Similar Articles

कथा लघुकथा

दोषारोपण---आचार्य प्रभा

बिराट नेपाल

लघुकथा

धेरै समयपछि नेपालबाट मित्र रमेशको फोन आयो । फोन उठाउनसाथ राजेन्द्र खुसीले प्रफुल्ल बन्दै साथीलाई एकै सासमा भन्यो।-

"यार परदेशिएको मित्रलाई सम्झिएकोमा धेरै धेरै धन्यवाद । आज मलाई धेरै खुसी लाग्यो आफ्नो साथीको फोन आउँदा ।"

राजेन्द्रले आफ्नो वाक्य पुरा गर्न पाएकै थिएन उताबाट खरो आवाजमा शब्दहरू बर्षिए ।-" यार विदेश गएँ भन्दैमा यत्ति चाँडो साथीभाइ,गाउँ,घरलाई त भुल्न भएन नि!अहिले त प्राविधिक कुराको सहुलियत छ । स्क्याईप छ,भाईबर छ,हात,हातमा फोन छ यत्ति सुविधा हुँदा पनि साथीभाइ,नसम्झिने? फेसबुकमा पनि कुरा होला कि ? भनेर आशा गर्छु । यार साथी त मस्त विदेशमा आफ्नै दुनियाँमा।साथीभाइको याद त परै जाओस्,आफूले सम्झिँदा पनि पो बोल्न गार्‍हो मान्छ है ।"

साथीको यस्ता वाक्यहरुले राजेन्द्र उत्तरबिहिन भयो र सम्झ्यो आफू पर्देशिएदेखी भोग्नु परेको दु:ख,सङ्घर्ष र समस्याहरू । आएदेखी रातदिन घोटिँदा पनि खान लाउन हम्मे हम्मे परेको बिवशता । ऋण लिएर आएको पैसाको साँवा ब्याजले टाउको खाएको । यता साथीभाइ र आफन्तहरु भने अँध्यारोमा तीर हाने झैँ बचन लाउँछन् । केहीक्षण गम्यो राजेन्द्र । "अब साथीलाई के भनुँ ?भनी,मसँग स्मार्ट फोन छैन भनुँ भने विश्वास नगर्लान् । कम्प्युटर चलाउने समय छैन भनुँ भने बहाना बनायो भन्लान्।" ऊ असमन्जसमा पर्‍यो र केहीपल घोरिएर भन्यो । "रमेश के गर्ने ? तिमीहरू आफ्नै देशमा छौ परदेशको भोगाई थाहा छैन। परदेशमा पाइला राखेर हेर अनि थाहा हुन्छ । यहाँ के कस्तो?भोग्नु पर्छ भनी ।"

"लु,लु गफ नदेउ। मलाई पनि थाहा छ मैलेपनि एकदुई पटक युरोप,अमेरिकाको  भ्रमणमा गरेको छु । खै!मैले त त्यँहा दुईचार महिना बस्दा सम्झिनुपर्ने मात्र होइन,नसम्झिनु पर्नेहरुलाई पनि भाइबरबाट फोन गर्न भियाएँ । अब तिमी त कमाउन गएका एक एक डलरको हिसाब राख्दा हौ ।" यति भनेर रमेशले फोन राख्यो ।  

राजेन्द्रले सम्झ्यो "ऊ त ठुलो ओहोदाको मान्छे। भ्रमणमा बाउको पैसा खर्च गरेर विदेश जान्छ । उस्लाई के थाहा? मज्दुरी गर्न गएको मान्छेको निरीहावस्था र भ्रमणमा गएको मान्छेको एैय्यासी!"

लगभग दुई वर्षपछि रमेशलाई राजेन्द्रले आफ्नै कम्पनीमा भेट्यो । साथीको निरीहावस्था देखेर सोध्यो । "अरे!रमेश तिमी यहाँ कहिले?कुन प्लानमा घुम्न आयौ फेरि"?रमेशले घोंसे मुन्टो लाउँदै भन्यो । "राजेन्द्र मलाई यहाँ काम दिलाई देऊ। म जस्तो काम भएपनि गर्छु । नेपालमा बाउको अवस्था नाजुक भएकोले म यहाँ मज्दुरी गर्न नै आएको हुँं । भ्रमण गर्न मात्र होइन ।"

राजेन्द्रले साथीको अवस्था बुझ्दछ र भन्छ । "अब तिमीलेपनि मैले जस्तै दोषारोपण खप्ने दिन आयो नि !!!!"


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक