Similar Articles

कथा लघुकथा

"के तीज छोरीचेलीलाई मात्र आउँछ ?" -आचार्य प्रभा

बिराट नेपाल

लघुकथा -

तीज नजिकै आएकोले मिना माइेती आउने खबरले उस्की आमा बडो हर्षित र बेचैन थिइेन्,छोरीको प्रतीक्षामा । निक्कै चुस्तीफुर्तीकोसाथ घरमा अर्‍हाइेकराइे गरिरहेकी थिइेन् । यता बुहारीपनि धेरै वर्षपछि माइेती जान पाउने खुसीमा हर्षित हुँदै आफ्नो तयारीमा लागेकी थिइे ।

"ए...,दुलही कहाँ छेस् ? छिटोचाँडो गर् । आज मिना आउँदैछिन्,दर खान। खानापिनाको तयार गर्नुपर्छ । "

बुहारीलेपनि जवाफमा भनी । "आमा,मैले सबै तयार गरिसकें । मैलेपनि त छिटोचाँडो गरेर माइेती जानु छ नि ।"

बुहारीको जवाफले सासुले झन्किइेंदै भनिन् । "कस्तो लाज पचेको कुरा गर्छेस् ? आज नन्द माइेती आउने तीजको दर खान । तँ चाँही घर छाडेर बाहिरिइेने ? त्यो नन्दले के भन्ली ? म आउनु,भाउजू नहुनु भनेर चित्त दुखाउँदिन ?"  

बुहारीले सुस्तरी भनी । "आमा वहाँलाई झैँ मेरी भाउजुलाईपनि तीज लाग्यो भनेर सोंच्नु होला नि मेरी नन्दले ।चित्त त,नदुखाउनु पर्ने हो कि तीज छोरी,चेलीलाई मात्र आउँछ?के बुहारीलाई आउँदैन र ?"               

कहिल्यै जवाफ नफर्काउने बुहारीले त्यसरी जवाफ दिएकीले सासु स्तब्ध बनेर सोंच्न थालिन् । "तीज पो हो त,साँच्चै। बुहारीकोपनि त आमाबाबु,माइेती छन् । "


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक