Similar Articles

कथा लघुकथा

जुनेलीलाइ डी. भी. बिर्षेलाइ पी डी---शेखर ढुङेल

बिराट नेपाल

कथा -

आज फेरी बिर्खे हत्तास बिचलित थकित शरीर अनि मन मस्तिष्क बोकेर कोठा भित्र पस्यो बत्ति बाल्यो र ओछ्यानमा डरलङ्ग पल्टियो एक छिन  घोप्टो परेर कुक्क कुक्क गरेर रुन् थाल्यो ..बलिन्द्र अंशु झर्न थाले बलेसीमा पालिको पानि झरे झैँ  बिर्शेले टाउकोलाइ पलंगको सिरानीमा डुंग डुंग ठोक्यो निधारबाट तर्रर रगत बग्यो उसलाई पुछ्न पनि मन छैन बग्न दिन्छ बगोस जति बग्छ झैँ गरेर .......

लाग्दथ्यो आज बिर्खे आफ्नो टाउको  फोरेर सदाको लागि बिश्राम लिन चाहन्छ सदाको लागि शान्तिमा परिणत हुन् चाहन्छ उफ्फ़ त्यस्तो सजिलो हुन्थ्यो त् !!...तर सोचे जस्तो के हुन्थ्यो र कतै मायाको बन्धन कतै जिम्मेवारीको बन्धन त् कतै आफ्नै लोभ लालच र आंकाक्षा का बन्धनले बाधिएको छ जकडिएको छ उ स्वतन्त्रताको लागि धेरै आवाज उठाएको उ स्वयम् भने स्वतन्त्र हुन् खोजेर पनि बन्धित छ । हुन् त् एक्लो छ कोठामा तर पनि उसमाथि धेरै आँखाहरुको पहरा छ जस्तो लागि रहेछ उसलाई ...एउटा घरको बेस्मेंटमा सुत्न थालेको पनि बर्षौ भएको छ । मानौ उ मेसिन हो पैसा बनाउने र पैसा बनाइ रहेछ सात् बर्ष भयो लगातार न दिन न रात पिज्जा डेलिभरी गरिरहेको छ ।

रातको १ बजेको छ बिर्खे भर्खर पिज्जा डेलिभरी (पीडी)कामबाट घर आइ पुगेको छ । पसिना पसिना भएको शरीरलाइ थप रक्तिम पनि बनायो अब मन अलि शान्त भए पछी नुहाउछ कपडा सफा गर्दछ अनि फ्रिजमा कैद भएको खाने कुरो निकाल्दछ प्लेटमा हालेर माइक्रोओभनमा तताएर खान्छ ।

बिर्षेकी बुढी उसको नाम नै जुनेली जुन जस्तै पिलपिल गर्दै जसको करेसाबारीमा पनि पुगी हाल्ने उडी हाल्ने अति चंचल हावामा उडी रहन्थीन । ब्युटीपार्लर पार्लरकि साहुनी देश विदेशको कुरो गर्न रुचाउने गर्थिन विदेश घुम्ने ठुलो रहर थियो । उनलाई खेति किसानी गर्ने पोइ बिर्षेलाइ देखेर उनि निरास हुन्थिन । एक दिन त्यस्तो दिन आयो जुनेली आफ्नो ब्युटीपार्लरमा तिन हात ४ बित्ता उफ्रिन पुगिन ग्राहकलाइ सुनाउदै नाच्न लागिन उह्ह्ह मेरो भाग्य बन्यो म जाने भए अमेरिका याहूऊऊऊऊऊहु हु हु मलाई डी भी पर्यो अब गइन्छ आम्रिका को बस्छ यो नाथे बिजुली पानि न भएको धुलो धुलोको देशमा ! जुनेलीले बिर्षे भनिनलाइ अब स्वर्गमा बस्न जाने हो यी देख्यौ मेरो भाग्य ? अब तिमीले पनि राज गर्ने भयौ मस्ती गर्ने भयौ ।

आम्रिकामा डीभी परेर न्यु योर्क आइ पुगे पछी जुनेलीको कपाल छोटो बन्छ सारी लगाउन पर्ब आउनु पर्थ्यो मिनी स्कर्ट उनको फेब्रेट भयो पार्टी बार नपुगी निन्द्रा न लाग्ने भयो । पार्टीमा जुनेली कम्मर मर्कौछे उता बिर्षे पिज्जा डेलिभरीमा हात खुट्टा मर्काउदै हुन्छ रेस्टुरामा धाउन अभ्यस्त जुनेली नाच्दै मुस्कुराउछे भवरा जिस्क्यौछ मन र तँन नजिक हुन्छ भवराले जुनेलीको  हात समाउछ कम्मर मुनि हात पुर्याउछ अनि कानमा सुस्तरी भन्छ यु आर सो सेक्सी !! जुनेली दंग पर्छिन् उसै सित अर्को पेग चियर्स गर्छिन अर्को एक गिलास चुस्की थप्छिन । लरखरीदै घर पुग्छिन बच्चा सुति सकेको हुन्छ बिर्षे पनि छिर्छ घर भित्र अनि जुनेली बिर्षेलाइ घुर्दै भन्छिन जीवनमा एक पटक पनि मलाई सेक्सी भनेंन यार यो मुर्दाले ! थुक्क मेरो जुनी कस्तो सित बिहे गर्न पुगी छु म मेरो भाग्य नै त्यसतै बल्ल अब त् मलाई डी भीले भाग्य खुलाई दियो ।

बिर्षेले एक दिन बिन्ति गर्यो जुनेलीलाइ जुनेली तिमि पनि काम गर न हेर म एक्लोले कमाएर कसरि यो व्यवहार चलाउनु ? जुनेलीले जवाफ फर्काइ जति गर्ने गरि सके अब त् मस्ती गर्ने हो कसले ल्यायो तिमि बाख्रा गोठालालाइ आम्रिका ? यो आम्रिका हो स्वास्नीलाइ हप्काएर काम लगाउने  तिम्रो नेपाल होइन । पोइको शासन चल्दैन पो भनि त् जुनेलीले । तेरा अत्तर लिपस्टिक पालिस कहाँबाट आउछ सारा सन्तानको भुँडी कसरि भर्ने हो म एउटाको कमाईले ? भुत्भुताउदै निस्कन्छ बिर्षे .............बिस्तारै जुनेलीको रङ्ग बदलिदै गयो उनको पखेटा निक्ल्यो र एकदिन हुर्केका बच्चालाइ गरि खाओ भन्दै जुनेली लागिन ४ बच्चा र दुइ श्रीमतीको एक्लो बाउ झिल्के सित अर्कै राज्य तिर लागेको पनि ४ बर्ष भै सक्यो । अब त् बिर्षेको लागि जुनेलीको सम्झना पनि धमिलो बन्दै गएको छ तर पनि कहिले कहिँ अतित बल्झी दिन्छ  । सम्झने फुर्सद नहुदा नहुदै पनि अरुले न सम्झे पनि हरेक दिन न रोएको दिन छैन सबै भएर पनि बिर्शे आज एक्लो भएको छ स्वर्गको सपनामा घिसारीएको बिर्षे पी डीको गन्धमा रुमलिएको छ आफ्ना हुर्केका सन्तानको सम्झना गर्छ खोजिगर्छ तर उनिहरु बिर्षेलाइ हुतिहारा भन्दै आ आफ्नो धुनमा कता छन् थाहा छैन बिर्षेलाइ न खोज्छन उनिहरुले न बिर्षेले फोन गर्दा कुरो गर्छन ।


कहिले काँही बिर्खे मनै मन आफु लाइ एक कायर पुरुष ठान्दछ । धेरै कुरोमा अनिर्णयको शिकार बनेर स्वयम् पिल्सिएको छ जिम्मेवारी  र सामाजिक आडम्बरको नाममा आफुलाइ दैनिक जलाएर बाँची रहेछ उ .....कहिले रहर त् कहिले बाध्यताको बहानाको भारि बोकेर ...सफल असफल जीवनलाइ दैनिक नया शिक्षा नया अनुभब बटुल्दै अगाडी बढीरहेको छ उ ! मन भित्र भक्कानिएका अनेक गाँठाहरुलाइ सम्हाल्दै अमेरिकी जीवनको तितो र मिठो स्वाद भोगी रहेछ .....बेला बेलामा आउने यस्ता बन्दुक र गोलीले भने बिर्खेलाइ क्षणिक हतोत्साहित भने पारि नै दिन्छ तर ..अगाडी निरन्तरता दिनुको बिकल्प पनि त् हुनु पर्यो ..तर कामको अर्को बिकल्प यो समाजमा छैन भन्ने हेक्का भएकोले उसले कामलाइ उच्च प्राथमिकतामा राखेको छ र गरि रहेछ ।

बिर्षेले पन्छी झैँ स्वतन्त्र निस्फिक्री भएर उड्न न खोजेको होइन तर सामाजिक पारिवारिक आशक्तिले उसलाई कमजोर बनाएको छ उसको कदम कुजिएको छ आडम्बरको बन्दि भएको छ । ताउको माछा झैँ जिउदै तड्पिरहेको छ ।

भोलि बिहान सबेरै काममा जानु छ केहि घण्टा मात्र छ उसको सुत्ने समय बाँकी तर उ सुत्न सकेको छैन आज । हुन् त् यो सात् बर्षको पिज्जा डेलिभरी सेवामा यो नौलो र नया अत्यास थिएँन बिर्षेको लागि तर पनि अर्को नया अत्यासबाट जोग्गीएको थियो आज फेरी । त्यसैले हत्तास छ ।
आज सामान्य भन्दा फरक मनोदशा छ बिर्खेको । उ निदाउन खोज्छ केहि बेर अगाडी मात्र कानको नजिकबाट गएको गोलीको टूईईईईईई....टुइईईईईईईईईइको आवाजले उसलाई बेचैन बनाएकोछ । घटना पछी ३० मिनेट सम्मको लामो बाटोमा कसरि गाडी चलाएर लेराउन सक्यो उ आफै लाइ होस् छैन । बिर्षे सधै झैँ आज पनि पिज्जा डेलिभरी गर्दै थियो कसैले कहाँबाट गोलि चलायो थाहा छैन बिर्षेको दाया कानको नजिकबाट गयो र नजिकको कारमा ठोक्कियो । कारको सिसा चकनाचुर भयो । तर बिर्षेको भाग्य ? उसलाई  केहि भएन सायद उसको दुखका  दिन अझै बाँकी रहेछ, वा अझै दुख खानु लेखेको छ !!! हुन् त् यस्तो लुटेराहरुको सामना उसको लागि नया होइन यस भन्दा अगाडी पनि कामबाट फर्किदा घर नजिकै कन्चटमा जोसिला अस्वेत तिन युवाहरुले बन्दुक तेर्स्याएर बगली खाली गरि  दिएका नै हुन् । बिर्षे ढुक्क छ आफ्नो दिन पुरा नहुन्जेल केहि हुने वाला छैन जुन दिन आफ्नो दिन पुरा हुन्छ त्यो दिन ओछ्यानमा सुति सुति नै जाने पनि धेरै छन् । तर पनि घटना हरुले बिचलित त् बनाइ हाल्दो रहेछ । आज उ फेरी बिचलित भएको छ एक छिनको लागि ।

अमेरिका आएको दिन फेरी गन्यो बिर्खेले, अर्को महिना सात् पुगेर आठ बर्ष लाग्छ । उफ्फ़ फेरी कपाल समात्यो अनि ति बिगतलाइ सम्झ्यो ....आउँन इच्छा नहुदा नहुदै पनि श्रीमती र बच्चाहरुको करले गर्दा उसले भएको सुखमय किसानी पेशा छोडेर यहाँ आप्रबासी बन्न पुगेको थियो .कुनै प्राबिधिक ज्ञान र प्रमाण पत्र न भएको स्तरीय अंग्रेजी न भएको बिर्खेको लागि सुरुमा यहि काम मिल्यो र बिकल्प खोज्दा खोज्दै सात् बर्ष बिती सक्यो पिज्जा डेलिभरी गरेको । न प्रचण्ड गर्मीका दिन न हिउले सडक पुरिएको दिन न त् भिषण आन्धि बेरीको दिन सबै दिन उस्तै हो उसको लागि अमेरिका सपनाको देश अबसरको देश ???? धेरै कथा सुन्यो बिर्षेले धेरै व्यथा भोग्यो बिर्षेले र आ मरके खा भनेको पनि सुन्यो ।

यहाँको व्यवस्था (System),संयन्त्र सित परिचित हुन् ४/५ वर्ष लाग्नेअनि जब अलिकति खातामा रकम जम्मा भएको देख्छ संयन्त्रले चिन्नु न जान्नु घचेडी माग्नु भन्ने नेपाली उखानलाइ सम्झाउदै यहाँ त् चिन्नु न जान्नु सहयोगी बन्नु ? झैँ उधारो पैसा (credit card ),उधारो कार उधारो घर उधारो ती भी उधारो लुगा जुत्ता किन किन किन किन भनेर चिठ्ठी पठाउन थाल्दछ ।

अपवादलाई छाडेर बिर्षे  जस्तो अदक्ष आप्रबासीको जीवन ऋण मै बित्दछ यो देशमा । तर पनि ऋणमा किनेको घर र कारको फोटो देखाउन तिन हात बित्ता उफ्रने हरुले बिर्षेलाइ गिज्याई रहेछ भने उता जुनेलीलाइ हसाइ रहेछन् यहाँ ....बिर्षे त् मन मनै भनी दिन्छ बिचरा ऋणमा फसेछन  कहिले उन्मुक्ति हुन्छन् होला । रहर नै त् हो नेपाली उखान जस्तो यसै ऋण उसै ऋण बुढी भैंसी बेची बाख्री किन भने जस्तो । सके तिरौला न सके देखा जाला रहर भने पुरा गर भन्ने हरुलाई अवसर छ यहाँ यो देशमा तर तर बिर्षेको लागि त्यो रहर पनि पुरा गर्न सक्ने अवस्था छैन सीमित कमाइ र न्यु योर्कको महंगाईले जीवनलाई अगाडी घिसार्ने भन्दा थप उत्साह केही दिएको छैन । ७ वर्ष बित्यो न्यु योर्क सहरको एउटा कुनामा बसेर पिज्जा डेलिभरी गर्न थालेको । अझै कति दिन र वर्ष हो थाहा छैन कति हिउद र बर्षात हो थाहा छैन उसलाई, अब त् उदेश्य र लक्षहरु निस्क्रिय भए जस्तो भान हुन् थाली सक्यो आफ्नो आसा मरे पनि अरूको आशामा जल सिंचित गर्नुको अनिवार्यतालाइ निरन्तरता दिनु मै सन्तोषको पहाड चढेर आनन्द लिए जस्तो । भएको छ बिर्षेको दैनिकी ।

दुईवटा केटाकेटी बोकेर श्रीमती जुनेलीले छोडेर अर्को बाटो लागेको पनि ५ वर्ष बिती सक्यो तर उसलाई केटाकेटीको खर्च व्यहोर्नु नै छ । सामाजिक व्यवहार सम्हाल्न बिर्खे एक्लोलाइ न्यु योर्क सहरमा सधैँ धौ धौ परि रहेको छ । नेपालमा आफ्नो पुर्ख्यौली घर जग्गामा गरेको खेतीपाती र बाख्रापालन र करेशा बारीको आम्दानीले वर्ष दिन खान आनन्द सित पुग्नेमात्र होइन आम्दानीले केटाकेटी लाई पढाउन समेत सक्षम बिर्षेकी श्रीमती लाई अमेरिकाको डीभी पर्‍यो श्रीमती र बच्चाहरुको खुसीले आकाश छुयो । सायद उनीहरूले सोचेका थिए अमेरिका भन्ने देशमा रुखबाट पत्कर झरे झैँ डलरको बर्षात हुन्छ अमेरिकाले काम नगरिकन सुतेर खान दिन्छ आफ्ना नागरिक लाई नलागेको गोलीले नै बिर्शेलाइ लाई धेरै तताई दिएको छ आज उ सुत्न सक्दैन । सोच्दछ सायद सन्तान हुर्केका भए उनीहरूले सहयोग गर्थे होलान् । तर एकमन सोच्दछ खोइ हुर्केकाहरु आ-आफ्नो बाटो लगेर बुढा बाबु आमाको बिच्चल्ली भएको पनि त् छन् कोइ त् यहाँ बस्न नसकेर नेपाल फर्केका पनि छन् । बाबु आमालाई बेस्मेंटमा सुताएर घर अरूलाई भाडामा दिने पनि देखिएको छ । यो सब जीवनलाई अगाडी बढाउने आशाबादी सोच मात्र हुन् सबैको आफ्नो जीवन हुन्छ सबै आफूलाई स्वतन्त्र पार्न सोच्दछन । हो पनि यो तनावग्रस्त समाजमा आफ्नै लागि भारी जीवन अरूको लागि सहायक होस् पनि कसरि ....?

सायद अमेरिकाका उच्च भवन अनि वास्तविक जीवनका दृश्यहरू को यथार्तताको खबर हुन्थ्यो भने नेपालको सम्पूर्ण सम्पति बेचेर बिर्षे जुनेलीको लहै लहैमा लागेर अमेरिका किमार्थ आउने थिएँन । नेपालमै सुखै सित जीवन बिताउन सक्थ्यो, तर उफ्फ़ उफ्फ़ एक्लो कमाइ अनि आडम्बर युक्त दैनिकीलाइ ढाकछोप गर्न मै सात् वर्ष बित्यो कहिले यो जीवनले आराम गर्ने होला कहिले सुख र शान्तिको श्वास फेर्ने होला ? आफैले आफैलाई प्रश्न गर्छ उ कहिले हुर्कलान केटा केटी कहिले आफ्नो खुट्टामा उभिएर गरी खान समर्थ होलान् र र आरामको श्वास फेर्ने होला ?? आफू खोक्रिएको चिन्ता भन्दा आज बिर्षेलाइ अमेरिका खोक्रीसकेको देखेर चिन्तित गरायो सोचनीय बनाएको छ उसलाई जुन उसले कल्पना पनि गरेको थिएँन कि अमेरिकाको मध्यम वर्ग भन्दा मुनि पनि अर्को वर्ग छ र उनीहरूको जीवन अन्य गरिब देशको भन्दा धेरै गुणा दयनीय छ भनेर ...सात् वर्ष देखि अमेरिकाको न्यु योर्क सहरमा पिज्जा डेलिभरी फुल टाइम काम गरेको बिर्षेले न्यु योर्क सहरको घर घरको अवस्था सित परिचित हुने र केही अनौठा अपत्यारिला दृश्य सित साक्षात्कार भै रहेको छ ।

हरेक दिन पिज्जा डेलिभरी गर्दै नयाँ नयाँ दृश्य लाई मस्तिष्कमा कैद गर्दैछ उ । बिर्खेले  अमेरिका लाई सतही तवरमा मात्र देखेको थियो .काम घर काम नै अधिक समय बिताएको मानिसलाई बाह्य संसारमा पहुच पुर्‍याउन गार्हो हुने नै भयो । यहाँको विकास र गगनचुम्बी महलमा फोटो खिचाएर अमेरिका देखाउने धोखो त् पुरा भै सकेको थियो तर यहाँको ढोका ढोकामा पुगेर आदिवासी हुन् कि आप्रबासीको जीवनको बस्तु स्थिति नजिक बाट देख्ने र अनुभव गर्ने मौका भने पिज्जा डेलिभरी कामले दियो । ७ मा एक बालक भोकबाट पीडित छन् भन्ने समाचार त् पढेको थियो किरणले कुन हद सम्मको कठिन जीवन पनि छ यहाँ भन्ने कुरो पनि अनुभव गर्दैछ आज भोलि उ न्यु योर्क सहरमा बस्ने अदक्ष र न्यून आय हुने  आप्रबासीहरुको जीवनको कस्टलाइ नजिकबाट हेर्ने देखेँ र सुन्ने मौका पिज्जा डेलिभरी कामले जुरायो बिर्षे लाई लाई

कहिले उ सम्झन्छ धत्तेरिका हामीले उहिले काठमान्डौको कालिमाटी टोल तिर तराई बासी देखिने छिमेकी क्षेत्रका श्रमिक वा सडक ब्यापरीहरुलाइ एउटा छिंडीमा सुकुल ओछ्याएर ८/१० जना सुतेको त्यही भात र एक थरी तरकारी पकाएर खाई पैसा जोगाएको देखेको अवस्था विश्वको राजधानी न्यु योर्कमा पनि रहेछ । विश्वास नै हुँदैन परिवार नियोजनको लागि नेपालमा करोडौ सहयोग गर्ने अमेरिकाको आँगनमा एक परिवारका ४/६ सन्तान पनि हुन्छन् अनि तिम्रो र मेरो छोरो मिलेर हाम्रो छोरोलाई पिटे हेर । पनि भन्दछन एक परिवारमा दुई वा तिन गुटका सन्तान रहन्छन वा कस्तो मजबुरी कि महानता सोच्नै गार्हो । पिज्जा डेलिभरीको घन्टी सुन्ने बित्तिकै हुरुरुर ढोकामा दौडदै आएको देखेर लाग्दछ बिचराहरु पक्कै धेरै भोकाएका छन् लाग्दथ्यो उतिबेला हाम्रो गाउँ घरमा दशैमा खसी लेराउदा जसरि केटाकेटी खुसी हुन्थे यहाँ पनि पिज्जा आइ पुग्दा अगाध खुसी हुने ???.एउटा ठुलो ८ टुक्रे पिज्जा छ खाने पनि ६/८सायद  सायद डिनर यही हो आजको उनीहरूको जस्तो लाग्छ बिर्षेलाइ ..सबै बच्चा हुरुरु ढोकामा आएर पिज्जा लिन खोज्छन उता पछाडिबाट आमा आएर झपार्दै भित्र पस्न भन्छिन यता उताबाट जम्मा गरेर मुस्किलले पिज्जाको पैसा भुक्तानी गर्छिन र अनि भन्छिन सरि आइ डनट हायभ टिप्स ....मन कुढ़ीन्छ हालत देखेर मन मनै सोच्छ उल्टो २/४ डलर दिउ तर फेरी होस्मा आउछ यहाँ यसो गर्नु पनि  उनीहरूको अपहेलना गर्नु हो ..चुपचाप फर्किन्छ अर्को डेलिभरीको लागि ...........

कस्तो अचम्म लाग्ने बाध्यताको सम्झौताहरु ?उफ्फ्फ्फ़ नेपालमा एक टुक्रा बाउले कमाइ दिएको पाखा बारीमा अंशको लागि लाठी मुंग्री गरेको देख्ने यो आँखाले एकाघरमा कोइ अफ्रिकी कोइ एसियाली कोइ लाटिनोको कहाँको सरोकार छैन मिलेर बस्नुको विकल्प नरहेको देख्दा ...एक घरमा बेस्मेंट देल्खी तला तलामा फरक परिवार बस्छन एक अर्काको कामको समय फरक आउने जाने गर्दा असुविधा पुग्ने कारणले प्रत्यक परिवारको अलग अलग घन्टी ढोकामा ...नम्बर १ माथिल्लो तला नम्बर दुई बिचको तला नम्बर ३ बेस्मेंट यसरि लेखिएको हुदो रहेछ पिज्जा डेलिभरी कर्ता लाई रिमार्क गरिएको हुन्छ यति नम्बरको स्विच थिच्नु भनेर ...तिन छक पर्छ बिर्षे  ...

कतिपय लोकेसनमा डेलिभरी गर्नु पर्दा कम्पनीले निर्देशन गर्छ कि गाडीबाट न ओर्लनु ढोका लक् गर्नु अनि फोन गरेर लिन आउँन भन्नु, किनकि पिज्जा मात्र लुटिएको होइन भएको पैसा पनि लुटिएको ज्यानै लिएको धेरै घटना भै सकेको  रहेछ त्यस्तो लोकेसनमा ..............

निन्द्रा लागेको छैन बिर्षेलाइ आज भोगेको तातो गोलीको आवाज सँगै पिज्जा डेलिभरी गर्दाको दृश्यहरू एक एक गरेर मनमा तरंगित हुन्छन्
अमेरिकन भएर र अङ्ग्रेजी बोल्दैमा सुख पाइन्छ भन्ने सोच भ्रम रहेछ भन्ने मान्यता बनाइ सकेको बिर्षेलाइ यहाँको बसाइको दुराबस्थाले थप बल पुर्याएको छ । हिजै त् हो एउटा डेलिभरी गरेको थियो । एक घरबाट तिन वटा अर्डर अलग अलग थियो । जब बताइएको घरमा पुग्यो घर नम्बर थिएँन अनि फोन गर्‍यो । क्रस स्ट्रिट सोध्यो सही ठाउमानै आइ पुगेको छ अनि भन्छन् पछाडि आइज बिर्षेले भन्यो पछाडि झाडीबाट म डेलिभरी गर्न सक्दिन आफै आउनुस तब ग्राहकले ढोका होइन झ्याल खोले र तिन वटै अर्डर लिए र तब मलाई बिर्षेलाइ थाहा भयो कि त्यो घर बैङ्कले लिलामीमा राखेको रहेछ लिलामीको सूचना बोर्ड भुइमा खसेको छ ...झारपात बढेर घरको ढोका समेत छोपिएको छ तर त्यही घरमा आप्रबासीका तिन परिवार अवैध तरिकाले पछाडिको झ्यालबाट छिरेर बस्ने गर्दा रहेछन् ...अवैध तरिकाले अमेरिका प्रवेश गरी लुकेर बसेका यस्ता सवा करोड आप्रबासी सम्बन्धी नियम लेराएर ब्यबस्थीत् गर्ने भनेको पनि दशक बित्यो केही भएको छैन अझै यसरि बस्नु पर्दाको पिडा उनीहरूलाई नै थाहा होला । बिर्षेलाइ आफ्नो दुख बिर्स्याउने बहाना मिल्छ ।

सात् समुन्द्र पारि देखि सपना सजाउन सुख पाउन सन्तानको भविष्य बनाउन घरबार त्यागेर विदेशिएको बिर्षे यहाँका रैथानेहरुको अवस्था देखेर छक्क पर्छ सायद यस्तो दृश्य पहिले देखेको भए किन आउथ्यो अमेरिका उ । न्यु योर्क सहरको प्राय जसो घरको भूमिगत तल्ला (बेसमेंट )मा कोठा बनाएर भाडामा लगाइएको अनुभव पहिलो हो उसको लागि यहाँ सम्मकि केही घरको कार ग्यारेज समेतलाइ कोठा बनाइ भाडामा लगाइएको देख्यो बिर्षे ले, कति असहज छ यहाँ बाच्न । न उधारो चल्छ न सापट नै माग्ने चलन छ । न दिन्छन नै ।

कारणबस हो वा जानी जानी कयौ घरका ढोकामा घन्टी का स्विच फ्याकिएका । घर नम्बर समेत फ्याकिएका त् कतिपय घरमा कतै घर नम्बरको अगाडी को हुन्न कि कतै पछाडि को हुन्न कि त् कतै बिचको नम्बर हुन्न । पिज्जा डेलिभरी गर्दा सामान्यत घन्टी बजाउनु पर्‍यो घन्टी छैन घर नम्बर छैन अनि फोन गर्‍यो फोन उठ्दैन अनि कसरि डेलिभरी गर्ने ? जति धेरै डेलिभरी गर्‍यो त्यति नै बढी टिप्सको आशा हुने हुँदा छिट्टो छिट्टो डेलिभरी गर्ने सोचमा यस बेला तुषारापात हुन्छ । सम्पर्क न भए पछि डेलिभरी नगरी फर्कियो आधा बाटो फर्किए पछि फोन आउछ ए त् कहाँ छस खोइ मेरो पिज्जा भनेर । रातको समयमा भएको घर नम्बर पनि नदेखिनु त् अर्को समस्या नै हो पिज्जा डेलिभरी गर्ने को लागि ।

धेरै जसो अस्वेतहरु र लाटिनो हरुबाट टिप्स पाउने त् के लुटिने खतरा बढी हुन्थ्यो केही वर्ष अगाडी एक पिज्जा डेलिभरी गर्नेलाइ लुटेर हत्या समेत गरेका रहेछन् यहाँ । पेट पाल्न कै लागि लुट्ने र हत्या गर्नेहरुको सङ्ख्या कम छैन यो समाजमा, त्यसले गर्दा रातीको यो काम सधैँ जोखिमपूर्ण त् छदैछ त्यस माथि आफ्नो मानसिक तनावले कठिन भन्दा कठिन जीवनको यथार्तता देख्दा भने आफूलाई यी रैथाने भन्दा त् सुखी नै छु भन्ने सोच सिर्जना गरी दिन्छ कहिले काही, जे भेट्यो त्यही काम गरी हाल्नु पर्ने बाध्यता हो अमेरिकी समाजको किनकि के थाहा अर्को काम कहिले मिल्छ ?
Statue of Liberty को आँखा अगाडी यहाँ समानताको कुरो गर्ने हो भने हो लिखित छैन व्यवहार पनि छैन किनकि कानुनले बर्जित गरेको छ तर मन मस्तिष्कमा भने यति जर्जर विभेद छ कि अस्वेतहरु भएको ठाउमा स्वेत हरू नबस्ने ,अस्वेतहरुको बाहुल्यता भएको स्कुलमा स्वेतहरुले आफ्ना बच्चा न पठाएर प्राइभेट स्कुल पठाउने वा घरमै पढाउने समेत गर्दछन । यहाँ सम्म कि स्पष्ट देख्न सकिन्छ घर निर्माण वा सहरी विकास कम्पनीहरूले मिलिनियर कोलोनी ,मध्यम बर्गीय कोलोनीको रूपमा अलग अलग स्तरको निर्माण गर्दछन । अझ मनोरंजन कै कुरो गर्दा पनि एक चोकको एक कुनामा अस्वेतहरुको पब (क्लब )अर्को कुनामा स्वेत र अर्को कुनामा लाटिनोहरु मात्र जाने क्लब रहेका छन् कतिपय एपार्टमेन्टले स्तरमा समानता राख्न वार्षिक निश्चित रकम भन्दा कम आम्दानी हुने परिवारलाई कोठा उपलब्ध गराउन समेत निस्तेज गर्ने नियम बनाएका छन् ।

बिर्षे स्मरण गर्दै गर्छ पिज्जा डेलिभरीका अनौठा लाग्ने  दृश्य र अनुभव धेरै छन् । बिर्षे सम्झिन्छ...
एक दिनको कुरो हो तिन ४ चोटि ढोकाको घन्टी बजाई सक्यो ढोका खुल्दैन । फोन गर्‍यो फोन उठ्दैन उता बिच सडकमा कार पार्किंग छ ट्राफिक प्रहरीले टिकेट देला भन्ने डर ...टिप्स मिल्ने हों नमिलने हो उता कारको टिकेट मिल्ला भन्ने डर छ । १० मिनेट पछि ढोका त् खुल्यो १७ डलरको चानचुन प्लास्टिकको सानो ब्याग मा हालेर दिन्छ अब गन्नु कि जानु ?यस्तो यस्तो सम्म समेत दृश्य यहाँ धेरै देख्न सकिन्छ । हात्तीको देखिने दाँत र चपाउने दाँत फरक भए झैँ यो भूमिको देखिने र भोगिने अथर्ताता फरक छ जति आकर्षण त्यतिनै असहज र पिडा लुकेको छ यी गागल चुम्बी महलहरुको गल्लि गल्लिहरुमा ..........

केही दिन अगाडिको कुरो त् हो नि झरी परेको साँझ एउटा अस्वेत युवाले पिज्जा कम्पनीको फोहोर फ्याक्ने कन्टेनरबाट फ्याकिएको पिज्जा उठाउदै गरेको देख्दा यस्तो लाग्यो अरू देशका गरिबलाई खाध्यान्न बाडेको ठुलो ठुलो समाचार बनाउने अमेरिकी सरकारको आँखा किन आफ्नै आँगनको दुखी पीडितको उद्धारमा पुगेको छैन ? भन्ने प्रश्न उठ्यो, अर्को तिर भाग्यमा छैन भने अमेरिकामा जन्मेर र अङ्ग्रेजी बोलेर पनि हुन्न जे लेखेको छ त्यही हुने हो दुख सुख चाहे त्यो अमेरिकामा जन्मियोस चाहे नेपाल वा चाहे अफ्रिका भन्ने बिर्षेको मान्यतालाई बल दिने दृश्य थियो त्यो ।

कस्तो कस्तो आपद छोरा बुहारी कामंमा गएका बुढी आमा घरमा एक्लै छोराले अनलाइनबाट पिज्जा डेलिभरी अर्डर दिएका रहेछन् घरको फोन # दिएको आमा अङ्ग्रेजी पटक्कै नबोल्ने ढोकाको घन्टी छैन कसरि पिज्जा डेलिभरी गर्ने ?फर्केर आयो बिर्षे आफ्नो ग्यास खर्च गरेर । एउटा एपार्टमेन्टको हाल देखेर छक्क पर्छ बिर्षे । एपार्टमेन्टको ढोका फुटेको छ ताल्चा साँचो छैन रे ६५ वर्षको श्रीमान काममा गएको छन् रे बुढी मान्छे तल पिज्जा लिन आउँन नसक्ने रे कार पार्क गर्न ठाउ पनि छैन अर्को कार छोड्ने स्थिति पनि छैन लुटिने डर कसरि डेलिभरी गर्ने ? बिर्षेलाइ पर्छ आपद । टीठ लाग्छ यस्तो अवस्था देखेर । रेडिमेड खाना ,प्याकेजको खाना खाने बानी परेका यो समाजका नागरिकहरू जीवनको कठिनाइलाइ हामी सित दाज्ने हो भने सच्चिक्कै हामी अझै सुखी छौ खुसी छौ जस्तो लाग्छ । एकको कमाइमा आश्रित हुने आडम्बरी समाजको सदस्य बिर्षेलाइ यहाको पारिवारिक अवस्था को गहिराइ लाई हेर्दा हामी साच्चिकै भाग्यमानी हौ तर त्यो भाग्यलाई सदुपयोग गर्न नसकेर भौतारिएको कता कता पछुताव पनि महसुस हुन्छ । अमेरिकामा नै सबै थोक छ भनेर भएको घर खेत बेचेर आउनेहरु पछुताउनु परेको छ कारणबस शरीरले साथ नदिएको दिन सडकमा पुग्नु यहाँको तितो सत्य र नियति हो । नियम र व्यवहार कठोर छ भावनामा बगेर निर्णय हुन्न । त्यसैले यो समाजको मूल मन्त्र भनेको आफ्नो खुट्टामा उभिन सक्षम हुनु पहिलो सोच हो र कर्म हो ।

केही यस्ता ग्राहक पनि देख्यो बिर्षेले पिज्जा डेलिभरी गर्दा यहाँको कानुनले खोजी गरेकोहरु साथीको घरको बेस्मेंटमा लुकेर बस्दा रहेछन् आफ्नो फोन नहुने इन्टरनेट नहुने अर्को साथीलाई भनेर अनलाइनबाट अर्कैको नामबाट पनि अर्डर गर्दा रहेछन् घरमा पुग्यो घर नम्बर छैन फोन गर्‍यो अर्डर गर्ने मानिस अर्को सहरमा छ यता न घन्टी छ न फोन ..बल्ल बल्ल अर्कोले उताबाट अर्को साथीलाई पठाइ दिन्छ उसले बेसमेंटमा ढोका ढकढक्याएर पिज्जा लिन बोलाउछ। अँध्यारो रात एकान्तको घर अनि टुन्न मादक पदार्थ पिएर अपशब्द मात्र बोल्ने त्यस्ता ग्राहकबाट उम्कन पाए मात्र पनि ठुलो उपलब्धि जस्तो लाग्दछ । टिप्सको कुरो छोडौ न लुटिदिए भाग्य। पिज्जा डेलिभरी काम अमेरिकामा प्रत्यक सहरले र केन्द्रले न्यूनतम तलब तोकेको त् हुन्छ तर कहाँ लागु हुने ? त्यसैले होला लाटीनो मूलका आप्रबासीको एउटा थेगो छ "मुच्चो तर्बाहो पोकितो दनेरो "अर्थात् धेरै काम थोरै पैसा (आम्दानी )अर्थात् आप्रबासीलाइ सस्तोमा काम लगाएर १०% उच्च नागरिककोहरुले शासन गरेको देश रहेछ अमेरिका अपबाद र विशेष दक्षता भएका केही आप्राबासीलाइ अलग्याउने हो भने सस्तो कामदार कै लागि आप्रबासी प्रति उदार भएको हो कि यो अमेरिका ?जस्तो अनुभव गर्दैछ बिर्षे, आप्रबासीको देश ब्रिटिस फ्रान्स र इटालीको बिराशत सम्हाली रहेको छ स्वतन्त्रताको आफैलाई बाध्यताको बन्दी बनाएर बहानाको गहनाले सिंगारेर गर्वित छन् आप्रबासी तनाव सित सम्झौता गरेर ।

यस्तै बितेका दिनको सम्झना गर्दै आफ्नो भाग्य लाई तौलदै थियो कुन बेला झपक्क निन्द्राले छोप्यो उसलाई सपना देख्दै थियो बिहानीको आलार्म घन्टी बज्यो टाउको अझै चर्की रहेको थियो ।

तर काममा नगई सुखै थिएन हत्तार हत्तार उठ्यो आँखा मिच्दै माइक्रोवेभमा कफीको लागि पानी तताउन हाल्यो र नुहाउन छिर्यो । दुई टुक्रा पाउरोटी हातमा लिएर चपाउदै कफी बोकेर हिड्यो बिर्षे फेरी पिज्जा डेलिभरी गर्न ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक