Similar Articles

संस्मरण

​म यसरी १ वर्ष १ महिना र १४ दिन बुढो भएँ​ --नवराज पोखरेल,

बिराट नेपाल

आज भन्दा ठिक ३७ वर्ष अघि अर्थात् २०३४ सालको कुरो हो । म बीरेन्द्र मा. बि. चन्द्रगढी, झापामा १० कक्षामा पढथें । तत्कालका हाम्रा हेड सर डिल्ली प्रसाद भट्टराईले मलाई र मेरै कक्षाका एक अर्का साथी गुणराज सुबेदी (चीनमा विवाह गरी त्यही बसोबास गर्ने हालका एक डाक्टर) लाई अफिसमा बोलाउनु भयो। हामी दुवै अलिक डर मान्दै अफिसमा पुग्यौ ।

“सर नमस्कार“ ।

“केटा हो, तिमीहरुले मलाई ठुलो समस्यामा पा-यौ । यो सालको SLC परीक्षामा तिमीहरूलाई सामेल गराउन सकिदैन किनभनें तिमीहरूको जाच दिने समयसम्ममा १६ वर्षको उमेर पुग्दैन। अहिले तिमीहरूको उमेर १५ वर्षको छ, नियम अनुसार SLC दिन १६ वर्षको उमेर पुगेको हुनु पर्दछ। के गर्ने ?” हामीलाई हेड सरले साध्नु भयो ।

हामीले के भन्ने र ! १५ वर्षका केटाहरू । मैले सोचें बुबा आमालाई सोधेर जबाफ दिनु पर्ला । कसरी म १५ वर्षको उमेरमा १० कक्षामा पुगें ! यसको मतलब ५ वर्षको उमेरमै म एक कक्षामा भर्ना भएँ त ! नत्र १५ वर्षमा कसरी १० मा पुगें ? यो कुरा अझ सम्म मलाई प्रस्ट हुन सकेको छैन । बुबा, आमासँग फोनमा कुरा हुदा यो कुरा पनि सोध्नु पर्नेछ।

त्यसबेला हेड सरको अगाडि म र गुणराज अलमल्ल प-यौ । उहाँको अगाडि हामी के नै भन्न सक्थीउ र ! चुप चाप रही एक आपसमा हे-यौ । एकैछिनमा सरले कलम टेबलमा राखी टाउको उठाउनु भयो। हामी डरले उहाका आखामा हाम्रा आखाँ जोड्न सकिनौ ।

“सुन, मैले तिमीहरुको उमेरका बारेमा हिसाब गरेँ । यदि यो वर्ष SLC दिन चाहन्छौ भनेँ तिमीहरूको उमेर एक वर्ष बढाएर १५ को सट्टा १६ बनाई दिन्छु, अनि तिमीहरूले जाँच दिन पाउछौ, हुन्छ ? “

हेड सरको यो प्रश्नको जबाफ हामी दुवैले एकै स्वरमा हुन्छ सर् भन्यौ ।

अब हेड सरले फेरि कलम लिएर हिसाब गर्न थाल्नु भयो । करिब १० मिनेट पछि उहाँले ठुलो स्वरमा हामीलाई भन्नु भयो “तिमीहरू दुवैको जन्मदिन आजदेखि बदलिएको छ, राम्ररी सुन – २०१८ साल फागुन १५ गते अर्थात् २७ फेब्रुअरी १९६२ । यो जन्म मिति SLC को फाराममा लेखि दिएको छु । भयो – क्लासमा जाऊ “।

हवस्त सर् –  à¤­à¤¨à¥à¤¦à¥ˆ हामी उहाँको अफिसबाट आफ्नो कक्षा तर्फ लाग्यौ ।

बाटामा मैले सोचें – २९ चैत २०१९ सालमा जन्मेको म, आज हेड सरले मलाई १ वर्ष १ महिना र १४ दिन बुढो बनाई दिनु भयो, जे होस् SLC दिन पाउने भएँ, त्यसैमा खुसी मान्दै उमेर बढेकोमा मतलब नै राखिन ।

त्यस दिन देखि आज सम्म मेरो र मेरा साथी डा. गुणराज सुबेदीका सबै आधिकारिक कागजातहरूमा हाम्रो साचो जन्मदिनको बदलामा २०१८/११/१५ अर्थात् 27.02.1962 लेखिदै आएका छन्।

अर्को कुरा – मेरा महिला दाजु दुर्गा पोखरेल र म बिचको उमेर १ वर्ष र आठ महिनाको फरक थियो, अहिले हाम्रा मान्य हेड सर  à¤¡à¤¿à¤²à¥à¤²à¥€ प्रसाद भट्टराईका हिसाब अनुसार हाल हामी दुई दाजु भाइका बिचको उमेरमा ६ महिना मात्रै फरक छ । एकै आमाका दुई सन्तान बिच कसरी ६ महिनाको मात्रै फरक भन्ने विवाद मैले विदेशमा सहनु परेको छ ।

भोलि अर्थात् २७ फेब्रुअरीका दिन मेरो र साथी डा. गुणराजको आधिकारिक कागजात अनुसार जन्मदिन हो। विभिन्न सङ्घ सस्था तथा अन्य चिने जानेका इष्ट मित्रबाट शुभकामना प्राप्त हुन्छन्.. उनीहरूलाई के भन्ने .. अनि १२ अप्रिल अर्थात् २९ चैतमा साँच्चो जन्मदिन मनाउँदा कसरी यो सबै कथा भनेर बुझाउने ?


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक