Similar Articles

कथा लघुकथा

दोधार-- -राकेश काफ्ले

बिराट नेपाल

लघुकथाः 

कला,गला अनि साहित्यको खेती मौलाउने मलको भारी बोकेर हिँड्दा-हिँड्दै झमक्कै रात पर्छ । निन्द्रादेवीले पनि यही आराम गर यात्रा अझै लामो छ भन्दै मथिङ्गलमै गाँजिन । सिर्जनारूपी बिरुवा मौलाउने मलको भारी सिकूवामा बिसाएर दैलामा खड़ा भै नरम स्वरमा सोधेँ,"बास पाइन्छ हजुर ?"

      किन नपाउनु नि बास ! साँझको पाहुना देवता सरह भन्छन्, आउनुहोस् भित्र ।

            खाना मेजमानसँग खायियो कल्पनामै, त्यस पछि "ल यी दुई पलङ (औलाले देखाउँदै) जुनमा सुत्न मन लाग्छ सुत्नुहोस् । अहिलेलाई थाक्नु भएको होला आराम गर्नु होस् । भोलि कुरा गराैंला ।

           à¤ªà¤¹à¤¿à¤²à¥‹ पलङ झलमल छ। फोमको डनलब, सिरानी उस्तै... कुनै राजकुमारको पलङ भन्दा कम छैन । सिरानी पल्टाएँ...लक्ष्मी मतिर हेरेर मुसुक्क हाँसिन । आँखा झिम्काउँदै भनिन् आऊ मलाई भोग र भाग्य बनाऊ फेरि यहाँ त मान सम्मान र इज्जत मिल्छ । यो सबैले स्वीकार्नै पर्ने विस्तरा हो ।

     à¤ªà¥à¤°à¤¾à¤¨à¥‹ एउटा कविता सम्झना आयो, साहेद सिद्धिचरण श्रेष्ठको हो क्यारेः
म को हुँ, कहाँ छु कहाँ के छ हाल ?
लिएको छु के काम कस्तो छ चाल ?
सधैँ यो विचारूँ ... ।

       à¤¸à¤¸à¥à¤¤à¥‹ बेसाले पखाला लाग्छ भन्थे छिमेकी कार्की बा, त्यो पनि सम्झिएँ ।  à¤¸à¤¸à¥à¤¤à¥‹ सुविधा र चिप्ला कुराका पछाडि हत्तपत्त नलाग्ने मेरो बानी छ कनि भने यसको परिणाम प्रतिकुल हुन्छ नै ।
        मेरो आँखा दोस्रो पलङमा परे यही बेला । सात ठाउँ दुलो परेको धुसा, देवकोटाका केही पुस्तकहरू-मूनामदन, लक्ष्मी निबन्ध सङ्ग्रह र केही अन्य पुस्तक थाक लगाई बनाएको सिरानी । सिरानीमा रहेको मुना-मदनभित्रका मदन पानी पानी भन्दै आँखाबाट साहुनको झरीझै आँसु झार्दै मुख प्याक-प्याक गर्दै थिए । म त्यो पलङ देखेर केहीबेर त आफैँ पनि द्रभिभूत भएँ नै तर म समालिएँ तुरुन्तै ।

        मलाई चाँडो सुत्नु छ, भोलि सूर्यको किरणसँगै सिर्जना मौलाउने मल बोकी निकै लामो यात्रा गर्नु छ ।  à¤® दोधारमा परे...। एक पलडबाट लक्ष्मीले खिस् हाँस्दै आँखाको चालले निमंत्रण दिन्छिन अर्को पलडमा मदन बैतर्णी तारी दिए हुनथ्यो भन्दै टुलु- टुलु आँसु झार्दै मलाई हेर्छन...!
       à¤¸à¥à¤¤à¥à¤¨ त सुत्नै पर्छ तर सुत्ने कुन पलडमा ?

                   à¤® निकै लामो समयसम्म दोधारमा परेको देखेर निन्द्रादेवीले फेरी घिचूकमा पक्क हानिन...म बेहोश भएर लड़ें ।
        "बिहानी भयो उठ अनि सिर्जना मौलाउने मल बोकी यात्रा सुरु गर ...यो यात्रा धेरै लामो छ ।" सिरानीमुनि रहेका मदनले कानमै आएर चिचियाएपछि म झसङ ब्यूँजिए ।

     à¤® को हुँ, कहाँ छु कहाँ के छ हाल ?
लिएको छु के काम कस्तो छ चाल ?
सधैँ यो विचारूँ ... ।
                   -इति-


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक