Similar Articles

कथा लघुकथा

जाँचफिस ( लघुकथा ) -डा. रवीन्द्र समीर

बिराट नेपाल

सधैँ झैँ डाक्टरसाहेब क्लिनिकमा बिरामी जाँच्न बसे । क्लिनिकमा दुई सय पचास शुल्क लिएर बिरामी जाँच्ने गर्दथे ।

‘डाक्टरसाहेब ! मेरो छोरोलाई ज्वरो आएको सात दिन भयो, पैसा नभएर ऋण खोज्दाखोज्दा ढिला भयो ।’

अर्का वृद्ध भन्दै थिए – ‘छोराहरूले एक पैसा दिँदैनन् । तीन महिनाको बृद्धभत्ता जम्मा गरेर दमको रोगको उपचार गर्न आएको छु ।’

एउटी महिला भारी बोकेर जम्मा गरेको एक सय रुपैयाँको खुद्रा पटुकाको टुप्पोमा बाँधेरर पाठेघरको रोग जँचाउन आइन् । त्यस्तै एउटा अपाङ्ग दिनभरि घाममा गिटी कुटेर जम्मा गरेको पचास रुपैयाँ लिएर जँचाउन आयो ।

‘सुन्नुस् न ! भरे दुई किलो खसीको मासु ल्याउनूस् है !’ बिरामी जाँचिरहेको बेला श्रीमतीको आदेश आयो ।

‘मलाई लिच्चीको ठुलो जुस !’ छोरीको बोली टुङ्गिन नपाउँदै छोराले भन्यो – ‘ड्याडी मलाई काजु !’

००
‘....यस्तो बोसो, हड्डी र छालामात्र ल्याउने ? ....ड्याडी त कत्ति छुच्चो ! यति थोरै.....।’
.....मासुभात खाँदा उसको कानमा ती असहाय बिरामीहरूको चित्कार गुञ्जिरह्यो । फलतः उसलाई अरुचि भयो र खाना छाडेर बेडरुमतिर लाग्यो ।
००

‘ल भाइ ! आजदेखि गरिब, दुःखी तथा असहायहरूको जाँचशुल्क नलिनू है ! उनीहरूलाई निःशुल्क उपचार....! औषधी विक्रेताले केही बुझ्न सकेन । जस्तो आदेश, त्यस्तै पालना ।
००

‘आज निक्कै खुसी देखिएका छौ, धेरै कमायौ जस्तो छ नि ? "
‘हो, ठिक भन्यौ, तर खल्तीमा होइन मनभरि ती दुःखी, गरिब र असहाय बिरामीहरूको आशीर्वादको बिटो बोकेर आएको छु ।’


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक