Similar Articles

संस्मरण

घुमाई--हरिकुमार श्रेष्ठ “खाँदबारी”

बिराट नेपाल

इच्छा, बिचार, उदेश्य सबै आ–आफनो हुदो रहेछ । अवसर आउछ ,जान्छ गुमाउछौ । यसको नाफा,नोक्सान आफैमा समयले पर्खदैन मात्र पछुताउनु बाहेक अन्य विकल्प आउदैन खान्छौ, बस्छौ, हिडछौ, घुम्छौ जहा हामी कल्पनाको सागरमा डुब्छौ , हेर्छौ , पढछौ पत्र पत्रिका , टेलिभिजन  बुझछौ ,कुरा सुन्छौ, मनमा इच्छा कस्लाई हुदैन ,नयाँ ठाँउ हेर्न घुम्न तर इच्छा भएर पनि काहा हुन्छ समय परिस्थितिले पनि  साथ पाउन सक्नु पर्छ ।  सबै कुरा मिलेको खण्डमा इच्छा पूरा हुने त हो नि अरूका भर नपरि आफैमा सक्रिय हुनु अति जरुरी छ । परिवारहरू घुम्फीर गरेका फोटोहरुले सजिएका फेसबुकका पानाहरु, पत्र पत्रिकामा लेखिएका यात्राका कुराहरू बाट थाहा हुन्छ सबै काही न काही घुमे कै हुन्छ ।

हाम्रो परिवारमा पनि वर्षको एक पटक परिवारहरू आफू बसेको ठाँउ बाट बाहिर हवाई मार्ग स्थल मार्ग बाट समयको अवस्था हेरेर घुम्न जाने गर्ने गछौ । यस वर्ष २०१४ जुलाई महिनामा अमेरिकाको कोलोराडो राज्यको पश्चिम दक्षिण क्षेत्रमा रहेको रमणीय प्रकृतिक स्थानहरूको अबलोकन गरी समर भ्याकेसन मनाउने तयारीमा मेरो परिवार र मेरो भाइको परिवार जुटयौ । के गर्ने आफूले भनेर नहुने काममा छुट्टी मिलाउनु पर्ने अर्को समस्या छ । सबैको छुट्टी मिलेमा हाम्रो योजना सफल हुने हो । यसैले सबै जाना आ–आपनो काममा छुट्टी मिलाउन  लागी परे जानु पर्ने दिन लामो समय भएकोले सबैको छुट्टी मिल्यो ।  त्यो दिनको पर्खाइमा मनका कौतूहल बोकी प्रतीक्षामा बस्यौ । समय बिती रहेकोछ  । आफना शुभ चिन्तक साथीहरूलाई घुम्न जाने भए जौ है, हामी ता घुम्न जादैछा,ै भनी हल्लाहा पनि न गरेको होइन कसैको छुट्टी न मिल्ने, कोही अन्यत्र जाने, छुट्टी साची दशैमा नेपाल जाने खबरले टेलिफोनको मेल बक्स बाट जानकारी प्राप्त भएकैछ तर मेरो साथी रमेश÷सुजाता जी को परिवारहरू हाम्रो यस घुमाईमा सामेल हुने कुरा पनि छ ।

यात्राका लागि चाहिने सामानहरू समय हुदा जोरजाम गर्नु पर्ने ,परिवारहरू र साना नानीहरू भएका कारण होटल पनि समयमा बुक गर्नु पर्ने आवश्यक छ । डोरेङ्गोमा सोचेको होटल पुरा बुक भै सकेकोले अन्य होटलमा बुक गरियो । गाडी पनि भाडाको लाने हो कि भनी खोजीयो । भने जस्तो गाडी नपाउदा आ–आफनो गाडी लाने निधो गरी १० बजे बिहान अरोरा सिटि मेरो घरमा भेला भै प्रस्थान गर्ने सहमति भयो । भन्दा भन्दै हाम्रो यात्राका दिन आई सकेकोछ । आज जुलाई ४, २०१४ शुक्रवार हो । आजैको दिन अमेरिका स्वतन्त्र भएको यस दिन अमेरिका भरी बढाइ गरी रमाइलो गरिन्छ , सरकारी छुट्टी पनि हुन्छ । समयमा सबै जना भेला भै आ–आफनो सामान गाडीमा  राखी जीपीयसमा गन्तब्य स्थानको ठेगना राख्ने काम पनि सकी सबै जना गाडीमा बस्यौ । बाटामा पर्ने रमणीय ठाँउ भएमा गाडी रोकी अबलोकन गर्ने सल्लाहा भयो । मेरो नातीनी एल्भीनाले गाडीमा बस्न नमानेर रुई कराउदा केही समय अलमल भयो ।

हाम्रा तिन वटा गाडी अगाडी पछाडि हुँदै यात्रालाई सुरुवात गरी हाईवे लिई पश्चिम आई ७० को पहाडको भाग आए पछि ट्राफिक जाममा परियो । चोर बाटो पनि नछीरेको होइन झन जाममा परियो यो जाम आईडवा स्प्रीङ्ग सम्म भएको कुरा बाटामा होटिङ्ग बोड बाट जानकारी भयो । बल्लतल्ल दुई घण्टा जाम पार गरियो । आजको सबै हाम्रो योजना चकनाचुर भयो । अचम्म आईडवा स्प्रीङ्ग पार गरे पछि यो जाम कता हरायो । हाम्रा तिन वटा गाडी जर्ज टाउनमा मात्र भेट घाट भै  त्यस ठाँउ बाट हामी अगाडी बढयौ भेल सहर घुम फिर गरी  आजको गन्तब्य ग्रायान जक्सन हो, बाटो बाट देखिए दुश्यहरु अचम्म लाग्ने थियो । चटन चटनहरुको पहाड मा सुरुङ्ग खनेर बनाएको मोटर बाटो हेर्दा रमाइलो अचम्म लाग्थ्यो । हाम्रो गाडी हाइवे छाडेर ग्रायान जक्सन डाउन टाउनको लागी अगाडी बढी रहेको छ ग्रायान जक्सन डाउन टाउनमा रहेको स्प्रीङ्ग हिल सुईट म्यारीयोट होटलको पार्कीङ्गमा तिन वटा गाडी भेला भै सकेकोछ ।

होटलमा चेक आउट पछि आ–आफनो सामान गाडी बाट ल्याई कोठाको चाबी लिई सामान राखी नुहाई धुवाँइ गरी सबै जना ग्रायान जक्सनको डाउन टाउन घुम्न बाहिर निस्कीयौ । आज छुट्टी भएकोले सबै पसलहरु समेत बन्द रहेछ । वरिपरि पहाडले घेरीएको कोलोराडो नदीले सुन्दरता दिएको रमणीय सहरमा कलात्मक मुर्ती, कला, पानीका छहराले पर्यटकहरुलाई अझ बढी आकर्षित बनाएको पाइन्छ । हामीले यहाँका दृश्यहरुलाई क्यामरा र भिडियोमा कैद गर्न सफल भयौ । दिन भरी थाकेको भोक पनि लागी सकेको समय पनि बेलुकाको ९ बजी सकेको छ । त्यसैले रेष्टुरेन्ट भएको ठेगनामा हामी निसाना बनाई रहेकाछौ । खाना पछि हामी होटलमा १० बजे पुगी आराम गर्न र भोलीको घुम्ने तालीका  बिहान ब्रेकफास्टको समयमा छलफल गर्ने गरी शुभ रात्रि ।

होटलको लबी छेउमा रहेको हलमा ब्रेकफास्ट खानाको लागी सबै भेला भयौ । त्यही समयमा ग्रायान जक्सनमा हेर्नु पर्ने विषयमा छलफल भै समयलाई पनि ख्याल गरी कोलोराडा नेशनल मोहमेन्ट तर्फ हाम्रो गाडी अगाडी बढी सकेकोछ । गेटमा पुगे पछि फोटो सेसन पनि चल्यो त्यहा प्रवेश शुल्क तिरि आँखाको रमितो मनका तरङ्गहरु यो रमणीय दृश्यहरुले आनन्दीत तुल्याई राखेको छ । घुमाउरो राता चट्टानले सजियका पहाडले काही सहरको बस्ती ,मन्दिरका दरबारहरु जस्तो भान हुने चट्टानलाई काटेर बनाएको बाटो पार गर्दै राम्रा दृश्य देखिने ठाँउ आएमा गाडी रोकी क्यामरामा कैद गर्दै यो एरिया घुम्न एक दिनमा समेत नसकिने भएकोले समयको ख्याल गर्दै हाम्रो हेर्ने इच्छा बन्चित गराउन बाध्य थियौ । त्यसैले केही माथि पुगी त्यहा रहेको क्यानोन हेरी फोटो खिचि रमाइलो गरी फकियौ ।

आजको हाम्रो अन्तिम हेर्ने ठाँउ विश्वमा प्रख्यात फोर कर्नर पुग्नु पर्ने  त्यहा जानका लागी यहाबाट दुई ओटा बाटो रहेछ  हामीले युटा स्टेट हुँदै जाने भएकोले पश्चिम आई ७० हाइवेमा कोलोराडोले बाइ बाइ युटाले स्वागत होटीङ्ग बोडले सन्देश दिई सकेको छ । एक्जीट १८२ बाट हामी हाइवे १९१ लिएर दक्षिण तर्फ लागी रहेका छौ । बाटामा पर्ने पहाडका राता, सेता, रमणीय दृश्यहरू लाई गाडीबाट नै क्यामरामा कैद गर्दै हाइवे १६० पूर्व बाट अन्तिम हेर्ने ठाँउको कौतूहल, अबलोकन गर्ने हतास हुदा हुँदै हाम्रो गाडी फोर कर्नरको प्रवेश गेटमा पुगेर रोकीएकोछ । प्रवेश शुल्क तिरेर गाडी पार्कीङ्गमा हामी सबै उत्रियौ ।

फोर कर्नर हेर्नेको लाइन भीड रहेछ । हामी पनि सबै जना लाइनमा बस्यौ । घामले तताई रहदा गर्मी चापले छाता ओढेर हेर्ने प्रतीक्षामा बसेका छौ । यो यस्तो ठाँउ हो अमेरिकाको कोलोराडो ,युटा, एरिजोना, न्यु मेक्सिको राज्यको सीमा पर्दछ । खास हेर्नु पर्ने त्यस्तो छैन तर संसारमा प्रख्यात एउटै बिन्दुमा चार वटा स्टेटको सीमा  यसैले होला यसको आफनै महत्व रहेछ । वरिपरि चार वटा भवनले घेरीएको सो भवनमा आ – आफनो स्टेटका सोभिनियर सामानहरू ले सजिएका आकर्षण पसलहरुमा पर्यटकहरुले खरिद गर्नेको भीड छ । यस क्षेत्रमा अमेरिकाको राष्ट्रिय झण्डा, चार वटा स्टेटको झण्डाले सजिएको छ । आफनो लाइन आए पछि प्वाईन्ट फोर कर्नरमा चार वटा आ–आफनो स्टेटका नाम स्टेटका बारेमा लेखिएका  ठाँउमा सुतेर, टेकेर, नाचेर, थरी थरी का तरिका  बाट फोटो खिचेका झलक हेर्दा रमाइलो लाग्दथ्यो । हाम्रो टोलीले पनि यो अवसर गुमाउने कुरै भएन भ्याए सम्म क्यामरा र भिडियोमा कैद गर्न पछि परिएन ,एउटै स्थलमा बसेर चार वटा स्टेट पुगेको अनुभूति हुदो रहेछ । एकै चोटि चलेको हावा ,हुरीले  धुलो बालुवा समेत उडाउन थालेको हुदा लाइन पनि तितर बितर भयो । हामीहरू पनि आफनो गाडी तर्फ लाग्यौ ।

आज बेलुकाको बास डोरेङ्गोमा छ । त्यस तर्फ जादा बाटामा पर्ने मेसा भडे नेसनल पार्क पनि समय भएमा हेर्न भ्याई दिने उदेश्यले हाम्रा गाडीले हाइवे १६० पूर्व लिएर गुडी रहेको छ । नेसनल पार्कको गेटमा पुगेर सोधनी गर्दा आज बन्द भै सकेको भोलि बिहान ८.३० बजे खुल्ने जानकारी साथ हामी डोरेङ्गो तर्फ लागियो । बाटामा जादा जादै गणेश जी ले फोन गर्नु भयो । होटलमा आए पछि फोन पाँउ आज बेलुकाको खाना दाइ कर्म तेन्जिङ्ग  भोटीया, भाउजू ज्यामु म र मेरा श्रीमती यशोधाको तर्फ बाट व्यवस्था छ , सबै जना आउनु पर्छ म होटलमा लिन आउछु हजुरहरु होटल आउनु भए पछि खबर पाँउ भन्नु भयो । वहाहरु ले देखाउनु भएको स्वागत सत्कारको लागी मैले नकार्न सकिन सबै सँग सल्लाहा नगरी मेरो एकल निर्णय बाट हुन्छ भनी दिए । मेरो र गणेश जी सँग फोनमा भएका संवादका कुराहरू तिन वटा गाडीमा इन्टरकम फोन बाट जानकारी गराए  सबै जना खुसी भै सबै सँग भेट घाट परिचय हुने भयो भनी आनन्दित भएका थियौ ।

होटलमा चेक आउट गरी आ–आफनो कोठाको चाबी  बुझी कोठामा सामानहरू राखी हात मुख धोई गणेश जी लाई फोन सम्पर्क बाट होटलको ठेगना उपलब्ध गराई दिए । हुन्छ म दुई मिनेटमा आई पुग्छु अंकल भन्नु भयो । मैले सबैलाई तयार रही होटलको लबिमा  भेट गरौ भनी खबर दिए ,सबै होटल लबिमा  भेला भए पश्च्यात सबै पार्कीङ्गमा निस्कीयौ गणेश जी हाम्रो आगमनको प्रतीक्षामा हुनु हुदो रहेछ । त्यही  साधरण परिचय भयो । रातको १० बज्न लागी सकेकोले हामी सोझै हिमालय किचेन रेष्टुरेन्टमा पुग्यौ । त्यहा रेष्टुरेन्ट मालिक श्री कर्म  तेन्जिङ्ग  भोटीया हामी लाई स्वागत गर्न  ढोकामा आउनु भै सबै लाई हात मिलाई, नमस्कार गर्दै रेष्टुरेन्ट भित्र प्रवेश गराउनु भयो ।  भित्र जादा सबै टेबलहरु ग्राहाकले भरिएको रहेछ । हामी उननाईस जनाको लागी भिन्दै व्यवस्था मिलाएको ठाँउमा लानु भै ढोका खोली रेष्टुरेन्टको हल भित्र प्रवेश गराउनु भयो ।

सजिएका टेबल हलका भित्तामा  सजाएर राखिएको फोटोग्राफरको फोटोहरू ले आकर्षण, आनन्दित तुल्याएको अनुभूति दिएको छ । यहाँ भएका फोटोहरुले नेपालको सुगम देखि दुर्गम बस्तीहरुको बारेमा जानकारी दिलाउछ । सबै फोटो हेरीए पछि नयाँ अनुभव बटुल्ने मौका मिल्यो । यस हल भित्र रहेका फोटो ग्राफरको फोटोहरू हेर्दा म्यूजिय भित्र रहेको महसुस भएको छ ।  यस विषयमा कर्म जी ले हामी लाई जानकारी गराउनु भयो । यी सबै कर्म जी को फोटोग्राफि रहेछ, हामी सबैले कर्म जी लाई धन्यवाद सहित स्वागत ग¥यौ । यस समयमा हाम्रा सहभागीहरू सबैको आसन भै सकेको छ । कर्म जी सबै लाई सोधि सोधि आ–आफनो ईच्छानुसार चिसो तातो हातमा दिदै स्वागत सत्कार गर्दै , टेबलमा आएका खानाका परिकार लाई कर्म जी गणेश जी  यशोधा जी ले  सहयोग गरी रहनु भएको छ । दिन भरि थाकेका ,भोक प्यास र नेपाली खानाको तल तलले हात मुख जोडन हतारमा छौ । मैले पनि कर्म जी  लाई सँगै बसेर खाना खान अनुरोध गरे नजिकको कुर्सी तानेर सँगै बसियो । खाना लिदै मैले कर्म जी सँग वहाको दुःख सुख, उन्नति प्रगति सामाजिक क्षेत्रमा पू¥याउनु भएको योगदान बारेमा जानकारी लिने जिज्ञासा  राखे वहाले आफना सबै कुरा हामी लाई सुनाउदै जानु भयो ।

नेपालबाट विदेश आए पछि पहिलो पटक डोरेङ्गो गाँउमा कर्म जी को बारीमा फलाएको सागको तरकारी, कर्म जी को आफनै हातले बनाएको हामीले कहिले नखाएको स्वादिलो अचार आज खान पायौ । यसै समयमा ज्यामु जी पनि हामी भएको ठाँउमा आएर नमस्कार गर्दै परिचयको आदन प्रदान भै रेष्टुरेन्टमा ग्राहक भिड भएकोले तपाइहरू सँग बसेर गफ गाफ गर्न सकिन यो मेरो बारीमा फलाएको रायको साग हो । मिठो गरी खाई दिनु होस भनी सबै लाई खाना लिन अनुरोध गरी रहनु भएको छ । कर्म जी र ज्यामु जी दुवै जना आजको खाना यस्तै भयो भोलि बिहानको खाना खान आउनु होस भनी हामी लाई अनुरोध गर्दै रहनु भयो ।

खाने कार्य सकिए पछि सानो तिनो आ–आफनो भलाकुसारी फोटो सेसन रेष्टुरेन्टको अबलोकन गरी रहदा  रेष्टुरेन्टका ग्राहाकहरु सबै गै सकेकोले हिमालय किचेनका स्टाफहरु सँग एउटै टेबलमा बसेर ज्याजु जी  हास्दै , रमाउदै खाना खाई रहनु भएको , कर्म जी बाट पिउन चाहाने स्टाफ लाई पिउने पदार्थ गिलासमा वितरण गरी रहेको देख्दा अचम्म लाग्यो । यसरी मालिक,स्टाफ सँगै बसेर खाएको  थाहा थिएन किन कि मालिक मालिक हुन चाहान्छ । यो राम्रो कार्य हो । हामीलाई स्टाफ साथीहरूका साथै कर्म जी को माईला, कान्छा छोराहरु सँग पनि परिचय आदन प्रदान गरी दिनु भयो ।  रेष्टुरेन्टको अबलोकन गरी रहदा  कर्म जी ले गर्नु भएको प्रतिफलका अभिनन्दन प्रमाण पत्रहरु , महान् ब्यत्तित्वहरु सँग नेपाली दौरा सुरुवाल ढाका टोपीले सजिएर नेपालको गौरव , पहिचान गर्न सक्ने फोटोहरू सजिएको छ । रेष्टुरेन्टको सजिसजावट, सफा सुगरले वातावरण नै फरक देखिन्छ । भोलि डोरेङ्गाको अबलोकन पछि डेनभर फर्किने कार्यक्रम छ । हिमालय किचेन रेष्टुरेन्ट बाट होटल फर्कन लाग्दा कर्म जी भन्दै हुनु हुन्थ्यो भोलि बिहानको खाना खान  हामी लाई अनुरोध गर्दै रहदा हामीले हुन्छ भन्न सकेनौ कुराले  टार्दै गयौ ।

बिहानको आठ बजी सकेछ सबै ब्रेकफास्टको लागी जान तयारमा छौ । हिमालय किचेन रेष्टुरेन्टका प्रबन्धक (मैनेजर ) श्री गणेश श्रेष्ठ र यशोधाले आज हामीलाई डोरेङ्गो आस पास क्षेत्रमा घुमाउनु हुने छ । हामी होटल बाट बाहिर निस्कदा वहाहरु हामीलाई पर्खि बसी रहनु भएको रहेछ । गाडीमा सबै बसी सके पछि गणेश जी को सवार पछि पछि संसारका पर्यटकहरुको आकर्षण केन्द्र रहेको मेसा भडे नेसनल पार्कको गेटमा गाडी रोकिएको छ । प्रवेश शुल्क तिरेर यो स्मरणीय मोटर बाटो मुटुलाई थर थर कमाउदै पहाडको चुचुरा , घुमाउरो उकालो, वरालो राम्रा दृश्य आएमा बिच बिचमा रोकिदै रमिता हुर्दै, फोटो सेसन गर्दै गाडीहरु सबै पार्कीङ्ग क्षेत्रमा आई सकेको छ ।

मनलाई हतार छ । कौतूहल, जिज्ञासा , हेर्न हतार यहाँ बाट पनि एउटा स्थानमा जान टिकट लिनु पर्ने, स साना बच्चाहरु सँगै लादा बच्चा बोक्ने झोला जस्तो चाहिने रहेछ सो  हामी सँग छैन त्यसैले बच्चा लान बोकेर पनि नपाईने हुदा यस विषयमा छलफल हुनु आवश्यक भएकोले सल्लाहा गरीन्जेल म्यूजीयम तर्फ समय दियौ । बच्चा र बच्चाको आमा न जाने अरू जाने कुरामा सहमति भै टिकट लिन लाइनमा रहदा २.३० बजेको मात्र रहेछ । यो समयमा जादा आज डेनभर फर्कन नसकिने भोलि काममा पुग्नु पर्ने कारणले आस पास नजिकमा रहेको त्यस्तै भागहरु हेरेर फर्कने कुरा भयो । सबै जना पहाडको ओरालो लाग्दै त्यस ठाँउमा पुगीयो । बाटामा आउने जाने पर्यटकहरुको भिड छ । हेर्नको लागी लाइनमा बस्नु पर्ने बल्ल तल्ल हेर्ने ठाँउमा पुग्दा मान्छेको भिड पहिले अमेरिकामा आएका अमेरिकन ईन्डीयनहरुको जीवन स्तर बासस्थान, हेर्दा अचम्म लाग्नु स्वाभाविक छ । के गर्ने समय छैन हतारमा छौ । हेर्न मन लाग्दा लाग्दै परिस्थितिले फर्कायो ।

डोरेङ्गो डाउन टाउन घुमेर पर्कने सल्लाहा अनुसार ,यस ठाँउ बाट हाम्रो गाडी अगाडी बढी सकेको छ । जादा जादै बिच बाटोमा हामी भन्दा अगाडी रहनु भएका गणेश जी ले आफनो गाडी रोक्नु भयो , हाम्रा सबै गाडी साईड लगाएर रोक्यौ । यहाँ बाट पनि साईड सिन हेर्ने होला भनी सोचेको तर गणेश जी गाडी बाट उत्रि हाम्रो गाडी छेउ आउनु भै आजको लन्च हाम्रो तर्फ बाट बिच बाटोमा लिउ कि डोरेङ्गो जाऊ तर यतिका हाम्रा समूहलाई खाना नपुग्न सक्छ ,तेसोभए सोझै डोरेङ्गो जाऊ तपाईँको तर्फ बाट होइन हाम्रा तर्फबाट गरु भन्दा पटक्क मान्नु भएन  मैले हुन्छ नभनि धरपाईन हामी सिधै  डोरेङ्गो डाउन टाउनमा रहेको हिमालय किचेन रेष्टुरेन्टको पार्कीङ्ग क्षेत्र गाडी राखी सबै रेष्टुरेन्टकमा प्रवेश ग¥यौ । हाम्रो प्रतीक्षामा बसिरहनु भएका कर्म जी हास्र्दै  खुसी हुँदै भन्दै हुनु हुन्थ्यो किन फोन गर्नु भएन जानु भै सक्यो कि भनी गणेश जी लाई फोन गर्दा आउदै छौ भन्नु भए पछि खाना नउठाउन साथीहरू लाई अनुरोध गर्नु का साथै नयाँ परिकार पनि पकाउन भ्याउनु भएछ सबै भोकाएको ले होला प्लेट समात्दै खाना लीनमा ब्यस्थ देखिन्थ्यो । सबैलाई  खानामा सहयोग गर्न कर्म जी, गणेश जी, यशोधा जी लागी पर्नु भएकोछ  ।
रमाइला कुरा गर्दै फोटो खिच्दै रहदा समयले बिदाइका सङ्केत दिई रहदा गणेश जी ले र्फोट लुइस डाडा घुमेर जाने हो कि भनी सोध्नु भयो । कर्म जी ले ठट्ठा गरी हाल्नु भयो, किन जाने ? आज नघुमाउनु होस , आजै सबै घुमे पछि वहाहरु डोरेङ्गो आउने बाटो नै हुदैन त्यसैले पछिको आउने ठाँउ पनि राख्नु पर्छ , हामी पछि आउने अझै यहाँ घुम्नु पर्ने ठाँउ धेरै रहेछ तपाइहरूको स्नेह ममता पाएकाछौ किन नआउने अवश्य आउछौ भन्दै त्यहा बाट बिदा वरी भै गणेश जी ले पथ प्रदर्शक जिम्मेवारी लिएर हामीहरुलाई र्फोट लुइस  डाडामा लानु भयो । यो रमणिय ठाँउमा बसेर आन्नद लियौ, फोटो खिच्यौ, हरियाली पहाडको बिचमा सुस्त गतिमा बहनु एनिमास  खोलाले डोरेङ्गालाई सिंगारी दिएको छ ,बस्न मन छ, अझै हेर्न बाकी धेरै छ, के गर्ने परिस्थिति आजै फर्कनु पर्ने बाध्यताले हतारमा छौ । हाम्रो तिन दिनको  स्मरण घुमाई अन्त हुँदै छ ।  हामी डोरेङ्गालाई बाइ बाइ गरी डेनभर फकिदैछौ । हाम्रो घुमाईमा साथ दिनु हुने गणेश,यशोधाले हाईवे ३ दक्षिणबाट हाईवे १६० पूर्व दोभानमा मिसाएर वहाहरु डोरेङ्गा तर्फ हामी डेनभर तर्फ हात हल्लाउदै  गाडी बाट देखिन्जेल बाइ बाइ गरी मायाको चिनो लिई फकियौ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक