Similar Articles

कथा लघुकथा

हाय हाय लोकतान्त्रिक न्याय--शान्तीराम ज्यामाउ

बिराट नेपाल

अम्मर बहादुर खड्का पेसाले शिक्षक हुन् तापनि उनले उनेको पुख्र्यौली कृषि व्यवसाय पनि छोडेका छैनन् । ४ जनाको परिवार आफू दई दम्पत्ति २ भाइ १६ र १८ वर्षका छोराहरु छन् । कान्छो छोरा ९ मा जेठो १२ कक्षामा अध्ययन गर्दैछन् । श्रीमती सामान्य साक्षर छिन् प्राथमिक स्तरको शिक्षा पूरा गरेकी छिन् तर कृषि कामको लागि भने वघिनी बराबर छिन् भन्छन् गाउँलेहरू । बुढा ४८ वर्ष कटे प्राथमिक द्वितीय श्रेणीमा दुर्गम गाउँमा पढाउँछन् यसो मधेस तिर सानो घर घडेरी पनि जोडेछन् । बसाई सराई पनि मिलाई हालेछन् । त्यसो हुँदा वडा त लगभग ३० हजारको हाराहारीमा तलब पाउँदा रहेछन् । यता श्रीमती छोराहरूले पुख्र्यौली २०–२२ मुरीको खेत रोप्दा रहेछन् आफैले खान लगाउन मनग्य । घरमा ६–७ वटा खसी, दुहुनो भैंसी, गोरु चाँहि अरूको जोताउँदा रहेछन् अलिकति तलब खर्च गरेर । नत्र बुढाको सबै बचत । सधैँ यस्तै रितको आयस्ता भए त बुढाको आर्थिक उन्नति राम्रै हुन्थ्यो होला, नोकरी अवधिभर  लामो समय तास, जुवा, जाँडरक्सीमा सकेछन् । ८–१० वर्ष देखि मात्र बुढाले लाइन पक्डेका रहेछन् । बुढाले २–४ वर्ष अघि जिल्ला सदरमुकाममा घर–घडेरी पनि पो जोडेछन् । गाउँबाट एक डेढ घण्टामा सदरमुकाम पुगी हालिन्छ । हेर्दा हेर्दै बुढाले बुढेसकालमा २२० सि.सि. को बाइक किनेर कसरी सिके ? लाइसेन्स बनाएर हरर कुदाउन पो थालेछन् । हरे ! परिवर्तन । छोराहरु पनि भैंसीलाइघाँस काट्न पनि ठिक्क, हलो जोत्न पनि ठिक्क, बाइकमा हरर कुद्न पनि ठिक्क । उनको यस्तो चाला देखेर दुष्ट काँठे छिमेकीहरु दङदास पर्थे । गरी खाँदै छ भन्ने सम्मको मूल्याङ्कनको सट्टा यस पागलको चाला के होला भनेर कुरा दोचार्थे । हुन पनि उनी निस्फिक्रि तालका मानिस थिए आजभोलीको जमानामा उ र उनको परिवार कुनै पार्टी सम्पर्कमा थिएन । यदाकदा देश विदेशमा चर्चित हुने खालका लेख, कविता, निवन्धहरु लेख्थे । अब त उनलाई संसारका साहित्यिक मिडियाले चिन्न गन्न थालिसके । अनि उनी किन जिल्लाका नेताहरूको झोलेमा दरिन चाहन्थे त ? स्वतन्त्र अस्तित्वमा बाँचिरहेका थिए । भर्खरै एउटा कथा सङ्ग्रह निकाले झण्डैले मदन पुरस्कार पो पाएका । आत्मपरक शैलीमा आफैले देखे भोगेका कुराहरूमा यसो थपथाप पारी लेखी टोपलेका थिए बाफ रे बाफ ! कहाँ पुगे कहाँ ? आजभोली त उनी फुर्सद पायो कि घुम्न हिंडिहाल्छन् ।

ख्यालख्यालमै भारतका १०–१२ वटा प्रान्तहरु त एक्लै पो डुलिसके । दुर्गमको स्कुल त्यति खटिएर पढाउन पर्दो रहेनछ । ठुलै उद्योगपतिको जत्तिकै आनन्द लुट्दै थिए । म सँग गफगाफमा भन्ने गर्थे “यार ट्रेनबाट दक्षिण एसियाको मुलुकहरू घुमौन खासै खर्चिलो नहुने रहेछ । मेरो त यी मुलुकमा घुम्ने पञ्चवर्षिय योजना छ ।” म त छक्कै पो परे, मान्छेले आँटे जे पनि गर्न सक्छ कि क्याहो जस्तो लाग्न थाल्यो । यस्तैमा बजारको घरको सँधियार छिमेकीसंग सिमानाको विषयमा विवाद उठ्यो भिरालो कान्लामाथि उनको घर । किनेको समयदेखि हालसम्म उनैले चर्चिएको कान्लो । छिमेकीले डोजर ल्याई २ पटकसम्म उक्त कान्लो खारेर सिधा बनाई दियो । यति गर्दा पनि उसले उनलाई रोहबरमा राखेन । उनी घरमा नभएको समयमा जग्गा खारो उनले गाउँ समाज जुटाए छलफलबाट निर्णय समेत भयो । तर उनको विपक्षले उक्त समाजको निर्णय स्वीकार गरेन । अम्मर बहादुरले नगरपालिका लगायत जिल्ला प्रशासन कार्यालयमा उजुरी ग¥यो । यसै सन्दर्भलाई लिएर अम्मर बहादुरको छोरालाई विपक्षी दल बहादुर राईले गाउँले फटाहा गुण्डाहरुको सहयोग लिई उसैको घर अगाडि बाटोमा निहु खोजी कुटपिट गरे । तर अम्मर बहादुरको छोराले महाभारत पात्र अर्जुनले झैँ प्रतिवाद ग¥यो । फलस्वरुप २–४ जना राईहरु उसको लात्ता मुक्काले ढले । राईहरु पनि बसाई वाला लुखुरे क्षेत्रीको लुरे छोराले कुटिएको हुन किन चाहन्थे ? हाने खुकुरीले भकाभक टाउकामा । थला प¥यो अम्बर बहादुर खड्काको छोरो । लडाएर जब थिचे अनि करायो केटो “गुहार–गुहार बुबा ज्यान बचाउनुहोस” । यो आवाज सुनेर आत्तिदै बाबु घटना स्थल पुगे । साँझको समय थियो छोरो कुन हो, विपक्षहरु को–को छन् उसले चिनेन । केवल उसले पनि गुहार–गुहार भनी कराउन थाले । यस्तैमा उनले पनि एक खुकुरी भेटे टाउकोमा तैपनि ढलि त गएनन् ।

यस समय सम्ममा उनको कान्छो छोरा आई दाजुको मरणासन्न हालत देखी आत्तिएर दाजुलाई थिच्ने एक जनालाई हलका खुकुरी प्रहार गरी दाजुलाई छुट्यायो । त्यसपछि उसको ज्यान बचेको थियो । यस समय सम्ममा घटना स्थलमा प्रहरीको उपस्थिति भइसकेको थियो । दुवै पक्षको अस्पतालमा भर्ना भई घाजाँच केस फारम गराए । अम्बर बहादुरको छोरालाई टाउकोमा गम्भीर प्रकृतिका धारिलो हतियारका दुई वटा चोट थियो । त्यसैले थप उपचार र सिटी स्क्यानको लागि बि.पी. मेमोरियल हस्पिटल, घोपामा रिफर गरियो । छोरा लिएर बुढा लागे घोपातिर । यता उनी गएपछि उनको विपक्षीले उनीहरूको टाउकोमा परेको सामान्य छाला खोस्रिएको भन्ने देखाउने घाजाँच प्रमाणलाई लिएर अम्बर बहादुर खड्काको सिङ्गो परिवार बाबुआमा र दुई छोरा समेत ४ जनालाई विपक्षी बनाई ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गराए । डि.एस.पी. हराम रहेछन् । ५०–६० हजारको लोभमा परेर एकतर्फी कुरा सुनी मुद्दा दर्ता गरिदिएछन् । बिचरा अम्बर बहादुरलाई उपचार पछि फर्की आउन सकेनन् ज्यान केसमा थुनिने डरले । भएन डि.एस.पी. ले कानुन अनभिज्ञ अम्बर बहादुरलाई फकाई मुद्दा एकलौटी बनाउनको लागि तपाईँ अहिले नआउनुहोस मैले थुन्नु पर्ने हुन्छ । बरु सरकारी वकिलसंग सम्पर्क राख्नुहोस् म विवश भए भन्यो, उनले विश्वास गरे । त्यसैले उनी आफ्नो छोराको गम्भीर चोट भएको घाजाँच प्रमाण हुँदाहुँदै पनि उनी चुके । उनले सरकारी वकिलसंग फोनमा सम्पर्क गरे । वकिलले उनीसँग केही रकम आशा गरे जस्तो जनाए, अम्बर बहादुर छक्क परे । आफू मर्कामा परेर पैसा खुवाउन अम्बर बहादुरको स्वाभिमानी हृदयले मानेन । फलस्वरुव मुद्दा अदालतमा दायर भयो । डि.एस.पी. तथा वकिलले अम्बर बहादुरसंग पनि अप्ठ्यारो परिस्थिति जन्माई अलिकति रकम असुल्ने जाल बुनेका थिए ।

बिचरा सोझा अम्बर बहादुरले कुरा बुझेनन् । इन्साफ पाउने आशामा रकम बुझाएर मुद्दा फिर्ता गराएनन् । अब मुद्दा अदालत गइसक्यो । उनको प्रगतिमा ईश्र्या गर्ने दुष्ट मनोवृत्ति भएका तथा देश विदेशमा रहेका शक्तिशाली विद्वान छिमेकीहरुले उनको उछित्तो काढ्ने मौका पाए । धेरै जनाले अदालत गई अम्बर बहादुरले नै ज्यान मार्ने आशयले सबै परिवारको सहयोग लिई छिमेकी दल बहादुरको परिवारलाई आक्रमण गरेको हो । भनी बक पत्र गरे । दल बहादुर तत्कालीन सत्तारुढ पार्टीको वार्ड कमिटिको अध्यक्ष भएको तथा अम्बर बहादुरको चाँही कुनै पार्टीसँग सम्पर्क नभएको कुरा दरो मसाला बन्यो । न्यायाधिशले पनि यसो हेर्दा आशलाग्दो सिकार लखेटिएर आफू कहाँ आईपुगेको देखी थुनाामा राखी कार्वाही अगाडि बढाए । यसो हुँदा शिक्षक अम्बर बहादुरलाई पर्नु अप्ठ्यारो प¥यो । ६ महिनासम्म पुरपक्षको निहुँमा जागिर निलम्बन गरी ४–४ जनालाई थुनामा राख्दा पनि अम्बर बहादुरले न्यायधिशबाट दूधको दूध पानीको पानी इन्साफ पाउने आशाले चुपचाप न्याय फैसला कुरे । उता न्यायधिशले मनमनमा भने साला ६–६ महिना मौका दिँदा पनि कुरा नबुझ्ने ग्वाङ्ग्रो अब सफाई दिउ भने प्रतिष्ठाको विषय भइसक्यो । यत्तिका समयसम्म अनाहकमा किन थुनेको भन्लान दुनियाले भनी ज्यान मार्ने उद्योगमा चारै जनालाई ५ वर्ष कैद गर्ने फैसला गरे । बिचरा ! अम्बर बहादुरलाई यस्तो लोकतान्त्रिक न्याय मिल्यो ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक