Similar Articles

लेख रचना

राष्ट्रियतामा धक्कालाई रहँदा--निशा खनाल अर्याल

बिराट नेपाल

नेपाली शासकहरुको राष्ट्रियता पछिको चिन्तन भन्नु ,गैर राष्ट्रियताको चिन्तन नै नेपालका समस्याहरू हुन् कि ?" परापूर्वकालदेखि नेपालका समस्याहरुलाई गहिरिएर चिन्तन गर्ने हो भने दुई किसिमका समस्याहरू बाहिर जटिल रूपमा खडा भएको देखिन्छ । ती दुई अवस्था भन्नु नै नेपाली शासकहरु यदि राष्ट्रियता प्रति गम्भीर भएभने र अर्को अवस्था भनेको नेपाली शासकहरुको नेपाल राष्ट्रियता प्रति उदाशासिनता छाउनु जस्ता अवस्थाको समस्याहरू बाहिर देखा पर्ने गर्दछ ।

यसरी मैले नेताहरूमा उदासिन; भएमा भन्नुको तात्पर्य नेपालको सामाजिक सुरक्षा,प्राकृतिक सम्पदा, नेपालको अखण्डता,अर्थात् नेपाली भूमिको अतिक्रमण र नेपाली कानुनको उलंघन ,सुर्क्षाकर्मी र देश रक्षक आर्मी प्रतिको दबाब जस्ता कानुन उलंघन खण्डित हुँदा नेपालका नेताहरू,नेपाली शासकहरु त्यो अवस्थामा उदासिन हुने गर्दछन ।

जनताहरुले यस्ताकुराको अहिले आएर देशमा नेपाली जनतामा भएको जटिल र दुखदायी अवस्थामा कसैको दबाब वा हस्तक्षेप प्रति चित्त बुझाउने छैनन् । यदि देशभित्र कुनैपनि खुरापाती वा कसैले दिने दबाब वा उनीहरूको व्यक्तित्वमा आँच आउने खालका अवस्था सिर्जना भएमा नेता र जनता दुई पक्षमा विभाजित हुने कुरा निश्चित छ ।
 
त्यस्तै जनताले राष्ट्रियता प्रति बेवास्ता गरेको पाएमा नेताहरुसंग हजारौँ प्रश्न गर्नेछन अनि राष्ट्रिय जगर्नाको उपाय कौशल्य जनताले एकजुट भएर आफै सोच्न बाध्य हुनेछन साथै उनीहरू कोहिपनी चुप नलागी देशमा हुन् वा विदेशमा छरिएका नेपाली हुन मातृभूमि रक्षाकोलागि प्रश्नहरू चट्टान पछिको असिना झैँ गरेर बर्साउनेछन ।
 
१) पत्रपत्रिकाबाट अनेकौ विरोध गर्दै उनीहरूको कर्तुतलाई झिल्ली उठाउदै सबै जनमानसको सामु ल्याउने छन् ।
२) नेपाली शासकहरु लगायत नेपालभूमिमा जगमगाउदै हुकुम गर्न खोज्ने विदेशीहरुको हस्त्क्षेप,जवर्जस्ती धर्म परिवर्तन गराउदै नेपालमै राज गर्न खोज्ने दलालहरुलाई गोर्खाली खुकुरीको धारले तेर्साउन बेर लाउनेछैन ।
 
३) प्रचार ,पुस्तक ,पम्प्लेट,भिडियो प्रसारण आदिको प्रयोगबाट आफ्नो देशको भौतिक सम्पदाको खोजी गर्न, बौद्धिक विचारको गोष्ठी,विरोध आन्दोलन,सभासन,विभिन्न जनमानसमाको सभाहरु,,जुलुस यारली, बन्द आन्दोलन जस्ता कार्यले तहस नहस गर्ने छन् भने त्यस्ता अवस्थामा नागरिक अथवा देशवासीहरुको राष्ट्रियता प्रतिको जगरूप हुन्गए भने नेताहरू उदास र बैचनी हुने मात्र हैन उनीहरूलाई घरभित्रको खान वा बस्न धौ धौ निश्चित छ ।
 
त्यस्तै कुनै बेला ढाकछोप गरिएका नेपालभित्रको गतिविधि जनताहरुको सामु देशभित्र भएको जटिल समस्याहरू जबसम्म उनीहरूको सामु आइ पुगेको हुँदैन वा आफ्नै आखाँले देख्न र कानले सुनेका हुँदैन् त्यो अवस्थामा छिमेकी राष्ट्र अथवा कुनै पनि विदेशी राष्ट्रहरूले नेपाल देशभित्र पसेर मुसाले भित्रभित्रै सुरुंग खनेर घरलाई भत्काउन थाल्दा घरभित्र कै मानिसले त्यो खनेको सुरुंगमा आगो लगाएर भित्रै सबै मुसाको नष्ट गरे झैँ गरी नेपाली जनतालाई बाहिरको राष्ट्रले आएर आफ्नो वशमा शासन र धम्की दिने गर्दछन भने त्यो बेला उनीहरूको आखाँ अगाडी प्रत्येक्ष चलचित्र झैँ देखिने " देशकै सुलसुले चम्चा नेताहरुकै आडमा हक देखाउदै,धम्काउने,लत्याउने,तछाडमछाड गर्ने वा जवर्जस्ती गर्ने ,त को होस् हामीलाई रोक्ने भनेर देशभित्र कै आर्मी,पुलिस देशका सुरक्षाकर्मीलाई नै पावरको धम्की दिने जस्ता क्रियाकलाप गरी आफ्नै बाउको सम्पति झैँ नेपाललाई पैसाको बलबुतामा निजी परिवर्तन गरिसकेपछी आफ्नो रवाफ,धाक,हुकुम जब देखाउन थाल्दछन त्यो जनतालाई अपच हुनुमात्र हैन विदेशी राष्ट्रबाट देशमा आएका नागरिकले गर्ने क्रियाकलापबाट असयीय भएपछि जब उनीहरूको र नेताको कलर तान्न थाल्छन अनि त्यो बेलामात्र नेपाली शासकहरु राष्ट्रियता प्रति गम्भीर हुन थाल्दछन ।
 
हिजो आज बढी इण्डिया न्युजले हाइलेट गरेको समाचार चर्चाको विषय भएको छ कि नेपालले चीनलाई-: उत्तरी क्षेत्रबाट काठमाण्डौको पाच खाल सम्म रेलमार्ग निर्माण गर्न स्वीकृति दिनु  । यसरी नेपाल र चिन बिचको सन्धिले इन्डियाका राजनीति कर्ताहरुलाई वेजोडको टाउको दुख्नु । पत्रपत्रिका, मिडियाहरुमा विभिन्न अपवादका कुराहरू फैलाउदै प्रचार प्रसार गर्ने र उनीहरूको बाउको पैतृक सम्पति नै लुटिए झैँ गरी बख्यान गर्दै सबैभन्दा ठुलो चित्त दुखाइ समाचारहरुमा प्रसार गर्छन् कि लौन नेपालको सगरमाथा विश्वकै सबै भन्दा ठुलो शिखर खण्ड गरी फोरेर बाटो ल्याउने भएपछि २०२० सम्म नेपालको राजधानी काठमान्डौलाई जोड्ने भए । 

यस्तो किसिमको चाइनाले गरेको नेपाल प्रतिको सहयोगी प्रयासबाट बिरामीले ग्रस्त भएको इण्डियाका खुरापाती नेताहरूलाई खापिसक्नु भएको छैन अहिले । यो चाइना र नेपालको बाटो जोडिनु मात्र नभएर दुवै बिचको सम्बन्ध घनिष्ट हुने डरले र राष्ट्रद्रोही नेताहरूलाई आफ्नो पैसाको डलरले किनेर नेपालको सिमानालाई कब्जा गर्न पल्केको नेताहरूको षड्यन्त्र सायद नेपाललाई इण्डियाको बजार बनाउने उनीहरूको शक्तिमा धमिरा लाग्ने भयले हुनसक्छ इन्डियालाई ठुलो चोट परेको र धेरै क्षति हुने झैँ गरी टाउको दुखाई भएको देखिन्छ हिजो आज ।

हुन् त भूकम्प आउनु अघि नेपालमा इन्डियाको प्रधानमन्त्री आएर नेपालको महत्वपूर्ण ठाउहरु अबलोकन गरी देशभित्रको महत्वपूर्ण बिशेषताहरुको जानकारी लिदै सौन्दर्य,प्रख्यात मन्दिर पशुपति नाथ,लुम्बिनी सिद्धार्थ गौतम ,जनकपुरको जानकी मन्दिर ,विश्व मै नाम कमाएको उच्च शिखर सगरमाथा उनीहरूको आखाँमा धपधपी बलेकोले ,हाउभाउ कटाक्छ्य गरी मोहमा नेताहरूलाई लटपटाउदै मिठो भाषण दिदै "हम नेपाल के लिए कुछ भी करंगे "भन्दा नेपालका गिदी बिहिन नेताहरूले पटट ताली पड्काएको देख्दा म राजनीतिको र सम्म नजान्ने पनि नेपाल देशको नेपाली छोरी भएको कारण उसको खुरापाती नेपालका प्रसिद्ध मनमन्दिरहरु प्रतिको तृष्णा हाम्रो आखाँमा झल्झली हुन्थ्यो भने देशका छवि राष्ट्रका गौरव पद र कुर्सीमा राजगर्ने नेताहरूले नपत्याउदो गरी देशलाई नै गरिबको सङ्केत दिदै कुकुरलाई मासु दिए झैँ गरी हड्डी फ्याक्दै उसलाई अल्झाएको हुन्छ न कुकुरको पेट भर्छ न उसले हड्डीलाई छोड्न सक्छ हो ठिक त्यस्तै गरी उनीहरूको मर्यादा, सान र इज्जतको झिल्ली उठाएको सम्म नबुझ्ने नेताहरूको विवेक कहाँ पुगेको थियो होला ?  आखाँ छैन भनौ भने पावरका चस्मा लगाएर पनि हेर्न छोड्दैनन गिदी छैन भानु भने राष्ट्र कै जिम्मेवारी काधमा लिन्छन तर अरू राष्ट्रका नेताले आफ्नो देशको भेषभूषा, संस्कृति ,देवी देवताको पवित्र स्थल नेपालको परिचय दिदा रतिभर पनि लाज नमानी देशभित्रका बहुमुल्य कुराहरू अन्य राष्ट्रका भने पछि ताली पड्काए,टाउको हल्लाए,मालिकलाई कुकुरले देखेर हल्लाए झैँ गरी ।
 
जति जति टाउको हलल्याए,ताली पड्काए त्यो बेला उसले "आगोमा धिउ हाल्ने मौका र कुकुरलाई मासुको चोक्टा दिएर लोभ्याई सधैँ घरको ढोकामा आउने वातावरण बनाउन सजिलो देख्यो र भाषण दिदै भन्यो "हर नेपालीका आशुँ पोछेंगे " हर किसिमका सहयोग करने पर पिछे नही हटेंगे" । नेपाल हमारा है हम दुख मे साथ रहेंगे " तर यो कुरालाई न कुनै नेताले गम्भीर रूपमा लिए न कुनै बुद्धिजीवीले प्रश्न चिन्ह उठाए ..।
 
आज आएर चाइना र नेपालको सिधै सम्बन्ध हुने कुरामा इन्डियाको मगज खलबलिनुको कारण के हुन् सक्छ त ?  अहिलेको अवस्थामा सर्व साधारण नेपाली जनताले समेत आखाँ चिम्म गरेर बुझ्न सक्ने भएकाछन भने नेताहरूको नजर,विवेक ,सोच त्यहा सम्म किन पुग्न सकी रहेको छैन ? अहिलेको अवस्थामा नेपाललाई आफ्नो अघिन बनाउने खुरापाती इण्डियन राष्ट्रका नेताहरूले नेपाल देशभित्रै तयार पारेका मधेसका पृथकतावादी नेता नामले डा.पेसा ,तर व्यवहार आंतक मचाउने नेता सिके राउत,सदभावनाकि महिला नेता सरिता गिरी जस्ताले नेपालमा भएका चौध अञ्चल पच्छ्त्तर जिल्लाभरी जहापनि जुनसुकै बेला बसोबास सराइ बसाई गर्न सक्ने नेपाल देशका नेपालीलाई झनै अहिलेको अवस्थाले ग्रसित भूकम्प पीडित नेपालीलाई आफ्नै देशभित्रको तराईमा बसोबास गराए गृहयुद्ध हुने चेतावनी दिनुले के पुष्टि गर्छ त इण्डियालाई ?

सिके राउत भनेको एउटा व्यक्ति हो उसको नशामा नेपाल प्रतिको गद्दारी खुन बगेकोछ ,जहाँ खायो,बस्यो त्यही थालमा छेद गर्‍यो,जहाँ सुत्यो त्यही घरमा आगो लगायो" तर नेपाल देश नेपाली जनताको हो भन्नेकुरा उसले कसरी बिर्सियो ? नेपाल देशभित्र नेपालीको अधिकार खोस्न आउने सिके राउत र सरिता गिरी को हुन्?
 
नेपाली गएर जहाँ सुकै बसोबास गरुन के नेपाल देशको तराई उनीहरूको बाउको पैतृक सम्पत्ति हो र ? यदि कुनै व्यक्ति इन्डियाबाट आएर नेपालमा बसोबास गर्छ वा नेपाली नागरिकता केही लालची कर्मचारीहरुबाट खरिद गरी घर बनाउदैमा ऊ नेपालको सच्चा नेपाली नागरिक बन्न सक्दैन किन कि उसको नशामा आफ्नै देशको संस्कार,व्यवहार र उ जस्तो वातावरणमा हुर्किएको हुन्छ त्यस्तै हुने भएकोले उसको हरेक गतिविधि ,क्रियाकलाप र सिकाएर पठाएको इण्डियाको पालिएको छाडा कुकुर झैँ अरूलाई झम्टिनु हो भन्ने उसलाई बुझाइन्छ भने नेपालमै बसोबास गर्ने तर नेपालकै विरोध र आतङ्क फैलाउने यस्ता चेतावनीले भूकम्पको पीडामा छट्पटीएका नेपालीकालागि चिरिएको पाखुरामा नुन–चुकको मलम लगाउनु झैँ भएको छ अहिले यो कुरामा राष्ट्रका नेताहरू किन गुपचुप छन् ? सिके राउतले नेपालकै नारीहरू र देश रक्षकहरु माथि प्रश्न उठाउदा किन सरकार मौन छ ? भने देशभित्रै आएर यस्ता किसिमका अपवाद र देशद्रोही गतिविधि सञ्चालन गर्ने र समाजद्रोही अभिव्यक्ति दिने छुट् दिनुको कारण के हो ? नेपाल देशमा गरिमामय कुर्सीमा बसेर देशको हित र रक्षाको लागि हामी मारी मेट्ने छौ भनेर सपथ खाने नेताहरूलाई हामी सम्पूर्ण नेपाली जनताको यो गम्भीर प्रश्न रहेको छ ।
 
यस्ता नेपाली पन र मानवता नभएका इन्डियाको बख्यान गर्ने इन्डियन नागरिकलाई नेपालमा नेपालीकै विरोधमा बोल्ने अधिकार कसले दियो ? नेपाली जनता नेपालका हुन नकि इन्डियाको दलाल तसर्थ नेपाली जनतालाई जहाँपनि व्यवस्थापन गरेर राख्न सक्ने अधिकार छ राज्यलाई तर राज्य मै प्रश्न चिन्ह उठाउने सरिता गिरी र सिके राउत यी कस्ता नेपाली हुन ?

नेपालको आफ्नो इच्छामा राज्यले देशको हितकोलागी जस्तो सुकै कार्य गरेपनि जोसँग सम्बन्ध राखेपनि इण्डियाको चित्त र टाउको दुखाई,ज्यादा किन देखिन्छ ? के नेपालका नेताहरू सबै इण्डियाको दलाली हुन् र ? उनीहरूकै अधिनमा सबै छन् त ? कतै नेपालभित्र केही भाग कब्जा गरे झैँ गरी केही नेताको आडमा देश नै आफ्नो कब्जामा लिने इण्डियाको नियत त हैन? किन आवश्यक भन्दा बढी भारतलाई नेपालको राष्ट्रियता प्रति चासो र टाउको दुख्छ ?
 
यस्तै इण्डियाले "प्यारा डाइज लष्ट " नेपाल "इज अ फेलिएर इस्टेट"भन्ने पुस्तक अमेरिकाबाट लेखायो हुन् सक्छ प्रयोगशाला पनि इण्डिया कै तर्फबाट न्यूजित लेखाइएको र जसबाट नेपालको तेजोसद्ध होस् र नेपालीहरुमा देशप्रतिको विश्वास,भरोसा कम होस् भन्ने मनसाय थियो होला भन्ने आज जो सुकैले त्यो पुस्तक पढे बहने अनुमान गर्न सक्छन् ।
 
त्यस्तै गरी भारतका विद्धान मानिने राजनीति,दार्शनिक शास्त्री,एस डी मुनिले पनि धेरै नलेखेका होइन् अहिले सिके राउत,र सरिता गिरी, जस्ता कुपात्रहरु लगायत कतिपय पहाड र तराईमा पनि अपवाद फैलाउदै काम गर्दै होलान् भने कोही पहाडी अनुहारमा त कोही शासक र उच्च पदस्त पदाधिकारीको अनुहारमा त्यति मात्र नभएर नेपाली दार्शनिकहरू, राजनीति शास्त्रको विद्धानहरुको नामहरू "प्यारा डाइज लस्ट "र "एस डी मुनिका "पुस्तक प्राय विद्धानहरु ,राज्यको हितमा काम गर्छु भन्ने नेताहरूले तथा पढे लेखेका नेपाली दाजुभाइ दिदीबैनीहरुलाई थाहै नै होला भन्ने लाग्छ त्यो पुस्तक भित्रका कुराहरू पढन ,बुझ्न पाउदा आश्चर्य,खुसी,दुख,पिडा,मिश्रित भएर आयो र मेरो आखाँमा त्यो बेला आशुँका भेल बग्न थाल्यो ।
 
ती हुन तत्कालीन विषय वस्तु जसबाट नेपालको राष्ट्रियताको बारेमा नेपाललाई भन्दा विदेशीलाई बढी नेपालको बारेमा चासो रहेको पाइन्छ भन्ने जो सुकैले पनि अनुमान गर्न सक्छन् । वास्तवमै भन्नु पर्दा नेपाललीले नेपालको हितका लागि संसारको जुन सुकै देशसंग पनि सम्बन्ध राखे हुन्छ त्यस्तै सहकार्य र विकाश निर्माणका लागि देशको अखण्डताका लागि पारस्परिक सहयोग गरे हुन्छ भने एउटा रेल मात्र किन ? 
 
सत्रवटा दुर्गम पहाडी जिल्लाबाट सत्रै वटा व्यवस्थित पिच बाटाभए नेपाललाई दक्षिण तीरबाट भन्दा उत्तरबाट नेपालको वृद्धि गर्न सजिलो हुनुको साथै हिमाली क्षेत्र र दुर्गम पहाडी क्षेत्र समेतको विकाश हुन्थ्यो यसमा अरू राष्ट्रले भाजो हाल्ने,गुनासो गर्ने किन ?
 
हिमालका हुन वा पहाडका,तराईका हुन मधेसका वा जुनसुकै धर्म,जातिलिंगका नेपाली जनता हुन,आफ्नो स्वतन्त्र पूर्वक हिँडडुल गर्न र आफू खुसी नेपाल अधिराज्य भरि जतिबेला पनि बसाइँ सर्न पाउँछन् भन्नेकुरा किन बुझेका छैनन् ? नेपालीलाई नेपाल अधिराज्यको कुनै पनि स्थानमा हिँड्न र बसाइँ सर्न राणाकाल देखि हिजोको निरङ्कुश राजतन्त्रले त रोकछेक गरेन भने लोकतान्त्रिक गणतन्त्रमा अझ यस बिपतीको घडीमा यस्ता समाजद्रोही अभिव्यक्ति सार्वजनिक गर्दा नेपाल सरकार किन मौन देखिन्छ ? त्यस्ता देशाद्रोहिलाई कारबाही गरी कडा सजाय दिन किन नेपाल सरकार मौन छ भन्ने गम्भीर प्रश्न जनताको अगाडी उभिएको छ ।
 
इण्डिया सरकारले मुखले त नेपाल नै को पुनर्निर्माण गरिदिन्छु भन्ने गर्छ तर त्यसको सट्टा भारतले दक्षिण क्षेत्रबाट नेपालका नेपालीलाई पिडा नदिए हुन्थ्यो नि ,"नेपालका नेपालीको आशुँ पुछेंगे "भन्ने भाषण एकतिर छ भने अर्को तिर हामीलाई हुने पिडा भनेको नेपालको सीमा क्षेत्रहरुको अतिक्रमण हुनु बर्दि धारी एस एस पी द्धारा नेपालीहरूका घर र व्यक्तिहरूमा हमला गर्नु,नेपालको सम्पदा माथि भारतको आखाँ गाडिनु ,१९५० मा समानसन्धि बाट नेपाल र नेपालीलाई दुख दिई रहनु,साथै ज्यादै महत्वपूर्ण कुरा भनेको "सुगौलीको सन्धिमा" नेपाललाई गुमाउन बाध्य गरिने वातावरण बाट "पूर्वमा टिष्टा" देखि पश्चिममा किल्ला काँगडा सम्मका क्षेत्रको र ती क्षेत्र सँगको नेपालको सामाजिक, धार्मिक, संस्कृतिक आदि समबन्ध विखण्डको चिन्ता र पीडाले आजपनि नेपालीको छट्पटी रहेका छन् ।

आज आएर देश पुनर्निर्माणको अवस्थामा तेर्सियो विश्व सामु र नेपाली शासकहरु सहयोग आउला भन्नेमा टुलु टुलु अबोध बालक झैँ हेर्दै बसेका छन् तर उनीहरूले नेपालको सिमानाहरू गुमेको क्षेत्र बारे कुनै नेता लगायत बुद्धिजीवीहरुले के कस्तो चासो लिएका छन् त अहिलेको भारत सरकारले नेपाल प्रति देखाएको सहयोगी हात र उसले गरेको वचनका सन्धिहरुमा ? हिजोको अवस्थामा कसैको चासो नभएपनि बरु राज्य विधाता पृथिवी नारायण शाह पछि देश र जनताको हितका लागि सधैँ तत्पर रहने गोर्खाली कर्मठ जङ्ग बहादुर राणाले आफ्नो खुकुरी र पाखुराको तागतको बलमा वाँके,बर्दिया,कैलाली,र कंचनपुर फिर्ता ल्याएका थिए भन्ने कुरा अहिले पनि इतिहास साझी छ ।
 
हिजोको अवस्थामा राप्ती पारिको बाँके,वर्दिया,कैलाली,कंचनपुर फिर्ता गर्न मिल्छ भने टिष्टा सम्म फिर्ता गर्न किन नमिल्ने ? त्यस्तै पूर्वमा रहेको नेपाली बस्ती दार्जलिंग किन नेपालको नहुने ? जुन बल जवर्जस्ती भारतले खोसेर आफ्नो कब्जामा लिएको छ ,जसलाई नेपाल सरकारको पहलमा देशका बुद्धिजीवी लागेर जुनसुकै हालतमा पनि दार्जलिङलाई फिर्ता गराई भारतको कब्जाबाट मुक्त गर्नु पर्छ भन्ने मलाई लाग्छ अनि मात्र त्यहाका नेपालीहरूले शान्तिको सास फेर्ने छन् ।
 

त्यस्तै किल्ला ,काँगडा सम्मको भू-भाग नेपाल कै हो र हुनु पर्छ भनेर नेपाली आत्मा सधैँ रोएको छ  ।  यो कहिल्यै दान दिएको भू-भाग होइन । न थियो नै । यसलाई जवर्जस्ती भारतले कब्जा गरेको हो । वीर सपुत गोर्खाली नेपालीहरूले खुकुरी र स्थानीय हतियारको भरमा आर्जन गरेको भूमि यो । काइते रकमी सन्धिका माध्यमबाट जादैमा नेपाली आत्माले आज सम्मपनि चित्त बुझाएका छैनन् । र कहिल्यै बुझाउने छैनन्  ।  त्यो कुरालाई किन गम्भीर रूपले लिन सकी रहेका छैन राज्यका नेताहरू,बुद्धिजीवीहरुले ? किन अन्तर्राष्ट्रिय हेगमा मुद्दा हाल्न हिच्किचाई रहेका छन् सरकार बादी नेताहरू ?देशका बुद्धिजीवीहरू ?

अव नेपाली जनताले नै गम्भीर भएर सोच्ने बेला आएको छ । आफ्नो राज्यभित्रका पृथिवी नारायण शाहले संधर्षको भरमा अंग्रेजसंगको लडाइमा खुकुरीको बलमा बनाएका नेपाल अधिराज्यभित्रका सिमानाहरूलाई फिर्ता लिन अब चुप लागेर बस्ने बेला छैन । यसको बारेमा नेपालमा कुर्सी ओगटेर राजनीति गर्ने नेताहरू,उच्च पदस्त कर्मचारीहरू,नेपाल सरकार, बुद्धिजीवी लगायत सम्पूर्ण विदेशमा संधर्ष गरिरहेका नेपालीहरूलाई म एउटा नेपाल देशको नेपालीभएको नाताले अनुरोध गर्न गर्दै आव्हान गर्न चाहन्छु कि अन्तर्राष्ट्रिय अदालतबाट नेपाल र इस्ट इन्डिया कम्पनीका पाला देखि अहिले सम्म भारतसँग गरिएका सन्धिहरुका आधारमा नेपालको भूमि माथिको नेपाली दाबीको न्यायोचित मागका लागि सबैमिली एकजुट भएर अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्न मानसिकता तयार गरौँ अनि देशका रक्षकहरु पुलिस,आर्मीसंग हामी नेपाली सबैको अनुरोध छ कि राष्ट्रिययताको सवालमा सदा एकरूप ,एकता र संवेदनशील हौ । उदाशीन र संवेदनशील अवस्थाको कारणले विदेशी राष्ट्रले गर्ने मनपरी , खरिद बिक्री हुने बाख्रा पाठा झैँ नेताहरूको डलरको मोलको लहरलाई रोकथाम गर्दै भ्रष्टाचारी ,आंतककारी देशभित्रका नेताहरू र कर्मचारीहरुका कारण देशमा भएको उथलपुथललाई अब रोकेर खबर दारी गर्ने बेला आएको छ  ।

आउनुहोस् सबै नेपालका नेपाली मिली अँ हाम्रो देशमा नयाँ नेपालको पुनर्निर्माण गरौँ र राज्य विधाता पृथिवी नारायण शाहको इच्छालाई पुरा गर्दै नेपाललाई विश्वकै सुन्दर राष्ट्रको नामले गुन्जयमान गराउ  । 



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक