद्यपि यो उपन्यासको बारेमा निलम  र मेरा बिचमा उपन्यास लेख्न थाल्नु भन्दा अगाडी देखि नै कुराकानी भएको थियो। त्यसैले होला उन्ले मलाई दिएको उपहार प्रतिमा यसै उपन्यासका मुख्य प्रेरक दाजु विनोद रोकालाई बहिनीको भेट भनी लेखेकी थिइन।

यो उपन्यास मेरो हातमा परेकै समयमा सेतो धरती उपन्यासका लेखक अमर न्यौपानेजी पनि न्युर्योकमा आउनु भएको र यस्को बारेमा धेरै सुनेको हुदा एक प्रति लेखकसंगै किनेको थिए। कानुनी पेसाको जिम्वेवारी अनि न्युर्योकको व्यस्त समयको परिवेशबाट फुत्कन नपाई प्राय साहित्यिक कृर्तीहरु पढन समय निस्कन मुस्किल पर्ने हुदा मुद्दाको बहसको क्रममा रेल वा हवाईमार्गबाट टाढा जानुपर्दा पढनु पर्ने हुन्छ। मैले यी दुवै पुस्तककरु पढन एकै समय सुरु गरेकै मेसोमा गुहनाथ पौडेलजीले अनुवाद गरेको तेईस भाषामा अनुदित एवं अन्तर्राष्ट्रिय स्तरमा सर्वाधिक बिक्री भएको कृति भिक्षु र दार्शनिक हात परयो उपहार स्वरूप अनुवादकर्ताबाट। धर्म र बौद्ध ध्यानविधिका बारेमा चर्चा गरिएका यो पुस्तक मेरो दैनीकीसंग गासिएको हुदा पढनु पर्नेमा थपियो। तर पनि पहिले पढेर सक्ने चाहिँ निलमकी अर्की नै आईमाइ परिन।

उपन्यासमा मुख्यपात्र बनाईएकी आईमाईको चरित्रको बारेमा डा. शुरेस कृष्णज्युले न्युर्योकमा बताउनु भएको थियो । श्रृजनाका यात्राहरुमा निम्ता गरिएका डा. शुरेसकृष्ण दिल्ली विश्वविद्यालयका हिन्दी साहिन्य र पूर्वीय दर्शनका अवकाश प्राप्त प्राध्यापक, उहाका छोरा कवि एवं न्युर्योकका कानुन व्यवसायी अखिलेशकृष्ण एवं वहाकै नातीनी मिनाक्षी कृष्ण थिइन । मिनाक्षी हाल हारर्भड युनिभरसिटीमा विध्यार्थी हुन र युसेप नेपाल मार्फत सुविधाविहिन बालबालीकाहरुलाई विगत ३ वर्ष देखि शिक्षाका लागि भनेर सास्कृतीक कार्यक्रम गरी रकम पठाउने गर्छिन । उहाहरुलाई मैले कानुन व्यवसायी मित्र अखिलेशजीको सहयोगबाट ल्याएको थिए। यी तिनै पुस्ताका व्यक्तिहरूले आ आफना साहित्यिक रचनाहरू पाठ गरेका थिए। अनि कार्यक्रम पछि डा. कृष्णले आफू हाल क्यालिफोर्नियमा छोरीसँग बस्तै गरेको र फुर्सदको समयमा समाज सेवामा लागि रहेको तथ्य पनि उल्लेख गर्दा  उहाँले अर्की आईमाईको उद्धार गरेको सत्य घटना सुनाउनु भएको थियो।

निलमलाई यो कुरा कवि मणि बाङ्देलजीले फोनमा सुनाउनु भएको रहेछ। केही दिनपछि निलमसंग मेरो कुरा हुदा उन्ले यो घटना सुनेर आफूमा एउटा मर्मस्पर्सी छाप परेको बताईन। अनि मैले पनि भने यस्ता घटनाहरू घटि नै रहन्छन अमेरिकामा। किनकि मानिसहरू यो मुलुकमा आउन चाहान्छन र धेरैले कागज पाउने माध्यममा विवाह पनि प्रमुख रहेको यथार्थता उन्लाई बताए। त्यसपछि यस्तै खालका मिल्दाजुल्दा घटनाहरूको बारेमा कुरा भयो जुन मैले आफनो पेसाका दौरानमा अनुभव गरेको थिए। उन्ले त्यसैबेला भनेकी थिइन दाइ म यस विषयमा एउटा उपन्यास लेख्छु। मलाई पनि मनमा कुनै दिन यस्ता र यस्तै कतिपय विषयमा कुनै लेख लेखौला भन्ने नलागेको भने होइन। मैले लेखेको भए अर्की आईमाई र अर्को लोग्नेमान्छे अनि यस्तै यस्तै विषयवस्तुलाई कसरी प्रस्तुत गर्थे वा गर्छु भन्न सक्दिन। तर निलमले लेखेको उपन्यास अर्की आईमाइमा जसरी उन्ले एउटा घटना भित्र नारीका कति सम्वेदनसील घटनाका पत्राहरु उधेन्न सकिन त्यो मैले लेखेको भए सम्भव थिएन किनकि म ती सम्वेदनसिल पाटाहरुमा त्यतिका मर्मस्पर्सी वेदनाहरु हुन्छन् भन्ने अनुभव त के अनुमान पनि गर्न सक्दिन।

आफनै दौतरी आशुतोषसंग नजानीदो किसिमले प्रेममा गासिएकी एउटा अबोध तारा अमेरिकी नागरिक शुवर्णको छोराछोरीकी न्यानी अर्थात् बच्चा हेर्ने केटी हुनकालागि स्वास्नी बनेर जान्छे अमेरिका। उस्को उपस्थितिले शुवर्ण र उस्की व्याईते स्वास्नीलाई आफनो व्यापार र मोजमस्ती गर्न पैसा दिएर अस्थायी न्यानी राख्नु पर्दैन। शुवर्णका लागि अल ईन वन बन्छे तारा ।

अमेरिका जहाजमा आउदा पनि उस्लाई लाग्छ बढेमाको चिलले पखेटा फिजाएर सिकार उडाएझै आउदैछे माटोको सुगन्ध छाडेर । उ मुत्युतुल्य छे अमेरिकामा त्यसैले शुवर्ण भन्छ तिमी लासजस्ती छौ। लाससग सुतेजस्तो लाग्छ। ताराले बिस्तारै बुमmदछे अमेरिकाको खुल्लापन र समाज अनि मानिसहरूको चरित्र। कन्ट्रयाक्ट मैरिज,ग्रिनकार्ड, नागरिक्ता पाएपछि डिर्भोस, अनि फेरी अर्को विवाह। विवाह नगर्ने। लिभिंग टुगेदर । संस्कार, सस्कृती र आमाबाबुबाट स्वतन्त्र भएका सन्तानहरुको अनिस्चित गन्तव्य आदिका परिवेशमा बस्दा बस्दा तारा पनि तरु हुन्छे। आधुनिक हुन्छे मनभरि मातृत्वको कुण्ठा बोकेर ।

घरधनीले महिनावारी तिर्नुपर्ने मोरगेज, बेलामा तिर्न नसक्दा वैकले गर्ने फोरक्लोजर, अनि लिएको रिण तिर्न नसक्दा बैंक्रप्सी अर्थात् टाट पल्टीएको ठहर गराई रिण मुक्त हुनुपर्ने आदि अमेरिकामा रहदा आईपर्ने समस्या अनि देशमा सुशासन नहुदाका कारणले विदेश पलायन हुनु परेका युवक र युवतीहरुका दारुणित जिवनगाथा। परिवर्तनको आशामा आन्दोलनमा जीवन उत्र्सग गरेका नयाघरेको नाति उस्की सुत्केरी श्रीमतीको दारुणीक चित्रण। बृद्धाआश्रममा बसेकी बुढी आमामा अझै तरु बाझी रहेको रहस्य नबुझदा आएको चिन्ता। बाल्यकालको साथी डाक्टर आशुतोस तीन छोरीको पिता भएता पनि सामmी तारा तरु भएपछि फरासीली भएकोमा खुसी व्यक्ति गर्छ र भन्छ तिमि धेरै फरक भईछौ। तिमिले अंकल शुवर्णसंग कसरी विवाह गर्न सकेकी?

आशुतोष अमेरिका आएका बखत हेरबिचार गर्ने भाग तरुकै हुन्छ। अनि तरु आशुतोषसंग समुन्द्रमा खेल्न जादा उस्को अँगालोमा बाधिन पुग्छे। र मनभनै भन्छे सानामा आफनो माग पुरा नहुदा आमाको साडीको फेरो समाएर रोएकी थिए होला डाको छाडेर यसरी। विस्तौ तरुले बुमmछे आशुतोषले उस्लाई छातीमा राख्न सक्छ अर्की आईमाई बनाएर तर स्वास्नी बनाउन सक्दैन देवर र शुवर्णले जस्तै। टिका लाएको श्रीमतीवाला भाइ पनि अमेरिकी नागरिक भएकी तरुलाई कागजका लागि अर्की आईमाई बनीदिनु विनम्र अनुरोध गर्छ। यसरी अर्की आईमाई बनाउने पुरुषहरुको भिडमा तरुले बहराईनको दशघण्टाको ट्रान्जीटमा अरबबाट फर्किए आएका आधुनिक लाहुरेहरुको भिड र दिनानुदिन जीवन निर्वाहाका लागि विदेश पलायन हुनु परेका युवाशक्तिको जमातलाई सम्मझीएर देशका आमाहरू विदेशमा निर्यात गरिने मानिसहरू उत्पादन गर्ने मेशीनहरु जस्तो लाग्छ।

लोग्नेमान्छलाई अर्की आईमाई मात्र बनाउन खोज्ने भिडमा उन्ले एकजना हटृाकटृा। चिम्सा आखा, ठुलो शरीर, पाखुरा पनि ठुलै अनि बटारिएको कविमनको वाडंदेल देखिन्छ जो देशको वर्तमान विग्रीएको अवस्थाको चित्रण गर्दै राईफलको नालीबाट तातो गोलीझै यथार्थता बोलिरहेको छ बहुला झै । यो पात्रमा झण्डै न्युर्योकको कवि बाङ्देलको जस्तै जिऊ ज्यान र बोलाईको भरपर्दो चरित्र देखिन्छ। अनि यस्तै पात्रहरुले आईमाईलाई अर्की आईमाइको रूपमा मात्र नहेरी देश परिवर्तनका लागि सहयात्रीको भूमिका बहन गर्न सक्छ भन्ने आस तरुमा पार्दछ।

फेसबुकमा आफनो विज्ञापन आफै गरेर हिडने बथानबाट आफूलाई अलग्याएर तरु आफू जस्तै पीडित महिला अनि भरपर्दा बाङ्देलहरुका पाखुरा र कविमनसंगै सपनाको उडान भर्छिन तरु वास्तविकताको धरातल टेक्न। प्रेम, मुक्ति र परिवर्तनको लागि एउटा क्रान्तिको मसाल बोकेर। आफूलाई गैर ठान्दीनन उनी जन्मभुमीको दुदर्सामा सहयोद्दा भै मुक्तिको लडाई लडनका लागि। तर यर्थाथता भने अमेरिकी नागरिक तरुलाई सोचे जस्तो थिएन। किनकि उन्लाई जन्मभुमीले बस्नको लागि दिएको अनुमति एकहप्ता मात्र बाकी हुन्छ। उ आफनै देशको अनागरिक भैसकेकी हुन्छे। तोकिए भन्दा बढी बसेमा उस्को बसाई गैरकानुनी हुन्छ। त्यसैले उ अमेरिका आउने तरखरमा छे। तर उन्लाई बहराईनमा भेटेका बाड०देल र सपना उडानमा भेटिएकाहरुलाइ पुन भेटने मन छ। थाहा छैन तरुको यो आशा पुरा हुने हो कि होइन ।

निलमले २ मार्च २०१४ का दिन डिसीमा दिएको यो उपन्यास मैले १५ जुलाई २०१४ का दिन ओरलेण्डो, फलोरिडामा एउटा अद्यागमन मुद्दाको सिलसिलामा जादा र १६ तारेख फर्केर आउदाको करिब ९ घण्टाको समयमा पढेर सिध्याइ भिक्षु र दार्शनिक पढन थाले।

निलमले लेखेको उपन्यास पढी सकेपछि लाग्यो मैले यो विषयलाई आधार बनाएर उपन्यासै लेखेको भएपनि अर्की आईमाइसंग जोडिएका र जोडिन सक्ने यतिका विषयवस्तु यसरी सुन्दर शैलीमा न्यायोचित रूपबाट प्रस्तुत गर्ने सक्ने थिइन। आफूले थाहा पाएको र अनुभव गरेका कुरा निलम जस्ता आवाजविहिनहरुका लागि आवाज दिन सक्ने क्षमता राख्ने व्यक्तित्व समक्ष पुरयाएको कारणले पात्रहरुमा न्याय परेको देख्दा आनन्दको अनुभूति भयो। अर्की आईमाइको सफलताको शुभकामना र अर्की आईआइले उडानमा देखेको सपना कवि बाङ्देलहरुका बलिया पाखुरा र ज्ञानले पुरा होऊन। अनि निलमले केही समय अगाडी फोनमा कुरा हुदा मेरो पूर्व प्रकाशित कविता हामी धृतराष्ट्र्र हाम्रो देश धृतराष्ट्र शीर्षकको कविताको पृष्टभुमीलाई आधार बनाई अर्को उपन्यास लेख्ने सोच बनाएकी छु दाइ भनेको सम्झदा उन्को यो पात्र र परिवेशलाई न्याय गरेर लेख्न सक्ने अद्धितीय लेखकीय क्षमताले अर्की आईमाइ जस्तै सबैको मन छुने अर्को कृति आउने आशा राखेको छु ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक