Similar Articles

संस्मरण

माईकल ज्याक्सन ,घर घुम घाम ,मेरो स्मृति पटलमा--विजय थापा

बिराट नेपाल

यात्रा संस्मरण

ब्रम्हाण्ड कै पप सम्राट माईकल ज्याक्सनले हामीलाई छोडेर गएको पनि पाँच वर्ष पुरा भै छैठौ वर्ष लागि सकेछ l समय कति छिटो बितेछ र अस्ति भर्खर जस्तो लाग्छ २००९ आज २०१४ भै सकेछ l

माईकल ज्याक्सनको थ्रिलर जब १९८२ मा निस्क्यो त्यो समयमा आफू धरानमा विद्यार्थी जीवन व्यतित गरी रहेको अवस्थामा नारायण गोपाल ,दिप श्रेष्ठ ,ओम  बिक्रम बिस्ट ,तारा देवी ,दीपक जंगमको नेपाली गीत अत्यन्तै सुन्ने गरिन्थ्यो l अङ्ग्रेजीमा डायर स्ट्रेट ,बिटल्सका गीत नबुझे पनि सुन्ने गरेको अवस्थामा थ्रिलर बाट मैले माईकल ज्याक्सनलाई चिन्ने मौका पाए l

माईकल ज्याक्सनको गीत अति चलेको छ अरे भनी सुने पछि घुम्न जादा पहिलो पटक उनको गीत सुने र हास्यास्पद कुरा के भने गीत भन्दा धुन अति राम्रो लाग्यो र मन छुयो l गीत बुझिएन कारण अङ्ग्रेजी गीत सुन्ने कम आदत l र ,जीवनमा कहिले पनि अमेरिका आइने छ भन्ने सपनामा पनि नभएकोले अमेरिका गै माईकल ज्याक्सनको घर पुग्ने भन्ने कहिले सोचिएको थिएन l
​ ​
तर सौभाग्यले पप सम्राट देहावसान हुनु भन्दा २ वर्ष अर्थात् २००७ को अन्त्यमा आफू अमेरिका आउने मौका पाए l यहाँ आए पछि कसो एक दिन त पप सम्राटको कार्यक्रम नहेरिदो रहेछ भन्ने सोची रहेको अवस्थामा गत वर्ष केही घर क्यालिफोर्नियाको नेभरल्याण्डको घर घुम घाम गर्न अवसर मिल्यो l अमेरिकामा साधारण काम गरी जीवन यापन गर्नेले उनको कार्यक्रम हेर्न त मुस्किल पर्ने रहेछ किनभने अति महँगो पर्दो रहेछ l

उनले १३ वर्ष अगाडी न्यु योर्क को म्याडिसन स्क्वायर गार्डनमा सेप्टेम्बर ७ र सेप्टेम्बर १० ,२००१ मा देखाएको प्रस्तुतिले मेरो मन प्रसन्न हुन्छ lबिलि जिन्स भन्ने गीतमा अहिले सम्म कै सबै भन्दा राम्रो प्रस्तुति गरेका छन् र चन्द्र चाल(मुन वाक )ऐतिहासिक नृत्य देखाई दिएका छन् जुन यस्तो हेर्न बिरलै पाइन्छ l

२००१ को म्याडिसन स्क्वायर गार्डन न्यु योर्कमा भएको साङ्गीतिक कार्यक्रममा टिकटको मूल्य पाँच हजार डलर सम्ममा बिक्यो र केवल पाँच घण्टामा अन्य सबै स्थान लुछाचुडी भएको रहेछ l त्यो ठाउँमा उनले करिब $ ७.५ मिलियन डलर कमाए l

गत सेप्टेम्बर २८ तारिख तेह्र  वर्ष पछि  म्याडिसन स्क्वायर गार्डनमा माईकल ज्याक्सनले गीत गएको रङ्गशालामा भारतका लोकप्रिय प्रधान मन्त्री नरेन्द्र मोदीले त्यही ठाउँमा ऐतिहासिक भाषण दिदा रङ्गशाला भरिएको थियो l

 à¤µà¤¿à¤¶à¥à¤µà¤®à¤¾ रहेका सबैको हृदय र मनमा माईकल ज्याक्सन प्रति उच्च श्रद्धा छ भन्ने विश्वास लिएको छु अपबाद बाहेक l उनले थ्रिलरको बिक्रीको किर्तिमान हाल सम्म पनि कसैले तोड्न सकेको छैन l करिब ४२. ५ मिलियन बिकेको छ l यस्ता अद्भुत र विलक्षण प्रतिभा भएकालाई हेर्न नपाए पनि उनको घर हेर्न अमेरिकामा भएको हुनाले ठुलो अवसर मिल्यो l

अमेरिकाको भर्जिनियामा आफू काममा भएको बेलामा रेडियोबाट गीत सुन्दै थिए बिचमा रोकेर नै माईकल ज्याक्सनको मृत्यु भन्ने खबरले स्तब्ध भए lकाममा भएता पनि अत्यन्तै कौतुलता ल्यायो l महिनौ दिन सम्म उनको समाचार हेरेको हेरै गर्न पाइयो l

र अमेरिकाको एक अफ्रिकी अमेरिकन साथीले सोध्यो तिमि उसको गीत कहिले देखि सुनेको भन्दा मैले १९८२ देखि भनी दिए l नेपाल जस्तो देशमा भएर पनि गीत प्रति हुरुक्क हुने रहेछ भनी माइकल ज्याक्सनको संकलित श्रवण चक्का (सिडी )कोसेली ल्याएर दियो l

जुन समयमा हामी माइकल ज्याक्सनको नेभर ल्याण्डको घर पुग्यौ ,घर भित्र प्रवेश निषेध गरिएकोले भित्र जाने नै कुरा भएन l भित्र जान नदिने रहेछ र त्यही मौकामा अगाडी र पछाडि गरी घुम्यौ l

उनको मृत्यु पछि २४ घण्टा नै समाचार बाट देखाई रहने ठाउँमा पुगियो र अलिक भाबुक हुन् मन लाग्यो किनभने केवल ५० वर्षमा दैवले लगे किनभने अमेरिकामा मानिस स्वास्थ्य सम्बन्धी सजक र संवेदनशील हुन्छन् l

लागु पदार्थको सेवनबाट अल्प आयु मै कहिले नफर्कने गरी गए l उनको घर वर पर एक घण्टा जति बिताए पछि चलचित्र जगतको ख्याती प्राप्त अकाडेमी तथा अस्कर पुरस्कार जस्ता कार्यक्रम हुने डल्बी नाट्यकला भवन तथा हलिवुड बजार घुम्ने अवसर पाइयो l

अत्यन्तै रमाइलो सँग दिन भर घुम्ने अवसर मिल्यो l विभिन्न तस्बिरहरु पनि खिचाईयो l चलचित्र सम्बन्धी कलाकारहरू जस्तै गरी विभिन्न पोसाकमा सजिएर मानिसहरू आउने रहेछन् तस्बिर खिचाउने पनि अवसर पाइने रहेछ तर सक्कली हैन l गोजीमा खुद्र पैसा बोक्नु पर्ने रहेछ नत्र चानचुने साटेर पनि बक्सिस दिनु पर्ने रहेछ l

उनीहरूको कमाई  खाने भाडो नै पर्यटक सँग तस्बिर खिचाउने र पैसा झार्ने रहेछ l तर जबर जस्ती चै गर्दैनन lखुद्रा नहुदा साट्न दिएको पैसा अलिक बेसी राखी लिए दिने पर्‍यो l

नेपाल हुदा नै कहिले कहीँ देखिने हलिवुडको डाडो भन्दा त नेपालको डाडा काडा अति राम्रो छन् l हली वुड डाडो सुख्खा लाग्यो l आफू पहाडमा जन्मेको मानिस खोला नाला देखेको मानिस त्यति अनौठो लागेन l तर मौसम १२ महिना नै राम्रो हुने रहेछ l पर्यटकको घुईचो l हलिवुड को भिरमा गै तस्बिर खिचाउदा पूर्व धरान देखि माथिको डाडो भेडेटारको सम्झना ल्याई दियो l

फरक यति छ ,विश्व कै धनी राष्ट्र अमेरिकाको क्यालिफोर्नियाको हलिवुड विश्व कै चर्चित चलचित्र उद्योग भएको कारण अति विकसित र खर्च गरी मनाईएको छ l यही वरपर पप सम्राट माइकल ज्याक्सनको घर हुनु र त्यै स्थानमा घुम्न पाउनु मेरो लागि सौभाग्य हुन् गयो l

जे भएता पनि सानोमा रहेको एउटा सपना पुरा भएको छ l उनीलाई हेर्न नसके पनि घर हेरी चित्त बुझेको छ l अमेरिकाको डिसी महागर क्षेत्रको भर्जिनियामा आफ्नो बसोबास र झन्डै ६ घण्टा को हवाई यात्रा द्वारा माइकल ज्याक्सनको घर हेर्न पाउनु यो भन्दा ठुलो केही हुन् सक्दैन र म सौभाग्य शालि हु l

न्युयोर्कको म्याडिसन स्क्वायर गार्डनमा माइकलले ३० औ बार्षिकउत्सव  २००१ मा प्रस्तुति गरेको बिलि जिन गीत र मुनवाक (चन्द्र चाल नृत्य ) मनमोहक छ l पटक पटक हेरे पनि तृष्णा मेटिएको छैन l र ,हालै भारतका प्रधान मन्त्री नरेन्द्र मोदीले दिएको प्रभावशालि भाषणले अझ मन भित्र छुएको छ l
.......अस्तु

माईकल ज्याक्सन ,घर घुम घाम ,मेरो स्मृति पटलमा--विजय थापा
माईकल ज्याक्सन ,घर घुम घाम ,मेरो स्मृति पटलमा--विजय थापा
माईकल ज्याक्सन ,घर घुम घाम ,मेरो स्मृति पटलमा--विजय थापा
माईकल ज्याक्सन ,घर घुम घाम ,मेरो स्मृति पटलमा--विजय थापा
माईकल ज्याक्सन ,घर घुम घाम ,मेरो स्मृति पटलमा--विजय थापा
माईकल ज्याक्सन ,घर घुम घाम ,मेरो स्मृति पटलमा--विजय थापा
माईकल ज्याक्सन ,घर घुम घाम ,मेरो स्मृति पटलमा--विजय थापा


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक