Similar Articles

संस्मरण

कोलोराडोको नेजा सम्मेलन एक संस्मरण--राम लामा

बिराट नेपाल

यही मे २२ र २३, २०१५ मा सम्पन्न नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को नबौं वार्षिक साधारण सभामा अमेरिकाका लागी नबनियुक्त नेपाली राजदूत डा. अर्जुन कार्कीको प्रमुख आतिथ्यमा अमेरिकाका नेपाली पत्रकार जगतका अधिकांश पत्रकारहरुको उपस्थिति रहेको भव्य कार्यक्रममा आफ्नो उपस्थिति मेरा लागी अविस्मरणीय रह्यो ।

"विदेशमा बसेर नेपालका राजनीतिक पार्टीहरू यस्ता र उस्ता भनेर दोष लगाउने तर विदेशमा पनि तिनै निकम्बा भनिएका राजनैतिक पार्टीहरुका भात्री सङ्गठनहरू खोलेर त्यसको ओहोदाको लागी तंछाड मछाड गर्ने विदेशमा बस्ने नेपालीहरूको प्रब्रिती देखेर हामीलाई अचम्म लागेको छ" भन्दै गुनासो गर्नु हुने नव नियुक्त महामहिम राजदूत डा. अर्जुन कार्कीको सुझ बुझमा भएको निखारतामा गौरभ गर्ने ठाउँ रह्यो । उहाँको कुरोमा म सोर्है आना सहमत हुन पुगें । त्यतिमात्रै होइन, नेपाल सरकारले केही गर्न सकेन भन्छौं तर हामी के के नै लछार पाटो लगाउंछौ भनी विभिन्न विभागका अबैतानीक ओहोदा ओगटेकाकाहरुले नेपाली कार्यक्रममा आसन ग्रहण गर्नु सिबाय अरू सिन्को सम्म पनि भांच्न नसकेको तितो सत्य पनि हाम्रा सामु ठिंग उभिएको छ ।




राजदुत डा. अर्जुन कार्की

नेपालमा प्रजातन्त्रको आगमन सँगै भित्रिएको विकृति जसले कामदारहरुमा लगानी कर्ता भन्दा आफू महान् हुँ भन्ने घमन्ड ल्यायो । तर्क सही पनि हो किनकि कामदारहरुले काम गरेमात्र उधोग0 धन्दाहरु चल्छन, अनि मात्र लगानीकर्ताले प्रतिफल पांउन सक्छन् । तर लगानिकर्तालाई यस्तो झन्जट दिइयो भने उधोग धन्दामा लगानी गर्नु भन्दा बैङ्कको मुद्दती खातामा राखेर ७-८ % ब्याज लिनु बेस लाग्न सक्छ। आफ्नो लगानीको सुरक्षाको प्रत्याभुती नहुँदा सम्म वैदेशिक लगानी भित्रिने सम्भावना पनि नहुंने हुदा यस्तो अवस्थामा वैदेशिक रोजगारको विकल्प अरू के हुन सक्ला र ?

गुमेको अमेरिकी बजार पुन स्थापित गराउन अमेरिकी सिनेटर डायना फाइन्स्टाईनले पेस गरेको विधेयक पारित गराउंन १४ देशका गार्मेण्ट उधोगीहरु एकिक्रीत भएर लबिङ्ग गर्ने पहल भएको थियो । यसलाई सरकारी तवरबाट पनि पहल गर्ने कोशिष गर्दा कसो होला ? भन्ने जिज्ञासा डा. कार्कीसँग राख्दा "यस विषयमा आफू जानकार रहेको र यस्ता विषयहरू आफ्नो कार्या योजनामा रहेका छन् । तर हाल बिनासकारी भूकम्पका कारण नेपालमा पर्न गएको विपत्तिमा आफू जुट्नु परेको छ । "भनेको सुन्दा डा. अर्जुन कार्की एक जानफकार, जिम्मेबार कुशल राजदूत भएको महसुस हुंन पुग्यो । उहाँका योजनाहरू सफल होउंन हाम्रो शुभ मनकामना छ, हाम्रो साथ सधैँ रहनेनै छ ।

एनआरएन एनसिसि अफ युएसएका नव नियुक्त अध्यक्ष डा. केशब पौडेलले "हालै नेपालमा गएको बिनासकारी भूकम्पले ल्याएको विपत्ति र बिजोग हेरी नसक्नु छ । म लगायत हाम्रो टिम नेपालमा उद्धारकार्यमा जूट्ने क्रममा त्यहाँको हालत देखेर हाम्रो पनि मन रोएको छ । तपाईँ हाम्रो सानो सहयोगले पिडितहरुको एक छिन भएपनि रसाएका गहका आँसु थामिने छन्, एक छाक भनेपनि पेट भरिने छ । तपाईँहरूले पठाऊंने आफ्नो पसिनाको कमाई हामी सही ठाउँमा पुर्याउने छौ" भनेको सुन्दा जो कोहीलाई पनि डा. पौडेलको जिम्बेबारी पन प्रति ढुक्क हुंन सकिने कुराको महसुस भयो ।




एनआरएन अधक्ष्य डा. केसब पौडेल

सन्डियागो सिटीका अबैतानिक वाणिज्य दुत ऋषी ढकालले आफ्नो मात्रि भुमीमा पर्न गएको यस विपत्तिमा राहतकालागी अमेरिका बासी हामी सबैले एक दिनको कमाई पिडीतहरुको लागी नेपाल पठाउन अनुरोध गर्नुले त्यस विषयमाथिको सम्बेदनसीलताको बारेमा खुलेर प्रसम्सा गर्न सकिन्थ्यो । आफ्नो ग्रीह नगरी लसएन्जलसबाट प्रतिनित्व गर्नु भएका पत्रकार मित्रहरु सुदिप पन्त, बलराम थापा, अग्नि चौलागाईं र राम लामाले स्थानीय समुदाय प्रति गरेका योगदानका बारेमा खुलेर प्रसम्सा गरेको सुन्दा एल ए बासीहरुको आपसी भाईचाराको नमुना प्रस्ट भएकोमा थियो ।

नेपालका बरिष्ठ पत्रकार आदरणीय दाजु युबराज घिमिरे सम्मको उपस्थिति रहेको उक्त पत्रकारहरुको भिडमा पित पत्रकारीतलाई निरुत्साहीत गर्नु पर्ने कुरा निस्किनु पत्रकरहरुमा आएको परिपक्क पनको उपज मान्नु पर्दछ ।




बरिष्ठ पत्रकार युबराज घिमिरे

रात्रि भोजको अन्त सम्म रहेको टिम अतिनै रोचक बन्न पुग्यो । साहित्य प्रेमीहरुको त्यो जमघटमा आदरणीय रवि अधिकारी दाजुले रोचक मुकतक र कविता प्रस्तुत गर्नु भएको थियो भने भुपेन्द्र महतजिले सायरी तथा मुक्तकहरुले माया गर्ने जोडीहरुलाई काउकुती लगाईदिनु भएको थियो । वाणिज्य दुत ऋषी ढकालले आफ्नो आइफोनमा हेरेर हिन्दी भाषाको मुक्तक सुनाएर रमाइलो गर्नु भएको थियो भने पर्बतारोही पत्रकार आङ्गछिरिङ्ग शेर्पाले नारायण गोपालका गीतहरू आफ्नै लयमा सुनाउनु भएको थियो । उहाँको स्वर भन्दा कोसिस प्रसम्सनीय थियो । राम लामाले आफ्नो प्रियशीको लागी माया छताछुल्ल भएको कविता वाचन गर्नु भएको थियो भने नेपाल टेलिभिजनका पूर्व निर्देशक मिठो स्वरका धनी आदरणिय दाइ तारा बरालले प्रेमी प्रेमिकाको ह्रीदय स्पर्शी हिन्दी गीत गाई रहँदा सबै एकाघ्र भएर सुनि रहनु भएको थियो भने गीत सिद्धीए पछि उहाँकी धर्मपत्नि हाम्री बिटू भाउजूको गांठो परेको मनलाई पानीको घुट्को घुटुक्क पारेर फुकाउनु भएको थियो ।

बोल्डरमा अबस्थित पेम्बाजीको शेर्पा रेष्टुरेण्टमा खसीको मासु, रायोको साग, गोल्भेडाको अचार, कालो दाल र भात थपि-थपी खाएर सुरु भएको दोस्रो शुभ दिन स्टेश पार्क स्थित दिनेश शाक्यको रेष्टुरेण्टमा मिठो चियाको चुस्की सँगै स्थानीय ब्यापारीहरुसंग परिचयात्मक कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम सिद्धीएर बाहिर निस्किने बित्तिकै राजदुत डा. कार्कीले आफ्नो क्यामराले सबै नेपालीलाई एक ठाउमा राखेर फोटो खिच्दै गर्दा नेपाली जनसमुदाय प्रतिको उहाँको स्नेह र ममता छर्लङ्ग भएको थियो ।




बोल्डरमा अबस्थित पेम्बाजीको शेर्पा रेष्टुरेण्ट




राजदुत डा. कार्कीले आफ्नो क्यामराले सबै नेपालीलाई एक ठाउमा राखेर फोटो खिच्दै

साँझमा अरोरा स्थित भीम राईको ताज रेस्टुरेण्टमा भएको कार्यक्रममा कोलोराडो स्प्रिङ्गका प्रतिस्ठीत व्यापारी पुरुश्वत्तम पाण्डेले डेढ घण्टाको बाटो पार गरी आएर प्रधानमन्त्री राहत कोषको लागी ५,००० डलरको चेक राजदूत डा. कार्कीलाई हस्तान्तरन गर्नु भएको थियो भने अन्य अरोरा स्थित शिख समुदायले १०,०१७ डलर दिएर छिमेकी राष्ट्रका जनताहरूमा परेको विपत्तिमा आफ्नो पनि समबेदना भाव प्रस्ट पार्नु भएको थियो । कोलोराडो नेपाली समुदायले १०,००० डलरको चेक हस्तान्तरण गर्नु भएको थियो । जसले गर्दा एक नेपालीको विपत्तिमा अर्को नेपालीको मन पग्लिको उदाहरणका पात्र उहांहरुपनि बन्न पुग्नु भयो । उहाँहरूलाई पिडीतहरुको आत्माले दिने आशीर्वादको सामु भगवान् पनि कसरी चुप बस्न सक्लान र ?




अरोरा स्थित भीम राईको ताज रेस्टुरेण्ट

एउटा सानो कोठामा माहामहीमज्यु बाहेक नेजाका प्राय सबै सहभागीहरुले खचाखच भरिएको होटल रामादाको २०८ नं को कोठामा जता भएपनि खाली भुईँ भेटींदा थचक्क बसी हाल्ने अवस्था रह्यो । त्यस्तो असहज बसाइमा पनि बरिष्ठ पत्रकार युबराज घिमिरे दाइको जीवनका अनुभवहरू सुन्न पाउँदा हामी सबै कलेजको कक्षा कोठामा बसे झैँ एकाग्र भएका थियौँ । एकजना मित्रले सबैको ईच्क्षा विरुद्ध आफू मात्र खुसी हुने खालका सवालहरू राख्न थाले पछि कोठाको भिड पातलिने क्रम सुरु भएको थियो । सबालकर्ता पनि हिडे पछि आदरणीय तारा दाइ र बिटु भाउजूको दुई प्यनलमा बांढीएर अन्ताक्षरी सुरु भएको थियो । गीतकी भण्डार भाउजूको सामु दाइले घूंडा टेक्नु पर्‍यो । म पनि हरुवा प्यानलमा भए पनि त्यो रमाइलोलाई हारले खासै असर पार्न सकेन ।

व्यापारी चिनजानका कोलोराडो स्प्रिङ्ग बासी प्रतिष्ठित ब्यपारी पुरुशोत्तम पाण्डेले अतिनै रमणीय स्थल पाईक्स पिक सम्म घुमाएर आफ्नो रेष्टुरेण्ट नेपाल हाउसका कुकको जादुगर हातले बनाएको भान हुने तातो-तातो खसीको मासु र भातको साथमा ह्विस्कीको चुस्कीले हिउँले भरिएको चिसो डाडोमा कठ्यांग्रीएको शरीर रनक्क तातेको थियो । उहाँले दिल खोलेर हामी प्रति देखाउनु भएको आतिथ्यताले साधारण चिनजानको व्यापारी मित्रता एउटै आमाको कोखबाट जन्मीयका आदरणीय दाइको रूपमा बदलियो ।




स्टेश पार्क स्थित दिनेश शाक्यको रेष्टुरेण्ट

आठ वर्ष पछि भेट भएका मेरा व्यापारी मित्र फोर्ट कोलिन निवासी ऋषी ढकालजीले मलाई आफ्नो घरमा लिएर जानु हुनुभयो । दिनभरिको घुमाइको थकाइ पछि पाण्डे दाइको आतिथ्यमा अटस-मटस गरी खाएको खाना र ह्विस्की अलिकति पनि घटन नपाउदै फेरी रमा भाउजूको हातको तातो एक ग्लास दूधले त्यो अलिसान बङ्गलोको अरामदायी ओछ्यानमा पल्टीना साथ लागेको निदको बयान त म कसरी गरूं ।

अपरिचीतहरुसँग चिनजान भयो, परिचीतहरु सँग घनिष्टता भयो । मैले चाहेर पनि भेट्न नसक्ने अग्रज ब्यक्तित्वहरु देखि खोजेर पनि पाउन नसकिने जस्ता मिलनसार साथी भाईहरुसँग रमाउने सौभाग्य दिनुहुने नेजा तथा विजय घिमिरे र शैलेश पोखरेललाई मुरी मुरी धन्यवाद ।



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक