Similar Articles

कथा लघुकथा

भ्रष्ट मनहरू...राजन थपलिया, न्यूयोर्क्

बिराट नेपाल

(कथा) 
 
चुरोट धेरै नखा मर्लास भन्दा ऊ भन्थ्यो- त्यसो भए संसारमा मर्ने जति सबै चुरोट खाएर को भएरै मरे का हुन त ? यो शिक्षा प्राणाली नै गलत हो भन्दै, सर हरू सँग घन्टौ चर्को बहस गर्थ्यो । कक्षा ८ म पढ्दा पढदै उसलाई शिक्षा प्राणाली मा निकै खराबि छ, भन्ने लाग्यो । यो पढेर केही काम नहुने देख्यो । त्यो बेला हजुर आमा ले भनी रहनु हुन्थ्यो "बाबु पढाई नछोड राम्रो पढिस भने कसै ले नि त लाई हेप्न चेप्न सक्दैन तर पढ्न छोडिस भने सबै ले हेला गर्छन् । बाबु तेसैले पढन जा- भन्दा उस्ले हजुर आमा को केही कुरा सुनेन अनि जबाफ फर्काइ हाल्यो- त बुढी को होस धेरै जान्ने हुने पढ्न मन लागे त जान त । तलाई  à¤•à¥‡ थाहा,  à¤•à¥‡ राम्रो के नराम्रो । धेरै दिमाग न खा । जवानी मा आफू पढ्ने बेला मा चाही मोज मस्ती गरेर हिडिस अहिले चाही हम्लाई अर्ती दिन्छे , तेरो अर्ती त आफै राख । 
 
त्यस पछि का दिन हरू जुवा तास खेल्ने, सधैँ तरुनी केटी को पछि लागेर हिँड्ने अनि ओल्टो कोल्टो कोही नदेख्ने बितिकै केटी लाई समाती हाल्ने । त्यो बेला कति सम्म अन्ध विश्वास थियो कि ब्रामण सँग तल्लो जात को छोरी चेली ले महिनावारी नहुँदै यौन सम्ब न्ध राख्यो भने धर्म हुन्छ भन्ने घटिया मन्यता थियो । त्यसैले भैरे ले कसै लाई पनि बाकी राखेन । स्कुल मा हुँदा पनि सधैँ साथी हरू लाई पिट्ने किताब च्याती दिने गर्दथ्यो । अझ समिर लाई त एकदिन मर्ने गरी पिटेर सिस्नु घारी मा फ्याकिदिएको थियो । उनी कक्षा मा सबै लाई इस्या गर्दथ्यो । उ सबै लाई निकै सताउथ्यो। भैरे ८ कक्षा म पढ्ने भए पनि उमेर चाही १६ वर्ष काटी सके को थियो । यसरि नै दिन हरू बित्दै गए । भैरे राजनीतिमा लागि सकेको थियो । गणतन्त्र को अन्धो भक्त भई सकेको थियो । उसका साथी हरू ले जिस्काउदै उस्को नाम नै “गणतन्त्र” राखी दिएका थिए । उ आफू लाई निकै चतुर ठान्द्थ्यो ।
 
भैरे एक दिन बाटो मा हिडिरहेको थियो । अचानक २ तला माथि झ्याल बाट एक युवती ले सेक्स सिम्बोल दिइन अनि त भैरे पागल जस्तो बेचैनी भयो । उत्तेजित हुँदै सरासर त्यही युवती को कोठा तिर लाग्यो । ती युवती ले यस्तो व्यवहार गरिन कि भैरे लाई बर्षौं पुरानो साथी लाई भेटे जस्तो लाग्यो । रिया यस्ती युवती थिएन जस्ले जवान पुरुष हरू लाई खेलौना को रूप मा हेर्थिन । शरीर ले इच्छा गर्दा युज गर्थिन  à¤œà¤¬ खेल सकिन्थ्यो अनि थोत्रो कागज झैँ फ्याकी दिन्थिन ।
 
आज त्यसै खेल मा भैरे पनि एक थोत्रो कागज भएको थियो । रिमा लाई सेक्स को अनन्द प्रेम मा हुन्छ भन्ने राम्ररी थाहा थियो । उनी एक शिक्षित नारी थिएन । तर के गर्नु लामो समय सम्मन कसैलाई प्रेम गरेकी थिइन तर Boy Friend ले विवाह गर्न नमाने पछि केटा हरू सबै स्वर्थी हुन्छन्, अनि यिनी हरू हाम्रा खेलौना हुन भन्ने भावना उनको मन मा विकास भई सके को थियो । एक वर्ष पछि उनको त्यही Boyfriend लिन आयो । रिना उसको माया मा यती पग्ली सकेकी थिइन कि वर्णन गर्ने कुनै शब्द छैन । अनि केही वर्ष पछि रिना को विवाह त्यही Boyfriend सँग भयो । आज उनी  Business Women को रूप मा निकै सुखी जीवन बिता इ  à¤°à¤¹à¥‡à¤•à¥€ छिन । भैरे भने त्यो हिजो भेटिएकी केटी रिना लाई आज पनि चान्स पाइन्छ कि भनेर त्यो बाटो ५, ६ महिना सम्म त्यही बाटो हिडिरहन्थ्यो तर त्यसपछि उस्को भेट रिना सँग कहिले भएन ।
 
देश मा निरङ्कुश राज तन्त्र को जरा उखेल्न महान्  à¤œà¤¨-आन्दोलन  à¤­à¤‡à¤°à¤¹à¥‡à¤•à¥‹ थियो । भैरे पनि त्यस्को नेतृत्व गरी रहे को थियो । सडक को गल्ली गल्लिमा, चोक चोक मा ऊ सधैँ अघि अघि पुलिस लाई झम्टिन जान्थ्यो । कति लाई त हात खुट्टा भाची दिएको थियो । उ पनि कहिले काही मर्ने गरी पिटाइ खान्थ्यो । आखिर निरङ्कुश राजतन्त्रको जरा उखेलियो । उस्का साथी हरू अब भैरे लाई गृह मन्त्री बनाउनु पर्छ भन्थे । धेरै ले पार्टी अध्यक्ष लाई सिफारिस पनि गरी दिएको थियो । तर उस्को हैसियत केन्द्रीय स्त रमा नभएको कारण ले अनि पढाई लेखाइ पनि त्यति न भएको कारण ले ऊ माथि जान सकेन ।
 
त्यसपछि  à¤ªà¤¾à¤°à¥à¤Ÿà¥€ को सिफारिस मा पर्यटन मन्त्रालयमा पिउन को जागिर दिइयो । मन्त्री बन्ने सपना देखेको भैरे त्यो सपना पुरा हुन नपाउदा निकै दुखी थियो । राजनीति गर्‍यो आखिर उस्ले के पायो । यस्तो तल्लो स्त र को जागिर त राजनीति नगरे को भए पनि पाइ हालिन्थ्यो नि जस्तो उस्लाई लाग्यो पुरा राजनीति प्रति उस्लाई घृणा लाग्यो । उमेर ले चालिस काटी  à¤¸à¤•à¥‡ को थियो । विगत सम्झी पछुतो मनी रह्यो ।
 
जे भए पनि आज पहिलो दिन अफिस गयो । सिधै हाकिम को अफिस मा गयो, ढोका को घन्टी बजायो अनि एक्कासि ढोका खुल्यो । सिर झुकाउदै नमस्ते सर भन्यो उ झल्यास भयो समिर लाई त्यहाँ देखेर आफू  à¤¸à¤à¤—ै पढ्ने साथी हाकिम अनि आफू चाही पिउन भित्र-भित्र निकै लाज लाग्यो उस्लाई ।
 
समिर ले अचानक भन्यो त किन यहाँ ? तल जा सबै सिसा हरू अनि टोइलेट सफा गर । भैरे को अनुहार कालो निलो भयो । आज बल्ल उस्को आखा खुल्यो ।आफ्नो हैसियत कहाँ समिर को हैसियत कहाँ, धिक्कार छ मेरो जिन्दगी भन्दै विगत सम्झन थाल्यो अनि पढाई छोड्ने बितिकै उस्को हजुरआमा ले भन्नु भएको त्यो वाक्य को सम्झना आयो । त्यो बेला हजुर आमा ले भनी रहनु हुन्थ्यो "बाबु पढाई नछोड राम्रो पढिस भने कसै ले नि त लाई हेप्न चेप्न सक्दैन तर पढ्न छोडिस भने सबै को हेला सहनु पर्छ अनि त्यो दिन नै थाहा हुन्छ तलाई पढाई को महत्व त त्यो दिन झल्याँस्स ब्युझने छस ।" स्वोर्गिय हजुर आमा लाई सम्झी रह्यो । त्यही वाक्य ले दिन भरी पोली रह्यो । टोलाएको देखेर समिर ले भन्यो ओ.. भैरे के टोलाएर बसेको जा…. भने को सुनिनस । भैरे ले जबाफ फर्कायो मेरो कुरा त सुन…. समिर म तिम्रो साथी हो यसरी नहप्काउ….। समिर ले भन्यो व्हाट? what a nonsense? ।पिउन ले हकिम लाई तिमी भन्ने ओ मिस्टर बुढो भई सकिस तेरो बुद्धि कहिले आउछ ह । को सँग कसरी बोल्नु पर्छ भन्ने थाहा छैन । निलो मुख लगा उदै कोठा बाट बहिर निस्कदै थियो । अचानक एक बयस्क युवती सँग ठोकिन पुग्यो
 
त्यो ठोकिने युवती को अनुहारमा हेर्यो रिना पो रैछ । अनि भन्यो ओ तिमी यहाँ हाकिम साहेब को मा कसरी को हौ तिमी ? मैले तिम्लाई कति खोजे कहाँ गा’को थियौ ? समिर त्यो सबै देखी रहे को थियो चिच्याएर भन्यो what a nonsense? मेरो Wife सँग ठोकिएर हिँड्ने त को होस । समिर ले रिना सँग सोध्यो तिमी चिन्छौ रिना यो को हो ? रिना ले भनिन मलाई थाहा छैन को हो यो  idiot कस्ता कस्ता मान्छे लाई हायर गर्नु हुन्छ डियर तपाईँ पनि । यो मैले गरे को होइन रिना यहाँ सबै सोर्स फोर्स त चल्छ नि । भैरे डराउदै सिसा पुछ्न गै सके को थियो । 
 
यसरि नै दिन हरू बित्दै थियो । नारायण हिटी दरबार संग्रहालय बनी सकेको थियो त्यहाँ जनता ले पनि प्रवेश पाउने भनेर  à¤¸à¤°à¤•à¤¾à¤°à¤²à¥‡ घोषणा गर्‍यो ।त्यो दिन भैरे बिकै खुसी थियो किनकि देशमा गणतन्त्र  à¤²à¥à¤¯à¤¾à¤‰à¤¨ उस्ले पनि ठुलो भूमिका खेलेको थियो । त्यसको प्रथम दिन प्रचण्ड घाम र गर्मी सहदै  à¤­à¥ˆà¤°à¥‡ पनि नारायण हिटी अगाडी टिकेट काटेर लाइन मा बसी रहेको थियो । मान्छे हरू को भिड निकै थियो । भिड नियन्त्रण गर्न पुलिस हरुले अस्रु ग्यास छोड्यो । भैरे केही बिरामी थियो । भिडमा उ छिटो डौड्न सकेन फेरी एक्कासि लाठी चार्ज भयो । भैरे को टाउको मा लाठी को वर्षा भयो । शरीर रक्ताम्य हुँदै टाउको बाट निकै रक्तस्राब भयो । आखिर , नारायण हिटी संग्रहालय हेर्ने सपना अधुरो नै रह्यो । छट्पटिदै अन्तिम शब्द गण्तन्त्र, गणतन्त्र भन्दै संसार ऊ बाट बिदा भयो ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक