Similar Articles

कथा लघुकथा

फेसबुके नेपाली साहित्य--सक्किगोनी !--मनु ब्राजाकी

बिराट नेपाल

उहिले
भानुभक्तले रामायाण लेख्नेताका, रामायाण काल भरि, लेख्नु पढ्नु आफ्नो पेवा बनाएका लेखकहरुले बाँसको कलमले खस्रो नेपाली कागतमा साहित्य लेख्थे । अरू जातलाई साहित्य रस सेवान गर्न श्रुती/ स्‍मृतिकालदेखी चलाइएको 'भन्ते र सुन्ते ' परम्परा कायम थियो । साहित्यको प्रचार प्रसार यसै गरी हुन्थ्यो । पण्डिताचार्य जजमानले दिएको पोको सकी-न-सकी ठँसठँस कन्दै बोकेर घरनेर आएर चिच्याउथे - "ओइ कान्छा ! रामायण पारायण गरिस् ?"
शिष्याचार्य कान्छो कराउँथे -"गरेँ बा, गरेँ !"
यसप्रकार देहरादुनदेखि बर्मासम्म, त्यसबखत जाहासम्म नेपाली पुगेका थिए, भानुभक्त पनि अनुहार नदेखाइ पुगेका थिए । 

अस्ति
छापाकालमा देवकोटा, सम, र लेखनाथले आधुनिक साहित्य लेख्नथालेपछि गोरखापत्र र शारदाजस्ता पत्र-पत्रीकाहरुले प्रचार प्रसारको जिम्मा लिए । पछि पछी पत्रिकाहरु र प्रकाशकहरुको बाडी आएपछी पनि लेखक लेखिकाका, परिवारिक मोहमाया सम्बन्धका, फोटा भन्दा साहित्य प्रमुखतासाथ छापिंदै थियो । ब्रिटिस भारत त स्वतन्त्र भारतको प्रभावले गर्दा धमाधम स्कुल र कलेज खुले । चारै वर्ण ( शूद्र, वैश्य, क्षत्रिय, ब्राह्मण) र चारैवर्ग ( सर्वहारा, मध्यम्वर्ग, उच्चवर्ग, शासकवर्ग) एकसाथ समवेत स्वरमा कराए -"केटाकेटी हो ! स्कुल कलेज गयाै ?"

बाबा नानी कराए - "गयाैं बा, गयाैं !"
चतुर्वर्ण - "के पढ्याै ?"
वर्णमुक्त हुन थालेका छोराछोरी - "विज्ञान र अर्थशास्त्र !"

हिजो
साहित्यभन्दा विज्ञान र अर्थशास्त्रको महत्व बढ्नथालेपछि नेपालमा पञ्चायत-प्रभुका नोकर-चाकरले साहित्यकारलार्इ 'अनुत्पादक' भनेर घोषणा गरे । साहित्य समास्यामा पर्‍यो प्रचार/प्रसारका समस्त साधन सत्ताको हातमा थियो । तर एक्कासि विज्ञानले चमत्कार देखायो । सामाजिक सञ्जाल भन्ने 'इन्टरनेट' आइपुग्यो । यसै अन्तर्गत अर्को चमत्कार भयो, मुहार पुस्तिका भनिने 'फेसबुक' आइपुग्यो । 
ड्याड् / मम् चिच्याए - "बाबा, बेबी हो ! पढ्याै ?"
"पढ्याैं, फेसबुकमा पढ्दै छाैं !"

अनि त 'मुहार पुस्तिका' भनिने फेसबुकमा लेखनभन्दा लेखक/लेखिका दर्शनीय भए । फेसबुके कमेन्ट र लाइकद्वारा साहित्य भन्दा लेखक लेखिका उत्कृष्ट ठहरिन थाले ।
आधुनिक बाबा - "म त आफ्नो फेसबुके हिरो लेखकको पोयट्री र स्टोरी पढ्छु ।"
आधुनिक बेबी मैंया - " म त आफ्नी फेसबुके हिरोइन लेखिकाको पोयट्री र स्टोरी पढ्छु ।"

आज
जमाना व्यपारको हो । जमाना प्रचारको हो । अझै पनि विकसित मुलुकमा विकसित प्रकाशन संस्थाहरूले नै लेखक/लेखिकाका कृतिकोहरूको व्यापक प्रचार प्रसार गर्छन्  à¥¤ तर पछाैटे मुलुकमा, प्रकाशन संस्था पैसाको माम्लोमा किरन्टोकी हुनाले, ल्याप्टप किन्न सक्ने आधुनिक युवा लेखक लेखिका "मुहार पुस्तिका"मा मुहार सहित आत्मपेचार गर्न बाध्य छन् । केही अल्प सङ्ख्यामा स्थापित र नाम चलेका साहित्यकारहरू पनि यस आत्म प्रचार अभियानमा देखा पर्छन, नेपालको तारिफले नपुगेर विश्वग्रामको तारिफ पाउन । किन भने साहित्य र साहित्यकारको ग्रेड छुट्याउने काम अब फेसबुके लाइक र आत्मप्रचारले गर्ने भयो ।

मुहार-पुस्तिकामा लेखक लेखिकाका झिल्के फोटु र अनुपम साहित्य देखेर विश्वग्राम पुगेका फेसबुके पाठकबृन्द  - " आम्मा - मा - मा - मा ! कस्तो सुहाएको लुगा र गहाना ? ट्वाक्कै हिरोइनी, बाबै ! सक्किगोनि !"

" अहो, टेबल - कुर्ची र फूलमाला कस्तो सुहाएको सरलार्इ । हिरो, पक्का हिरो ! सक्किगोनि !" 
"गजल त दामी छ; पाैण्ड, युरो र डलरभन्दा पनि ! सक्किगोनि !" 
" फोटुतलको साहित्यले त विश्वसाहित्य माछ गर्ला जस्तो छ । सक्किगोनि !"
म ट्वाल्ल परेर विश्व साहित्यलार्इ हेर्दैछु । विश्व साहित्य वाल्ल परेर अन्तर्राष्ट्रिय इन्टनेटे फेसबुकीय नेपाली साहित्यलार्इ हेर्दैछ ।

भोली ---
सक्किगोनि !!!!

सक्किगोनि !!!!
फेसबुके नेपाली साहित्य-सक्किगोनी----मनु ब्राजाकी


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक