Similar Articles

संस्मरण

रक्तपात भए पछि करातेको गुरु भए --विजय थापा

बिराट नेपाल

विष नभएको सर्प र ईख नभएको मानिस काम लाग्दैन। हाम्रा बाजे बराजुले त्यसै यस्तो उखान राखेका रहेनछन भन्ने अधिकांशलाई लागेको हुनु पर्छ l आफ्नो बसाई परदेशमा छ तर अचानक आफूले करिब २५ वर्ष सम्म बिताएको नेपालको सुन्दर नगरी धरान सम्झन पुगे l आफ्ना एक छिमेकी भट्टराई भाइ ,संयोगबस उनी हाल अमेरिकाको नेपालीहरूको पातलो बस्ती भएको राज्यमा बसोबास गर्छन् l करिब ६ महिना भन्दा ज्यादा भीषण उख्पात हड्डी चिसो बनाउने अलास्का राज्यमा बसोबास गर्छन् l उनी करातेका अमेरिकाको चर्चित कराते सङ्घका अन्तर राष्ट्रिय मान्यता प्राप्त प्रशिक्षक पनि छन् l

उनको पुरा नाम सरोज भट्टराई हो l उनी थानेश्वरका चेला हुन् भने विश्व भरि उनका धेरै मित्रहरू र चेलाहरु पनि रहेका छन् l उनी करातेको सिलसिलामा विषका अनेकौ राष्ट्रहरु भ्रमण गरेका छन् l

म पनि किशोर अवस्थामा थिए भने उनी म भन्दा उमेरको हिसाबमा कान्छा थिए l घर अगाडी नै उनको घर भएकोले उनको बानी बारेमा अधिकांश थाहा पाउथे किनभने मेरो कान्छो भाइ को साथी भएता पनि म सँग खेल्ने गर्थे र म उ सँग त्यो समयमा हामीले खेल्ने भित्री बाहिरी या छिया भन्ने गरिन्थ्यो ल मलाई थाहा छैन त्यो खेल अझ पनि नेपालमा खेल्ने गरिन्छ या गरिदैन l

उनले कहाँ बाट पैसा ल्याउथे मैले उनले ल्याएको पैदा जिती दिन्थे तुरुन्तै गएर चानचुने पैसा ल्याउथे l अमेरिकामा उनी सँग त्यो विषयमा कुरा हुदा उनले भने हजुरआमाले राखेको थैलीमा रहेको पैसा उडाएर ल्याएका रहेछन् l अमेरिकामा हामी बिच कुरा हुदा उनले खुलाशा गर्दा दुवै जना खुब हासेका थियौ l

त्यो थियो रमाइलो किशोर अवस्थाको स्वर्णिम दिनहरू l उनी अलिक उग्र पनि थिए र चकचक गर्ने गरेको मैले देखेको थिए l उनको खून पनि तातो थियो र केही भयो कि भिडी हाल्थे l निडर पनि थिए l फुर्तिला र जोशिला पनि थिए l सानै देखि साहसी पनि थिए तर उनका पिता सरकारी जागिर भएकोले सरुवा भए देखि निक्कै वर्ष सम्म मैले देखिन l

उनी दूर सञ्चारका कर्मचारी थिए l उनी झगडालु स्वभावका थिए र साना तिना झगडामा मुक्का मुक्की चलाई हाल्थे l प्राय पराजित हुदैन थिए l एक दिन धरान वडा ४ का नै उनकै मिल्ने मित्र विनोद घिमिरे नामका साथीसंग उनको झगडा हुनु पुग्यो l उनीले पहिलो झगडामा छिटो हुनाले आफूले जितेका थिए तर दोस्रो पटकको मुक्का मुक्किमा सायद विनोद घिमिरे भाइले केही सिकेका रहेछन् उनी लाई यस्तो नराम्रो सँग गोदे र उनी रक्ताम्बे भए l

उनको अनुहार रक्तपात भयो  l ब्रुस्ली झैँ ती आफ्ना टोलका साथीले पिट्नु सम्म पिटे l एकल एकल खुला लडाई भयो l भट्टराईले कोसिस गरे पनि केही शिप लागेन र द ग्वा द ग्वा भए l
कसैले बचाएन उनलाई नराम्रो कुटी खाए तर त्यो उनले मनमा लिएका रहेछन् भन्ने हामीलाई पत्ता नै भएन l  दिन बित्यै गयो l उनी आफ्ना पिता साथ काठमाडौँ गए l

विष नभएको सर्प र ईख नभएको मानिस काम लाग्दैन भने जस्तै उनी भित्र एउटा कुराको प्रादुभाव भयो त्यो विनोद घिमिरे सँग पुन एकल युद्ध गर्नु l भित्र भित्र जल्दै बदला लिने सोचे l थानेश्वर राई द्वारा नेपालमा स्थापना गरिएको करातेमा भर्ना भए l उनीलाई बदला लिनु भएकोले करातेमा अत्यन्तै राम्रो अवसर मिल्यो l कडा मेहनत गरे l उनले हरियो फित्ताधारी हुदा नै २-४ जना लाई पछार्ने योग्य भएको उनीलाई भान भयो l

र ,उनी अब बदला लिन काठमाडौँबाट हवाई जहाजको टिकट लिए र आफ्नो जन्म स्थान धरान हानिए l उनले परिकल्पना गर्दै ५ मिनेटमा हिन्दि चलचित्रका धर्मेन्द्रले खलास भने जस्तै खलास बनाई दिन्छु भन्ने सोचे l धरान पुगे र व्यापक खोजे विनोद घिमिरे लाई खोजे l उनी धेरै अन्य साथीहरूसँग सँगै बसोबास गरी रहेको समयमा नै उनी गएर सिधा भने ' तिमिले मलाई सानोमा पिटेका थियौ र आज त्यसको बदला लिन काठमाडौँ बाट धरान आएको '' l सबै साक्षी हुने छन् l

तिमि र म खुला खुला खेल्नु पर्छ कि सरोज भट्टराई ढल्छ कि विनोद घिमिरे ढल्छ '' भनी आक्रोश पोख्दा अर्कै वातावरण बन्न पुग्यो l उनका साथीहरूले उक्साउने प्रयत्न गरेता पनि कुनै पनि अप्रिय घटना हुन् पाएन l किनभने सानो केटाकेटीमा त्यस्तो घटना भएको ठुलोमा याद पनि नभएको भनी विनोद घिमिरेले उत्तर दिदै तपाईँ भनी सम्बोधन गर्दै सानोमा भएको घटना बाल अवस्थामा घटेका कुराहरू हुन् बिर्सनु पर्छ भने सम्झाए l यदि मेरो गल्ती छ भने मलाई माफ गरी दिनु भनी नम्र भएर आफ्ना बाल साथीलाई हात मिलाउदै अँगालो मारे पछि पुन मित्रता कायम भएको थियो l

र ,उनीले न त बदला लिए न कुनै रिस राखे l सबैले सम्झाए पछि खुन चिसिए पछि शान्त हुँदै धरान बाट पुन काठमाडौँ हानिए l भट्टराई हाल अलास्कामा बसोबास गर्छन् र उनले नेपालमा हुदा कैयौ पटक अन्तरवार्ता दिदा तपाईँको गुरु र उत्प्रेरणाको श्रोत को हो भनी गरिने कैयौ सवालमा जस द्वारा धोबी कुटाई खाएका थिए उसकै नाम लिने गरेका छन् l किनभने यदि उनले त्यो नाथ्री फुट्ने गरी कुटाई नखाएको भए थानेश्वरका चेला बन्ने थिएनन्  l

भट्टराई गत वर्ष साउथ केरोलाइना राज्यको ग्रिन्भिल सहरमा सम्पन्न युयसए कराते नेसनल सेमिनारमा चारजना नेपाली सहभागी मध्ये दुई जना युयस ओलम्पिक कमिटी अन्तर्गत अमेरिकन राष्ट्रिय कराते महासंघमा ” ए “श्रेणीमा पदोन्नति हुनेमा परेका थिए भने उक्त प्रतियोगितामा सफल रेफ्रीको भूमिका निर्वाह गर्न सफल भएका पनि थिए l

यसरि घट्न गएको घटना आफ्नो स्मृति पटलमा अचानक आएकोले पाठक वर्गमा पस्केको छु l

.........अस्तु
रक्तपात भए पछि करातेको गुरु भए --विजय थापा



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक