Similar Articles

कथा लघुकथा

सत्य कुरा बौलाले गर्छ--विजय तिमिल्सिना

बिराट नेपाल

लघुकथा

प्रसँग हो गत हप्ताको । चावहिल चोक बाट घरको बाटो तिर पाइला लम्किदै थिए । कार्यालयको कामले थकित मस्तिष्क बोकी साँझको भिडलाई छिचल्दै मेडिकियर हस्पितलको शाखा बाटो तीरको गाडी र पैदाल यात्रीको चाप कमै हुने ओरालो ओर्लिय । हस्पिटल अगाडि एक जना असामान्य मान्छे एक्लै भटभटाउदै थिए । उनी मेरो अगि लागे म उनको पछि पछि उनको आवाज पछ्याउदै ।

-सबैलाई आफू सेफ हुनुछ तर मेरो ध्यान सधैँ संघठन मज्बुत बनाउन रहने छ । म कहिल्यै कसैको एक मिनेटको मिठो गफमा आफ्नो निर्णय परिवर्तन गर्ने छैन । होला त्यो गफले मेरो र संघठनको भविष्यमा कायापलट ल्याउला तर गहिराईमा म पनि डुबेकोछु प्रतीक्षा गर्छु ढिला होस तर मोती नटिपी छोडदिन।
-गदाले भारी बोक्ने हो । कोही खेत जोत्न परीक्षण गर्छु भन्ला सही होला ? तर मिठो भाषामा भन्दैमा गदाले खेत जोत्दैन । त्यो प्रोयोग गरेर प्रमाणित गराउनु पर्छ ।
-सुख्खा रोटी खान नपाउनेहरु मर्सिटिज त चडलान तर आदर्श तिनै खान नपाउनेका लागि बन्न सक्दैनन ।
-खुरापातको गोटी रात भारी खेलायर दिन भरी चिल्ला रोटी बेल्नेहरुले मलाई बौला भन्छन् । थाहा छैन तिनीहरू कहिले सध्ये हुन्छन् ।

निकै घतलाग्दो गरी उनी भत्भताय म उन्को पछि पछि ॐ हस्पितलको गेट सम्म आय । डक्क उभिदै मलाई सङ्केत गर्दै चिया खाने पैसा दिनुसन भन्दै हात थापे । कति पैसाले चिया आउछ ? चिया पसले सँगै माग्नुसन । एक कप चिया तपाईँलाई सितैमा पिलाउदैन ? मेरो कुरा सुनेर उनी फरक्क फर्किय । दाइ आउनुस सँगै चिया खाउ । ॐ सँगैको तरकारी बजार भित्रको एक चिया पसल तिर सङ्केत गर्दै बाटोमा मैले उस्लाई पछ्यायको कुरा सुनाय । साउजी २ कप चिया दिनुस ल । बसम दाइ भन्दै अगाडिको मेच ताने । एउटा प्रश्न सोध्छु दाइ नरिसाउनु हाई । उनी केही उतर नदीइ मौन बसे । भन्नुस एउटा पागलको हालत कस्तो हुन्छ । बिन्कुल डर लाग्दो । जिग्रीङ् परेको कपाल,राता राता आँखा,च्यातियको मैलो कपडा,बुढी औंला निस्कियको जुता लगायका उनले केही बेर पछि चोर औंला ठडाउदै  ल सोध तिम्रो एक कप चियाको मूल्य चुकाउछु भने । मैले प्रश्न गरे:तपाईँका सबै कुरा चेतनामय छन् तर तपाईँ किन अर्ध चेतानामा ? तिमीले मलाई दाइ भन्यौ । मैले तिम्रो उमेर केलाउन जरुरी छैन । म गमक्क फुलेर दाइ भैदिदा भैगोनी । तर मलाई त्यस्तो कुरामा फुल्न होइन खुल्न मन पर्छ । मलाई तिमी भाइ हौकी दाइ केलाउन मन लाग्छ । अनि म खोतल्न थालछु तिम्रो र मेरो उमेर बिचको फरक । त्यस पछि त  तिमी नै मलाई ठीस थालछौ । उनले उतर यस्तो दिय । मैले अर्को प्रश्न सोध्न मुख खोल्नै लाग्दा एक कप चियाको १५ रुपैया पर्छ त्यसैले तिमीले मलाई ३ वटा प्रश्न गर्न सक्छौ । प्रति प्रश्न मूल्य रु.५ हुन्छ ? भन्दै उनले मलाई ३ प्रश्न सोध्ने अनुमति दिए । मैले नडराई प्रश्न गर्ने मौका पाए ।

-तपाईँ परिवर्तनलाई विश्वास गर्न नसकेर यस्तो भएको हो कि जस्तो लाग्यो ? मैले प्रश्न गरे ।
:तिमी कुकुर कार्तिक नलाग्दै उतउलो भएकोलाई परिवर्तन मान्छौ भने हो म परिवर्तनलाई विश्वास गर्दिन । म त्यो परिवर्तनलाई विश्वास गर्छु जुन परिवर्तनले कुकुरलाई कार्तिक सम्म नकुरावस । उस्को यो उतर मैले बुझिन । दोहोरायर सोध्ने हिग्मत पनि भएन । अनि अर्को प्रश्न गरे
-मिठो बोली भएकालाई गाली गर्दै हुनुहुन्थो । मिठो बोल्नु राम्रो होइन र ?
: हा हा हा हाँस्दै उनले भने मिठो बोल्नु राम्रो हो र सबैले मिठो बोल्नु पर्छ । तर बोलीमा राम राम गोजिमा छुरा हुनु भएन । कसैले एक मिनेट मिठो गफ दियर,भाषण ठोकेर धेरै बर्बाद भएका छन् । मिठो बोली होइन मिठो परिणामको खोज गर्नुपर्छ । जवाना मिठो प्रगतिको सपना देख्छ तर मिठो बोलीले होइन कि मिठो लगन्सिल्ताले प्रगति मार्ग पहिलाउछ भन्ने भुल्छ । एक मिनेट मिठो बोलेर आफ्नै बोलीलाई धोका  दिनेहरुलाई तिमीले देखेको र भोगेको पनि होला ? प्रश्नहरू तिम्रा थिए चिया मेरो दुवै सकियो । thanks for समय ।'हो म बौलाय,तिमि सत्यलाई बौला देख्छौ भने'भन्दै उनी बाटो लागे ।    


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक