Similar Articles

संस्मरण

ति दिन हरु ....स्वारी छप्पाए मट का !--शेखर ढुङेल

बिराट नेपाल

श्रीषक को यो बाक्य जीवन मा पहिलो चोटी सुनेको थिए त्यस बेला तर अवस्था र परिस्थिति ले जे अर्थ लगाएको वा सोचेको  थिए  सहि नै निकल्यो । कैयौ नेवारी भाषा बोलेर पनि बिर्शी सकियो तर यो "स्वारी छ्प्पाए मटका "आज सम्म बिर्शन सकिएको छैन मतलब सधै सम्झना मा रहेको छ । बेला बेला मा सम्झना आउछ ति दिन त्यो रात अनि त्यो बदमासी गरेको डरलाग्दो साझ हो कि रात .......अहिले सुन्ने लाइ त् के आफै लाइ पत्याउन गार्हो त्यो साझ ले कहिले कहिँ  फेरी बच्चा जस्तो बनाउछ कास त्यो दिन फर्कने भए ! जस्तो लाग्छ .त्यस बेला एक्किन त् छैन तर ८/९ बर्ष का थियौ होला । गाउ घर मा हामि जस्ता समान उमेर का त्यस्तै ८/१० जना थियो सधै संगै भेट्ने खेल्ने गर्दथ्यौ ।

त्यस बेला बिजुली  बत्ती आई पुगेको अर्थात जडान भएको  थिएन हाम्रो गाउमा त्यसैले अहिले का आधुनिक प्रविधि र मनोरंजन को साधन को भनक पनि थिएन । स्कुल सकेर घर मा आए पछी कमिजको खल्ती मा हाडी मा भुटेको मकै र भटमास हाल्यो अनि खादै निस्क्यो गाउ तिर को चौर चौतारो र पाटी तिर । स्मरण रहोस तत्कालिन  कटुन्जे  गाउँ पंचयात क्षेत्रमा जति धेरै सार्बजनिक चौर ,दर्जनौ बर पिपल को रुख अनि चौतारो देश को अन्य भाग मा मैले पाउन मतलब देखेको छैन । अझै सम्झना छ शुसिला भैरण स्थान को काप्रो को बिशाल रुख र चौतारो, संगै अर्को बिसाल पिपल को बोट, ३०० मिटर टाढा अर्को त्यस्तै ठुलो बर को वृक्ष अनि ५ सय मिटर टाढा अर्को बाडा चौर र चौतारो, पानी राख्या पाटी र पिपल बोट सहित को ठुलो चौतारो (त्यस बेला त्यो चौतारो मा बटुवा लाइ सुबिधा को लागि माटो को गाग्रोमा पानि भरेर राख्ने चलन थियो त्यसैले त्यस चौतारो को नाम नै पानि राख्या  चौतारो भयो )। त्यस पछी पंचायत घर अगाडी बर पिपल सहित को चौतारो .त्यसकै आडमा अर्को पिपल को रुख ,कटुन्जे लाइ टाढै बाट देखाउन सजिलो पिपल डाडो भन्ने बित्तिकै पिपल हुने नै भयो त्यसकै फेदी मा पर्छ मेरो जन्म थलो ..त्यस पछी मर्सिन्ग्या चौर को वरिपरी तिन वटा पिपल को रुख । तिन धारेमा बर पिपल सहित ४ वटा चौतारो .अलि पर फेरी सार्की चौर मा अर्को दुइ पिपलको रुख चुन्देबी स्थान मा अर्को यसरि कटुन्जे लाइ  पिपल र बर को गाउ भने पनि हुन्छ ,त्यस मध्य शुसिला भैरब स्थान को चौतारो चौर र पाटी हाम्रो भेटघाट र खेल्ने केन्द्र थियो । जहाँ डन्डी बियो, ढ्याक मार्ने खेल .गुच्चा खेल्ने ,गर्थे  अनि ठुला ठुला भने चौतारो पाटी अनि चौर मा तास खेल्ने गर्थे ।

अब जाउ स्वारी छ्प्पाए मट का को कथा तर्फ घटना त्यहि ४ दशक अगाडी को हो । कटुन्जे गाउ पंचयात को तल्लो भाग अर्थात शुसिला भैरबस्थान (मन्दिर )वरिपरीजहाँ  ढुंगेल परिवार हरु एकाकार भएर बसेका छन् र दाया बाया नेवार, क्षेत्री, दर्जी,मिजार आदि को पनि बाक्लो वस्ती  रहेको छ । बिबिध जति मिलेर बसेको यो गाउ अर्को एउटा नमुना गाउ पनि  हो .तिथि अनुसार चतुर्मास सुरु भए पछी गाउमा बिभिन्न पूजा पाठ भजन को सुरु वाट हुन्थ्यो । गाउमा प्रत्यक दिन मन्दिर पूजा गर्न जाने अनिबार्य नियम जस्तो थियो, बिशेष गरि नेवार समुदाय ले नै गाउ को धार्मिक परम्परा सस्कृति लाइ  बचाई राख्ने कार्यमा सक्रिय थिए । धार्मिक कथा मा आधारित नाटक, नृत्य अनि प्रहसन आदि हुन्थ्यो । त्यस मध्य गाउको सबै समुदाय लाइ भावनात्मक रुपले एकात्मक बनाउने एउटा पर्ब छयास मिसे पुर्णिमा थियो । अझै त्यो चलन  छ होला पनि सायद आफुले गाउ छोडेर हिडेको वा त्यस्तो पर्ब हरुमा सहभागी हुन् न जुराएको ३ दशक नाघी सक्यो ..

त्यो छ्यासमिसे पुर्णिमा को साझ गाउको नेवार समुदाय बिभिन्न समुह मा बाडिएर आफ्नो आफ्नो कला कारिता देखाउने गर्दथे .जस्तो कि कोइ एक वा दुइ जना मन्दिर अगाडी सुकुल मा उत्तानो पारेर सुत्थे अनि सम्पूर्ण शरीर माथि गोवर थोपर्थे  अनि गोबर माथि छाति देखि कम्मर सम्म माटो को दियो मा बत्ती बाल्ने चलन थियो .अर्को तर्फ सुकुल माथि भुटेको बिभिन्न अन्न हरु  जस्तै मकै, भटमास,गहुँ मास तिल लावा आदि प्रयोग गरि बिभिन्न देबी देबता को चित्र बनाउने गर्थे .जुन अन्न हरु भने गाउका अन्य समुदायको घर घर बाट लैजाने चलन थियो .अनि त्यसरी भुटेको अन्न लगे बापत जुन समुह लाइ दिएको हो त्यो समुह को ले भने  अन्न दिएको बदलामा पुरी स्वारी हलुवा दिन्थे

त्यस्तै एउटा छ्यासे मासे पुर्णिमा को साझ रमझम चली रहेको थियो .लाल्टेन र मैनटोल  को उज्यालो मन्दिर को आगाडी भाग जहाँ यो कार्यक्रम भै रहेको छ त्यहि मात्र सिमित थियो .पुर्णिमा को साझ (रात )भए पनि हामि केटाकेटी को लागि त् डरलाग्दो नै हुने त् भै हाल्यो । हामी ५६ जना मध्य कसलाई हो कुन्नि स्वारी पुरी चोरेर खाने बिचार आयो हामी मन्दिर संगै जोडिएको कप्रोको रुख पछाडी आडमा बस्न पुग्यौ .जहाँ  अरुले देख्न सक्दैनथे । पहिले को जाने भन्ने सल्लाह भयो । हामी मध्य उमेश अलि महसुर स्वभाब को थियो उसले म जान्छु भन्यो हामि कुरेर बस्यौ एक छिन पछी ४/५ वटा स्वारी लेरायो ..चुडेर टुक्रा पारि सबैले बाडेर खायौ । त्यस पछी म जान्छु तेरो भन्दा बढी लेराउछु भन्दै कन्चन सुर्रिएर गयो । केहि समय पछी ५/७ वटा लेरायो । त्यो पनि खायौ । अब भुडी त् डुम्म भैसकेको नै थियो । तर सबैले लेराउनु नै पर्ने भयो । खाए पनि न खाए पनि ......त्यस पछी  सुर्रियो ठाकुर । उसले त् झन भुडीमा अठ्याएर  ल्यायो  खुसि र उसको बहादुरी अनि आफ्नो काम मा सफलता देखेर हामि खुब  हास्यौ सानो सानो टुक्रा खाए जस्तो गरेर बाकि फ्याकी दियौ ।  त्यस पछी पालो आयो मेरो ...डराई डराई  स्वारी पुरी राखेको डालो तर्फ लागे . बसेर बिस्तारै बिस्तारै बिरालो को चाल मा सर्दै डालो नजिक पुगे । अनि डालो मा हात हाल्न के  आटेको थिए उता बाट पनि स्वारी निकाल्न हात हाल्यो । डालोमा हात घुमायो स्वारी त् एउटा पनि रहेन छ क्यारे उसले झोक्किदै भन्यो "का छिम्मा बाउ स्वारी छप्पाए मट "म स्वारी चोर्न गएको मानिस को मनमा ढ्वांग ढ्वांग ढ्यांग्रो ठोकी हाल्यो डर ले भागुतो उफ्रे झैँ उठेर कुलेलम ठोके साथीहरु  भएको तिर  म दौडेको देखेर स्वारी वाला पनि छु ह छु ह ?व मनु  भन्दै पछी पछी लखेट्दै आयो । अब परेंन  फसाद ? आयो स्वारी वाला भन्दै मुसा दौडे झैँ गुटुटु गुटुटु भाग्यौ मन्दिर पछाडी को चौर तर्फ उ पनि पछी पछी लखेट्दै आयो हामि लाइ डर संगै हासो पनि अति लागेको थियो .लाको चप्पल हात मा लिएर कुदे म उमेश को त् चप्पल नै छिन्यो र त्यहि छोडेर दौड्यो । भाग्दै कन्चन को पराले छानो को गोठ भित्र छिर्यौ । छिम्मा  बाउ छु ओ मनु  पख तिमि हरुको हात खुट्टा न भाची भन्दै गोठ भित्र छिर्यो हामि सब गोठ को छत मा चढ्यौ छत् गर्ल्याम गुर्लुम खस्यो जिन तिन हामि सबै भने गोठ को बाहिर बगैचामा हाम फाल्न पुग्यौ तर उसलाई भने डाडा भाटा ले थिच्यो । उ पराल भाटा पन्छाउदै गर्दा हामि भागि सकेका थियौ त्यहि बेला कन्चन कि ठुली आमा (घर घनि बुढी )लौरो लिएर आई पुगिन को हो मेरो गोठा को छानो मा चढ्ने भनेर स्वारी वाला ले बुढी को  लौरो भेट्यो कि भेटेंन आज सम्म पत्ता लागेको छैन . स्वारी वाला गयो भन्ने ढुक्क भए पछी हामि बाँसको  झ्यांग बाट एक एक गर्दै निस्कियौ र आ आफ्नो घर तिर लाग्यौ ............
बाँकी अर्को भाग मा ...........



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक