Similar Articles

कथा लघुकथा

धर्म परिवर्तन-आचार्य प्रभा

बिराट नेपाल

लघुकथा -

उनी देशकै प्रख्यात समाजसेवी महिला। धेरै सङ्घ,संस्थाहरूमा संलग्न भएर काम गरिरहेकीले सबैले उन्लाई मान्दथे । एकातिर लेखन क्षेत्रमापनी छुट्टै पहिचान जमाइे सकेकीले उनी सबैकी प्रियपनी थिइेन् । धर्म,कर्ममापनी विश्वास राख्ने उनी,हिन्दु धर्मको अनुयायीपनी थिइेन्।
 
एकाएक हल्ला चल्यो उन्ले धर्म परिवर्तन गरिन् भनेर । उन्को धर्म परिवर्तनले सबै चकित भएका थिए ।

धर्म त परिवर्तन गरिन्,गरिन् अब उन्ले आफूले अंगालेको नयाँ धर्मको प्रचार गर्दै पुरानो धर्मको बारेमा नानाभाँती लेख्न थालिन् । उन्को लेख रचनाले सबैलाई पोल्न थाल्यो । सबै हिन्दु धर्मावलम्बीहरुले उन्को बिचारमाथी विद्रोह ओकल्न थाले ।
एकाएक उन्को धार्मिक बिचारको कलहले देशभर हल्ला मच्चायो । सबै उनीमाथि खनिन थाले ।

अन्त्यमा उनीबाट सफाइे ओकल्न लगाइेए । उन्ले आफ्नो सफाइेमा भनिन् । "म समाजको हित सोंच्ने नारी तर आफ्नै घरबाट पीडित बनें । मलाई घरबाट नै अवहेलना हुन थाल्यो । मैले धर्म,कर्मपनी नगरेकी होइेन । त्यत्रो ३/३ महिनासम्म पशुपति मन्दिरमा होम लगाउँदा मैले आफ्नो घर,छोराछोरी नभनी समर्पित भएर सहयोग गरेँ तर परिवारले मलाई तिरस्कार गरे । मैले गरेको गुण कसैले देखेनन् र मैले धर्म परिवर्तन गरेँ । यो हिन्दु धर्म भनेको परिवारमा बाँध्ने र ढोङ रच्ने धर्म जस्तो लाग्यो र म आजादी भएर समाज सेवा गर्नकैलागी घरबाट बाहिरिइेएर आज यो नयाँ धर्मको अनुसरण गरेर हिँड्दैछु ।"

उन्का ती कुराहरू सुनेर त्यो भिंडबाट एक नैजवान उठेर जवाफ दिए।"तँपाइे समाजसेवी बनेर आफूलाई चिनाउने धुनमा सधैँ मग्न रहनु भो । न घरपरिवारको चिन्ता,न घरको हेरबिचार,न छोराछोरीको पढाइमा ध्यान। आफ्नो मात्र स्वार्थ र सङ्घ,संस्थाको भरौटे भएर घरलाई बेवास्ता गर्नु भो अनि तँपाइेलाई घरपरिवारबाट कसरी सहयोग र सपोर्ट हुन्छ त ? आमा भएपछी घर,परिवारको जिम्मेवार हुनुपर्छ । आफ्नै घर भत्काएर समाजको हित कसरी हुन्छ ? सेवा भन्ने कुरा घरभित्रबाटै हुनुपर्छ ।"         

यसैबिच अर्की युवतीले थपिन् ।"कुनै धर्मले कहिलेपनी अन्धोभक्त भएर म'मै समर्पित हुनु भन्दैन। आफ्नो गाँस,बास नै माया मारेर त्यसैमा लीन हुँदा मात्र धार्मिक भइेन्छ र ? किन हिन्दु धर्मलाई यसरी नकार्नु हुन्छ ? के त्यो धर्मले मेरैलागि समर्पित बन् भनेको थियो र ? आफूले मानी आएको धर्मको विरुद्धमा किन मनपरी लेख्नु?मन परेर छाड्नु भो ठिक गर्नु भो । छोरा,छोरीप्रतिको कर्तव्यबाट बन्चित भएर जुनसुकै धर्मको अनुयायी बनेपनी तँपाइेलाई सन्तुष्ठी कहिल्यै मिल्दैन ।"    

अर्का एक वृद्धले उठेर भने । "हो,सरिताजी यी केटाकेटीले ठिकै भने । घर परिवारलाई लत्त्याएर जतिसुकै समाजसेवा गरेपनी जतिनै धर्म
परिवर्तन गरेपनी सबैभन्दा नारीको धर्म,सेवा र मन्दिर भनेको परिवार र घर नै हो त्यस्पछी मात्र अन्य। तँपाइेले यी छोराछोरीको नै चित्त दुखाएर श्रीमानलाई लत्त्याएर समाजसेवा र धर्मकर्म गरेपनी ती सब ब्यर्थ हुन्छन् र भएपनी ।आखिरमा तँपाइेले घर त्याग्न पर्‍यो,धर्म परिवर्तन गर्नु पर्‍यो। त्यही समाजलाई आफू निर्दोष भएको साबित गर्नु पर्‍यो । खै तँपाइेले गरेका त्यत्तिका समाजसेवाको फल?"

फेरि उही युवक र युवती आएर सरितालाई अंकमाल गर्दै भने । "हिँड्नुहोस्,आमा घर जाउँ,घर नै पवित्र मन्दिर हो । परिवारको संरक्षण नै सेवा हो । हामी छोराछोरी र बुवाले तँपाइेको बाटो अझै हेरेका छौँ । तँपाइे बहिष्कृत हुनु हिन्दु धर्मको दोष होइेन। यो कम्जोरी तँपाइेकै असमझदारिको हो । धर्म त केवल मान्छेले रचेको प्रक्रिया हो । आफूले ढङ्ग नपुर्‍याएपछी धर्मको के दोष?"

सरिता पछ्यौरीले आँखा पुछ्दै छोराछोरीलाई अंकमाल गरेर घरतर्फ मुख फर्काएर रुन थालिन् ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक