Similar Articles

कथा लघुकथा

पिँडाबोध -सफल सुरज

बिराट नेपाल

लघुकथा: 

घटना वि.सं. २०७८ सालको हो । अनित बूढानीलकण्ठ मन्दिरको छेउमा रहेको पिपलको फेदमा रहेको बेन्चमा बसी रहेको छ । उसको मुख अलि नियाउरो छ । आँखामा आँशुहरु टिल्पिलाइ रहेको थियो ।
 
उसको मनमा अनगिन्ती भावहरु खेली रहेका थिए । ऊ वर्तमान र अतीतलाई केलाई रहेको छ । उसले आफ्नो कमिजको खल्तीबाट रुमाल झिक्यो र आफ्नो आँखामा टिल्पिलाइ रहेका आँसु पुछ्यो ।

उसले सोच्न थाल्यो, "धत् यस्तो पनि जिन्दगी नजागिर पाउन सकियो न परिवारको माया नै पाउन सकियो । यसो विदेश जान्छु भन्ने सोच्दा पनि 'D ग्रेड' आएकोलाई विदेशमा पनि काम दिँदैन भनेर म्यानपावरले फर्काइ दियो । हे भगवान् कस्तो समय आयो यो ? 

२०६९ सालमा दाजु अजित एस्.एल्.सी.मा तीन वटा विषयमा फेल भको थ्यो तर ०७० सालमा फेरि एस्.एल्.सी. दिएर पास भएको थियो । फेल हुँदा कम्ता गाली खाएको थियो र ? तर फेरि एस्.एल्.सी. दिएर ऊ पास हुँदा सबै खुसी भएका थिए । पछि उसले राम्रो जागिर पायो । सबैलाई खुसी बनायो ।

तर म एस्.एल्.सी.मा पास भएँ तर 'डि ग्रेड' पाएर । क्याम्पस पढ्न ग्रेड कम छ भनेर कुनै क्याम्पसले भर्ना गरेन । न मैले पढ्न पाएँ न त जागिर पाएँ । सबैले ग्रेडलाई दोष दिए । यदि मैले पनि त्यै फेल हुने व्यवस्था हुँदा एस्.एल्.सी. दिन पाएको भए फेरि राम्ररी पढेर पास गर्थेँ होला । तर पास भै हालिन्छ भनेर त्यस बेलामा राम्ररी पढिएन अहिले यसरी पछुताउनु परेको छ । न घरको भएको छु न घाटको । अब मैले बाँच्नुको के अर्थ भयो र? अल्बिदा संसार अल्बिदा !!" 
यस्तै सोच्दै अनित बूढानीलकण्ठ मन्दिरबाट पूर्व पट्टि रहेको बँदेली डाँडा तिर गयो र कहिल्यै नफर्किने गरी बिदा भयो ।

समाप्त


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक