Similar Articles

लेख रचना

विनाशकारी भूकम्प र आत्माको शान्ति-- अनिल पाण्डे

बिराट नेपाल

अप्रिल २५ मा नेपालमा विनाशकारी भूकम्प गयो, लगातार पराकम्पनहरु आइरहे, जनधनको क्षति भइरह्यो । यसैबिच यो पंक्तिकार र धेरै प्रवासी नेपाली जन्मभूतितिर दौडिए¬– पीडितलाई दुखमा साथ दिन वा राहत पु¥याउन । दुखमा साथ दिनु वा राहत पु¥याउनु कसका गागि ? झट्ट भन्दा त सबैले ‘पीडितका लागि’ भने, तर भित्री रूपमा भन्नेहो भने आफ्नैलागि । आफ्नो मन वा आत्माको शान्तिका लागि । अरूका लागि त एक बहाना मात्र हो, राहत कार्यमा सरिक भएर
मलाई जुन आत्मिक आनन्द प्राप्त भयो, म त्यसको लागि राहत सामग्री र उपचारको टोली लिएर नेपाल पुगें, एक महिना जो सकेको सेवा गरेँ र फर्किएँ अमेरिकामै ।

गीताले भन्छ आत्मा कहिल्यै मर्दैन । यस पटकको भूकम्पले करिब ९ हजार नेपालीको ज्यान लियो । तर गीताको उपदेश सुन्नेहो भने शरीर म¥यो, आत्मा तपाईँ हामी जो आफूलाई जीवित मानिरहेका छौँ, उनीहरूकै जस्तो जीवित छ । जीवितहरुको आत्मा र मृतकहरुको आत्मा यही ब्रह्माण्डमा घुमिरहेको छ । त्यसैले मलाई अनुभूति हुन्छ– नौहजार आत्माहरु मेरो आत्मासँग वार्ता गरिरहेका छन् । एक¬–आपासको अनुभव साटिरहेका छन् । तैँले के गरिस् भनेर
एक–आपसमा सोधिरहेका छन् । जसले केही गरेन, केही गरेजस्तो देखाए पनि केवल लोकाचारका लागि मात्र ग¥यो– त्यस्तो आत्मा लज्जित भइरहेको छ । जस्तो, गीता भन्छ:

नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः ्र
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ्र्र

अर्थात् आत्मा न त शस्त्रले नष्ट हुन्छ, न त आगोले नै जल्छ, यसलाई पानीले भिजाउन पनि सक्तैन, न त हावाले नै उडाउँछ । आध्यात्मिक दर्शनको यस प्रकारको चर्चा गरिरहँदा पाठकलाई अनौठो लाग्नसक्छ, महाभारत, गीता, रामायण, भागवतआदिका उदाहरण दिएर लेखकले हामीलाई के भन्न खोजिरहेछ, के यो विश्वास गर्न लायक छ ? यस लेखकलाई आत्मा छ भन्नेमा कत्ति पनि भ्रम छैन ।

त्यति मात्र होइन, त्यस आत्माको नयाँ शिशुका साथ जन्महुन्छ भन्नेमा पनि यसलाई विश्वास छ । यसलाई त लाग्छ, हामी आफ्नै परिवार, वंश र मनपरेको समुदायमा पुनर्जन्म लिन्छौं । हामी आफ्नै हजुरबा, जिजुबा र जिजुआमाहरु हौँ । यो यसको आत्माको बोली हो यो । यद्यपि यससँग धार्मिक ग्रन्थहरु मात्र प्रमाणका रूपमा छन्, ठोस वैज्ञानिक आधार छैन ।

यद्यपि केही आधुनिक चिन्तक र वैज्ञानिकहरू पनि हाम्रो शरीरका साथ अदृश्य शक्ति अन्तरनिहित छ भन्नेमा विश्वस्त छन् । अमेरिकाकै वैज्ञानिक विलियम मैण्ड्रगलले हाम्रो शरीरमा केही आत्मा वा कुनै नामको एक वस्तुको अस्तित्व रहेको तौल जोख्ने अत्यन्त संवेदनशी तराजु–यन्त्रको माध्यमले पत्ता लगाए । गरे के भने, मृत्युशय्यामा रहेको बिरामीको कपडा, फोक्सो, मुटु र खाएको भोजनको परिमाण ग्रामको हजारौँ भाग गरेर बताउन सक्ने मशिनले तौले । त्यस
मशिनले देखायो, हामीसँग शरीरका सबै अङ्गका अतिरिक्त केही छ जसको नाम हामीलाई थाहा छैन । किनभने मशिनले तौल देखाइदियो तर केको हो थाहा भएन । त्यही नाम थाहा नभएको वस्तु आत्मा हुनसक्छ । अस्तित्वमा रहेको कुनै वस्तु, त्यो आत्मा नै किन नहोस् त्यसको तौल हुनु स्वाभाविक हो । सायद, प्रेममा आशक्त मुटुको तौल अधिक हुन्छ कि– पे्रमको तौलसमेत थपिएर ।

अमेरिकाकै भर्जिनिया विश्वविद्यालयमा परा–मनोविज्ञान विभाग छ, यसका सदस्यहरू पनि मनुष्यको पुनर्जन्म हुन्छ भन्ने कुरामा विश्वास गर्दछन् । पश्चिमी मनोवैज्ञानिक कार्ल जुंगको पुस्तक ‘मेमोरीज ड्रीम्स रिफ्लेक्शंस’ मा पुनर्जन्म र आत्माको सम्भावनाकै पुष्टि हुन्छ ।

तर यस लेखकको मूल उद्देश्य भूकम्पमा परेर दिवङ्गत भएका करिब ९ हजार नेपालीको आत्मा हाम्रावरिपरि घुमिरहेको छ भनेर पुष्टि गर्नु मात्र होइन । यी आत्माको तृप्तिका लागि पुण्यकर्म गर्नुपर्छ भन्ने हो । हामी श्राद्धकर्म गर्छौँ, कति लोकाचारले गर्छौंहोला, कतिमा दिवङ्गत आफन्तको आत्मा छ भन्ने विश्वासकै साथ श्राद्ध गरिरहेका हुन्छौं । यसरी हेर्दा आत्मा र पुनर्जन्मप्रति विश्वास गर्ने समुदाय नेपाली मात्र होइन, विश्वमै
 à¤› र त्यो सङ्ख्या ठुलो छ भन्नेमा कसैले आशंका नगरेहुन्छ ।

तर यहींतिर प्रश्न उठ्छ, के हामीले शरीर छोडेर गएको आत्मालाई तृप्त ग¥यौं ? महाभूकम्पको मात्र कुरो होइन, माओवादी सशस्त्र द्वन्द्वले १७ हजार नेपालीको ज्यान लियो, राजा वीरेन्द्रको वंशविनाश हुनेगरी हत्याकाण्ड भयो– हामीले यी अकाल मृत्युमा परेका आत्माको तृप्ति र शान्तिका लागि पर्याप्त धार्मिक वा आध्यात्मिक अनुष्ठान ग¥यौं ? केही मात्रामा गरियो होला तर क्षतिको परिमाणअनुसार राष्ट्रिय अनुष्ठान गरिएन । भन्ने बेलामा महाभूकम्प
 à¤° राष्ट्रिय शोक भन्ने अनि अनुष्ठान चाहिँ सामान्य गर्ने ? यस सम्बन्धमा मननीय पक्ष के छ भने, किन नेपालमा यस्तो महाभूकम्प गयो ? सर्वपक्षीय प्रयास गर्दा र प्राकृतिक रूपमा स्रोत–साधनले सम्पन्न भएर पनि नेपाल किन सधैँ अविकसित छ ?

हाम्रो देश धर्ममा अडेको हो, आध्यात्मिक विश्वास यसको जगमा विशाल चट्टान भएर अडिएको छ । संविधानले ‘नेपाल धर्मनिरपेक्ष राष्ट्र हुनेछ’ भन्दैछ । अर्थात् हजारौँ वर्षदेखि हामीले मान्दै आएको धर्म र विश्वासमा विचलन आएको छ । यति आत्मामा शक्ति हुन्छ भनेर मान्नेहो भने धार्मिक आत्मा आजको नेपाली पुस्तासँग रिसाएको छ, धर्मप्रति अनादर गरेका कारणले । यीआदि तर्कका आधारमा कम्तीमा राष्ट्रिय होम, महायज्ञ, महारुद्रीआदि लगाउनु र
शान्तिस्वस्ती गर्नु आवश्यक छ । दिवङ्गत आत्मा र यसै लोकका शक्तिशाली आत्माको सम्मान गरेर नरिझाउने हो भने अर्को विनाश पनि नआउला भन्न सकिन्न । यो यस लेखकको विश्वासको विश्लेषण हो । भौतिक प्रमाण नभेटेसम्म विश्वास नगर्नेहो भने कुरा बेग्लै हो, तर नदेखिने सबै वस्तु असत्य हुँदैनन् । जस्तो प्रेम देखिँदैन, हामी त्यसमै अडिएका छौँ । आत्मा देखिँदैन भनेर अविश्वास गर्न मिल्छ र ?


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक