Similar Articles

संस्मरण

ओझेल परेको भुस्वर्ग-जय बहादुर घिमिरे

बिराट नेपाल

यात्रा संस्मरण

    मैले महिनामा जसरी भए पनि कम्तिमा एउटा सम्म आर्टीकल लेख्न प्रण गरेको छु । त्यसैले विगित २ बर्षदेखि हालसम्म मैले लगभग ४० वटा जति आर्टीकलहरु (लेख, निबन्ध, संस्मरण कथा, कविता, मुक्तक, गीत आदी) लेखेको छु । जीवनको उर्जाशिल लामो समय ४५ बर्षको उमेर पुगिञ्जेल सम्म केहि कुरा लेखिन । जब मैले थ्यग अबल धष्ल (जित तपाईको) भनने पुस्तक, शिव खेडा भन्ने भारतिय लेखकले लेखेको या अनुवाद गरेको हो मैले विर्से । पढे अनि मलाई पनि आफु केही काम लाग्न सक्ने मानिस बन्छु की क्या हो, भन्ने आशा पलायो, अनि मैले आफुलाई रुचि लाग्ने नेपाली भाषामा लिखित तथा अनुदित राम्रा पुस्तकहरु खोजी गरि पढ्ने रहर जाग्यो, यसै सन्दर्भमा कुृष्ण धाराबासीको आधा बाटो भन्ने उनकै जीवनीपरक उपन्यास नै भनँौ पढे, वाफ रे वाफ ? मात्र उनले भोगेका नितान्त निजी कुराहरुको वर्णन गरेको पाए । त्यो पनि नेपाली साहित्यको कम चर्चाको पुस्तक बनेको छैन । अनि मलाई भित्रि दिल देखि जंग चलेर आयो ।

 à¤…रे के धरावासीका मात्र जीवनमा यस्ता निजी घटनाहरु हुन्छन्, म सँग चाँहि छैनन् त ? म पनि प्रकाशनमा ल्याउनु पो प¥यो, कसो हुँदो रहेछ, भनेर थालेको थिएँ नभन्दै परिणाम राम्रै आईरहेछ । १० वटा कथाहरुको संग्रह कालिजको शिकार निकाली टोपलेको थिएँ । ऐस चर्चा पाउँदै पो छ । साहित्यीक वृत्तमा । संसारका सबै रुची लाग्नेहरुले पढुन् भन्नका खातिर www.jayabdr.weebly.com मा हालसम्म सबै लिखित आर्टीकलहरु एकमुष्ट भेला परि राखिदिएको पनि छु । नजाने कहाँ छापिन्छ पनि होला । यस सन्दर्भलाई लिएर गरिमाको प्रधान सम्पादक अविनाश श्रेष्ठ दाजुबाट राम्रै खप्कि पनि खाएको छु । भयो के भने पहिले अन्त कतै छापसिकेको मेरो कथा कालिजको शिकार गरिमा अंक ३४८ मा पुन छापिए पछिको करालाई लिएर ।

 

यी कुराहरु मेरो गल्ति रहेछन् (पटक पटक एउटै कुराहरु छाप्ने भन्ने) मलाई बल्ल अब चेत खुल्न लाग्दै गरेको अवस्था छ । नत्र म छापिएला र ? भन्ने आत्मविश्वास आफँै सँग नहुनाले थाहा भए जति पत्र पत्रिकाको ठेगानामा एउटै आर्टीकल पठाउने गर्थे, विगतमा । अँ मेरो सोच यात्रा वृत्तान्त लेख्ने हो , संखुवासभा जिल्लाको विकट स्थान किमाथांका नेर प्राथमिक स्कुलमा पढाउने एस.एल.सी पास शिक्षक आफु । घरबाट ५÷६ दिनको बाटो पैदल हिँडेर जागिर खानुपर्ने आर्थिक हैसियत भएपछि नयाँ ठाउँको भ्रमण कति पो गर्नु र ? तै पनि जहाँ ईच्छा त्यहाँ उपाय भनेझैँ भारतको पुर्वमा आसाम, दार्जिलिङ, पश्चिममा बद«ी केदार, हरिदार देहरादुन, मसुरी तथा दक्षिणमा दिल्ली हुँदै मथुरा, ताज महल (आग्रा) वृन्दावन चीनको नाम साम लिन हुन्छ की ? स्वाशाशित क्षेत्र तिब्बतको किमाथांका सँग जोडिएको नाकाबाट डेन्दाङ (लुम्देक) चागा हुँदै २ दिन १ विहान पैदल हिँडी रियु बजार तथा त्यहाँ बाट बस चढी १ दिन भर यात्रा गरि सेन भन्ना ले संखुवासभा जिल्लाको उत्तरी भेग किमाथांका सँग जोडिने तिब्बतको जिल्लाको सदरमुकाम रहेछ ।

 

त्यो सेन भन्ने ठाँउ सम्म पुगेको घुम्नकै लागी भनेर । नेपालका धार्मिक तथ पर्यटकिय स्थलहरुमा आफ्नै जिल्लामा अवस्थित पर्यटकिय स्थल थुदाम (यातायातको अभावको कारण लुकेको सुन्दर प्राकृतिक सम्पदा) धार्मिक तथा पर्यटकिय स्थल मकालु आधार शिविर, (प्रसिद्ध बरुण नदीको शीर) छिमेकी जिल्ला भोजपुरको पर्यटकिय स्थल साल्पापोखरी, संखुवासभा जिल्लाको नुम गा.वि.स वार्ड नं.....मांसिमा पर्ने पर्यटकिय स्थल भाटभटेनी डाँडा अन्य जिल्लामा रसुवाको धुञ्चे हुँदै गोसाईकुण्ड, पर्यटकिय जिल्ला इलाम पश्चिममा सुर्खेत वुलवुुल ताल काके्र विहार महेन्द«नगर तथा सिन्धुपाल्चोकको तातापानी आदी ठाँउहरुमा, घुमे । बाँकी रह्यो पोखरा । वयान सुनेको पनि अलि अलि मात्र कहाँ हो र ? विश्वको सबै स्थानमा भ्रमण गरि ख्याती कमाएका टानी हेगेन भन्ने स्विस नागरिकले पनि भुस्वर्ग भनी घोषित स्थान पोखरा । मनमनमा भने थे लाखेस जीवनमा १ पटक न १ पटक कसो नपुगुला र ? न भन्दै मेरो जीवनमा त्यो दिन आयो, म एक दिन पोखरा पनि पुगेरै छोडे, त्यसै दिन मैले जे कुरा पोखरामा पुगेर अनुभुत गरे त्यसै कुरालाई प्रष्ट्याउन यतिलामो गथासो हाले , रनभुल पारेकोमा क्षमा पाँऊ ।

 

    अ, म ३–४ बर्ष पहिले असारको महिनामा यो भुस्वर्ग हेर्नको लागी पुगेको थिएँ । समय सायद दिउँसो २–३ तिर थियो की काठमाडौँ बाट विहान ७ बजे पोखराको लागी प्रस्थान गरेको थिए की पुरानो कुरा भएकाले समय यकिन गर्न मलाई गाहो भयो । कण्डक्टरले लौ झर्नोस भन्यो सबै मानिस झरिसकेछन् । मैले आत्तिएरै सोधे पोखरा यहि हो ? मेरो अस्वभाविक प्रश्न भएर हो क्यार कसैले मलाई उत्तर दिएन । फेरी म थप आत्तिए, होईन कहाँ झारेछन् मलाई ? पोखरा होईन की क्या हो ? यसो हेर्छु कतै पसलमा बोर्डमा पोखरा नै लेखेको पो छ । अनि मैले जो सुकै मान्छेलाई अत्यन्त शिरिषली सोधे होईन हजुर म त पुर्व संखुवासभा जिल्लाबाट पोखरा हेर्न आएको सबैले पोखरा यहि हो भन्छन् , वयान त मैले सुनेको पनि कत्ति हो कत्ति ? अनि उनले मलाई घुम्नु पर्ने ठाँउ बारेमा राम्ररी बताई दिएथे ।

 

जस अनुसार महेन्द« गुफा, फेवाताल, चमेरे गुफा, डेविडफल्स, सारङकोट, सेती नदी आदी । उनी मलाई यहि छोडेर गए । म त मध्ये पोखरामा रहेछु । मैले अनायस बोलेछु दुनियाँ मुर्ख की म ? खोई माछापुच्छे« ? यी मेरा अस्वभाविक क्रियाकलापहरु १ जना कपडा पसलेले नियालिरहेका रहेछन् । हुन सक्छ उनलाई म सँग निकै निकै जंग चलेछ । पसलबाट सडकमा मेरो नजिक आएर सोधे तपाईको घर कहाँ हो ? मैले बताए । पोखरा आउनु पर्ने काम ? मात्र हेर्नको लागी फेरी मैले बताए , उनीलाई मैले सोधे खोई माछापुच्छे« ? अनि उनले झ्वाक्किएर भने असारको धुम्म कुहिरो लागेको बेलामा कहाँ देख्नु ? भोली विहान झुल्के घाममा सबैको घरको झ्यालझ्यालबाट देखिन्छ । भन्दै मलाई कस्तो बुद्धु मानिस देखनु प¥यो भनेझैँ गरि उनी लागे पसलतिर । म पनि एउटा सस्तो खालको लज खोजी झोला राखी लागे, पहिले महेन्द« गुफा हेर्न, खोई ५–१० रु.को टिकट काटे जस्तो लाग्छ । समथर मैदान भित्र रहेको महेन्द्र गुफा संसारका सबै मानिसले रमणिय स्थल भनेको । म त छक्क परे, यो भन्दा अद्भुत डर लाग्दो प्राकृतिक गुफा त मेरो घरको करेसा छ । जसलाई हाम्रा वाजे बराजेले चमेरे भोक्सि नाम दिएका छन् । हामीले बचपनमा राँको बालेर त्यहाँ भित्र चमेरा झण्डिएको हेर्न जाने गथ्यौँ ।

 

मैले मनमनै सम्झे यदि यातायातको सुविधा भैदिनु भने त्यो हेर्न मानिसले कति रुपैँया तिर्ने थिए होलान् । एकमन त मेरा छिमेकी कान्छा पोखरेलको नाममा नापनक्सा भएको जग्गामा रहेको चमेरे भाक्सि अब गएर १०–२० हजारमा किनी पो हालौँ की भोली गाडी आयो भने यस गुफामा छिर्ने दाम महेन्द« गुफामा तिर्ने भन्दा दश गुणा बढी राख्न सकिन्छ जस्तो लाग्यो । त्यो ठाँउ संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका ७ माल्टा मा रहेको छ । यस्तो सोच्दै म गएँ चमेरे गुफामा । महेन्द« गुफाको त्यो वयान, चमेरेको के पो गरौँ र ? त्यहि नजिकमा एमाले पार्टीको त्यस्ताका । सांसद सोमनाथ प्यासीको घरमा चिनजानको लागी पसे , राम्रो आतिथ्य पाएँ । उहाँको परिवारबाट । उहाँलाई घरमा भेटिन फेरी मैले चिनेको पनि हाईन । त्यसपछि गाडीमा चढी पातले छाँगो जसलाई डेबिडफल पनि भन्दा रहेछन् , हेर्न गएँ, हे भगवान् दुनयामा मानिस कति मुर्ख कसरी भन्नु भारतिय पर्यटकहरुको ताती नै फोटो खिची रहेका त्यस छाँगाको । मैले मनमा भने मेरो गाउँको बाख्रा चराउने पाखामा गए पनि त्यस्ता छाँगा त ५–७ वटा छन् । यी पर्यटकहरुले माथि उल्लेखित चमेरे भोक्सिबाट मात्र १५ मिनेट पैदल दुरीमा रहेको हङ्चुवा खोलाको प्रसिद्ध नर्दले छागो देख्न पाए कति चाहिँ फोटो खिच्थे होलान् । पर्यटकहरु यसैले भनेको होला बोल्ने पिठो बिकेको । पोखरा बासी आदरणिय दाजुभाई दिदीबहिनीहरुको ...........यहाँहरुको मनमा खुल्दुली लाग्यो भने पाल्नुहोस् कच्ची बाटो खुलेको छ ।

 

अब त गाडीबाट ओर्लिएर १० मिनेट हिड्दा नर्दले छाँगो जो हिउँद बर्खा नै एकनास सँग तपाईको सातो टिप्न तयार छ । यस छाँगोको उचाई ठिकसँग भन्न सक्तिन तर आजसम्म मैले घुमे देखेको ठाँउहरुमा यति अग्लो पहराबाट सेतो हिउँको मुस्लो जस्तो बनेर झरेको रमणिय छाँगो अहिलेसम्म देखेको छुईन । त्यसपछि हतारहतार कुदेर फेवाताल हेर्न पुगे । मौसम छाङ्ग हुँदा माछापुच्छे«को छायाँ पनि देखिँदो रहेछ । यसले पनि मलाई के सिकायो भने पोखरा बासी दाजुभाईले खर्कु खोलामा बाँध बनाएर त्यति राम्रो फेवाताल बनाउनु भयो भने संखुवासभा जिल्लाको बाह«बिसे गा.वि.स.को धुपु र सभापोखरी गा.वि.स.को संगम स्थल त्रिवेणीमा अलिकति आवादी जग्गालाई अन्य व्यवस्थागरी कृतिम बाध बनाई जलाशय बनाउनु भने नजिकैमा रहेको भाटभटेनी डाँडा (नुम गा.वि.स.वार्ड नं.३) रानी ढुगां बाह«बिसे (गा.वि.स. वार्ड नं......) ले पोखराको सराङ्गकोट को विकल्प दिन्छ । किनकी त्यस भाटभटेनी डाँडाबाट आकाश सफा भएको समयमा उत्तरमा तिब्बत, मकालु पुर्वमा कञ्चङ्जङघा, पश्चिमम भोजपुर, दिक्तेल, दक्षिणमा दुरविनले हेर्दा जोगवनी, सिलगढी मा गुडेको रेल देखिन्छ । यो डाँडो(अन्दाजी उचाई २७०० मि.) आफैमा गुराँस र चापले यति शुशोभित छ की म के वयान गरौँ ? यस लेखको सारमा म के कुरा गर्छु भने अबको दुनियाँ स्यालको हुईया जस्तै भएर बस्न चाहदैन ।

 

हाल सम्म पत्ता लागेको रमणिय स्थल पोखरा हो । त्यस भन्दा सुन्दर स्थान अरु अझै नेपालमा हुनसक्छन् । जहाँ म पुगेको छैन । यदि कुनै दिन यो देशमा राजनीतिक संकट ट¥यो भने सम्वन्धित निकायको टोलीले विश्व पर्यटकिय बजारको सोच राख्यो भने संखुवासभा जिल्लाका उल्लेखित पर्यटकिय स्थलका सम्भाव्यतालाई प्राथमिकता दिईयोस् र यो पनि हेक्का राखोस् की दार्जीलीङ हुदै कञ्चङ्जङ्घा को फेदैफेदै ताप्लेजङ्को तोप्केगोला बाट संखुवासभा जील्लाको थुदाम किमाथाङ्का तथा मकालु वेश क्याम्प पुग्न सात दिनको बाटो पैदल बाटो रहेछ (एक भुक्त भोगी नेपाली भोटे पर्यटकका अनुसार) जसलाई अन्दाजी २५० देखी ३०० किलोमिटर सम्म अनुमान गर्न सकिन्छ किनभने किमाथाङ्का बाट जोग्मनीको दुरी ३१७ किलोमिटर मात्र छ जसलाई पैदल हिडि पार गर्न ९–१० दिन लाग्छ त्यसैले कञ्चङ्जङ्गाको फेदैफेद मकालु वेश क्याम्प सम्म पर्यटकिय हिमाली हाईवे बनाउन सकिन्छ । यो गरियो भने विश्वको सुन्दर पर्यटकिय सुन्दर बजार भन्दापनि यो क्षेत्र सुन्दर हुन्छ र टोनि हेगन जस्ता विश्य प्रशिद्घ पर्यटकहरुले यसको सन्दरताको बखान गर्ने छन् । यो सोच वर्तमान सरकारले राख्दा के फरक पर्छ रु हामी संझौं त २००० वर्षमा कार्य सम्पन्न हुने कार्य योजना (चिनको पर्खाल) बनाउन थालनी गर्ने चिनिया सासकको सोच । यसबाट हामीले उदाहरण लिनुपर्छ ।

 

जय बहादुर घिमिरे

खाँदवारी –७, माल्टा, संखुवासभा

Comments (2)

jaya ghimire on

Thank u for all who like this

jaya ghimire on

mathi ullekhit sankhyako (1988) sathi harule yo padera man parayo nai ho bhane dharai dherai thank you


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक