Similar Articles

संस्मरण

यात्रा नगरकोटको--विजय तिमिल्सिना

बिराट नेपाल

शनिवार काम हुनेलाई चाड हुन्छ भने काम नहुनेलाई चाँही महाँ चाड । किनकि काम नहुने म जस्तालाई काम हुनेले ट्रिट दिन्छन। यही मौकामा यो शनिवार काठमाडौँ बाट उतर पूर्व तर्फको रमणिय स्थल नगरकोटको चर्चित छोटो बाटो भक्तपुर,कलमसी देखी नगरकोटको यात्रामा म लगायत मेरो टोलीको मोटरसाइकल स्टाट भयो । आन्तरिक तथा बाह्र पर्यटकको गन्तव्य स्थलको रूपमा परिचित नगरकोटको यात्रालाई यादगार बनाउन हामीले  केही ड्राईफुडको झोला पनि भिर्यो । दुई वोटा मोटार साइकालमा हामी चार जना रमेश,श्याम,रवि र म चावहिल बाट एअरपोट,कोटेश्वर, गट्ठाघर,नयाँ ठिमी,सल्लाघारी,सूर्य विनायक हुँदै कमल विनायक पुग्यौ।
 
सार्कका लागि सिङारियको चावहिल देखी कोटेश्वरको बाटो अनि कोटेश्वर देखी सुर्यविनायक सम्मको छ लेनको बाटोमा ड्राइभ गर्नुको मज्जा लिदै  निकै सुधारियको कमल विनायक बसपार्क आसपासको बढदो बस्ती तथा आधुनिक कन्क्रिटका घरहरुलाई छिचल्दै मुलढोकाको (जहाँ बाट पुरानो र नयाँ बाटो छुटिन्छ ) दोबाटोमा बाइकको ब्रेक लाग्यो । नगरकोट-कलमसी उतर पूर्वी यातायात लेखिएको बोडको फोटो लिदै हाम्रो मोटार्साइकलले कलमसी तर्फको छोटो दुरीको नयाँ बाटो प्रवेश गर्‍यो । गत वर्ष देखी चलन चल्तीमा आयको नयाँ पिच गरिएको नयाँ बाटो चौडाइको हिसाबले केही साँघुरो भए पनि निकै सहज रूपमा यात्रालाई याक्सिलेटर दिही रहियो ।
 
भक्तपुर वाल फाँटका भर्खर काटियका धानका ठोसा र कतै कतै लगाइयका तरकारीवारी हेर्दै,स्याल डाँडोको उकालो घुम्ती पार गर्ने बितिकै सुरु हुने काँठ र काँठका खेत बारीमा लगाइयका पहेलामै तोरी बारीले यात्रामा रोचक्ता थप्यो । सवारी साधनको चापले जोडीका लागी तथा पारिवारिक घुमफिरमा यो बाटोले साँचै थप मनोरञ्जन दियको झल्को दिन्थो । साँचै उपत्यकाका काँठहारु उपत्यका वासीका लागि रमाइलो स्थानको रूपमा विकास हुँदै आहिरहेका छन् । बजार बाट ४/५ किलोमिटर भित्रै गाउँको झल्को दिन्छन उपत्यकाका काँठले । यसलाई उपत्यकाको विषेस्ता मान्न पनि सकिन्छ ।
 
स्याल डाँडो उकालो सकिने बितकै हामी जितपुर पुग्यौ । जीतपुरको चर्चित कुराउनी पसलमा हाम्रो मोटार साइकल रोकियो । तातो तातो कुराउनी चाख्दै देशकै सानो जिल्ला भक्तपुर अनि यो नयाँ बाटो र नगरकोटको चर्चा सुरु भयो । प्रशस्त मोटार साइकल र कारहरुको आवत जावत हुने गरेको यो बाटोले गाउँको मुहार फेरेको झल्को दिन्थ्यो । हामीले गाउँलेको मुहारको चमक अनि यो कालो पिच सडकले दियको खुसीलाई आत्मसाथ गर्दै यात्रालाई निरन्तर्ता दियौ । 
 
भखरै सुडाल गाविसबाट महाँ मन्जुश्री नगरपालिका भएको यस स्थानको चर्चित मन्जुश्री मन्दिर अनि बिचमा बन्दै गरेको बुद्ध धर्मअलम्वीहरुको गुम्बा अबलोकन गर्दै हामी कलमसी पुग्यौ । कमलसी काभ्रे र भक्तपुरको सिमान रहेछ । मौसम सफा भएको बेलामा उपत्यकाका तिनै जिल्ला र काभ्रेका गाउँहरू देख्न सकिने कलमसी साँचै रमाइलो स्थानको रूपमा विकास हुँदै रहेछ । यस्को झल्को खुल्दै गरेका दुई ठुला ठुला होटल र केही खाजा घरहरूले दिइरहेका छन् । अब कलमसी बाट जम्मा तीन किलोमिटरको यात्रामा हामी नगरकोटको टावर पुग्न सक्छौ । कलमसी बनेपा र भक्तपुरको मिड पैन्ट हो । बनेपाको बाटो गरी कलमसी अनि नगरकोट आउनेहरुको पनि भिड कलमसीमा देख्न सकिन्छ ।  
 
भक्तपुरबाट जम्मा १८ किलोमिटरको यात्रामा यो बाटो गरी नगरकोट पुग्न सकिन्छ । हामी सँगै नगरकोटको यात्रा गर्ने अरू थुप्रै जोडी अनि साथी भाइको समूहले यो बाटोको मज्जा लिदै यात्रालाई बनाउन सकिन्छ । हामी सँगै नगरकोटको यात्रा गर्ने अरु थुप्रै जोडी अनी साथीभाईहरुको समुहले यो बाटोको मज्जा लिदै यात्रालाई रोचक बनाए ।

सयपत्री फूल टिप्दै स्थानीय ।
नगरकोट जादै गरेको गाडी र नयाँ बाटो ।
श्री सरस्वती उच्च मा बि र माहाँ मन्जुश्री मन्दिर ।
भर्खर धान काटियको खेत र खेतको बिछमा सडक ।
बालफाँट बाट देखियको सुडाल र आसपासको काँठ ।



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक