Similar Articles

Home Page Spiritual Articles

आफै सँग सोध ‘म को हुँ’-ओशो

बिराट नेपाल

‘म को हुँ?’ जसले आफै सँग यो प्रश्न सोधदैन, उसको लागि ज्ञानको ढोका सधैँ बन्द रहन्छ| त्यो ढोका खोल्ने साँचो यही हो| आफै सँग सोध की ‘म को हुँ’, र जसले समग्रता र दृढपुर्बक सोधछ, उसले आफैबाट नै यसको उत्तर पनि पाउँदछ|

कारलाइल बुढो भैसकेका थिय| उनको शरीरले ८० वसन्त पार गरिसकेको थियो| र जुन शरीर कुनै समयमा अति सुन्दर र स्वस्थ्य थियो, त्यो अब जर्जर र कमजोड भएको थियो; जीवन सन्ध्याको लक्षण प्रकट हुन लागेको थियो| 

यस्तो बुढेसकालको एक बिहानको घटना हो| कारलाइल स्नानगृहमा थिय| स्नान गरेपछि जब उनले शरीरलाई पुछ्न लागे, उनले अचानक देखे की त्यो शरीर त पहिल्यै नै गैसकेको रहेछ, जुन शरीरलाई उनले आफू हुँ भनी ठानिरहेका थिए| त्यो शरीर त एकदम नै बदलि सकेको रहेछ| त्यो शरीर अब कहाँ छ जसलाई उनले माया गरिरहेका थिए| जस माथि उनले गौरव गरेका थिए, त्यो ठाउँमा यो खण्डहर मात्र त बाँकी रहेछ|
तर, यस सँगै एक अत्यन्त गहिरो अनुभव पनि उनको भित्र जागृत हुन लाग्यो: शरीर त उनी हैनरहेछ, तर उनी त उनी नै हो; उनी त बदलेको छैनन् त|

त्यसपछि उनले आफै सँग सोधेका थिए: आहा, तब फेरी ‘म को हुँ?’
यही प्रश्न प्रत्यक व्यक्तिले आफू सँग सोध्नु पर्दछ| असली प्रश्न यही नै हो| प्रश्नको प्रश्न यही नै हो| जसले यो प्रश्न सोध्दैन उसले जीवनमा केही पनि सोधेको हुँदैन| र जसले सोधेको हुँदैन, उसले उत्तर कसरि पाउन सक्दछ?

सोध – आफ्नो भित्र गहिराइमा यो प्रश्नलाई गुन्जन देऊ: ‘म को हुँ?’ जब पुरा प्राण शक्ति लगाएर कसैले सोध्छ भने उसलाई अवश्य नै उत्तर प्राप्त हुन्छ| र, त्यो उत्तरले जीवनको सारा दिशा र अर्थलाइ परिवर्तन गरिदिने छ| यस भन्दा पहिला मानिस अन्धो हो| यसपछि मात्र नै उसले आँखा पाएको हुन्छ|

अनुवादक: प्रा. डा. नारायण कुँवर 



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक