Similar Articles

संस्मरण

ति दिन हरु (घिउ नपचेको त्यो जन्त )--शेखर ढुङेल

बिराट नेपाल

वर्तमान भन्ने समय सधै जोसिलो घमण्डी हुन्छ र त्यहि नै सत्य पनि रहेको हुन्छ ।त्यसैले कतिपय मानिस आफ्नो बिगत लाइ सम्झन वा बताउन चाहदैनन । हो समय नै एउटा त्यस्तो तत्व हो जो अगाडी बाहेक पछाडी हट्न जान्दैन ।मृत्यु रोकिएला केहीबेर आधि तुफान रोकिएला केहि पल तर यो समय रोकिदैन ।र जीवन नदि झैँ अविरल बगी रहन्छ नया नया अनुभब बटुल्दै समस्या झेल्दै संघर्ष गर्दै अनि एकदिन नदि समुन्द्रमा बिलिन भए झैँ मानिस को समय पुग्छ खरानी भएर धर्तीमा बिलाउछ । जीवन को एउटा  सत्य के हो भने मानिस कतिपय बिगत का कुरा वा आफुले गरेका गल्ति लाइ देखाउन चाहदैन वा भन्न चाहदैन र आफु लाइ वर्तमान अवस्था अनुसार नै चिनुन जानुन र सोहि अनुरुप व्यवहार गरुन भन्ने चाहन्छ जुन तत्काल को लागि सत्य पनि हुन् सक्छ । तर जब उ एकान्त मा हुन्छ संसार लाइ जति ढांटे झुक्याए पनि आफ्नो आत्मा लाइ कहिले पनि ढाँटन सक्दैन ।

मलाइ एक पटक जापान मा हुदा (१९९२ )एक जना मित्र ले त्यहि कोठामा बस्ने अर्को मित्र लाइ हानेको व्यंग बाण सधै झस्काई रहन्छ । आखिर नांगै आई नांगै जाने यो संसार को रित नै त् हो ।अनि हाम्रो जस्तो सानो र पारिवारिक संजालमा झेलिएको समाज मा मेची को राम प्रसाद  होस् कि महाकाली स्याम प्रसाद को तिन देखि सात पुस्ते इतिहास पारदर्शी गर्ने र गर्न सक्ने गरि चासो राख्ने समाज मा बिगत  ढाटेर वा आडम्बर देखाएर आफु लाइ वर्तमान को शेर भन्न खोज्नु को कुनै तुक छैन भन्ने मान्यता राख्छु म ।तर सत्य बोल्ने भनेर जे पनि बोल्नु पर्छ वा भन्नु पर्छ भन्ने पनि होइन ।दर्शन शास्त्री चाणक्य ले भनेका छन् 'श्रीमतीको रुप र व्यवहार  ,सम्पति आंकलन र आफुले अरु बाट पाएको अपमान "यी तिन कुरो को बारेमा सधै मौन रहनु "।घर समाज मा सार्बजनिक भै सकेका वा सबै ले थाहा पाएका कुरो लाइ मात्र आफुले लुकाउने वा ढाट्ने उदेश्यको अर्थ छैन ।अ साच्ची म मित्र को कुरो  गर्दै थिए नि ?अर्को मित्र ले भनेछन मेरो यत्रो ठुलो घर छ जग्गा  यो छ त्यो छ के के के के रे नि ?

अनि उ बाहिर गएको बेला मा कोठामा भएका मित्र यसरिले  कुरो काटे  हेर्नुस न शेखर जी "यो बुट्टामा  आची गरेर घास ले पुछ्नेको छोरा ले मलाइ काठमाण्डौं मेरो यस्तो छ  उस्तो छ  भनेर धाक दिन्छ बा !!!! हा हा हा हा अनि उनले आफै लाइ भने "म भन्या डिठ्ठा को नाति पो हु त् दुध चुसेर भात फ्याक्ने ।।"कि कसो भन्नुस त् शेखर जी ?अब हो भन्नु को बिकल्प त्यहाँ थिएन किन कि म उनको कोठामा आश्रय लिएर बसेको थिए ।एकजना साथी थियो उसले त् धाक लागेर कुरो गर्ने लाइ  त् "बाउको नाम झारपात छोरा नाम पावर हाउस 'पो भन्थ्यो ।

त्यसैले मलाइ बिगत का ति दिनहरु सम्झन र बताउन रहर लाग्यो । र ति दिन हरु सम्झनामा   भए सम्म को जस्ताको तस्तै  क्रमशः लेख्दै छु यो ४ दशक को अन्तर मा ति दिन र आज को दिन को परिबर्तन देखेर आफै लाइ अचम्म अनि कसरि यो सम्भब भयो जस्तो लाग्छ । आफु १०/१२ बर्ष को हुदा सम्म बिजुली बत्ति को मुख देख्न पाइएको थिएन ।छिमेकी दर्जी दाइ को स्त्री (आइरन भन्न त् पछी सिकेको हो) मागेर लेरायो  त्यसमा खोया हाल्यो अनि मट्टीतेल हालेर जलाएर स्त्री तताउने गरिन्थ्यो चिटिक्क धार बनाएर सर्ट पाइन्ट लगाउने रहर पुरा गरिन्थ्यो । दर्जी दाइ ब्यस्त भएको बेलामा कहिले काही दिदैनथे अनि विकल्पमा ढलोट को कसौडी मा खोया हालेर आगो दन्कायो यत्ति नराम्रो सित तात्थ्यो कि पोलिस्टर को पाइन्ट सर्ट नै डढाई दिन्थ्यो । भोलि पल्ट स्कुल जाने लुगा नहुन वा कसैको जन्त जान नपाउनु वा मामा घरको निम्तो मा जान नपाएर रुनु त् छदै थियो त्यस माथि आमा को मुसो चुटाइ को पीडा ! ! ! ! उफ तर आज सम्झदा कथा जस्तो लाग्छ ।

बिगत को कुरो  गर्दा बच्चा बेलाका गाउ बाट गएको केहि जन्त र घटना को सम्झना आउछ । उमेर कति थियो त् भन्न सक्दिन तर जन्त जाने बेलामा आमा ले मलाइ सुनको ढ्याक जस्तो संभबत गाइ चिन्ह भएको दुईवटा ढ्याक (दश पैसे )दिनु भएको थियो । त्यो बिश पैसा ले एक कप चिया र एउटा पाउरोटी को टुक्रा वा ४ वटा पुस्टकारी वा तेल मा झ्वाई पारेको दुईवटा पापड किन्न सकिन्थ्यो । अनि त्यस बेला चिया वा दुध मा पाउरोटी चोपेर खाने चलन र स्वाद को मज्जा नै अर्कै थियो । त्यस बेला गाउमा जन्त जाने भने पछी एक रात दुलही पट्टि को घर मा बिताउनै पर्ने चलन थियो । लगनगाठो, गोडा धुने रिति को साथै दुलहा को तर्फ बाट जन्ती जाने हरु ले गीत गाउने (श्लोक भन्ने) तरबार नाच गर्ने (खाडो जगाउने) पनि गर्दथे ।त्यस बेला नेपाल मा खासगरी उपत्यकामा भर्खर भर्खर जर्मन बाट थोत्रा बस ,मिनी बसको प्रवेश भएको थियो जो सार्बजनिक यातायात भएको थियो । त्यो बस ले पछी भक्तपुरमा मा चल्ने साझा बस लाइ नै बिस्थापित गराई दिएको थियो ।

कालिमाटी रबि भवन नजिकै रहेको सुबेदी परिवार मा  साझ परे पछी जन्ती बनेर पुगियो ठुलो मानिस को साथ लागेर ।जन्ती पर्सिने लगायत को काम सकिए पछी चलन अनुसार जन्ती लाइ खाना खुवाइयो । सेल, पुरी, कसार ,हरियो केराउ को अचार,  आलु बोडीको झोल,  फुरुनदाना त् बिहे मा अनिबार्य जस्तै हुन्थ्यो अलि धनि देखाउन चाहने ले पुलाउ खुवाउथे त्यो जन्त मा पनि पुलाउ खान  थियो ।खाना खाइ सके पछी दुलहा लाइ त् बस्ने व्यवस्था हुन्थ्यो अरु जन्ती लाइ प्राय व्यवस्था हुदैनथ्यो ।म ठाकुर अनि जग नाथ जो केटाकेटी थियौ मदन ढुंगेल दाइ अनि भाष्कर दाई को संरक्षण वा सुरक्षामा वा हामी उनि हरुको सहारामा थियौ । आमा ले मलाई भाष्कर दाइ को जिम्मा लगाउनु भएको थियो ।वहा हरु सुत्ने ठाउ खोज्दै हुनु हुन्थ्यो हामी पछी पछी हिड्दथ्यौ ।

दुलही को घर संगै जोडिएको एउटा गोठ जस्तो कोठामा पस्यौ ।त्यहाँ एउटा खाट थियो ।त्यो खाट  मा उनि हरु जो ठुला ठुला थिए बसी हाले हामि तल भुइमा रहेको  परालको सुकुल मा बस्यौ ।लड्ने ठाउ थिएन ।भित्ता मा  अडेस लागेर निदाउने कोसिस गर्दै थियौ । त्यतिकै मा मदन दाइ ले भन्नु भयो उठो ल केटा हो हात थाप ल गाइ को घिउ खाओ ।त्यस बेला गाइ भैशी बाहेक बनस्पति घ्यु उत्पादन भै सकेको थिएन ।पछी पहिलो पटक सुरु सुरु मा डाल्डा को बनस्पति  घ्यु खुबै प्रचलित भयो ।त्यो कोठा बिहेको लागि गुलाब जामुन ,जेरी आदि मिठाइ बनाउने ठाउ परेछ ।

काठ को ठेकी मा आधा भन्दा बढी घ्यु थियो ।पहिले भाष्कर दाइले हात थाप्न भने म ठाकुर र जग नाथ लाइ डाडु ले घ्यु हाली दिए ।त्यो खाइ सके पछी पुग्यो भनेको त् मदन दाइले हप्काएर भने पुग्यो भनेर हुन्छ मौका मा खानु पर्छ ल खाओ अब खानु के थियो र घिच्नु त् थियो नि एक त् आधा घण्टा पनि बितेको थिएन कोची कोची जन्ती भोज खाएको त्यो पनि त्यस्तै चिल्लो पुलाउ पुरी सेल गुलाब जामुन आदि ।गाउका जमिन्दार बा का जेठा छोरा अलि मदन दाई देखि डर लाग्थ्यो पनि अर्को एक डाडु घ्यु घाटी बाट जबर्जस्ति निलियो ।अनि भुष ले हात को चिल्लो पुछेर पल्टियौ कता को साबुन कता को पानि त्यहाँ ………?

बिहान भयो ।सबै जन्ती बाख्रो पकाउन जाने तयारि मा थिए ।म लगायत ठाकुर र जग नाथ भने पालै पालो चर्पी अगाडी लाइन मा बस्न थाल्यौ ।मैले उनि हरु लाइ उनि हरु ले मलाइ खाइ बजिया घिउ भनेको हो कि जस्तो लाग्थ्यो ।घिउ खाएको कुरो भन्ने कुरो पनि भएन एक त् चोरेर खाए जस्तो अर्को नपचेको मा अरुले जिस्क्याउने डर पनि थियो ।सकी नसकी जन्ती बाख्रो पकाउने ठाउ पचली भैरब टेकु सम्म त्  पुगियो तर त्यहाँ त् चर्पी कहाँ हुन्  अनि बारम्बार पबित्र विष्णुमती को किनार को मैदान  कुद्दै गएर फोहोर गर्नु को बिकल्प थिएन ।।कसै गरि जन्ती बाख्रो खाउन्जेल त् जेनतेन धानेका थियौ ।डाडु मा घिउ खाएक कसै लाइ थाहा थिएन  अरु लाइ भने हिजो साझको चिल्लो पुलाउ ले होला भने परेको थियो ।कसैले सिटामोल हो कि के हो टेबलेट पनि दियो त्यसले कामगर्ने हिम्मत गरेंन ।।घर पुगियो तुरुरु तुरुरु     ले हैरान गर्यो । दुइ  दिन स्कुल पनि जान सकिएन होम शंखर बा (त्यस बेला का हाम्रो गाउको धेरै को ज्यान बचाउने डाक्टर बा )को केहि औषधि र  ग्लुकोज पानि खाए पछी तेस्रो दिन बाट  स्कुल जान सक्ने भएको थिए ।तर जग नाथ त् हफ्ता दिन सम्म ओछ्यानमै सुलुलु सुलुलु तुर्याउन्ने भएछन ...... धेरै बर्ष पछी सम पनि यो घटना गाउमा  ठट्टा गर्ने एउटा रमाइलो किस्सा भएको थियो आज घिउ खुवाउने भाष्कर दाइ र मदन दाइ ले यो संसार छोडेर गइ सक्नु भएको छ सायद माथि  संगै बसेर हास्दै होलान ........
क्रमशः.......


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक